Sunday, June 6, 2010

राउटेले मागे प्रधानमन्त्रीसँग खसी

राउटेले मागे प्रधानमन्त्रीसँग खसी (फोटो फिचरसहित)

२३ जेठ, काठमाडौं । राउटेहरुले प्रधानमन्त्री माधवकुमार नेपालसँग दुई वटा खसी मागेका छन् । दैलेखबाट आएका राउटेहरुले आइतबार प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट गरी प्रधानमन्त्री बन्न सफल भएको उपलक्ष्यमा बधाई दिंदै दुई वटा खसी मागेका हुन् । अघिल्लो वर्ष आउने क्रममा उनीहरुले प्रधानमन्त्री नेपाललाई एमालेका वरिष्ठ नेताका रुपमा भेटेका थिए ।

उनीहरुको मागलाई सकरात्मक रुपमा लिंदै खुसुक्क शाहीलाई बोलाएर दुई वटा खसी खरीदका लागि प्रधानमन्त्री नेपालले रकम उपलब्ध गराउनु भएको थियो ।

खसी खरिदका लागि रकम लिएपछि कति रकम दिनुभयो त प्रधानमन्त्रीले भन्ने प्रश्नमा शाहीले भन्न नमिल्ने प्रतिक्रिया दिनुभएको थियो ।

1

प्रधानमन्त्री नेपाललाई शाही नेतृत्को टोलीले राउटे समुदायका लागि खाद्यन्न र औषधी उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले बनजंगल मासिएकोप्रति चिन्ता व्यक्त गर्दै वनजंगल नासिंदा आफूहरुको शिकार वांदरको संख्यामा कमी आउने र ठेकी बनाउने काठ पाउन गाह्रो हुने गुनासो प्रधानमन्त्री समक्ष राखेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री नेपालले राउटे समुदायको कति संख्या छ भनि प्रश्न गर्नुभएको थियो । उत्तरमा शाहीले तीन सयको हाराहारीमा रहेको र त्यसमध्ये ८० जना बुढो उमेरका र ८० जना बालबालिका भएको बताएका छनँ । उनले महिलाको संख्या भने भन्न चाहेनन् ।

सरकारले उपलब्ध गराएको भत्ता लिने गरेको छ कि छैन त भन्ने प्रधानमन्त्री नेपालको प्रश्नमा उनीहरुले अहिलेसम्म चौमासिकका दरले दुई पटक भत्ता बुझेको बताएका छन् । सरकारले उनीहरुलाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउादै आएको छ ।

प्रधानमन्त्री नेपालले वनजंगल चाहार्दै नहिंड्न गरेको आग्रहलाई उनीहरुले ठाडै अस्विकार गरेका छन् । अघिल्लो पटकको भेटमा पनि मैले एकै ठाउामा बस्न आग्रह गरेको थिएं, अहिले पनि आग्रह गर्छु, एकै स्थानमा बस, बालबच्चालाई पढाउ, शिक्षा दिक्षा दिनुपर्छ बालबच्चालाई-प्रधानमन्त्री नेपालले राउटेहरुसंग आग्रह गर्नुभयो ।

राउटेहरुले हाम्रो जंगल चाहार्ने संस्कार भएकाले जंगल नघुमीकन बाँच्न नसक्ने बताएका थिए । जंगल घुम्ने गरेपनि विगतका दिनका तुलानामा अहिले आफूहरुको समुदायमा केही परिवर्तन आएको दावी गरेका छन् ।

2

उनीहरुले अबको निर्वाचनमा आफ्नो समुदायले पनि भोट हाल्न पाउनुपर्ने भन्दै भोटलिस्टमा नाम चढाउने व्यवस्था मिलाउन प्रधानमन्त्रीसंग आग्रह गरेका छनँ । 3

4

Share This Post
source:
http://www.onlinekhabar.com/wp/2010/06/06/69920.html

No comments:

Search and Buy from amazon.com