Tuesday, April 28, 2009

दिनको ८ किलो चामलको भात

दिनको ८ किलो चामलको भात

 स्रोत: कान्तिपुर | 26 April 2009 10:13 am

एक छाकमा चार किलो चामलको भात ? अचम्म मान्न्नु पर्दैन । रुकुमको नुवाकोट-७ का १८ बर्षका रामलाल शर्माले एकै छाकमा चार किलो चामलको भात खान्छन् ।

शुक्रबार सदरमुकाम मुसीकोट आएका उनले चारकिलो चामलको भात खाएर सबैलाई अचम्ममा पारेका हुन् । सदरमुकामभर उनकै चर्चा भयो । दुई हजारको बाजी पनि जिते उनले । खलंगाको कञ्चन्जंघा होटलमा उनले चारकिलोको भात खाएका हुन् ।

शारीरिक बनावट सामान्य भएका उनलाई दैनिक ८ किलो चामल आवश्यक पर्ने उनका बाबु तुलाराम शर्माले बताए । शर्माका लागि घरमा खाना खाने छुट्टै भान्सा जोड्नुपर्ने बताउँदै बाबुले थपे, ‘उसका लागि ८ माना चामल एक छाकमा पकाउनुपर्छ, उसको पचाउन सक्ने शक्ति बढी छ ।’

सरस्वती निमावि, नुवाकोटमा कक्षा ८ मा अध्यनरत उनी दैनिक चालीसवटासम्म रोटी खानसक्ने बताउँछन् ।

कक्षामा पनि उनी प्रथम हुने गरेको विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर केसीले बताए । खानाले उनको स्वास्थ्यमा कुनै असर परेको छैन । हेर्दा सामान्य व्यक्ति जस्तै लाग्ने उनी विशेष खालका भएको उनी निकटहरू बताउँछन् ।

‘मैलै चार वर्षदेखि छाकमा चार किलो चामलको भात खाएको छु,’ रामलालले भने, ‘मेरो स्वास्थ्य पनि राम्रो छ ।’


source: http://oursansar.com/um/?p=922#comment-2109



No comments:

Search and Buy from amazon.com