Saturday, May 30, 2009

मदन भण्डारीको हत्या आफ्नै कारणः नेपाल

मदन भण्डारीको हत्या आफ्नै कारणः नेपाल

स्रोत: अनलाइन ख़बर | 30 May 2009 12:36 pm

‘मदनजीले बढी भारतलाई गाली गर्दिनुभयो, राजालाई च्यालेन्ज गर्दिनुभयो, अमेरिकाले भेट्न खोज्दा मान्नुभएन त्यसैले उहाँको हत्या भयो’ । - माधब कुमार नेपाल

आज प्रकाशित जनदिशा दैनिकले नेकपा एमालेका तात्कालिन महासचिब मदन भण्डारी आˆनै कारण मारिएको भनी मुख्य समाचार छापेको छ । हत्याको वास्तविकता गर्भमै रहेको बेला एमाले बरिष्ठ नेता तथा प्रधानमन्त्री माधबकुमार नेपालले उनी आफ्नै कारण मारिएका दावी गर्नुभएको छ ।

‘माधब नेपालले भने, मदन भण्डारी उनकै कारण मारिए’ शीर्षक दिएर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र माधब नेपालबीच भएको सम्वादको हवाला दिँदै समाचारमा यस्तो दावी गरिएको हो ।

माओवादी ललितपुर जिल्ला समितिद्वारा शुक्रबार आयोजित गणतन्त्रको रक्षा र जनपक्षीय संबिधान निर्माणको चुनौतीहरु बिषयक प्रबचन कार्यक्रममा प्रचण्डले भण्डारीको हत्याको रहस्योद्‌घाटन गर्नुभएको थियो ।

हामी त्यतिबेला मदनभण्डारीको हत्या भएको तेस्रो दिन माधबकुमार नेपालको कोटेश्वरको कोठामा गएका थियौं, हामीले दुःख प्रकट गर्‍यौं’, जनदिशाले प्रचण्डको भनाइ उदृत गर्दै लेखेको छ, ‘तर माधबले भन्नुभयो, हामीलाई पनि दुःख त लागेको छ तर के गर्ने उहाँकै कारण मारिनुभयो’ ।

माधब नेपालको भनाइ उद्द्यृत गर्दै प्रचण्डले अगाडि भन्नुभयो, ‘मदनजीले बढी भारतलाई गाली गर्दिनुभयो, राजालाई च्यालेन्ज गर्दिनुभयो, अमेरिकाले भेट्न खोज्दा मान्नुभएन त्यसैले उहाँको हत्या भयो’ । माधब नेपालले मदन भण्डारीले त्यसो नगरेको भए उहाँ मारिनुहुने थिएन भनेको प्रसङ्ग प्रचण्डले सुनाउनुभयो ।

भण्डारी मारिएपछि माधब नेपाल एमालेको महासचिब बन्नुभएको थियो भने २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार गठन भएको थियो तर हत्याबारे छानबिन भएको छैन ।

source:

http://www.oursansar.com/


No comments:

Search and Buy from amazon.com