Saturday, May 30, 2009

फुर्सदमा समीक्षा र रणनीति बनाउँदै प्रचण्ड

फुर्सदमा समीक्षा र रणनीति बनाउँदै प्रचण्ड

प्रचण्डको दैनिकी

पवनवर्षा शाह/काठमाडौं

बितेका नौ महिना यिनका समयहरु दौडधुप र तीब्र हतारोका बीच गुज्रे । सधैंको भ्याईनभ्याई र चटारो त यिनको नियमिता नै बन्यो । पुष्पकमल दाहाल 'प्रचण्ड'का दिनहरु आजकाल भने अलि फुर्सदिला बनेका छन् । 
जब यिनले राज्यको शक्तिकेन्द्र बालुवाटार छाडे र नयाँबजार सरे यिनले देख्दै र भोग्दै आएको दुनियाँ फरक लाग्यो कि लागेन ? तर पक्कै यिनको बितेका नौ महिनादेखिको नियमितता भने बदलियो ।
नौ महिना यी नेताका दिनहरु बालुवाटारमा 'पावरहाउस'को रुपमा बिते । जब प्रधानसेनापतिको विवाद चरमोत्कर्षमा पुग्यो अनि त्यसले उनको नेतृत्वको सरकार गल्र्यामगुर्लुम ढल्यो (या ढालियो?) । साँच्चै, बितेका नौ महिना यिनको दैनिकीमा फुर्सद भन्ने शब्द नै आएनन् । तर, अहिले ऊ बेलाका बेफुर्सद 'कामरेड' प्रधानमन्त्रीको नयाँबजारका दिनहरु अलिकति विगतको समीक्षा र अलिकति भविष्यको रणनीति तय गर्ने विषयमा घोत्लिदै बित्नथालेको छ ।
बिहानैदेखि कार्यकर्ताको भीड र भेट्नेहरुको ताँतीबाट सुरु हुने प्रचण्डको दैनिकी सर्वशक्तिमान् प्रधानमन्त्री रहँदा रातीसम्मै व्यस्तताका बीच बित्नेगथ्र्यो । उनकै कुरालाई पत्याउने हो भने पनि उनले भनेकै थिए-'म दिनहुँ १८ घण्टा काम गर्छु ।' 
तर, प्रधानमन्त्रीबाट राजीनामा दिएपछि भने यी निर्वतमान प्रधानमन्त्रीका दिनहरु यतिबेला अलि फुर्सदिला बनेका छन् । हुनत, नियमित भेटघाट गर्ने नेता कार्यकर्ताको कुनै कम्ती हुँदैन यिनको निवासमा । बिहानैदेखि यिनीसँग भेटघाट गर्न खोज्नेहरु नयाँबजारमा थुपि्रइहाल्छन् । 
बिहान उठेपछि दाहालको दैनिकी अखबारसँगै सुरु हुन्छ । भ्याएजति र पाइएजति अखबार खरर्र हेरेपछि यिनी टेलिभिजन हेर्न पनि भ्याइहाल्छन् । तर, रेडियो भने उनी कमै सुन्छन् । पहिलेभन्दा पातलो नै सही, यिनको त्यसपछिको काम भेट्न आएका नेता कार्यकता र सञ्चारकर्मीसँग भेटघाट र कुराकानी गर्ने हुन्छ । बिहान भेटघाट सकेपछि यिनी परिवारसँगै खाना खान्छन् । 
आफ्नो दिउँसो यी नेता पार्टी सम्बद्ध औपचारिक कार्यक्रममा प्रायः बिताउने गर्छन् । नभए घरमै बसेर आफ्ना कर्मचारी, स्वकीय सचिव र गार्डहरुसँग कुराकानी गर्न यिनी रुचाउँछन् । 
गणतन्त्र नेपालको पहिलो सर्वशक्तिमान प्रधानमन्त्रीबाट राजीनामा दिएपछि यी नेता उपत्यका छोडेर कतै गएका छैनन् । उपत्यकमा मै पनि उनको हिड्डुल उति बाक्लो छैन् । माधवकुमार नेपाल प्रधानमन्त्री छानिएपछि उनले राष्ट्रका नाममा सम्बोधन गर्ने दिन भने अध्यक्ष प्रचण्ड पार्टी कार्यालय सचिव तथा माओवादी सभासद् नारायण दाहालको घर पेप्सीकोला दिवा भोजका लागि पुगेका थिए । 
प्रधानमन्त्रीमा बहाल रहँदा जब-जब उनले ठूल्ठूला राजनीतिक निर्णय गर्दै जान्थ्ो, राजनीतिक दलका नेता र विदेशी कुटनीतिज्ञहरु उनकौ दैलोमा धाउनसम्म धाउथे । प्रधानसेनापति बर्खास्तीको बहुचर्चित र विवादित निर्णय लिँदा त भारतीय राजदूत राकेश सूदले दिनको चार पटकसम्म भेटेको चर्चा भएको थियो । त
र, नयाँबजार सरेपछि भने न यिनलाई भेट्न खासै अरु दलका नेताजीहरु पुगेका छन्, न महामहिम सूद नै । भलै, प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि भने माधवकुमार नेपाल आफ्ना पूर्ववर्तिसँग भलाकुसारी गरेर सहमति जुटाउन नयाँबजार पुगेका थिए । यसबाहेक कांग्रेस नेता एवं पूर्व गृहमन्त्री कृण्णप्रसाद सिटौला पनि अध्यक्ष प्रचण्डलाई भेट्न नयाँबजार पुगेका थिए । 
सधैको हतारो र दौडधुपबाट बदलिएको दैनिकी बिताई रहेपनि एकसमयका 'करिश्माटिक' छवि भएका नेता कामरेड पक्कै पार्टीको लागि अर्थपूर्ण रणनीतिको तयारी गर्दैहोलान् भन्न कुनै शंकै छैन । पछिल्ला दिनमा पार्टीका अन्य नेताका भाषण र बक्तव्यबाजीले पनि त्यसलाई नै पुष्टि गर्छ । http://www.dainikee.com/newsdetail-7263.html#

No comments:

Search and Buy from amazon.com