Sunday, April 11, 2010

बिन्ती कमरेड, देशका लागि राजीनामा दिनूस्

बिन्ती कमरेड, देशका लागि राजीनामा दिनूस्
11/04/2010 07:04:00Naya Patrika
Font size:




- राजनीतिक विपत्ति आउँदै छ, त्यसको टीका एमालेले लिनुहँुदैन, सहमति गरेर जस लिनुपर्छ भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन हस्ताक्षर अभियान चलाएका हौँ ।
- पासपोर्ट काण्डसम्म आइपुग्दा उहाँ -प्रधानमन्त्री) को अनुहारै छोपिनेगरी नाकमुख सबै गाडियो । राजनीतिक इमान नभएपछि यहाँ जे पनि हुनेरहेछ, हाम्रा प्रधानमन्त्री त्यही राजनीतिको खेलाडी बन्नुभयो ।
- प्रजनन नै नहुने साँढेबाट बच्चाको के आशा गर्नु ? सहमति नै गर्न नसक्ने सरकारबाट संविधानको के आशा गर्नु ? अब उहाँ -प्रधानमन्त्री) सफल हुने आशा पनि छैन । त्यसैले राजीनामा दिनुपर्छ ।
- शान्ति र संविधानमा जाऊँ, अनि आफ्नै पौरखको सरकार बनाउ“m । यो त हाम्रो पौरखको सरकार नै होइन, यसबाट के आशा गर्ने ?
- एउटा कथामा बालिकाले एक-दुई थप्पड खाइन्, तर बाबुआमालाई कुकुरको मासु खानबाट जोगाइन् । हो, हामी पनि थप्पड खान तयार छौँ, तर शान्ति र संविधानको बाधक एमाले हो भनेर टीका लगाउनबाट पार्टी र नेतृत्वलाई जोगाउन खोज्दै छौँ ।
- बिन्ती छ कमरेड, राष्ट्रका लागि, संविधानका लागि राजीनामा दिनोस्, बाधक नहुनोस् । राजीनामा दिँदैमा तपाईं सानो हुनुहुन्न, बरु महान् हुनुहुन्छ ।
- चुनावमा वाम एकता गरौँ भनेर हामीले प्रस्ताव ल्याएका थियौँ, लुम्बिनीमा त तालमेलको सहमति पनि बनाएका थियौँ । तर माधव कमरेड, त्यतिवेला तपाईंले हाम्रो उपहास गर्नुभयो र चुनावबाट आखिर ३३ सिटमा आइपुग्नुभयो ।
- एमआरपी राष्ट्रको कलंक हो । त्यो कलंकको टीका हाम्रै प्रधानमन्त्रीको निधारमा पनि लाग्नु दुःखको कुरा हो ।


नयाँ पत्रिका
काठमाडौं, २८ चैत
एमाले संसदीय दलको शनिबार सुरु भएको बैठकमा सबैजसो सभासद्ले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा मागेका छन् । सभासद्हरू कसैले आक्रोश पोखेर राजीनामा मागे, कसैले बिन्ती गरेर, कसैले व्यंग्य गरेर त कसैले कथा भनेर ।
संसदीय दलको बैठकमा पार्टी स्थायी कमिटीका सदस्यहरू पनि उपस्थित थिए । धेरैजसो सभासद् प्रधानमन्त्री माधव नेपालको राजीनामाको पक्षमा छन् भनेर जानकारी दिँदा पार्टी स्थायी कमिटी सदस्यहरूले नपत्याएको भन्दै पार्टी अध्यक्ष तथा संसदीय दलका नेता झलनाथ खनालले स्थायी कमिटी सदस्यहरूलाई पनि संसदीय दलको बैठकमा आमन्त्रण गरेका थिए ।
तर एकपछि अर्को सभासद्ले प्रधानमन्त्री नेपालको राजीनामा मागेपछि वरिष्ठ नेता केपी ओली र रक्षामन्त्री विद्या भण्डारीलगायतका नेताहरू भने बीचबैठकमै हिँडेका थिए । भण्डारी ३० मिनेटमै र ओली ४० मिनेटपछि बैठकबाट बाहिरिएका थिए ।
तर प्रधानमन्त्री नेपालले भने सबै आलोचना धैर्यपूर्वक सुने । बिहान सवा आठ बजे सुरु भएको बैठकमा बेलुका साढे चार बजेसम्म सभासद्हरूले आफूमाथि आक्रोश पोखिरहँदा पनि प्रधानमन्त्रीले सुनिरहे । उनले ट्वाइलेट जाने वेला पनि एकैछिनमा म आउँछु है भन्दै सभासद्लाई भाषण रोक्न लगाएका थिए । फर्किएपछि फेरि आफ्नो आलोचना सुनेका थिए । धेरै वक्ताले प्रधानमन्त्रीलाई सीधै सम्बोधन गर्दै 'तपाईं राजीनामा दिनोस्' भनेका थिए ।
पार्टी महासचिव ईश्वर पोखरेल र नेताहरू भरतमोहन अधिकारी, अमृत बोहरा र गृहमन्त्री भीम रावल पनि बैठकको सुरुदेखि अन्तसम्म बसेका थिए ।
बैठकको सुरुवातमा दलका नेता खनालले बोलेका थिए । उनले सबै सभासद्लाई आफ्नो भनाइ स्पष्ट रूपमा राख्न पनि आग्रह गरेका थिए । 'लोकतान्त्रिक पार्टी हो, जमेर कुरा राख्नोस्,' सभासद्हरूलाई उनको आग्रह थियो । त्यसपछि बोल्न चाहने सभासद्ले हात उठाए । हात उठाएका सभासद्लाई क्रमैसँग बोल्न दिइयो । शनिबार बोल्न बाँकी सभासद् आइतबारको बैठकमा बोल्दै छन् ।


