Tuesday, March 15, 2011

नेपाललाई असफल बनाउने यस्तो छ भारतीय प्लान

नेपाललाई असफल बनाउने यस्तो छ भारतीय प्लान


१ चैत्र, काठमाडौं । माओवादी-एमाले गठवन्धन र संविधानसभाप्रति बेखुस देखिएको छिमेकी मुलुक भारतले कस्तो योजना बनाइरहेको होला ? आफ्नो नेपाल नीति असफल भएको महसुस गरिरहेको भारतले अब कस्तो रणनीति अबलम्बन गर्ला ? अहिले धेरैको मनमा यो प्रश्न खेलिरहेको छ ।

एमाले-माओवादीको सत्ता गठवन्धन भारतसित राम्रो सम्बन्ध बनाउन प्रयास गरिरहेका बेला भारतले भने नेपालमा अस्थिरता उत्पन्न गर्न अहिलेका शक्तिहरुलाई कसरी खेलाउने र आफ्नो प्रभुत्व जमाउने भन्ने विस्तृत कार्ययोजना तयार पारि नेपालभित्रका आफ्ना मित्रहरुमार्फत कार्यन्वयनको तयारी थालिरहेको खुलासा भएको छ ।

हालै भारत भ्रमणमा गएका सूर्यबहादुर थापा, पशुपतिसमशेर राणा तथा मधेसवादी दलका नेतासँग भारतले आफ्नो नयाँ योजना पेश गर्दै सोहीअनुसार अघि बढ्न सुझाएको छ ।

भ्रमणपछि नेताहरुले भारतले बनाएको नयाँ योजना कार्यन्वयनका लागि छलफल गरिरहेको स्रोतले बतायो । ती भेटमा सहभागी स्रोतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार झलनाथ खनाल नेतृत्वको सरकारलाई असफल बनाउने र नेपालमा अस्थिरता कायम गर्ने रणनीति भारतको छ । त्यसका लागि उसले आफु अनुकुल चल्ने लोकतान्त्रिक गठवन्धन निर्माणका लागि लविङसमेत थालेको छ । ‘माओवादी-एमाले गठवन्धन बन्नुलाई भारतले आफ्नो नेपाल नीति असफल भएको निष्कर्ष निकालेको छ’ उच्च स्रोतले अनलाइनखबरलाई भन्यो-’अब भारतले नेपालप्रति नयाँ रणनीति अबलम्बन गर्दैछ ।’

भारतको संस्थापन पक्षले खनाल नेतृत्वको सरकारलाई असहयोग गर्ने र पूर्णरुपमा असफल पर्ने रणनीति अख्तियार गरेको ती स्रोतहरुको दावी छ । भारतीय संस्थापन पक्षका बिश्वासपात्र मानिएका सूर्यबहादुर थापाले लोकतान्त्रिक मोर्चा बनाउन अघि सारेको प्रस्ताव भारतीय प्रस्ताव भएको उनीहरुको दावी छ । मोर्चा निर्माणपछि नेपाली दलहरुबीच ध्रुवीकरण उत्कर्षमा पुग्ने र त्यसले संविधान जारी हुन नसक्नेमा भारत ढुक्कप्रायः छ ।

संविधान सभाको म्याद एक दुई महिना थपेरै भएपनि संविधान जारी गर्ने तयारीमा लागेको खनाल-प्रचण्ड गठवन्धनको तयारीलाई निस्तेज पार्न कुनैपनि हालतमा म्याद थप्न नदिने रणनीतिमा भारत लागेको छ । जसका लागि फोरम लोकतान्त्रिक, तमलोपा, सद्भावना पार्टी लगायतका मधेसवादी दल उपयोगी हुने भारतको बिश्वास छ । ‘तोकिएको समयमा संविधान नबनेको अवस्थामा संविधानसभाको म्याद थप्न खोजिए मधेसवादी दलहरु सामुहिक राजीनामा दिएर संविधानसभाबाट बाहिरिनेछन् ।’- स्रोतले भन्यो ।

खनाल नेतृत्वको सरकारको असफलता र संविधानसभा भङ्ग भएपछिको अस्थिरतामा मात्रै नेपालमा आफु अनुकुलको सरकार राजनीति अघि बढने निष्कर्ष भारतको छ । ५ बर्षअघि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेर एकखाले राजनीतिको अभ्यासमा लागेको भारतले संविधानसभा भंगसँगै अर्को अध्याय थाल्ने तयारीमा छ ।

जेठ १४ मा संविधान जारी नभएको अवस्थामा माओवादीले जनविद्रोह गर्ने तयारी धम्की दिइरहेको छ । तर भारतले त्यसलाई रोक्ने योजना पनि बनाइसकेको बताइएको छ । स्रोतले भन्यो-’माओवादीले विद्रोह गर्न खोज राष्ट्रपतिमार्फत आफ्नो विश्वास पात्र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउने र नेपाली सेना परिचालन गरी माओवादीलाई तह लयाउने भारतको रणनीति छ ।’

source:

http://www.onlinekhabar.com/2011/03/15/44826.html


No comments:

Search and Buy from amazon.com