शान्तिको पक्षमा १०६, विद्रोहको पक्षमा ३९ माओवादी केन्द्रीय सदस्य
माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको शान्ति र संविधान तथा उपाध्यक्ष किरणको जनविद्रोहको प्रस्तावमा तीन दिनदेखि बहस भइरहेको छ ।
नयाँ पत्रिका
काठमाडौं, ११ वैशाख
बहुमतले प्रस्ताव पारित हुने भएपछि एक सय ४८ सदस्यीय केन्द्रीय समितिमा कसको अवस्था कस्तो छ भन्ने गणनासमेत हुन थालेको छ ।
अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराई एकै ठाउँ उभिएपछि प्रचण्डको प्रस्ताव फराकिलो बहुमतले पारित हुने देखिएको छ
यसैबीच आइतबारको बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष किरण पक्षधर नेताहरूबीच एक-अर्को पक्षको आलोचना भएको छ भने अर्का उपाध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर नेताहरू भने सन्तुलित बोलेका छन्
। तर, भट्टराई समूहले भने प्रचण्डको प्रस्तावमा समर्थन जनाएको छ ।आइतबारको बैठकमा प्रचण्डको पक्षमा पोलिटब्युरो सदस्यहरूले गोपाल किराती, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा र जनार्दन शर्माले तथा किरणका पक्षबाट बोल्न पोलिटब्युरो सदस्यहरू इन्द्रमोहन सिग्देल, हरिभक्त कँडेल र कुलप्रसाद केसी खरो रूपमा प्रस्तुत भएका थिए
। । उपाध्यक्ष किरण पक्षकै दाबीअनुसार पनि केन्द्रीय समितिमा करिब ३८ सदस्य विद्रोहको पक्षमा छन् । राजनीतिक अवस्था पेचिलो बनेकाले आफ्नो पक्षमा आउने सदस्यहरूको संख्या ५० पुग्ने सो समूहको विश्वास छ ।'विगतको आँकलन गर्ने हो भने पनि ५०/५२ जना केन्द्रीय सदस्यले किरण कमरेडको प्रस्तावमा समर्थन गर्नुहुन्छ,' किरणनिकट मानिने माओवादी पोलिटब्युरो सदस्य हरिभक्त कँडेल प्रतीकले नयाँ पत्रिकासँग भने, 'अहिले राजनीतिक अवस्था फेरिएको छ, पालुङटारको भन्दा अवस्था पृथक छ, क्रान्तिकारी स्पिरिटको पक्षमा बोल्ने सदस्यहरू बढ्ने देखिन्छ
।'शनिबार १३ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेका थिए भने आइतबार स्थायी समिति सदस्य अनन्तसहितका पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राखेका थिए
। आइतबारको बैठकमा पोलिटब्युरो सदस्यहरू खड्गबहादुर विश्वकर्मा, दिलबहादुर श्रेष्ठ र सोनाम साथी भने उपस्थित थिएनन् ।माओवादीका एक सदस्यका अनुसार पोलिटब्युरो सदस्य गोपाल किराती र इन्द्रमोहन सिंग्देलबीच व्यंग्य हानाहान भएको थियो
। किरातीले अहिले पार्टीमा देखिएको संघर्ष वैचारिक नभई पदका लागि भएको टिप्पणी गरेका थिए । 'सिपी गजुरेललाई उपप्रधानमन्त्री र नेत्रविक्रम चन्द विप्लवलाई सञ्चारमन्त्री बनाउने हो भने यो वैचारिक अन्तरसंघर्ष तत्काल सकिन्छ,' स्रोतका अनुसार किरातीले बैठकमा भनेका थिए ।जवाफमा सिंग्देलले मन्त्री पद खल्तीमा हालेर हिँडेकाहरूले तत्कालै बाँड्नुपर्ने बताएका थिए
। 'हाम्रै साथीहरूले मन्त्री पद त खल्तीमा हालेका रहेछन्, अहिले नै बाँडेर दिए भइहाल्यो,' सिग्देलको भनाइ थियो । सिग्देलले वर्गसंघर्ष चर्किरहेका वेला मन्त्रीको भागबन्डाजस्तो प्राविधिक कुरा गरेर पार्टीलाई क्रान्तिबाट विचलित पार्न खोजेको भन्दै अध्यक्ष पक्षको आलोचना गरेका थिए ।त्यसैगरी अर्का नेता हरिबोल गजुरेलले खरिपाटी भेला (२०६५ पुस) देखि नै अध्यक्षले सबैलाई मिलाएर जाने कोसिस गरेको भन्दै अब त्यस्तो गर्न आवश्यक नरहेको बताएका थिए
