Friday, July 3, 2009

यसरी भयो ख्यातीको हत्या

यसरी भयो ख्यातीको हत्या


सुन्दर खनाल,काठमाडौं असार २०- वीरेनको उद्देश्य फिरौती लिएपछि ख्यातीलाई मार्ने नै थियो। घटनाक्रमको फरक मोड यति हो, हत्या योजनाभन्दा अघि अपहरणको तीन घण्टा नबित्दै भयो। वीरेनले अपहरणको दुई दिनभित्र २५ लाख रुपैयाँ फिरौती लिएपछि ख्यातीलाई मारी छलपूर्वक कुनै अस्पतालमा छाडेर भाग्ने योजना बनाएको थियो। तर खुसिबुस्थित आफ्नै डेरामा बन्धक बनाउने क्रममा स्लिपिङ ट्याब्लेट ख्वाएर लट्ठयाइएकी ख्याती हातखुट्टा बाँध्न लाग्दा कराउन खोजेपछि उसले रड प्रहार गरी हत्या गरेको हो। प्रहरी अनुसन्धानका अनुसार ख्यातीको ज्यान नरहेपछि ऊ १० लाख रुपैयाँ मात्रै भए पनि लिएर उम्कने चेष्टामा लाग्यो।

प्रहरीले शुक्रबार सार्वजनिक गरेको जानकारीबाट ख्याती हत्या प्रकरणसम्बन्धी थुप्रै रहस्यका पाटा खुलेका छन्। तिनीहरुलाई दिनांक विवरणमा यहाँ प्रस्तुत गरिन्छः

जेठ २२
पूर्व योजनाअनुसार वीरेनबाट प्रयोग भएकी किशोरीले बागबजारस्थित एक इन्स्टिच्युटबाट ब्रिज कोर्सको कक्षा सकेर बिहान ८ बजे ख्यातीलाई फोन गरिन्। ख्याती अनामनगरस्थित डेराबाट छिमेकी दाजु बिक्कीसँग लिफ्ट मागेर मोटरसाइकलमा पुतलीसडक आइन्। त्यहाँ पहिल्यै पखॆ्रर बसेको वीरेनले किशोरीलाई ख्याती चिनायो। ट्याक्सीमा हालेर ल्याउन पाँच सय रुपैयाँको नोट दियो। किशोरीले ख्यातीलाई भेटिन् र १ बजेसम्म घर फर्काइदिने बताएपछि बिक्की फर्के।
ट्याक्सीमा किशोरीले ख्यातीलाई 'भाउ' म्यागजिनको प्रश्नावली भर्न भनेर दिइन्। ट्याक्सी खुिसंबु पुग्यो। अकस्मात एउटा घरको कोठामा वीरेनलाई देखेपछि ख्याती छक्क परिन्।
'अंकल तपाईं यहाँ ' ख्यातीले सोधिन्। 'हो म भाउको एडभाइजर तिमी आफ्नो मान्छे सेलेक्ट भइहाल्छौ' वीरेनले उत्तर दियो। अब वीरेन भान्सामा कफी लिन भनेर गयो। दुइटा कफी बनाएर ख्यातीलाई पिलाउनेमा चाहिँ 'एन्जिट ०.२५ एमजी' दस चक्की घोल्यो। कोठामा बसेर किशोरी र ख्याती कफी पिउन थाले। वीरेनले आफूलाई भनेर छुट्टै ल्यायो। ख्यातीले कफी तितो भयो भनिन्। पिँधमा सेतो नघुलेको चिज नदेखेपछि उनले के भनेर पनि सोधिन्। अनि वीरेन 'तिमीलाई स्लाइस ल्याउँछु भनेर निस्कियो र दुइटा स्लाइससँगै औषधी पसलबाट थप एन्जिट पनि किन्यो। ख्याती र किशोरीले सँगै स्लाइस खाए। स्लाइसमा मिलाइएको थप एजिन्टको नसाले ख्याती लट्ठिँदै गइन्। उनले निद्रा लाग्यो भनेपछि कोठामै भएको होचो खाटमा सुत भनियो। सुतेको केही बेरमै ख्यातीले होस गुमाएको लागेपछि वीरेनले हातखुट्टा बाँध्ने र मुखमा पट्टी बाँध्ने काम सुरु गर् यो। पूरै बेहोस नभइसकेकी ख्याती त्यसैबेला कराउन खोजिन् प्रतिकार गर्न खोजिन्। त्यसपछि वीरेनले ड्रअरभित्र राखेको रड झिकेर लगातार तीन पटक ख्यातीको टाउकामा प्रहार गर् यो। त्यसो नगरौं मर्छ भन्दै किशोरीले सम्झाउन खोज्दा वीरनेले उनलाई पनि एक चोटि रडले हान्यो औंलामा चोट लाग्यो। थुनामा रहँदा उनले त्यसलाई निकै पछिसम्म तातो तेलले पोलेको भन्दै थिइन्।

