Saturday, May 30, 2009

भारतीय मन्त्रीद्वारा नेपाललाई दोष

भारतीय मन्त्रीद्वारा नेपाललाई दोष

अबधेशकुमार झा

सुनसरी, भारत बिहार राज्यका जल संशाधन मन्त्री विजेन्द्रप्रसाद यादवले नेपाल सरकारले सुरक्षा दिन नसकेकाले कोसीको पूर्वी तटबन्ध पुनर्निर्माण समयमा हुन नसकेको आरोप लगाएका छन् ।

नेपाल सरकारले भारतीय प्राविधिकहरूलाई सुरक्षा दिन नसकेकाले पुनर्निर्माण समयमा हुन नसकेको बिहीबार निर्माणस्थल आएका यादवले सञ्चारकर्मीसित बताए । 'हाम्रा प्राविधिकहरूमाथि आक्रमण भएको छ तर नेपाली पक्षले सुरक्षा दिन सकेको छैन,' उनले

भने । कोसीको पूर्वी तटबन्धको पुनर्निर्माणमा बिहार सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सम्भावित जोखिमबाट बच्ने हरेक उपाय अवलम्बन गर्न भारतीय प्राविधिकहरूलाई निर्देशन पनि दिए । गत मंगलबार राति सप्तकोसीमा बनाइएका तीनवटा अस्थायी बाँध

-कोफर ड्याम) भत्किनुलाई उनले सामान्य अवस्था भएको टिप्पणी गरे । उनले भने, 'कोफर ड्याम भत्केर केही हुने होइन बाँध भत्के पो समस्या हुन्छ ।' जल संसाधन मन्त्रालयका सचिव अजय नायकसहित बिहार सरकारका आधा दर्जन उच्चअधिकारीसमेतको टोलीले तटबन्ध निरीक्षण गरेका थिए । मध्यान्न हेलिकप्टरबाट सीमावर्ती भारतीय बजार वीरपुर आएका मन्त्री यादवले कोसी प्रोजेक्टका अधिकारीलाई निर्देशन दिँदै

तटबन्ध भत्के नेपालभन्दा भारतीय क्षेत्रमा बढी क्षति हुने भएकाले सबै उपाय अवलम्बन गर्न भनेका थिए ।

त्यसपछि स्थलमार्ग हुँदै नेपाल छिरेका मन्त्री यादवले नेपाली सुरक्षाकर्मीलाइ आफूले पुनर्निर्माण हुँदै गरेको तटबन्ध, मगंलबार राति भत्किएको कोफर ड्याम, कोसी ब्यारेज र राजावास तथा प्रकाशपुरको उच्च जोखिम ठाउँको निरीक्षण गर्ने बताएका थिए ।

Posted on: 2009-05-28 21:19:09 

source:


No comments:

Search and Buy from amazon.com