Saturday, March 12, 2011

भारतीय एसएसबीद्वारा एक नेपालीलाई नियन्त्रणमा लिई हत्या

भारतीय एसएसबीद्वारा एक नेपालीलाई नियन्त्रणमा लिई हत्या


शान्तिपुर, फागुन २८ । सीमा नजिकैको ग्रामीण बस्तीका हर्कबहादुर शाहीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएकै दिन हत्या गरको छ ।

हतियारसहित नेपाल आएका एसएसबीले जमुनी-९ शान्तिपुरका शाहीलाई घेरा हाली गोली हानेका थिए । डाँफे गाउँको अरहरबारीबाट नियन्त्रणमा लिई कुट्दै हातखुट्टा भाँचेर एसएसबीले क्याम्पमा लगी हत्या गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

शान्तिपुर पलट नं. ११० का शाहीसहित स्थानीय ४ जनालाई फागुन ५ गते भारतको लम्बिकुवास्थित क्याम्पबाट निस्केको एसएसबी टोलीले नियन्त्रणमा लिएको थियो । कुर्कुच्चामा गोली लागी घाइते भएका शाही नेपालतिरको अरहर बारीमा लुक्ने प्रयास गरेका बेला नियन्त्रण परेका हुन् ।

'जिल्ला प्रहरी कार्यालय बर्दियाका उपरीक्षक सनबहादुर उपाध्यायले शाहीका मृत्यु भएको पुष्टि गरेका छन् । उनले भारतीय पक्षसँग बारम्बार कुराकानी भइरहेको तर उनीहरूले शव आफूहरूसँग नभएको दाबी गरिरहेको बताए । 'शव ल्याउने प्रक्रियाका लागि मन्त्रालयस्तरबाट प्रयास भइरहेको छ,' उनले भने । छलफलमा भारतीय पक्षले आफ्ना प्रहरीलाई गोली प्रहार गरी भागेको दाबी गरे पनि नेपाली पक्षले त्यसको प्रतिवाद गरी भारतीय पक्षले लिएको अडानसहित कुराकानी गरिएको उनले बताए ।

शव ल्याउनसमेत नेपाली सुरक्षा निकायले अपेक्षित चासो देखाएको छैन । जमुनी पोस्टका सशस्त्र प्रहरी निरीक्षक रुद्रबहादुर पाण्डेसहितको सुरक्षा टोली एसएसबी क्याम्पमा पुगेर शुक्रबार गोप्य भेटघाट गरी फर्केको छ । त्यहाँ के कुरा भयो थाहै भएन, बाबुको शव ल्याइदिए काजकिरिया गर्ने पक्षमा रहेका प्रेमले भने, 'पहिले आफैंले देखाको सशस्त्र प्रहरीले अहिले देखेनौं भन्न थालेको छ के सहयोग गर्लान् उनले भने ।

भारतीय प्रहरीले बाबुलाई घटनास्थलमै हत्या गरेको र जीतिव रहने कुनै सम्भावना नरहेको प्रेमले बताए । उक्त घटनापछि शान्तिपुरका बासिन्दा डर त्रासमा छन् ।

'शाहीलाई नियन्त्रणमा लिई हत्या गरेपछि एसएसबीले त्यहाँका अधिकांश सुरक्षाकर्मीलाई स्थानान्तरण गरेको छ।

source:

No comments:

Search and Buy from amazon.com