ख्यातीको ज्यान गइसकेको थियो यो सबै बिहान साढे ११ बजेभित्र भइसकेको थियो। वीरेनले सास नाडी केही पनि भेटेन। किशोरी जान्छु भन्न थालिन्। वीरेनले उनलाई कसैलाई घटनाबारे भनेमा परिवारसहित मार्ने धम्की दियो। त्यहीँ रोकिराख्यो। उसले भान्सामा गएर ख्यातीको एटिएम कार्ड र भाउ म्यागजिनको भनेर बनाएको नक्कली कार्ड जलायो। त्यसपछि किशोरीलाई इचंगुस्थित घर पुर् यायो। त्यो दिन साढे बाह्र बजे किशोरीलाई अमेरिकी दुताबासमा ओबामाको भाषणसम्बन्धी विश्लेषण गर्ने कार्यक्रममा भाग लिनु थियो। वीरेनले नै उनलाई त्यहाँसम्म पुर् यायो। त्यो क्रममा उसले ख्यातीको परिवारसँग उनकै फोनबाट अपहरण र १० लाख फिरौतीको कुरा राखिसकेको थियो। बेलुकी ५ बजे दुतावासबाट किशोरीलाई ल्याई उसले घरमै छाडिदियो। बालाजुमा गई रक्सी खाएर डेरामा फक्र्यो चाउचाउ पकाएर खायो। ख्यातीको मृत शरीरलाई तन्दामा पोको पारेर ऊ अर्को कोठामा सुत्यो।

जेठ २३

शनिबार। घरबेटीका छोरीहरु पनि विदा भएकाले घरमै थिए। उसले डेराभित्र कुनै काम गर्नुमा थाहा पाउने खतरा देख्यो गरेन।


जेठ २४

शवलाई पोको पारेर मोटरसाइकलमा लगेर कतै फाल्ने योजना गर् यो। तर सम्भव देखेन। टुक्रा-टुक्रा पारेर नफ्याँकी उपाय देखेन। बिहान ९ बजे शव काट्न थाल्यो। आफूसँग भएको सानो खुँडा प्रयोग गरी पहिले हातको कुहिनाबाट काट्यो। त्यसपछि काखीबाट। खुट्टालाई घुँडा र जाँघबाट काटी चार टुक्रा पार् यो। सबै टुक्रालाई सेतो प्लास्टिकमा बेरेर पि्रुजमा हाल्यो। टाउको र जिउको भागलाई छुट्टै धोक्रोमा। गन्ध आउला भनेर धुप बाल्यो। उता ख्याती परिवारसँग एसएमएसबाट बार्गेनिङ पनि जारी।

जेठ २५

ख्यातीले लगाएको औंठी झिकेर बालाजुमा एक पसलमा लगी २ हजार ५ सय रुपैयाँमा बन्धकी राख्यो। बिहान १० बजेलाई बागबजारबाटै मोटरसाइकलमा हालेर किशारीलाई डेरामा ल्यायो। किशोरीलाई घरपछाडिको इनारबाट पानी ल्याउन लगायो। भित्र बसेर उ पि्रुजबाट प्लास्टिकका पोकाहरु झिकेर सफा गर्न थाल्यो। टाउको र जिउको भाग प्लास्टिकमा अटेन। त्यसलाई पनि काटेर छुट्टयायो। रगत लागेका कपडा र तन्ना शोभाभगवतीवरपर लगेर सुटक्क फाल्यो।

