Sunday, May 31, 2009

आठ जर्नेलको म्याद थपिने

आठ जर्नेलको म्याद थपिने



काठमाडौं, जेठ १७ (नागरिक)- रक्षा मन्त्रालयले अघिल्लो सरकारद्धारा अवकाश दिइएका आठ जर्नेलहरुको म्याद थप्ने निर्णय गरेको छ । आइतबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।

रक्षा मन्त्री विद्या भण्डारीको अध्यक्षतामा बसेको सो बैठकमा रक्षा सचिव गणेश जोशी सहसचिव श्रीधरप्रसाद पोखरेल उपस्थित थिए । आठ जर्नेलको पुर्नवहालीका विषयमा रक्षा मन्त्री भण्डारीले विभिन्न कानुन व्यवसायीसँग सरसल्लाह लिएकी थिइन् ।

एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले आठ जर्नेललाई गत चैत २ गते लागू हुनेगरि म्याद नथपेर अवकाश दिने निर्णय गरेको थियो । उनीहरुले संयुक्त रुपमा चैत ९ गते सर्वोच्च सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसको भोलिपल्ट न्यायाधिश कैलाशकुमार श्रेष्ठको एकल इजलाशले आठ जर्नेललाई काममा फर्काउन आदेश दिएको थियो ।

सर्वोच्च अन्तरिम आदेशअनुसार पुर्नवहाली भएका जर्नेलहरुमा पवनबहादुर पाण्डे सैनिक समाचार निर्देशनालयमा रमेश बुढाथोकी कल्याणकारी निर्देशनालयमा प्रदीपविक्रम राणा अनुसन्धान तथा विस्तार निर्देशनालयमा नरेन्द्र रावल शिवपुरीस्थित स्टाफ कलेजमा रमेश बिष्ट जङ्गी अड्डामा शिवकुमार पौडेल आर्टिलरी निर्देशनालयमा राजुप्रताप केसी उपत्यका पृतनामा र नरबहादुर कँडेल सैनिक प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।

source:

http://www.nagariknews.com/politics/party-politics/1503-2009-05-31-13-53-03.html


No comments:

Search and Buy from amazon.com