Sunday, April 5, 2009

कालोसूचीमा को-को परे

कालोसूचीमा को-को परे

नयाँ पत्रिका
काठमाडौं, ५ फागुन
2009-02-17,Tuesday

अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिरेर कारबाहीमा परेका ऋणीको नाम सार्वजनिक गरेको छ । उक्त सूचीमा दुई सय ३८ ऋणी समावेश छन् ।
सरकारले नियतवश ऋण नतिरेर कालोसूचीमा परेका ऋणीलाई कारबाही गर्ने निर्णय गत २९ माघमा गरेको थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट एक करोड रुपैयाँभन्दा बढी कर्जा लिएर नतिरेका ऋणी कारबाहीमा परेका छन् । मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भारतीय र पाकिस्तानी नागरिकसमेत समावेश छन् ।

कालोसूचीमा परेकामध्ये हिमालयन बैंकबाट कर्जा लिएका मोहबुब अली, मोहम्मद राजा हिरानी र गुलामा अब्बास हिरानी पाकिस्तानी हुन् । उनीहरूले पाकिस्तानमा ग्यालेक्सी ट्रेडिङ नामको कम्पनी सञ्चालन गर्दै आएका छन् । नेपाल एसबिआई बैंकबाट कर्जा लिएका पवनकुमार लोहिया र स्मृति लोहिया भारतीय हुन् । बैंकले मन्त्रालयलाई बुझाएको सूचीमा उनको ठेगाना सी डोभर रोड कोलकाता भारत लेखिएको छ । उनीहरूले बैंकबाट व्यक्तिगत रूपमा कर्जा लिएका छन् ।

यसैगरी, सुशीलशमशेर समूहका भगवानदास अग्रवाल, अरविन्द्र अग्रवाल र देपीप्रसाद जलान पनि भारतीय हुन् । उक्त समूहलाई नेपाल बैंकले कर्जा दिएको थियो । सरकारले यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कारबाही गरेका ऋणीको सूचीमा भारतीय र बंगलादेशका नागरिक थिए ।

अर्थ मन्त्रालयका सहसचिव विमलप्रसाद वाग्लेले कर्जा नतिरेर कारबाहीमा परेका विदेशी नागरिकको समेत बैंक खाता रोक्का गरिने बताए । उनले भने, 'त्यहाँको सरकारसँग सम्पर्क राखेर उनीहरूको खाता रोक्का गरिनेछ । सरकारले पछिल्लोपटक कारबाहीको घोषणा गरेका ऋणीसहित बैंकको कर्जा नतिरेर कारबाहीमा पर्ने ऋणीको संख्या तीन सय ३९ पुगेको छ ।

गत वर्ष सरकारले पाँच करोड रुपैयाँभन्दा बढी कर्जा नतिर्ने एक सय १२ ऋणीलाई कारबाहीको घोषणा गरेको थियो । त्यसमध्ये ११ जनाले कर्जा पुनर्तालिकीकरण गरेको मन्त्रालयले जनाएको छ ।
गत वर्ष कारबाहीको घोषणा गरिए पनि प्रभावकारी रूपमा कार्यान्वयन भएको थिएन । गत वर्षको कारबाही प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेर यसपटक घोषणा कार्यान्वयन गर्न विशेष समिति गठन गरिएको र खाता बन्दलगायतका कारबाही थपिएको सहसचिव वाग्लेले बताए ।

कर्जा नतिरेर कारबाहीमा परेका ऋणीको राहदानी जफत गरिन्छ । यस्ता ऋणीलाई सार्वजनिक पदमा नियुक्त हुनसमेत प्रतिबन्ध लगाइएको छ । कारबाहीमा राज्यबाट दिइने कुनै पनि सम्मानको सुविधा र सहुलियत प्रदान नगर्ने तथा नयाँ कम्पनी दर्ता गर्न र सरकारी ठेक्कापट्टामा भाग लिन रोक लगाउनेलगायतका छन् । कारबाहीमा परेका ऋणीको कर्जा तिर्ने प्रयोजनबाहेक सम्पत्ति बेच्नसमेत रोक लगाइएको छ ।

ऋणीका एकाघर परिवारले समेत सरकारी सुरक्षणपत्रहरूमा गरेको लगानी जफत गर्ने निर्णय सरकारले गरेको छ । कर्जा चुक्ताका लागि उपयोग गर्ने, ऋणीको निक्षेप कर्जा तिर्नका लागि मात्र झिक्न दिने र लकर पनि रोक्का गर्नेलगायतका कारबाही गरिनेछ ।
ऋणीको नाममा बैंक तथा वित्त कम्पनीमा रहेका प्रवर्द्धक सेयरको नामसारी र बिक्रीमा पनि कडाइ गरिने भएको छ । बैंक तथा वित्त कम्पनीको संस्थापक सेयरमा ऋणीको एकाघर परिवारले लगानी गरेको अवस्थामा समेत त्यस्तो सेयर जफत गरी कर्जा चुक्ताका लागि उपयोग गरिने जनाइएको छ ।

