Tuesday, March 1, 2011

भारतीय राजदूत राकेश सुदलाई कालो झण्डा देखाएकोमा नेपाली कङ्ग्रेसको आपत्ति


काठमाडौं, फागुन १७ (नागरिक) – भोजपुरको दिङ्ला पुगेका भारतीय राजदूत राकेश सुदलाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताले कालो झण्डा देखाएकोमा नेपाली कङ्ग्रेसले आपत्ति प्रकट गरेको छ। कङ्ग्रेसले उक्त घटनालाई 'कुटनीतिक मर्यदाको घोर उल्लंघन' भनेको छ।

कङ्ग्रेसद्वारा आज जारी वक्तव्यमा 'कुनै पनि मित्र राष्ट्रका कुटनैतिज्ञ प्रतिनिधिका विरोधमा यस्ता प्रकारका अराजक र अवांछित घटनाहरु हुनुहुन्न भन्ने नेपाली कांग्रेसको धारणा छ,' भनिएको छ।

माओवादीबाट बारम्बार हुने गरेका यस किसिमका कुटनैतिक मर्यादा र राजनीतिक संस्कार विपरितका घटनाको घोर भर्त्सना गर्दै यस्ता प्रकारका घटनाहरु पुनः नदोहोर्‍याउनसमेत कङ्ग्रेसले आग्रह गरेको छ। मुख्य सचिव वसन्त गौतमद्वारा जारी वक्तव्यमा भनिएको छ, 'आफूलाई जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत हुन एनेकपा (माओवादी) लाई नेपाली कांग्रेस आग्रह गर्दछ।'

source:

http://news.nagariknews.com/politics/party-politics/23861-2011-03-01-11-24-14.html


No comments:

Search and Buy from amazon.com