Saturday, April 11, 2009

आइतबारदेखि सेनाको पृतनापति सम्मेलन, रक्षामन्त्री अनुपस्थित हुने

आइतबारदेखि सेनाको पृतनापति सम्मेलन, रक्षामन्त्री अनुपस्थित हुने

सम्मेलनबारे रक्षालाई औपचारिक जानकारी छैन
भोजराज भाट, काठमाडौं चैत २९
आइतबारदेखि हुने नेपाली सेनाको दुईदिने पृतनापति सम्मेलनमा रक्षामन्त्री रामबहादुर थापा उपस्थित नहुने भएका छन्। रक्षामन्त्री थापा आइतबार बिहान ८ बजे जिल्ला परिषद्को उद्घाटन गर्न गुल्मी जाँदैछन्।
पूर्वनिर्धारित कार्यक्रमअनुसार रक्षामन्त्री आफ्नो जन्मथलो गुल्मी जान लागेको उनको निजी सचिवालय स्रोत बताउँछ। स्रोतका अनुसार रक्षामन्त्रीलाई जानकारी नदिई पृतनापति सम्मेलन सुरु हुन लागेकाले त्यसबाट असन्तुष्ट भई उनी जिल्ला भम्रणमा जान लागेका हुन्। आइतबार बेलुकी नै रक्षामन्त्री थापा राजधानी फर्कने कार्यक्रम छ।
जङ्गीअड्डामा बिहान १० बजेदेखि पृतनापतिको सम्मेलन सुरु हुनेछ, जसमा ६ जना पृतनापति र उपरथीभन्दा माथिका जनरलहरु सहभागी हुनेछन्। सम्मेलनमा विभिन्न पृतनापतिहरुले आ-आफ्नो डिभिजनको वस्तुस्थितिबारे लिखित प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। सोमबार पृतनापतिको सम्मेलन सकिनेछ।
सामान्यतया हरेक वर्ष सैनिक दिवस शिवरात्रिको अघिल्लो दिन पृतनापति सम्मेलन गर्ने सेनाको परम्परा छ। द्वन्द्व वा संकटकालको अवस्थाबाहेक प्राय: हरेक वर्ष एकपटक पृतनापति सम्म्मेलन हुने गर्छ। सेनाका ६ पृतनापति राजधानीमा जम्मा भई वर्षभरिको विश्लेषण तथा आगामी कार्यक्रम तय गरिन्छ। तर यसपटकको सैनिक दिवसलाई ´जवानहरुको वर्ष´ का रुपमा मनाइएकाले सबै पृतनापति फिल्डमै रहे।

http://www.dainikee.com/news/index.php?action=news_details&news_id=6105
रक्षामन्त्रालयलाई कुनै आधिकारिक पत्रसमेत नपठाई आयोजना हुन लागेको पृतनापति सम्मेलनबारे सम्बन्धित निकायले गहिरो अभिरुचि देखाएका छन्।
पृतनापति सम्मेलन गर्दा रक्षा मन्त्रालयलाई औपचारिक जानकारी दिने चलन थियो। लोकतन्त्रअघि दरबारबाट मौखिक सहमति अनि रक्षा मन्त्रालयको लिखित पत्र पाएपछि सेनापतिको मातहतमा रहेको सैनिक सचिव कार्यालयले पृतनापति सम्मेलन बोलाइने गरिन्थ्यो। सामान्यतया पृतनापति सम्मेलनमा रक्षामन्त्री वा मन्त्री नभए रक्षासचिव उपस्थित हुने परम्परा थियो।
सैनिक स्रोतका अनुसार गत वर्षको पृतनापति सम्मेलनमा रक्षासचिव, क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारीलगायत प्रहरीका अधिकारीलाई पनि बोलाइएको थियो। तर यसपटक कसैलाई बोलाइएको छैन। पृतनापतिको सम्मेलनमा क-कसलाई बोलाउने भन्ने कुनै लिखित नीति नियम छैन।

No comments:

Search and Buy from amazon.com