Sunday, May 31, 2009

प्रहरीले पक्राउ गरिसकेपछि एमालेका कार्यकर्ताहरुले कुटपिट

प्रमलाई कालो झन्डा देखाउने पक्राउ

पक्राउपछि एमाले कार्यकर्ताले कुटे

रौतहट १७ जेठ (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपाललाई कालो झण्डा देखाउन आएका दुई जना माओवादी भ्रातृसंगठन वाइसीएलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा अभिनन्दन तथा स्वागत समारोहमा प्रधानमन्त्री नेपालले बोलिरहेका बेला कार्यक्रम स्थलको मञ्च छेउमा आएर कालो झण्डा फाल्न खोज्ने वाइसीएलका राजकुमार सिह र कमल पहरीलाई प्रहरीले पक्राउ गरेको छ। 
चुनावमा पराजीत तथा राष्ट्रपतिको कदम नसच्चिएसम्म एमालेको कार्यक्रम बहिस्कार गर्ने भन्दै ती दुई कार्यकर्ताले कालोझण्डा देखाएका हुन। उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेपछि एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका थिए। 
सभासद देबेन्द्र पटलेले प्रहरीले पक्राउ गरिसकेको अवस्थामा एमालेका कार्यकर्ताहरुले कुटपिट गर्नु निन्दनीय रहेको बताए।
यसै बीच प्रधानमन्त्रीको हेलिकप्टर अवतरण गर्ने क्रममा स्कुल अगाडि रहेको शंकर साहको होटलको छाना उडाएर मध्यक्षेत्रीय सशस्त्र प्रहरीको रुद्धबाहिनीका डिआइजी शैलेन्द्र श्रेष्ठ घाइते भएका छन। प्राविधिक तथा मौसमका कारणले हेलिकपटर फोर्स ल्यान्ड गर्ने क्रममा यो दुर्घटना हुन पुगेको हो।
उनलाई सामान्य चोट लागेको थियो।
प्रधानमन्त्रीले उक्त कार्यक्रममा अरुलाई मानमर्दन गरेर नागरिक सर्वोच्चता कायम नहुने बताए। अहिलेको अवस्थामा शान्तिप्रक्रिया लाई निष्कर्षमा पुर्‍याउनु र नयाँ संविधान बनाउनु मुख्य काम भएको उनको भनाई थियो।


source:

http://www.dainikee.com/newsdetail-7297.html#



No comments:

Search and Buy from amazon.com