Monday, July 6, 2009

नारायणहिटी मैले छाडेपनि नेपाल शान्त, सम्बृद्ध भएन र नेपालीहरु सुखी भएनन

नारायणहिटी मैले छाडेपनि नेपाल शान्त, सम्बृद्ध भएन र नेपालीहरु सुखी भएनन

परिवर्तित परिबेशमा पनि देश र प्यारा देशबासी दाजुभाई दिदीवहिनीको स्थीतिमा सुधार आउन नसकेकोमा म उग्दीन, चिन्तीत र मर्माहत छु । हाम्रा पुर्खा र सम्पूर्ण नेपालीहरुको प्रयासबाट निर्मित हिमाल, पहाड र तराई रहेको यो नेपाली पुष्पमाला आन्तरिक बिग्रह तथा बाह्य बिद्वेषबाट नचुँडियोस भन्ने मेरो आग्रह छ ।–ज्ञानेन्द्र शाह

काठमाडौं, २ जेठ (दैनिकी)

म ६३ बर्षको जीवनकालमा आइपुगेको छु । दुनियाँ जसदेखि राजी रहन्छन र मेरो देश बाँचिरहोस भन्ने पुर्खौली आदर्शप्रति मेरो हार्दिक दृढता छ । त्यही आर्दशमा निष्ठावान हुँदै राष्ट्रियता, राष्ट्रिय एकता र युगसम्मत प्रजातन्त्रप्रति म सदैब प्रतिबद्ध छु ।
मैले नारायणहिटी छाडेको पनि एक बर्ष पुगीसकेको छ । छोडनुको कारण देशमा शान्ति सुरक्षाको अबस्थामा सुधार आइ नेपाल शान्त, सम्बृद्ध र सुन्दर होस अनि नेपालीहरु सुखी सन्तुष्ट रहुन भन्ने नै थियो ।
यो कालक्रममा म र मेरा पुर्खाप्रति सकारात्मक र नकरात्मक दुवैखाले टिप्पणी गर्नेहरुप्रति म जानकार छु । र, सकरात्मक सोचाई राख्नेहरुप्रति आभार ब्यक्त गर्न चाहान्छु ।
परिवर्तित परिबेशमा पनि देश र प्यारा देशबासी दाजुभाई दिदीवहिनीको स्थीतिमा सुधार आउन नसकेकोमा म अत्यन्त उग्दीन, अन्यत्त चिन्तीत र अन्तन्त मर्माहत छु । हाम्रा पुर्खा र सम्पूर्ण नेपालीहरुको प्रयासबाट निर्मित हिमाल, पहाड र तराई रहेको यो नेपाली पुष्पमाला आन्तरिक बिग्रह तथा बाह्य बिद्वेषबाट नचुँडियोस भन्ने मेरो आग्रह छ ।
राष्ट्रिय राजनीतिमा संलग्न, राज्य संचालन शक्तिसंग आबद्ध स्वदेशीहरु र बिदेशी हितैसीहरुप्रति नेपाल र नेपालीहरुप्रति सच्चा दिलले माया गरिदिनुहुन पनि मेरो आह्वान छ ।
हाम्रो नेपाली माटो, हाम्रो हिमाल र हाम्रो समथर भुभाग तथा हाम्रा नद नदी, तालतलैया र मनोरम हराभरा प्रकृति मेरानिम्ती सदैब पि्रय छन् ।
यही मनोहरी प्रकृतिमा म र मेरा दरसन्तान सदैव नेपाली आत्मीयजनसंग रहिरहुँ भन्ने मरो पबित्र आकांक्षा छ । मेरो जन्मदिनका सन्दर्भमा मेरो दिर्घायु तथा सुख स्वास्थ्यको सुभेच्छा राख्ने सवै देशी, बिदेशी शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।
ज्ञानेन्द्र शाह


source:

No comments:

Search and Buy from amazon.com