बैंक तथा वित्त कम्पनीबाट ऋणीका नाममा जारी गरिएको डेबिट कार्ड, क्रेडिट कार्डलगायतका सुविधा रोक्का गर्ने निर्णय सरकारले गरेको छ ।कर्जा नतिरेर कारबाहीमा परेका ऋणीको राहदानी जफत गरिन्छ । यस्ता ऋणीलाई सार्वजनिक पदमा नियुक्त हुनसमेत प्रतिबन्ध लगाइएको छ । कारबाहीमा राज्यबाट दिइने कुनै पनि सम्मानको सुविधा र सहुलियत प्रदान नगर्ने तथा नयाँ कम्पनी दर्ता गर्न र सरकारी ठेक्कापट्टामा भाग लिन रोक लगाउनेलगायतका छन् । कारबाहीमा परेका ऋणीको कर्जा तिर्ने प्रयोजनबाहेक सम्पत्ति बेच्नसमेत रोक लगाइएको छ । ऋणीका एकाघर परिवारले समेत सरकारी सुरक्षणपत्रहरूमा गरेको लगानी जफत गर्ने निर्णय सरकारले गरेको छ । कर्जा चुक्ताका लागि उपयोग गर्ने, ऋणीको निक्षेप कर्जा तिर्नका लागि मात्र झिक्न दिने र लकर पनि रोक्का गर्नेलगायतका कारबाही गरिनेछ ।

ऋणीको नाममा बैंक तथा वित्त कम्पनीमा रहेका प्रवर्द्धक सेयरको नामसारी र बिक्रीमा पनि कडाइ गरिने भएको छ । बैंक तथा वित्त कम्पनीको संस्थापक सेयरमा ऋणीको एकाघर परिवारले लगानी गरेको अवस्थामा समेत त्यस्तो सेयर जफत गरी कर्जा चुक्ताका लागि उपयोग गरिने जनाइएको छ । बैंक तथा वित्त कम्पनीबाट ऋणीका नाममा जारी गरिएको डेबिट कार्ड, क्रेडिट कार्डलगायतका सुविधा रोक्का गर्ने निर्णय सरकारले गरेको छ ।

ऋणी समुह ऋणी समुह आवद्ध ब्यक्ति
सिद्धे्रश्वर इन्डष्ट्रिज प्रालि
सोल्भेक्स नेपाल प्रालि
शिवालय मेटल्स इन्डष्ट्रिज प्रालि
ग्यालेक्सी ट्रेडिङ कम्पनी पाकिस्तान
-
अनु क्राफ्ट
माउन्टेन एयर प्रालि
-
सुरेशकुमार लोहिया समूह
-
-
-
-
पिजि स्टोर समूह
आर्शिया समुह
भुपाल समूह
आत्माराम चन्द ठकुरी समूह


-
दामोदर शर्मा
-
धनावत समूह
-
महन्तलाल समूह
-
-

भजनी राइस मिल समूह
-
खत्री एन्ड कम्पनी समूह
पिकेएसके समूह
किशोर खनाल समूह
-
पवन खनाल समूह
-
-
-
आरएनडी केमिकल्स
लालवानी एन्ड कम्पनी
-
एकर्ड एपरेल्स, बंगलादेश
क्लिफ्टन फेसन, बंगलादेश
चिराज ग्रुप
-
-
-

-

स्पेश टाइम्स समूह
-

निक्की जुट उद्योग

अशोक टेक्सटायल
सहस्त्र फुट प्रोडक्ट
वंशिधर इन्डष्ट्रिज
सहारा व्याट्री प्रालि
पटवारी समूह
गौरीशंकर फिड मिल्स
स्टार टेक्सटायल समुह
बिटिएस ट्रेडर्स
लालवानी समूह
हिंकु पिंकु गार्मेन्ट र भोग गार्मेन्ट
न्यु ज्योति समूह
विद्या एपरेल्स
अनुपम फुड्स
मोडेलामा समूह
त्रिवेणी डिष्ट्रिलरी
वीर किराँत समूह

