Tuesday, April 28, 2009

नेपाल चियामा आत्मनिर्भर

नेपाल चियामा आत्मनिर्भर
 

दैनिकी संवाददाता
काठमाडौं, १५ बैशाख
 
नेपाल चियामा आत्मनिर्भर भएको छ । देशमा वाषिर्क एक करोड ६० लाख मेटि्रक किलो चिया उत्पादन हुने  गरेकोमा स्वदेश ६० लाख किलो चिया खपत हुने गरेको छ ।
देशका इलाम, झापा, पाँचथर, तेह्रथुम र धनकुटामा व्यावसायिक रुपमा चियाको खेती हुने गरेको छ । योबाहेक पूर्वी र मध्यमाञ्चलका केही जिल्लाहरुमा पनि चिया खेती सुरु गरिएको छ । 
नेपालबाट निर्यात हुने अर्थोडक्स चियाको माग बढ्दै गएको व्यावसायीहरु बताउँछन । अझै पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको ´ब्रान्डिङ´ भने हुन सकेको छैन ।
चियालाई प्रबर्द्धन गर्ने उद्देश्यसहित मंगलबार विविध कार्यकम गरी चिया दिवस मनाइयो । 
विश्वमा चिया खेति सुरुवात भएको १ सय ५० वर्ष भए पनि नेपालमा २०५४ सालदेखि मात्रै यो दिवस मनाइदै आएको हो । 
विगतमा झापा र इलाममामात्र सीमित व्यावासायिक चिया खेती अहिले पूर्वी र मध्यमाञ्चलका केही जिल्लामा समेत विस्तार भइसकेको छ ।
नेपाल अहिले चियामा आत्मनिर्भर भइसकेको व्यवसायीहरु बताउँछन, तर अझै पनि चिया खेतिको लागि अनुसन्धान तथा प्रविधिक ज्ञानको अभावमा यस खेतिमा समस्या देखिएको छ ।
चिया दिवसकै अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा  कृषि तथा सहकारी मन्त्री जयप्रकाश गुप्ताले चियाको व्यवसायिकताको लागि कृषक आफैले अग्रणी भुमिका खेल्नु पर्ने बताए  । 
उनले नेपालमा चिया खेतिका उत्पादन वृद्धि गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढनु पर्ने धारणा व्यक्त गरे । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले चिया खेतिको उत्पादन बढाउने विषयमा सरकारले स्पष्ट धारणा बनाउनु पर्ने भन्दै माटो सुहाउदै चिया खेति उत्पादन गर्नतर्फ कृषि मन्त्रालयले कार्यक्रम ल्याउनु पर्ने बताए । 
नेपाल चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष अशोककुमार मुरारकाले तराई क्षेत्रमा चियाको उत्पादन २० प्रतिशतले घट्ने जानकारी दिए ।
हिमालय अर्थोडक्स टी प्रोड्युसर्स एसोसियसनका अध्यक्ष दीपकप्रकास बाँस्कोटाले नेपाली चियाको प्रवर्द्धनका लागि विशेष अभियान सुरु गर्न लागिएको जानकारी दिए ।
हाल चिया खेतिमा संलग्न १ लाख किसान व्यावसायिक रुपमा संलग्न रहेको सो अवसरमा जानकारी दिए । जसमध्ये ७० प्रतिशत महिला रहेका छन् । कार्यक्रममा चियाको टेस्टिङ र प्रमोसनको लागि १० वटा स्टल राखिएको थियो ।  


source: http://www.dainikee.com/news/index.php?action=news_details&news_id=6426


No comments:

Search and Buy from amazon.com