Monday, March 28, 2011

माइक्रोबसमा विस्फोट

माइक्रोबसमा विस्फोट


    बुटवल, चैत्र १३ -



    • २३ जना घाइते, ४ गम्भीर


    • बुटवल तनावग्रस्त



    भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको माइक्रोबसमा आइतबार साँझ विस्फोट हुँदा २३ जना घाइते भएका छन् । उनीहरूमध्ये चार जना गम्भीर स्थितिमा छन् ।

    लु१ख ३६६६ नम्बरको माइक्रोबस मिलनचोकमा आइपुगेपछि विस्फोट भएको थियो । विस्फोटमा जनकपुरका शैलेन्द्र कर्ण, पर्वतका ध्रुव पराजुली, गुल्मीका मीना कुँवर, नारायण ज्ञवाली, अर्जुन कँडेल र सिर्जना थैव घाइते भएका छन् । बुटवलकी सुनिता तामाड, सपना तामाड, वासुदेव श्रेष्ठ, बालकृष्ण खरेल, टीकाराम न्यौपान, पाल्पाका ध्रुव खासी, रूपन्देहीका टीकाराम सुवेदी, प्रकाश शाही, दलबहादुर थापा, सुनिल रामा, कमलप्रसाद बेल्वासे रूपन्देही, शंकर नगर, रेशम रेग्मी रूपन्देही कालिकानगर पनि घाइते भएको प्रहरीले जनाएको छ ।

    यात्रु ओराल्न बस रोकेका बेलामा बम विस्फोट भएकाले कतिपय पैदलयात्रु र मोटरसाइकल चालक पनि विस्फोटमा घाइते भएका थिए । घाइतेमध्ये गम्भीर गुल्मी तम्घासका मीना कुँवर, गुल्मी बिगामका राधा कँडेल, बुटवल-५ का सुनिता श्रेष्ठ र नाम नखुलेका अन्दाजी ३५ वर्षका एकलाई उपचारका लागि काठमाडांै पठाएको लुम्बिनी अस्पताल बुटवलले जनाएको छ ।

    अरूको सोही अस्पतालमा उपचार भइरहेको छ । वम विस्फोटबाट माइक्रोबस समेत क्षतिग्रस्त भएको छ ।

    विस्फोटपछि बुटवल तनावग्रस्त छ । वम विस्फोटको क्षति हेर्न अस्पताल र घटनास्थलमा मानिसहरूको घुइँचो लागेको छ । घटनापछि बुटवलमा चेकिङ कडा पारिएको रूपन्देही प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताए ।

    बुटवल आउनुअघि उक्त बस भैरहवा बसपार्कमा रोकी राखेकाले त्यतिबेलै कसैले झोलामा विस्फोटक पदार्थ राखिदिएको हुन सक्ने बस्नेतले बताए ।

    प्रकाशित मिति: २०६७ चैत्र १४ ०८:०९

    source:

    No comments:

    Search and Buy from amazon.com