Thursday, April 23, 2009

राजदुत सुद नयाँ दिल्ली प्रस्थान

राजदुत सुद नयाँ दिल्ली प्रस्थान
 

काठमाडौं, १० बैशाख (दैनिकी)

नेपालको सैन्य मामिलामा विशेष चासो राख्दै आएको छिमेकी मुलुक भारतका काठमाडौंस्थित राजदुत राकेश सुद बिहीवार अकस्मात नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

दिउसो ३ बजे काठमाडौंबाट नयाँ दिल्ली लागेका सुदले आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । आठ देशका राजदुतस‌गै प्रधानमन्त्रीलाई भेट्न गएका राजदुत सुदले करिव आधा घन्टा कुराकानी गरेका थिए ।

पछिल्लो पटक निकै विवादित बनेको प्रधानसेनापति स्पष्टिकरण प्रकरणका बारेमा राजदुत सुदले यसअघि पनि प्रधानमन्त्री प्रचण्डलाई पटकपटक भेटिसकेका छन् । प्रधानसेनापति स्पष्टिकरण प्रकरणकै बारेमा प्रधानमन्त्रीसग बुधवार भेट गरेका सुदले कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।

त्यस्तै भारतीय विदेश मन्त्रि प्रणव मुखर्जीले बुधवार नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई फोन गरी प्रधानसेनापतिलाई कारवाही गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका थिए । अध्यक्ष खनाल बिहिबार चीनबाट फर्किएलगत्तै राजदुत सुद नयाँ दिल्लीतर्फ लागेका हुन ।


source: http://www.dainikee.com/news/index.php?action=news_details&news_id=6310


No comments:

Search and Buy from amazon.com