Sunday, May 24, 2009

भारतीय राजदूतले प्रधानमन्त्री भेटे

भारतीय राजदूतले प्रधानमन्त्री भेटे

काठमाडौं, १० जेठ (दैनिकी)

भारतीय राजदुत राकेश सुदले नवनियुक्त प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका छन । प्रधानमन्त्रीलाई भेट गर्न राजदुत सुद प्रधानमन्त्रीको निजी निवास कोटेश्वरमा पुगेका थिए । 
सुद नेपाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि सपथ ग्रहण नगर्दै भेट गर्ने पहिलो विदेशी कुटनीतिज्ञ हुन् । 
भारतको वलमा नेपाल प्रधानमन्त्रीमा चयन भएको भन्ने माओवादीले आरोप लगाईरहेका बेला सुदले प्रधानमन्त्रीले शपथ ग्रहण नगर्दै भेट गरेका छन् । भेटमा भारतीय राजदुत सुदले नेपाललाई बधाई दिएका थिए ।
त्यस्तै नेपाललाई अनमिन प्रमुख करिन ल्याण्डग्रेनले पनि भेट गरेर बधाई दिएकी थिइन् 


source:

http://www.dainikee.com/newsdetail-7070.html#

No comments:

Search and Buy from amazon.com