Monday, May 4, 2009

जंगीअड्डामै रात काटे कटवालले

जंगीअड्डामै रात काटे कटवालले

इमेलPrintपीडीएफ
भोजराज भाट, काठमाडौं, वैशाख २१- जंगीअड्डामा आइतबार राति बसेको आकस्मिक बैठकले युद्धकालको झझल्को दिन्थ्यो । राति एक बजेसम्म पनि प्रधानसेनापति रुक्मांगत कटवाल आफूनिकट जर्नेलहरुसँग छलफल गरिरहेका थिए। २ बजे बलाधिकृत विभागमार्फत् नेपाली सेनाका छ वटै पृतनालाई राष्ट्रपति रामवरण यादवले पदमै बहाल रहन कटवाललाई पठाएको पत्र र त्यससँगै अर्को निर्देशन परिपत्र पठाइयो।

कटवालसँगै रातभर जाग्राम थिए- बलाधिकृत रथी छत्रमानिसंह गुरुङ, व्यवस्था तथा युद्ध महानिर्देशक गौरव सम्शेर राणा, कार्यरथी नेपालभुषण चन्द, उपरथी दमन घले प्राड विभाग प्रमुख सहायकरथी बीएकुमार शर्मा र सैनिक सहायक राजेन्द्र क्षेत्री। राति २ बजे सबै कार्यालयलाई परिपत्र पठाएपछि अरु जर्नेल आ-आफ्ना घरतिर लागे। तर अनौठो सेनापति कटवाल र उनका सैनिक सहायक राजेन्द्र क्षेत्रीले भने जंगीअड्डामै रात काटे।

कटवाल एकाबिहानै सैनिक पोशाक लगाएर आफ्नो कार्यकक्ष गएका थिए। मन्त्रिपरिषद्को बैठकले आइतबार उनलाई अवकाशपत्र थमाए पनि राष्ट्रपतिको चिठीलाई आधार मान्दै कटवालले सेनापतिकै हैसियतले सोमबार विहान ९ बजे जंगी अड्डामा पीएसओ प्रिन्सिपल स्टाफ अफिसर बैठक बोलाए।

वैठकमा सरकारद्वारा आइतबार नियुक्त गरिएका कायममुकायम सेनापति कुलबहादुर खड्का भने उपस्थित थिएनन्। पीएसओ वैठकमा राष्ट्रपतिको पत्र र त्यसको कानुनी वैधानिकताबारे छलफल भएको थियो। बैठक सकिनासाथ राष्ट्रपतिको पत्र कार्यरथी नेपालभुषण चन्द र प्राड विभाग प्रमुख सहायक रथी बीएकुमार शर्माले बलाध्यक्ष कुलबहादुर खड्काको कार्यकक्षमा गई बुझाएका थिए।

राष्ट्रपतिको पत्र बुझ्न आनाकानी गरेका खड्का त्यसको केही घन्टापछि कार्यालयबाहिर निस्किए। खड्का रक्षामन्त्रालयको पत्रलाई आधार बनाएर आफू कामु सेनापति भएको जिकिर गरिरहेका थिए। उता कटवालपक्षधरले राष्ट्रपतिको चिठीलाई आधार बनाउँदै कटवालकै चेनअफ कमान्डमा चल्नुपर्ने निर्देशन दिइरहेका थिए।

सोमबारको बैठकमा बलाधिकृत रथी गुरुङ व्यवस्था तथा युद्धमहानिर्देशक राणा, कार्यरथी चन्द, उपरथी घले, सम्भाररथी िसंह, प्रवन्धरथी केशव महत, उपत्यका पृतनापति अनिलजंग थापा, राष्ट्रिय सुरक्षापरिषदका सह-संयोजक अनन्त थेवे, सैनिक स्वास्थ्य महानिर्देशालाय प्रमुख सुरजशम्शेर राणा र प्राडविभाग प्रमुख सहायक रथी बीएकुमार शर्मा सहभागी थिए ।

सरकारले खड्कालाई कामु चिफ बनायो। तर राष्ट्रपतिलाई पुरानैलाई काम गर्न पत्र पठाए। सोमबारको पीएसओ बैठकबारे खड्कालाई जानकारी गराइएन 'यदि गराइएको भए पनि जाने कुरा थिएन' खड्कानिकट एक उपरथीले भने- 'यो संवैधानिक विवाद हो त्यसको छिनोफानो अदालतबाट हुनेछ।'

अपरान्ह साढे ३ बजे प्रधानमन्त्रीको सम्बोधन आउनुअघिसम्म जंगीअड्डामा जर्नेलहरुबीच अन्यौलको स्थिति बन्यो । खड्का पक्षधरले कार्यकारी सरकारको आदेश पालना गरेर जानुपर्छ भन्ने धारणा राखेका थिए । तर त्यो संख्या न्युन भएकोले उनीहरुले दिनभर कटवालकै आदेशलाई सिरोपर गरिरहेका थिए ।

कटवाललाई समर्थन गर्नेहरुको स्वार्थ पनि आफ्नै छ । कटवालले पुरा अवधि खाएमा त्यसपछि निर्विकल्प सेनापतिको लाइनमा रहन्छन्- बलाधिकृत रथी गुरुङ। गुरुङको अवधिपछि गौरवशमशेर राणाको पालो आउँछ। यसैले पनि कटवाल गुरुङ र राणानजिकका जर्नेलहरु सेनापतिलाई हटाउन नहुने पक्षमा दिलोज्यान दिएर लागेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीको राजीनामा आउनासाथ खड्का जंगीअड्डाबाट घरतिर लागेका थिए। उता कटवाल भने सोमबार पनि अबेरसम्मै कार्यालयमा थिए। प्रधानमन्त्रीको राजिनामापछि कटवाल पक्षधर जर्नेलहरुले आफ्नो जित भएको महसुस गरेका थिए। यद्यपि यो पक्षले अझै आफूलाई खतरामुक्त ठानेको छैन। जंगीअड्डाले देशभरका ब्यारेकलाई 'स्ट्याण्डबाइ' रहन आदेश दिएको छ।

source: http://www.nagariknews.com/politics/party-politics/732-2009-05-04-16-03-10.html


No comments:

Search and Buy from amazon.com