Sunday, July 5, 2009

त्रिचन्द्रमा विद्यार्थीबीच भिडन्त

त्रिचन्द्रमा विद्यार्थीबीच भिडन्त


नेविसंघका नेता घाइते
काठमाडौं, असार २१ (नागरिक)- टेण्डरसम्बन्धी विवादका कारण राजधानीको त्रिचन्द्र कलेजमा आइतबार अनेरास्ववियु र नेविसंघबीच झडप भएको छ । रसायन विज्ञान भवनको तला थप्न क्याम्पसले टेन्डर आव्हान गरेको थियो । दुई पक्षबीच यही टेन्डर दर्ताका क्रममा विवाद हुँदा झडप भएको हो । झडपमा नेविसंघका केन्द्रीय सदस्य भीमसेन गुरुङ गोली लागी घाइते भएका छन् । अर्का सक्रिय सदस्य रवि थापाको रड प्रहारबाट खुट्टा भाँचिएको छ । अनेरास्ववीयुका केन्द्रीय सदस्य ‌ऐन महरले आफूलाई गोली हानेको गुरुङले बताए ।

आइतबार हतियारसहित आएको अनेरास्ववियु पक्षले क्याम्पस प्रशासनमा आगो लगाएको आरोप नेविसंघले लगाएको छ । यसअघि नै टेन्डर दर्ता गरिसकेको नेविसंघ पक्षले अनेरास्ववियु पक्षलाई टेन्डर दर्ता गर्नबाट रोक्न प्रशासनमा बाटो छेकेर बसेपछि घटना भएको हो ।

झडपमा संलग्न केहीले कक्षा-कक्षामा गई खुकुरी देखाउँदै तर्साएको प्रत्यक्षदर्शीले बताए । झडपका क्रममा घाइते भएका केहीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा आगो लगाएका छन् भने स्वतन्त्र विद्यार्थी युनियन कार्यालयमा तोडफोड गरेका छन्।
source:
http://www.nagariknews.com/society/nation/2620-2009-07-05-09-09-58.html

No comments:

Search and Buy from amazon.com