Monday, March 28, 2011

तीन मधेसी दलका अध्यक्ष र सशस्त्र संगठनबीच दिल्लीमा वार्ता

राजनीतिक भेटघाटका लागि एकैसाथ दिल्ली पुगेका फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोले तराईका सशस्त्र संगठन अखिल तराई मुक्ति मोर्चाका जयकृष्ण गोइत, जनतान्त्रिक तराई मुक्ति मोर्चाका ज्वाला सिंह र मधेस मुक्ति टाइगर्सका जगदीश अधिकारी ँराजन’सँग नयाँ संविधानमा ँएक मधेस एक प्रदेश’ को मुद्दा सम्बोधन नभएमा अपनाउनुपर्ने रणनीतिबारे शनिबार वार्ता गरेका छन्

image


नयाँ पत्रिका

काठमाडौं, ५ चैत

राजनीतिक भेटघाटका लागि एकैसाथ भारत भ्रमणमा गएका प्रमुख तीन मधेसवादी दलका अध्यक्षहरूले तराईका सशस्त्र संगठनहरूसँग पनि नयाँदिल्लीमा वार्ता गरेका छन् । उनीहरूबीच नयाँ संविधानमा मधेसका मुद्दाको सम्बोधन नभए कसरी अगाडि बढ्ने भन्ने रणनीतिबारे छलफल भएको हो

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले नयाँदिल्लीमा शनिबार तराईका तीनवटा सशस्त्र संगठनका प्रतिनिधिसँग वार्ता गरेका हुन्।

आगामी १४ जेठभित्र संविधान निर्माण नहुने अवस्थामा मधेसवादी दलको भूमिका के हुने तथा संविधानमा आफ्ना मुद्दा सम्बोधन नभए कसरी अगाडि बढ्ने र जनविद्रोहबारे उनीहरूबीच कुराकानी भएको स्रोतको दाबी छ । तीन मधेसवादी दलले झलनाथ खनालको नेतृत्वमा सरकार गठन भएपछि जनविद्रोह गर्ने घोषणा गरेका थिए

वार्तामा अखिल तराई मुक्ति मोर्चाका जयकृष्ण गोइत, जनतान्त्रिक तराई मुक्ति मोर्चाका नागेन्द्र पासवान 'ज्वाला सिंह' र मधेस मुक्ति टाइगर्सका जगदीश अधिकारी 'राजन' सहभागी थिए।

स्रोतका अनुसार राजनीतिक भेटघाटमा भारत पुगेका मधेसवादी दलका अध्यक्षहरूले उनीहरूलाई यसअघि नै नयाँदिल्ली बोलाएका थिए

सशस्त्र संगठनका प्रतिनिधिसँगको वार्तामा तीन मधेसवादी दलले नयाँ संविधानमा 'एक मधेस एक प्रदेश'को मुद्दालाई सम्बोधन नगरिएमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेको स्रोतले बतायो

आगामी १४ जेठभित्र नयाँ संविधान नबनेमा वा मधेसका माग सम्बोधन नभएमा कसरी अगाडि बढ्ने भन्ने रणनीतिबारे पनि छलफल भएको थियो । स्रोतका अनुसार छलफलमा कुनै निष्कर्ष ननिस्केको र नयाँदिल्लीको संवादलाई नेपालभित्रै रहेर पनि निरन्तरता दिने सहमति भएको छ

तीन मधेसवादी दलका अध्यक्षहरूले काठमाडौंमा फर्केको तीन/चार दिनपछि नै सशस्त्र समूहसँग नयाँदिल्लीमा भएको छलफल र सहमतिलाई खुलासा गर्ने सहमति पनि बैठकमा भएको स्रोतको दाबी छ ।

नयाँदिल्लीमा रहेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने सशस्त्र संगठनहरूसँग वार्ता नगरेको दाबी गरे।

उनले तराईका सशस्त्र संगठनहरूसँग वार्ता गर्न नयाँदिल्ली आइरहनुनपर्ने बताए । 'हामीले नेपालमा रहेर पनि उनीहरूसित सम्पर्क गर्न सक्छौँ,' महतोले नयाँ पत्रिकासँग भने, 'उनीहरूसँग वार्ता गर्न भारत आइरहनुपर्दैन ।'

तर, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले नयाँदिल्लीमा तराईका सशस्त्र संगठनहरूसँग भएको छलफललाई घुमाउरो गरी पुष्टि गरे

उनीहरूको राजनीतिक भेटघाट कार्यक्रम आइतबारसम्म रहने स्रोतले बताय। प्रधानमन्त्रीसँग भेट नभएको उल्लेख गर्दै उनले नयाँ पत्रिकासँग भने, 'उहाँहरूसँग भेट भयो भने हामी तपाईंहरूलाई भनिहाल्छौ नि ।' भारतीय नेताहरूसँग नेपालको शान्तिप्रक्रिया, संविधान निर्माण र मधेसवादी दलको भूमिकाबारे कुराकानी भएको पनि अध्यक्ष महतोले बताए

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग उनीहरूको आइतबार भेट हुने सम्भावना छ

'मधेसमा रहेका सशस्त्रधारीहरूलाई संवैधानिक दायरामा ल्याउनुपर्छ । उनीहरूलाई पनि राष्ट्र निर्माणमा सहभागी गराउनुपर्छ,' यादवले नयाँ पत्रिकासँग भने, 'यसका लागि सरकार मात्र होइन, सबैतिरबाट पहल हुनुपर्छ । हामीले पनि त्यो पहल गर्छौं ।'

मधेसवादी दलका अध्यक्षहरूले शनिबारै भारतीय नेताहरूसँग पनि भेटघाट गरेका छन्

। उनीहरूले भाजपा अध्यक्ष लालकृष्ण आडवाणीसँग शनिबार राजनीतिक भेट गरेका हुन् । शनिबारसम्ममा मधेसवादी दलका अध्यक्षहरूले भारतीय विदेशमन्त्री एसएम कृष्णा, अर्थमन्त्री प्रणव मुखर्जी, जनता दल युनाइडका अध्यक्ष शरद यादव, भारतीय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, समाजवादी पार्टीका मुलायनसिंह यादव, शुष्मा सारोठा, कांग्रेस आई नेता करण सिंहलगायतका नेताहरूसँग भेटघाट गरिसकेका छन्

सद्भावना अध्यक्ष महतो, तमलोपा अध्यक्ष ठाकुर सोमबार स्वास्थ्य परीक्षण गराई त्यही दिन स्वदेश र्फकने कार्यक्रम छ

। फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारको भने र्फकने कार्यक्रम तय भएको छैन

सद्भावना अध्यक्ष महतोले भारतीय नेताहरूसँग भेटघाट भइरहेको जानकारी दिए

source:

http://nayapatrika.net/coverstory/3019-%E0%A4%A4%E0%A5%80%E0%A4%A8-%E0%A4%AE%E0%A4%A7%E0%A5%87%E0%A4%B8%E0%A5%80-%E0%A4%A6%E0%A4%B2%E0%A4%95%E0%A4%BE-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7-%E0%A4%B0-%E0%A4%B8%E0%A4%B6%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%B8%E0%A4%82%E0%A4%97%E0%A4%A0%E0%A4%A8%E0%A4%AC%E0%A5%80%E0%A4%9A-%E0%A4%A6%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE.html


No comments:

Search and Buy from amazon.com