जेठ २६

बिहान साढे पाँचे बजे उठ्यो। धुप बाल्यो। स्प्रे गर् यो। ट्याक्सी बोलायो। कार्टुनमा राखिएको जिउको भाग पछाडिपट्टि राख्यो। आफूलाई गुणस्तर विभागको मान्छे भन्दै मिटरमा चलाउन भन्यो। ट्याक्सी ललितपुरको कार्यविनायक सैंबुतिर लाग्यो। ट्याक्सीमा बस्दाबस्दै पनि स्प्रे छर्कदै थियो। सैंबु क्षेत्र उसका लागि परिचित थियो लामो समय ललितपुरको स्कुलमा पढाएको हुनाले। मिटरमा ३ सय ८७ रुपैयाँ उठेछ चार सय दियो। ट्याक्सीलाई वरै रोकेर केहीबेर हिँडी तल खोला रहेको भीरजस्तो ठाउँबाट पोको खसालिदियो। अचम्म त्यसपछि कार्यविनायक मन्दिरको दर्शन पनि गरेछ। माइक्रोबाट डेरा फक्र्यो।

दिउसो हातखुट्टालाई अर्को कार्टुनमा हाल्यो। अब ऊ ट्याक्सीमा कलंकीतिर लाग्यो। नारायणगढको माइक्रो समात्यो। खलासीले याद नगर्ने गरी हत्तपत्त कार्टुन छतमा लगेर राखिहाल्यो। नारायणगढ र मुग्लिनबीचमा पर्ने ठाउँमा ओल्र्यो। अलिकति हिँडेर फालिदियो। त्यसपछि आफूलाई सडक विभागको कर्मचारी भन्दै एउटा मोटरसाइकलसँग लिफ्ट माग्यो। नारायणगढबाट माइक्रोमै काठमाडौं फक्र्यो।

जेठ २७

टाउको कालो प्लास्टिकमा बेर् यो। त्यसपछि धारागल्लीसम्म हिँडेर गयो। बाइपासबाट मोटर चढ्यो। मुटखु भन्ने ठाउँमा ओर्लेर केहीबेर हिँडेर भिरोलोमा गुल्टाइदियो।

डेरा फक्र्यो। गिजरको तातो पानीले कपडा सफा गर् यो। अनि रगत लागेका कपडाहरु बेलुकीपख विष्णुमतिमा लगेर फाल्यो।

जेठ २८ र २९ गते उसले कोठा सफा गर्ने ठूल्ठूला कार्पेट धुने टुक्राएर बाटोमा फालेर अरुलाई टिप्न लगाउने सबै काम प्रमाण नष्ट गर्न काम गर् यो। ख्याती परिवारसँग फोन र एसएमएसमा कुराकानी पनि जारी थियो।


जेठ ३०

ख्याती परिवारलाई फिरौतीका लागि काँकरभिट्टा आउन भन्यो। आफ्नो नाम राजेन्द्र मानन्धर भन्यो।

जेठ ३१

बिहान साढे नौ बजे ऊ काँकरभिट्टा पुग्यो। बसको टिकटमा पनि राजेन्द्र मानन्धर नै नाम लेखाएको थियो। उसले पैसा ख्याती परिवारका घरेलु सहयोगी किशोर रामलाई पैसा दिएर पठाउनू भनेको थियो। उसले रकम बुझ्नका लागि भनेर चिनजानका प्रकाश गुरुङलाई अनुरोध गरेको थियो त्यसवापत ५० हजार रुपैयाँ दिने आश्वासनसहित। तर गुरुङ काम पर् यो भनेर आएन। त्यसपछि ऊ आफैं पैसा लिन त_िम्सयो। उसले रामलाई सीमापारीको भारतीय ठाउँ पानीट्यांकी पठाउनू भन्यो। पानीट्यांकीमा उसलाई देखेर राम अचम्भित भयो। उसले एउटी डिएसपीकी छोरी हराएकी हुनाले आफू पनि फिरौती नै बुझाउन आएको बतायो। 'पैसा म बुझाइदिउँला तिमी गए हुन्छु भनेर १० लाख भएको ब्याग आफूले लियो। उसले त्यतिखेर आफू जोगिन रामलाई पनि कब्जामा लिएर मार्नुपर्ने सोचिसकेको थियो। तर त्यतिबेला शंका लाग्नु भाग्य थियो हुलमुलमा अल्मल्याएर राम कुलेलम ठोक्यो।

