Saturday, May 30, 2009

माओवादीद्वारा आन्दोलनका कार्यक्रम घोषणा

माओवादीद्वारा आन्दोलनका कार्यक्रम घोषणा

आज पनि संसद चल्न नदिने

काठमाडौं, जेठ १७ (नागरिक)- माओवादीले नागरिक सर्वोच्चता कायमका लागि भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आइतबार बिहान सम्पन्न माओवादी सचिवालय बैठकले गरेको निर्णयअनुसार जेठ ३० गते ७५ वटै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै धर्ना दिइनेछ। यो कार्यक्रम २ घन्टासम्म जारी रहने जानकारी माओवादी प्रवक्ता दीनानाथ शर्माले दिए। त्यसैगरी माओवादीका जनवर्गीय संगठनहरुले जेठ २१ देखि मसान्तसम्म टोकन हडताल र जुलुस गर्ने भएका छन्।
बैठकपछि प्रवक्ता शर्माले सञ्चारकर्मीलाई दिएका जानकारीअनुसार त्यसपछिका कार्यक्रम तय गर्न सचिवालय बैठकले नेता मोहन वैद्यको संयोजकत्वमा एउटा समिति गठन गरेको छ, जसले ७५ जिल्ला र ३९१२ गाविसमा हुने विरोध कार्यक्रम तय गर्नेछ।
नागरिक सर्वोच्चता कायम नहुन्जेल आन्दोलन जारी राख्ने निर्णय पनि बैठकले गरेको छ। प्रधान सेनापति कटवाललाई कारबाही, राष्ट्रपतिले माफी माग्नुपर्ने जस्ता माग पनि बैठकले राखेको थियो। 
आन्दोलनमा 'जनमुक्ति सेना' भने बाहिर नआउने जानकारी पनि उनले दिए।
यसैबीच प्रवक्ता शर्माले आज पनि आफूहरुले संसद चल्न नदिने बताए। संकल्प प्रस्तावबारे आजै सभामुखसँग छलफल हुने पनि उनले बताए।

source:

No comments:

Search and Buy from amazon.com