Thursday, July 2, 2009

Rich Beggar

मागेरै लखपति बने राना


महेन्द्रनगर कन्चनपुर, असार १८- मागेरै गुजारा चलाउने विलासीपुर-४ का एक ५२ वर्षीय लाखौं मूल्य पर्ने जमिनको मालिक भएका छन्। जन्मजात दृष्टिविहीन पीडक रानाले मागेर जम्मा गरेको पैसा बचत गर्दै डेढ विघा जमिन खरिद गरेका हुन्।

साढे दुई लाख रुपैयाँमा उनले आफन्तको सहयोगमा गाउँमै उक्त जमिन किनेका हुन्। आमा बुवाको मृत्युपछि दाजु भाईले अंश नदिई घरबाटै निकाली दिएपछि ३२ वर्षयता उनले माग्दै आएको छिमेकीहरुले बताए। मागेको पैसा आफन्त कहाँ जम्मा गर्दै उनी यति ठूलो रकम जुटाउन सफल भएका हुन्।

बचत गरे एक दिन ठूलै रकम जम्मा गर्न सकिदो रहेछु आफूलाई अपहेलित गर्ने दाजु भाईकै अगाडी जमिन जोडेर देखाइदिने प्रणबाट यत्रो ठूलो सफलता प्राप्त गरेको सुनाउँदै पीडकले भने।

कैलालीको धनगढी अत्तरिया टिकापुर लम्की काचनपुरका महेन्द्रनगर झलारी बेलौरी गुलरिया र भारतको खटिमा पलिया न्युरिया लगायतका स्थानमा उनी माग्न पुग्ने गर्छन्। थारु भाषामै गीत गाएर माग्ने आफूलाई माग्न पुगेका क्षेत्रका धेरैले चिन्ने गरेको समेत उनी सगर्व सुनाउँछन्।

'मागेकै पैसामध्ये एक दिनमा सयदेखि डेढसय रुपैयाँसम्म जम्मा गर्दै आएको छु' उनले भने 'प्रायः दाताले दिएको खाना र पुरानो कपडाबाट गुजारा चलाउँछु र पाएको पैसा जोगाउने गरेको छु।' खुट्टा चलुन्जेल माग्न नछाड्ने रानाले बताए।

यसरी खरिद गरेको जमिन बुढेसकालमा जसले पाल्छ उसैलाई दिने विचार पिडकको छ।
महाकाली सेती बस तथा मिनीबस व्यवसायी समिति काचनपुरले रानाको आवतजावतका लागि यातायात पासको समेत व्यवस्था गरेको छ। -रासस

source:

No comments:

Search and Buy from amazon.com