विराट फर्मा समूह

जितु समूह
गोरखकाली गार्मेन्ट्स
एसियन्स फेसन्स
शालुज समूह
सुराना ग्रुप
आयुषा गार्मेन्ट इन्डष्ट्रिज
गणपति ऊनीधागो कटाइ उद्योग
भिभिद टेक्सटायल
न्यू राधिका कार्पेट

राधिका आयल इन्डष्ट्रिज
हिमालय टि कमर्स
हरिप्रकाश बुढाथोकी, शैलेन्द्रप्रकाश बुढाथोकी, रमा बुढाथोकी बुढाथोकी
पदम के अग्रवाल, शान्ति के अग्रवाल, राजकुमार तोदी
विपुलकुमार जैन, खेनकुमार जैन
मेहबुब अली, मोहम्मदराजा हिरानी, गुलामअब्बास हिरानी
नागेन्द्र गिरी, महेन्द्रपाल सिंह, विमलकुमार खेतान
अनुराग लाभ, आनन्द लाभ, नवीन लाभ, दिनेश मल्लीक
प्रज्ञानशमसेर जवरा, सिद्धिका राणा, शिवेन्द्रबहादुर बस्नेत
समता अग्रवाल, हरिप्रसाद धनावत, किसान धनावत
सुरेशकुमार लोहिया, उपमा लोहिया
तोयानाथ लामिछाने, द्वारीका लामिछाने, निलकण्ठ लामिछाने, पुर्णप्रसाद लामिछाने, पिताम्बर लामिछाने
इदिस अहमद
नागराज दुगड, श्रीमती सुरज दुगड, मनोज दुगड
पवनकुमार लोहिया, स्मृति लोहिया
विश्वपि्रया मल्ल, रामप्रसाद अधिकारी
भोलाबहादुर केसी, सुरेशकृष्ण बिष्ट, धर्मबहादुर चन्द
गुञ्जलाल सिंह, इन्दुकुमारी मानन्धर, नारायणबहादुर थापा, केदारप्रसाद सापेकोटा
आत्माराम चन्द ठकुरी, विष्णुबहादुर शिवाकोटी,
रामशरण खत्री, भीमबहादुर रानामगर, रामबहादुर महत, बाबुशरण सुवेदी, मिठुप्रसाद गौतम,
बलराम भण्डारी, देवीप्रसाद गौतम
बलबहादुर पुन, रमेशप्रसाद धमला, कृष्णा पुन, धनुकमारी पुन, नरेश पुन
दामोदर शर्मा
हरिप्रसाद धनावत
मञ्जुदेवी धनावत, किसनदेवी धनावत, सुशील शमसेर जबरा, चन्द्रकला आँचला राणा, भगवानदास अग्रवाल, अरविन्द अग्रवाल, देवीप्रसाद जलान, इन्द्रभक्त श्रेष्ठ
चैतन्यप्रसाद सिटौला, इश्वरी थपलीया, दिपकुमार कार्की
महन्तलाल श्रेष्ठ, बसन्तलाल श्रेष्ठ, शसिद श्रेष्ठ
ठाकुरप्रताप थापा, निलु थापा, प्रसिद्धबहादुर थापा
रचनादेवी रिमाल, सुनिलनाथ रिमाल, गोपाल सापकोटा, संगामित्र रिमाल, संजयमणी आचार्य दिक्षित,
पदमादेवी दिक्षित, जहिकोइराला दिक्षित
मोहनराज मल्ल, मदनबहादुर मल्ल, टेकबहादुर मल्ल
ओमकार चापागाईँ, सरिता चापागाईँ, बालचन्द्र खनाल
श्रीमती शोभाराज केसी, गगनराज केसी, गम्भिरराज केसी
शान्तिकुमार अग्रवाल, पदमकुमार अग्रवाल
किशोरकुमार खनाल, प्रभा खनाल, कैलाशकुमार खनाल, सौरभकुमार खनाल
यादवप्रसाद पोख्रेल, माधवप्रसाद भण्डारी
पवनकुमार खनाल, किशोरकुमार खनाल (नाम दोरोहो परेका), अनन्तकुमार खनाल, माधवराज खनाल, प्रमी खनाल
मोहम्मद मिजार मिया, मोविन इफ्तकार मिया, जुमैद इफ्तकार मिया
श्रीराम शर्मा देवकोटा, सुरेश कुमार अग्रवाल, आनन्दशर्मा घिमिरे
जितेन्द्रकुमार कलवार
दामोदर शर्मा, निकेश शर्मा
नेमचन्द्र जैन लालवनी समरबहादुर जोशी, मिनाकमल माथेमा, शान्ति जोशी, ज्योत्सना जोशी
शिशिर रञ्जितकार, ऋषिकेश ढकाल