। 'अब सारसंग्रहवादी तरिकाले पार्टी चल्दैन, खरिपाटीदेखि नै यस्तै हुँदै आयो,' उनको भनाइ थियो, 'अब अध्यक्षले खरो भएर पार्टी चलाउने आँट गर्नुपर्छ, कसले के भन्छ, त्यसको पछाडि लाग्न हुँदैन ।'बैठकमा अर्का नेता अग्निप्रसाद सापकोटाले माओवादीलाई यहाँसम्म पुर्याएको प्रचण्डले हो भन्दै सशक्त ढंगले कार्ययोजना कार्यान्यवन गरेर जानुपर्ने बताएका थिए
। 'पार्टीलाई यहाँसम्म पुर्याएको अध्यक्षले हो, किरण कमरेड नभए पनि अर्को आउँछ, बाबुराम कमरेड नभए पनि त्यो ठाउँमा अर्को आउँछ,' सापकोटाको भनाइ थियो, 'तर पार्टी कार्यकर्ता र सिंगो देश चलाउने अर्को प्रचण्ड कहाँबाट ल्याउने ? त्यसैले अध्यक्षले सशक्त ढंगले कार्ययोजना लागू गर्नुपर्छ ।'अर्का नेता हरिभक्त कँडेलले अध्यक्ष प्रचण्ड शान्ति र संविधानकै बाटोमा आउने कुरा आफूहरूलाई पहिले नै थाहा भए पनि पालुङटारमा विद्रोहको कुरा गरेर झुक्याएको आरोप लगाए
। 'उहाँ (अध्यक्ष) यो बाटोमा आउनुहुन्छ भन्ने हामीलाई पहिले नै लागेको थियो, उहाँले पालुङटार बैठकमा झुक्याउनुभयो,' प्रतीकले भने, 'अहिले आएर उहाँले आफ्नो चरित्र देखाउनुभयो ।'त्यसैगरी अर्का नेता कुलप्रसाद केसीले प्रचण्डको प्रस्ताव अहिलेको समस्या टार्ने गरी र किरणको प्रस्ताव हल गर्ने गरी आएको बताएका थिए
। 'अध्यक्षले ल्याउनुभएको प्रस्ताव अहिलेको समस्या टार्ने गरी आएको छ, अध्यक्षले विकल्प मात्र खोज्नुभएको छ,' केसीको भनाइ थियो, 'किरण कमरेडको प्रस्ताव अहिलेको आवश्यकतालाई हल गर्ने गरी आएको छ, दुईवटा प्रस्तावमा यहीँनेर फरक छ ।'
७ वैशाखको पोलिटब्युरो बैठकमा शान्ति र संविधानको कार्ययोजना प्रस्तुत गर्दै प्रचण्डले दलीय सहमति, सेना समायोजन र संविधान निर्माणमा जाने प्रस्ताव गरेका थिए
। शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा विद्रोहकै कार्ययोजनालाई निरन्तरता दिनुपर्ने भन्दै उपाध्यक्ष मोहन वैद्य किरणले भिन्दै प्रस्ताव पेस गरेका थिए । अध्यक्ष प्रचण्ड र उपाध्यक्ष किरणको प्रस्तावमा १४ जेठपछि विद्रोहमा जाने वा शान्ति र संविधानका लागि प्रयास कायम राख्ने भन्नेमा मतभेद छ । प्रचण्डले शान्ति र संविधानका लागि १४ जेठपछि पनि प्रयास कायम राख्नुपर्ने नयाँ कार्ययोजना पेस गरेका छन् । किरणले भने १४ जेठपछि पालुङटार प्लेनमले तय गरेको कार्यदिशाअनुसार विद्रोहमा जानुपर्ने उल्लेख गरेका छन् ।कारबाही फुकुवा गर्न माग
त्यसैबीच गत असोजको केन्द्रीय समितिबाट निलम्बनमा परेका माओवादी केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेले निलम्बन फिर्ता लिन माग गरेका छन्
। युद्धकालमा नवलपरासीमा जिल्ला इन्चार्ज भएका वेला आर्थिक अनियमितता गरेको आरोप लागेपछि बन्जाडेलाई माओवादीको गत असोजमा स्थायी समिति बैठकले ६ महिनाका लागि निलम्बन गरेको थियो । बन्जाडेले आफूमाथि लागेको आरोप प्रमाणित नभएकोले निलम्बन फुकुवा गर्न भन्दै माओवादी नेतृत्वलाई आग्रह गरेका छन् ।प्रचण्डको प्रस्तावको पक्षमा
१. प्रचण्ड
२. बाबुराम भट्टराई
३. नारायणकाजी श्रेष्ठ प्रकाश
४. रामबहादुर थापा बादल
५. पोष्टबहादुर बोगटी दिवाकर
६. कृष्णबहादुर महरा
