Sunday, April 26, 2009

किन उभिइन् सुजाता बादलको पक्षमा

किन उभिइन् उनी बादलको पक्षमा
१३-वैशाख-२०६६,आइतवार
Image
'कसैलाई केहीको धन्दा, घरज्वाइँलाई खानेकै चिन्ता' भनेझैं भएको छ, सुजाता कोइरालाका लागि प्रधानसेनापति प्रकरण। पिता गिरिजाप्रसाद कोइराला र पार्टीको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनुको पछाडि के त्यस्तो कारण हुन सक्छ, पार्टीभित्र र बाहिर व्यापक चासो भएका बेला उनले माओवादीले प्रधानसेनापतिका लागि अगाडि सारेका जर्नेल कुलबहादुर खड्कालाई समर्थन गर्नुको रहस्य?

यो रहस्य गत बुधबार बिहान आफ्ना समर्थक कार्यकर्तासामु उनी आफैंले खोलेकी हुन्। उनले भनिन्– मलाई वैशाख १ गतेको पार्टीमा नबोलाउने कटवालको म किन समर्थन गरुँ भन्दै दुई हजार मान्छे बोलाएको ठाउँमा मलाई नबोलाउने कटवाल कसरी कांग्रेस समर्थक हुन्छ ।'  
अघिल्लो दिन भएको बैठकमा भाग नलिएकी सुजाता कोइरालाले बिहीबारको कांग्रेसको बैठकमा भने खुलेरै प्रधानसेनापति कटवालको विरुद्धमा आक्रोस पोखिन। नेपाली कांग्रेसले प्रधानसेनापति कटवालसँग सरकारले स्पष्टीकरण सोधेको र कारबाही अघि बढाएको मुद्दामा संसद् अवरुद्ध गरिरहेकै बेला सोही पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी सुजाता कोइरालाले भने पार्टी निर्णयविरुद्ध जानुको एउटै रहस्य एमाले अध्यक्ष झलनाथ खनाल, जनअधिकार फोरमका उपेन्द्र यादवले झैं कोइरालाले पनि एक करोड अग्रिम हात पारेको चर्चा कांग्रेसवृत्तमा छ। हुन पनि पैसाबिना कुनै काम नगर्ने सुजाता कोराला जर्नेल कुलबहादुर खड्काको पछाडि लाग्नुपर्ने कुनै कारण हुन नसक्ने कांग्रेसकै एक केन्द्रीय सदस्यले बताए। सुडानका लागि नक्कली सामान खरिद गरिएको, लाउडा, धमिजा प्रकरणमा मुछिएकी सुजाता यतिबेला प्रहरीले खरिद गरेको बन्दोबस्तीका नक्कली सामानमा पनि मुछिएकी छन्।  
जर्नेल कुलबहादुर खड्का सेनापति बने आफ्ना ज्वाइँले ठेक्कापट्टा पाउने विश्वासमा रहेकी सुजाताको  
उनीसँग निकै पुरानो सम्बन्ध हो। नेपाली कांग्रेसका नेता डा.रामशरण महत र सुजाता कोइरालामार्फत कांग्रेसलाई आफ्नो पक्षमा पार्ने प्रयासमा रहेका खड्का यस प्रकरणमा भने असफल हुने भएका छन्।  पार्टी निर्णयविपरित जाने सुजाता कोइरालामाथि पिता कोइरालाले कारबाही गर्छन कि गर्दैन यतिबेला निक्कै चासो बढेको छ। सुजता कोइराजाले गत बिहीबार नै रामबहादुर थापा बादलसँग धादिङको एउटा कार्यक्रमबाट फर्किदा बाटैमा भेटेर गोप्य कुराकानी गरेकी थिइन्। कटवाललाई हटाएपछि रक्षामन्त्री बन्ने सपना देखेकी सुजाता 'राजनीतिमा होइन, थाङ्ना सिउने कामका लागि उपयुक्त पात्र हुन्' एकजना चर्चित कांगे्रसी नेताले तरुणसँग टिप्पणी गरे। 
उता, प्रधानसेनापतिलाई नहटाउन पहल गर्न राष्ट्रपति कार्यालय जानेको टोलीमा नाम परेर पनि काटिनेमा कांग्रेसकै अर्का नेता कृष्णप्रसाद सिटौला परेका छन्। कांग्रेसका नेताहरू गोविन्दराज जोशी र लक्ष्मण घिमिरेले उनको नाम काट्न भनेपछि केही सदस्यले अर्थ नबुझेर विरोधसमेत गरेका थिए। नेता जोशीले उनलाई प्रचण्डकोमा डेलिगेसन जानुपर्यो  भने लैजाउँला भनेपछि विरोध गर्नेले कुरा बुझेका थिए। राष्ट्रपतिले जे जे कुरा गर्छन्, त्यो सबै प्रचण्डकोमा पुग्छ भन्ने उनीहरूको दाबी थियो।

-- तरुण

source: http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=22455


No comments:

Search and Buy from amazon.com