रकम लिएपछि उसले काठमाडौंमै ख्यातीलाई छाडिदिने जवाफ पठाएको थियो।

असार १

ऊ थानकोट नाका भएर काठमाडौं फक्र्यो। घरमै बसेकी किशोरीलाई लैनचौरमा बोलाएर भेट्यो।

असार ५ गतेसम्म उसले पाएको रकमबाट क्यासिनो र सहकारीको ऋण चुक्ता गर् यो। ससुरालीमा भात खाएर निर्धक्क हिँडिरहेको थियो।

असार ६

ऊ छोरीहरुलाई लिएर फिल्म हेर्न गयो। उनीहरुलाई ससुरालीमा छाडेपछि सोह्रखुट्टेमा पान खाएर डेरातिर फर्किरहेका बेला प्रहरीले उसलाई पक्राउ गर् यो।

पहिल्यै शंकामा

ख्यातीका छिमेकी दाजु बिक्कीसँग फोनमा गरेको कुराकानीको आवाज र बंगालीमिश्रित हिन्दी लवजका आधारमा वीरेनमाथि नै परिवार र प्रहरीको शंका थियो। काँकरभिट्टामा ख्यातीकी आमा राधाले उसलाई एउटा पसलमा समेत देखिन् तर देख्ला भनेर हच्किन्। स्रोतका अनुसार त्यतिबेला ४० जना सादा पोसाकका प्रहरीले उसलाई घेरिसकेका थिए। तर समातिहाल्दा बन्धक ठानिएकी ख्यातीको हत्या हुनसक्ने खतराले पक्राउ गरिएन।

योजना

क्यासिनोका लती ४२ वर्षीय वीरेन प्रधानलाई पैसाले फिटफिटी परेको थियो। खेल्दाखेल्दै उसलाई क्यासिनोवालाकै ऋण लागेको थियो। क्यासिनोवालाले पैसा फिर्ता माग्यामाग्यै गरेपछि ऊ कसरी जुटाउने भन्ने चिन्तामा थियो। शिक्षकको जागिर बैशाखमै गुमाएको थियो छात्रामाथि दुव्र्यवहारका कारण। क्यानडामा रहेकी पत्नीले पनि पैसा पठाउन छाडेकी थिइन्। जॆठ पहिलो साता उसले आफ्नो बालाजुस्थित पूर्व घरका डेरावाल विराटनगरवासी गोपाल र राधा श्रेष्ठ दम्पतीबाट खाना खाने निम्तो पायो। उनीहरु आफ्नी एक्ली १९ वर्षीय छोरी ख्यातीले प्लस टु पास गरेपछि के पढाउने भनेर वीरेनसँग सल्लाह लिन चाहन्थे।

अनामनगरस्थित श्रेष्ठ निवासमा आएपछि ख्यातीलाई पाइलट पढाउन लागिएको वीरेनले थाहा पायो। त्यसका लागि तीसौं लाख रुपैयाँ खर्च गर्न तयार भएको र २५ लाख रुपैयाँ नगद श्रेष्ठ दम्पतीसँगै भएको उसले बुझ्यो। त्यतिबेलै उसले ख्यातीलाई अपहरण गर्ने २५ लाख लिने र हत्या गर्ने सोच्यो।

जेठ १३ गते ख्याती अपहरण गर्ने उसको पहिलो प्रयास असफल भयो। ख्यातीको प्लस टुको परीक्षाको सेन्टर विजेश्वरीमा परेको थियो। उसले फोन गरेर ख्यातीलाई त्यहीँ बोलायो। परीक्षा सकेर ख्याती पौने सात बजे चिया पसलमा बसिरहेका उसलाई भेट्न आइन्। तर साथमा अर्की साथी पनि भएकाले उसको योजना सफल भएन। नभए त्यहाँबाट परीक्षाको प्रश्नावली आफूसँग भनेर डेरामा लाने र त्यहाँ बेहोस पारी बार्गेनिङ थाल्ने उसले योजना बनाएको थियो।

त्यसको चार पाँच दिनपछि उसले भाऊ म्यागजिनको नाटक रच्यो यसैपाला एसएलसी दिएर बसेकी आफ्नी पूर्व विद्यार्थीले प्रयोग गर् यो। नक्कली कार्ड र प्रश्नावली बनायो। बालाजुको पिसिओबाट किशोरीलाई फोन गर्न लगाई ख्यातीसँग जेठ २२ बिहानको समय लियो।

source;

http://www.nagariknews.com/news-highlights/139-highlights/2569-2009-07-04-03-33-23.html



No comments:

Search and Buy from amazon.com