Sunday, July 5, 2009

हाइ एलर्टका लागि पृतनालाई कटवालको परिपत्र

हाइ एलर्टका लागि पृतनालाई कटवालको परिपत्र

काठमाडौं, २२ असार (दैनिकी)

जगीअड्डाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिको गहिरो विश्लेषणसहित तयारी अवस्थामा रहन नेपाली सेनाका ६ वटै पृतना मुख्यालयलाई विशेष सर्कुलर जारी गरेको छ । प्रधानसेनापति रुक्मांगद कटवालका नामबाट हालै जारी विशेष परिपत्रमा मुलुकमा विकसीत पछिल्लो जटिल अवस्थालाई ध्यानमा राखेर उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्ने निर्देशन दिएको छ ।
सोमबारको अन्नपूर्णपोष्टमा प्रकाशित समाचार अनुसार पृतना मुख्यालयका पृतनापतिलाई सम्बोधन गरेर पठाइएको विशेष परिपत्रमा माओवादी सरकारबाट वाहिरिएको अवस्थामा आन्तरिक सुरक्षामा थप चुनौति र खतरा आउन सक्ने आंकलन गरिएको स्रोतले बतायो ।
माओवादीसम्बद्ध वाइसिएल र शिविरमा रहेका लडाकुबाट हुनसक्ने गतिविधिका सम्बन्धमा अनौपचारिक रुपमा कडा निगरानी राख्न निर्देशन दिइएको छ । स्रोतका अनुसार प्रधानसेनापतिबाट बेला बेलामा पृतना मुख्यालयलाई यसरी परिपत्र गर्ने चलन छ ।
प्रधानसेनापतिले पठाएको परिपत्रअनुसार पृतनाले आफूअन्तर्गतका वाहिनी, वाहिनीले गण र गणले गुल्मलाई परिपत्र गर्ने छन् । आफूलाई अवकाश दिने माओवादी नेतृत्वको तत्कालीन सरकारको निर्णय खारेज भएपछि कटवाले गरेको विदेश सर्कुलरलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
पत्रमा समग्र राजनीतिक अवस्थाको विवेचना गर्दै सुरक्षामा आउन सक्ने खतरा र चुनौतिका बारेमा विश्लेषण गरिएको छ ।


source:

http://www.dainikee.com/newsdetail-8517.html



No comments:

Search and Buy from amazon.com