Friday, May 29, 2009

नेविसंघका केन्द्रीय अध्यक्षमाथि हमला

नेविसंघका केन्द्रीय अध्यक्षमाथि हमला


पीडीएफ

चाँदनी हमाल, चितवन जेठ १६

नेपाल विधार्थी संघका अध्यक्ष प्रदीप पौडेलमाथी शुक्रबार साँझ परासीमा भएको हमलाको विरोधमा संघका विधार्थीले परासीमा शनिबार प्रदर्शन गरिरहेका छन्।

घटनाको बिरोधमा संघले शनिबार बिहानबाट सुनवल परासी सडकखण्ड समेत अवरुद्ध पारेका छन्। शुक्रबार साँझ परासीमा नेबिसंघको प्रशिक्षण कार्यक्रमबाट फर्कर्दै गर्दा अध्यक्ष पौडेल लगायत केन्द्रीय नेताहरुमाथी हतियारधारी समुहले सांघातिक आक्रमणको प्रयास गरेका थिए।

अध्यक्ष पौडेलले आफुहरुमाथी आक्रमण हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक भएको आरोप लगाए। पौडेलसँगै नेबिसंघका पूर्व महामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठ, दीपक भट्टराईसहितका नेताहरु सहभागी थिए।

शनिबार बिहान नवलपरासीको गैडाकोट आइपुगेका अध्यक्ष पौडेलले टेलिफोनमा भने, " छ, सात वटा मोटरसाइकलमा तीन जनाका दरले चढेर आएका अपराधिक प्रवृतिका युवाहरुले सुरुमा हात खुट्टाले कुटपिट गरे, पछि बाँसको लौरी निकालेर कुटपिट गर्न थाले।"

"हतियार नै निकालेपछि भने हामी भागेर ज्यान जोगाउन पर्ने अवस्था आयो," पौडेलले थपे, "भागाभाग हुँदा तनाव भयो र लुकेर ज्यान जोगायौं।"

उनले विगतमा नेपाली कांग्रेसका काम गरेका र पार्टीले निकालेकाहरु नै हमलामा सक्रिय भएको बताए। शनिबार नै राजधानी फर्कने पौडेलले जानकारी दिए।

source:

http://www.nagariknews.com/politics/student-politics/1449-2009-05-30-05-28-21.html



No comments:

Search and Buy from amazon.com