मामुल सलाम
एम जलालुद्दिन चौधरी
लोकनारायण पिया, जीवनलाल पिया, काजुन पिया
श्रीमती मिरा श्रेष्ठ, सुश्री रिता बैद्य, प्रकाशचन्द्र श्रेष्ठ
सावरमल अग्रवाल
श्रीमती नानुदेवी श्रेष्ठ, बद्रीनारायण मानन्धर,
सुरेन्द्रकुमार लघु
नरेन्द्रमान सिंह, नारायणबहादुर कार्की, शंकर श्रेष्ठ,
ज्ञालेन्द श्रेष्ठ
एम जमिम शाह, बहादुरकृष्ण ताम्राकार
श्रीमती प्रभा शर्मा देवकोटा, श्रीराम शर्मा देवकोटा
-नाम दोहोरो परेको)
त्रिभुवनमान श्रेष्ठ, सरिता श्रेष्ठ, दिपेश प्रधान,
शिवकुरार जाटिया, रमेशचक्र नेमेटिया
मोहनलाल अग्रवाल, केशरीदेवी अग्रवाल, पवनकुमार लोहिया (नाम दोहोरो परेको), सिताराम अग्रवाल, जवरंगराय अग्रवाल
श्यामसुन्दर खेतान, मञ्जु खेतान
सुशिल समशेर जवरा(नाम दोहोरो परेको), चन्द्रकला आँचल राणा (नाम दोहोरो परेको), ध्रुव थापा
जनकबहादुर कार्की, केशबबहादुर कार्की, तारा प्रसाईँ कार्की, प्रमिला कार्की, राजेन्द्र थापा, सुरेन्द्र कार्की
कमलकुमार पटवारी, सुनिलकुमार कर्ण, मधु पटवारी
रामहरि ढकाल, कृष्णप्रसाद ढकाल, शिवविक्रम शाह
चादमल राठी, देवकी नन्दन अग्रवाल, कमलेशकुमार अग्रवाल
पुष्करबहादुर भण्डारी, पर्वतबहादुर भण्डारी, हिमाल भण्डारी
नेमचन्द्र जैन (नाम दोहोरिएको), अनिलकुमार जैन, रतनलाल जैन, बद्धराज पाखन, कल्याणकुमार अग्रवाल, विजयकुमार पारख
प्रकाशचन्द्र श्रेष्ठ (नाम दोहोरीएको), रिना श्रेष्ठ
रिताकुमारी कायस्थ, शम्भुप्रसाद अग्रवाल, लक्ष्मी अग्रवाल, मिनाकुमारी अग्रवाल, सञ्जिता अग्रवाल, लक्ष्मी प्रसाद अग्रवाल, मिरादेवी अग्रवाल, संजय अग्रवाल
भुपेन्द्रकुमार बस्नेत, विद्या बस्नेत, जनकबहादुर थापा
फणिन्द्रमान श्रेष्ठ, ओमकुमार गुरुङ, महेन्द्रबहादुर कार्की, विकासमणी भन्डारी, दिलबहादुर गुरुङ, उमेशप्रसाद श्रेष्ठ, रमेशमान श्रेष्ठ
चन्चलकुमार चौरडिया, युधीर सर्दार, धुथर सर्दार, हरीनारायण मण्डल, राजेन्द्रकुमार चौरडिया
रोवितप्रसाद श्रेष्ठ, लक्ष्मी श्रेष्ठ
वीरबहादुर राई, दुर्गा राई, बमबहादुर भण्डारी,
रामबहादुर कुँवर
सुवर्ण भक्त जोशी, आनन्द भन्डारी, किशोर प्रधान,
प्रकाशभक्त जोशी, सुस्मिता कोइराला
जितेन्द्रपालसिंह सुदन, ज्ञानसिंह सुदन, इन्दिरा कौर
श्रीमती प्रसस्ति थापा, राजकुमार थापा
भाष्कर शर्मा, श्रीमती रश्मी शर्मा
नवराज शर्मा, प्रकाश शर्मा
विजय सुराना
ज्योती प्रधान, राजेन्द्रप्रसाद श्रेष्ठ
विनय अग्रवाल, अमर अग्रवाल
मेहबब अली (पाकिस्तानी नागरिक)
पंकज अग्रवाल, अनिलकुमार गुप्ता,
अशोककुमार गुप्ता (भारतिय नागरिक)
कौशल्या गोयल, अशोक कुमार, सुभाष कुमार अग्रवाल
श्रीमती विजया लक्ष्मी शाह, रघु शाह, रवि शाह

http://www.nayapatrika.com/newsdetail.php?id=902160952497797&n_id=23

No comments:

Search and Buy from amazon.com