७. गिरिराजमणि पोखरेल
८. वर्षमान पुन अनन्त
९. शक्ति बस्नेत
१०. हरिबोल गजुरेल
११. अग्नि सापकोटा
१२. हेमन्तप्रकाश वली
१३. लेखराज भट्ट
१४. निनु चापागाईं
१५. नारायण दाहाल
१६. विकेश श्रेष्ठ
१७ ओनसरी घर्ती
१८. झक्कुप्रसाद सुवेदी
१९. कमला रोका
२०. गणेशमान पुन
२१. रामचरण चौधरी
२२. महेश्वर गहतराज
२३. हितबहादुर तामाङ
२४. कृष्ण सापकोटा
२५. नरबहादुर कर्माचार्य
२६. सन्तु दराई
२७. प्रकाश पोखरेल
२८. धावा लामा
२९. पेशल खतिवडा
३०. जगत पार्की
३१. कृष्ण भुजेल
३२. राजु खड्का
३३. अञ्जना विशंखे
३४. गंगा कार्की
३५. जीवन गौतम
३६. कमानसिंह लामा
३७. किसन शर्मा
३८. डिआर पौडेल
३९. प्रह्लाद बुढाथोकी
४०. रामकुमार शर्मा
४१. धु्रव पराजुली
४२. जितवीर लामा
४३. तेजबहादुर वली
४४. श्रवण यादव
४५. धनबहादुर मास्के
४६. कुमार पौडेल
४७. सर्वोत्तम डंगोल
४८. धर्मचन्द्र लावती
४९. विश्वनाथ शाह
५०. दिलबहादुर श्रेष्ठ
५१. दीनानाथ शर्मा
५२. चन्द्रप्रकाश खनाल बलदेव
५३. नन्दकिशोर पुन पासाङ
५४. जनार्दन शर्मा
५५. कर्णध्जव केसी
५६. नन्दकुमार प्रसाईं
५७. दीपेन्द्र पुन
५८. सन्तोष बुढामगर
५९. टंक आङबुहाङ
६०. हिमाल किराती
६१. दीपबहादुर योञ्जन
६२. धर्मदत्त देवकोटा
६३. जगप्रसाद शर्मा
६४. हितराज पाण्डे
६५. कृष्ण केसी
६६. दिनेश पन्थी
६७. विश्वभक्त दुलाल
६८. लोकेन्द्र विष्ट
६९. गोपाल किराती
७०. पुष्पविक्रम मल्ल
७१. भक्तबहादुर शाह
७२. भीमबहादुर कडायत
७३. हकिकुल्लाह खाँ
७४. कालीबहादुर मल्ल
७५. टेकबहादुर बस्नेत
७६. ओमप्रकाश पुन
७७. केशव नेपाल
७८. हरि अधिकारी
७९. अमिक शेरचन
८०. घनश्याम पौडेल
८१. पूर्ण घर्तीर्
८२. टोपबहादुर रायमाझी
८३. हिसिला यमी
८४. भीमप्रकाश गौतम
८५. नवराज सुवेदी
८६. लीलाबहादुर थापा
८७. डिलाराम आचार्य
८८. गिरिधारीलाल न्यौपाने
८९. खगराज भट्ट
९०. गंगा श्रेष्ठ
९१. देवेन्द्र पौडेल
९२. स्वनाम साथी
९३. राम कार्की
९४. वामदेव क्षेत्री
९५. लीलामणि पोखरेल
९६. श्रीनाथ अधिकारी
९७. भक्ति पाण्डे
९८. डोरप्रसाद उपाध्याय
९९. तेजप्रकाश कँडेल
१००.बाबुराम नेपाली
१०१.सविना अर्याल
१०२.कृष्ण शर्मा
१०३.वेधनिधि अधिकारी
१०४.शशी श्रेष्ठ
१०५.प्रभु शाह
१०६.रामरिझन यादव
किरणको पक्षमा
१. चन्द्रप्रसाद गजुरेल गौरव
२. देव गुरुङ
३. नेत्रविक्रम चन्द
४. पम्फा भुसाल
५. हितमान शाक्य
६. हरिभक्त कँडेल
७. कुलप्रसाद केसी
८. गंगाबहादुर विश्वकर्मा
९. धर्मेन्द्र बास्तोला
१०. इन्द्रमोहन सिग्देल
११. जयपुरी घर्ती
१२. सूर्य सुवेदी
१३. उमा भुजेल
१४. कुमार दाहाल
१५. अनील शर्मा
१६. कृष्णध्वज खड्का
१७. रेखा शर्मा
१८. महेश्वर दाहाल
१९. अमृता थापामगर
२०. चन्द्रहरि सुवेदी
२१. सुरेश आले
२२. ईश्वरी दाहाल
२३. सरला रेग्मी
२४. श्रीराम ढकाल
२५. भरत बम
२६. पवनमान श्रेष्ठ
२७. दिनेश शर्मा
२८. राम आचार्य
२९. हर्कबहादुर शाही
३०. जोखबहादुर महरा
३१. दिलीप प्रजापति
३२. यशोदा सुवेदी
३३. मायाप्रसाद शर्मा
३४. पदम राई
३५. ईश्वरी भट्टराई
३६. कृष्णदेव सिंह दुनुवार
३७ सावित्री काफ्ले
३८. महेन्द्र पासवान
३९. नारायणप्रसाद शर्मा
रामप्रसाद बन्जाडे
(हाल निलम्बनमा)कालीसिंह मगर
(हाल निलम्बनमा)गौरीशंकर खड्का
(मृत्यु)
No comments:
Post a Comment