Monday, March 28, 2011

एकै दिन सात ठाउँ बम

एकै दिन सात ठाउँ बम


    नेपालगन्ज, चैत्र १३ -
    बाँकेको नेपालगन्ज-कोहलपुर सडक खण्डमा चालु बस भित्र शनिबार विस्फोट हँुदा ६ जना यात्रु घाइते भए । शनिबारै बाँकेका अन्य तीन र बर्दियाका चार ठाउँमा पनि बम फेला परेको छ । शृंखलाबद्ध राखिएका बम र विस्फोट घटनाले स्थानीय बासिन्दा त्रसित छन् ।

    नेपालगन्जबाट कोहलपुर जाँदै गरेको ना४ख्ा १३३२ नम्बरको बसमा विस्फोट भएको थियो । शुक्रबार राति नेपालगन्ज ५, देवाफुलबारीस्थित प्रेम थापाको घरमा पनि विस्फोट गराइयो । बिहीबार नेपालगन्ज २, घरबारिटोलमा पनि विस्फोट भयो । विस्फोटबाट स्टार लजका एक कर्मचारी घाइते भए ।

    विस्फोट बाहेक शनिबार एकै दिन बाँके र बर्दियाका सात ठाउँमा पनि बम फेला परेको प्रहरीले जनाएको छ । शृंखलाबद्ध विस्फोटका घटनाले स्थानीय बासिन्दा त्रसित छन् । घटनाको जिम्मेवारी फोनमार्फत भूमिगत सशस्त्र समूहले लिने गरे पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । जसले गर्दा असुरक्षा बढेको स्थानीय बासिन्दा बताउँछन् । यात्रु बसमा भएको विस्फोटको अधिकारवादी संघसंस्था र नागरिक समाजले भत्र्सना गरेको छ ।

    शनिबार गुलरिया नगरपालिका र महम्मदपुरको सडक खण्डमा चार ठाउँमा बम फेला परेका थिए । भूमिगत तराई मधेस मुक्ति पार्टीले आह्वान गरेको बन्दका दिन बम फेला परेका हुन् । गुलरिया नपाको पुरानो भादा पुल तुलापुरमा एक, तेजीपुर चोकमा दुई र महम्मदपुर गाविसको गणेशपुर प्रहरी चौकी नजिक बम फेला परेको प्रहरीले जनाएको छ ।

    बाँकेमा सार्वजनिक यातायातमाथि गराइएको विस्फोटमा परी जुम्ला धापा गाविसका ४० वषर्ीय रामदत्त शर्मा, बाँके कोहलपुर ८, पिपरीका ३८ वषर्ीय तिलक विक्रम चन्द, नेपालगन्ज १३, आदर्शनगरकी ४० वषर्ीया राधा यादव, बाँके, गनापुरकी ३५ वषर्ीया सिर्जना यादव, सोही गाविसका ६० वषर्ीया छंगा यादव र जयसपुरकी ५ वषर्ीया आस्मा जसगढ घाइते भएका छन् ।

    बाँकेका प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले विस्फोटमा संलग्न भएको आरोपमा घाइते रामदत्त शर्मालाई पक्राउ गरेको बताए । 'बस भित्र विस्फोट गराउनु भनेको गम्भीर कुरा हो, सूक्ष्म ढंगले अनुसन्धान थालेका छौं', उनले भने ।

    सर्वसाधारण सवार सार्वजनिक यातायातमा गराइएको उक्त विस्फोटका साथै जनजीवन आतंकित पार्नेगरी सार्वजनिक स्थान र सर्वसाधारणको घरपसल लक्षित गरी विस्फोट गराइएको र बमहरू राखिएको घटनाको विभिन्न अधिकारवादी संघसंस्थाले भत्र्सना गरेका छन् ।

    'यस्तो काम निकृष्ट, अमानवीय र मानवता विरोधी भएको हाम्रो ठहर छ । जुनसुकै पक्षले जुनसुकै उद्देश्यका लागि गराएको आततायी घटनाको हामी निन्दा एवम् भत्र्सना गर्दछांै', आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक), पुनरावेदन बार एसोसिएसन, नेपालगन्ज एडभोकेसी फोरम, हिमराइट्स र हुरोनले संयुक्त रूपमा निकालेको विज्ञप्तिमा भनिएको छ ।

    पछिल्लो समयमा बाँके र बर्दियामा भएका शृंखलाबद्ध विस्फोटका घटनाले शान्ति सुरक्षाको अवस्था कमजोर बनेको निष्कर्ष अधिकारकर्मीको छ । उनीहरूले स्थानीय प्रहरी प्रशासनलाई नागरिकको जीउधनको सुरक्षाको सुनिश्चितता गर्दै घटनामा संलग्नको पहिचान गरी कानुन बमोजिम कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा सतर्कताका निम्ति अनुरोध गरेका छन् ।

    यस्तै अधिकारवादी संघसंस्थाले घटनामा घाइते भएकाको निःशुल्क स्वास्थ्य उपचार मिलाउन स्थानीय प्रशासनसँग माग गरेका छन् । भगत सिंह अध्यक्ष रहेको तराई-मधेसको पृथकतावादी सशस्त्र समूहले ती विस्फोटका घटनाको जिम्मा लिएको छ । सिंहले फोनसम्र्पक गरी तराई-मधेसविरोधी गतिविधिविरुद्ध चेतावनी दिन विस्फोट गराएको बताएका छन् ।



    प्रकाशित मिति: २०६७ चैत्र १४ ०८:१०

    No comments:

    Search and Buy from amazon.com