Monday, July 6, 2009

प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष प्रचण्डवीच भनाभन

प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष प्रचण्डवीच भनाभन

प्रचण्ड उग्र र नेपाल स‌यमित

काठमाडौं, २२ असार (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपाल र निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच एकले अर्कालाई भनाभन शैलीमा कटु आरोप र प्रत्यारोप लगाएका छन् । माओवादी सरकारले हटाएका प्रधानसेनापति रुक्मांगद कटवाललाई राष्ट्रपति रामवरण यादवले पुर्नवहाली गरेपछि नागरिक सर्वोच्चताको माग राख्दै झन्डै एक महिनादेखि अबरुद्ध संसद खुल्ला भएपछि संसदमा बोल्दै प्रचण्डले प्रधानमन्त्री नेपाललाई र नेपालले प्रचण्डलाई आरोप प्रत्यारोप लगाएका हुन् ।
संसदमा बोल्दै प्रचण्डले माधवकुमार नेपाललाई दुई ठाँउबाट हारेको व्यक्ति रिमोटकन्ट्रोलबाट प्रधानमन्त्री बनेको आरोप लगाए । प्रधानमन्त्री नेपालले भने सत्ता छाड्नु परेको कुन्ठामा धेरै नडुब्न सम्झाए ।
'संविधानसभाका ६०१ सदस्यमध्ये ३५९ को भोट पाएर म प्रधानमन्त्री भएको हुँ, मलाई कसरी रिमोटबाट बनेको प्रधानमन्त्री भन्नु हुन्छ ?'- नेपालले भने । प्रचण्डले भने जनताले दुई दुई स्थानमा हराएको व्यक्ति जनताले सबभन्दा ठूलो पार्टी बनाएको माओवादीले छाडेपछि सत्ता पाएको उनले दावी गरे ।
माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रियता र नागरिक सर्वोच्चताको पक्षमा अडान राखेका कारण आफ्नो नेतृत्वको सरकार छाड्नु परेको संसदलाई सम्बोधन गर्दै प्रचण्डले बताए । माओवादीले राष्ट्रपतिले गैरसंवैधानिक कमद चाल्दै प्रधानसेनापति निष्काशन गर्ने सरकारको निर्णयलाई उल्टाएको विषयमा छलफल गर्नुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको थियो ।
बजेट प्रस्तुत गर्नका लागि संसद खुल्ला गरेको अवसरमा प्रचण्डले अझै पनि जनताले माओवादीकै नेतृत्वमा सरकार भएको महशुस गरेको जानकारी दिए । नागरिक सर्वोच्चतालाई कायम गर्न नसके शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने नसक्ने प्रचण्डको ठहर छ ।
'दुई दुई ठाँउबाट हारेको वर्तमान प्रधानमन्त्रीका हरेक समस्या म बुझ्न सक्छु', प्रचण्डले आफूले जितेर पनि सरकार चलाउन अप्ठ्यारो भएको भन्दै सरकारले पूर्णता पाउनेमा नै शंका भएको उनले बताए । उनले माधव नेपाललाई दुई तीन महिनाको प्रधानमन्त्रीको रुपमा टिप्पणी गरे ।
बर्तमान सरकारलाई जंगी अड्डाको कठपुतलीको संज्ञा दिदै अबरुद्ध संसद खुल्ला गरेर प्रतिक्रान्तीलाई जवाफ दिएको प्रचण्डको भनाई थियो ।
ंप्रचण्डले पहिला पहिला राष्ट्रपतिलाई शक्तिशाली र कार्यकारी पद बनाउनु पर्छ भन्ने माओवादीले आवाज उठाउँदा अरु पार्टीले विरोध गरेको र प्रधानमन्त्री शक्तिशाली बनाउनु पर्छ भन्ने अरु दलले आफू प्रधानमन्त्री भएपछि राष्ट्रपतिलाई कार्यकारी बनाउनु पर्छ भन्ने कुरा आउनु नेपाली राजनीतिकै दूर्भाग्यपूर्ण अवस्था भएको बताए ।
न्ाागरिक सर्वोच्चताको पक्षमा आफूहरुले बहस गर्न पाउनु पर्छ भन्ने माग राख्दा नदिएकोमा प्रचण्डले कडा आपत्ती जनाए । प्रचण्डले माओवादीले उठाएको राष्ट्रपतिको असंवैधानिक कदम सच्चाउनु पर्ने माग र सेनापतिको मुद्धालाई एक महिनाभित्र टुंगाउनु पर्ने माग अघि सारेको छ । प्रचण्डले एक महिनाभित्र समस्या समाधान नभएमा माओवादीले देशव्यापी रुपमा ठूलो आन्दोलन गर्ने बताएको छ ।
प्रधानमन्त्री बनेपछि पहिलोपटक सम्बोधन संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले प्रचण्डले बोलेका तिक्तता सत्ता छाड्दाका पिडा भएको बताए । 'सत्ता छाड्दाको पिडा मलाई पनि थाहा छ, २०५१ सालमा चुनावमा जितेर सबभन्दा ठूलो पार्टीको रुपमा ९ महिना सत्तामा बसेर छाड्नु पर्दा हामीलाई जुन पिडा भएको थियो, माओवादीलाई पनि त्यही भएको हो', उनले भने-'हामी पनि बहुमत गुमेपछि सत्ताबाट छाड्नु परेको थियो, यसलाई सहज रुपमा लिन सकिएन भने सधैंभरी पिडा हुन्छ र पोल्छ ।
प्रधानमन्त्री नेपालले विधिसम्म्मत रुपमा संसदबाट नै माओवादीले उठाएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । सबै राजनीतिक दल एक सिक्काको अर्को पाटो भएको बताउदैं प्रधानमन्त्रीले सबै पार्टी मिलेर लोकतन्त्र ल्याएको, राजतन्त्र फ्यालेको बताउदैं शान्ति प्रक्रियालाई पनि मिलेर अघि बढाउने बताए । 'हामी सबै मिलेर नै संविधानसभा बनाउनु पर्छ ।', प्रधानमन्त्रीले भने ।
जनता निराश भैसकेको जानकारी दिदैं प्रधानमन्त्रीले एकले अर्कोलाई दोष लगाएर आफू चोखो हुने प्रवृत्ति सकरात्मक नभएकेा भने । एकले अर्कोको मानमर्दनभन्दा सहयोग गरेरमात्र अघि बढ्नु पर्ने उनले आवश्यकता औंल्याए ।
'नागरिक सर्वोच्चताका सम्बन्धमा मतभेद छैन, हामीमध्ये कोही पनि सैनिक सर्वोच्चताको पक्षमा छैन, यो कदाचित हुन पनि सक्दैन,',-प्रधानमन्त्रीले भने-'राजनीतिक पार्टीहरुवीच आपसमा मिल्न नसक्दा मिल्काइएको राजतन्त्र र त्यसका अवशेषको मनोवल बढेको छ, यो घातक हो ।'
उनले राजनीतिक पार्टीवीच सहमती र सहकार्यका आधारमा अघि बढेर शान्ति प्रक्रिया कायम गर्ने र संविधान बनाउने बताए ।


source:

http://www.dainikee.com/newsdetail-8541.html



No comments:

Search and Buy from amazon.com