कसले के भने ?

यामलाल कँडेल ः हस्ताक्षर-अभियान पार्टीविरुद्ध होइन, शान्ति र संविधानका लागि हो । १४ जेठसम्म संविधान बन्न नसके संवैधानिक संकट उत्पन्न हुनुअघि राजनीतिक सहमति हुनुपर्छ । राजनीतिक विपत्ति आउँदै छ, त्यसको टीका एमालेले लिनुहुँदैन, सहमति गरेर जस लिनुपर्छ भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन हामीले हस्ताक्षर अभियान चलाएका हौँ । हामी स्पष्ट छौँ, सहमतिको बाधक यो सरकार हो, यसले राजीनामा दिनुपर्छ । तर, पार्टीलाई बचाउन खोज्दा माले र एमाले भन्ने ? पहिले मालेमा लागेकाले बोल्नै नपाउने ? यो कस्तो राजनीति
हो ? कसको कमजोरी लुकाउन यस्तो प्रचार गरिँदै छ ? -कँडेलले धाराप्रवाह करिब ५० मिनेट बोलेका थिए)
विजय पौडेल ः एमालेले यस्तो वेलामा सरकारको नेतृत्व पाएको हो जुनवेला कसैले निहुँ खोजे राजीनामा दिन्छु भनेर प्रधानमन्त्रीले आफ्नो कुरा लागू गराउन सक्नुहुन्थ्यो । तर, उहाँले आफ्नो बल होइन, कमजोरी प्रदर्शन गर्नुभयो । जसले जे भन्यो, त्यही मान्छु भन्न थाल्नुभयो । जसरी पनि सरकार जोगाउने खेलमा लाग्नुभयो । हुँदाहुँदा पासपोर्ट काण्डसम्म आइपुग्दा उहाँको अनुहारै छोपिनेगरी नाकमुख सबै गाडियो । राजनीतिक इमान नभएपछि यहाँ जे पनि हुनेरहेछ, हाम्रा प्रधानमन्त्री त्यही राजनीतिको खेलाडी बन्नुभयो । तर, समय छँदै उहाँले सम्मानजनक बहिर्गमनको उपाय खोज्नुपर्छ । आफैं निर्णय गरेर सरकार छाड्नुपर्छ, अरूले फालेपछि मात्र जाने दिन पर्खनुहुन्न । -पौडेल करिब ३० मिनेट बोले)
थममाया थापा ः शान्ति र संविधानका लागि सहमतिको बाटो त खोज्नुपर्छ । तर, सहमति खोज्ने भनेको माओवादीलाई निःसर्त समर्थन गर्ने पनि होइन । पार्टी केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार माओवादीले सर्त मान्नुपर्‍यो ।
त्यसपछि मात्र उससँग सहमति गरेर अघि बढ्न सकिन्छ ।
युवराज कार्की ः हामीले सरकारबाट प्रधानमन्त्रीको राजीनामा मागेका हौँ, अन्त्य यो सरकारको मात्र हो, तर भविष्य पार्टीको जोगाउन खोजेका हौँ । दक्षिणपन्थी गठबन्धनको नेतृत्व गरेर हाम्रा नेता जतिन्जेल प्रधानमन्त्री बन्नुहुन्छ, पार्टीलाई त्यति घाटा छ । पार्टीलाई नष्ट गर्ने यो सरकारबाट हामी तुरुन्त हट्नुपर्छ ।
प्रद्युम्न चौहान ः राष्ट्रिय सहमति नभएसम्म संविधान बन्दैन । संविधान बनेन भने कलंकको टीका एमालेको निधारमा लाग्छ । त्यसैले एमालेका नेता तथा कार्यकर्ताको सम्मानको अगाडि प्रधानमन्त्रीले हठ गर्नुहुन्न । उहाँ अहिले शान्तिप्रक्रिया, सहमति र संविधानको बाधक बन्नुभएको छ, त्यसैले
राजीनामा दिनुपर्छ ।
गोपाल ठाकुर ः प्रजनन नै नहुने साँढेबाट बच्चाको के आशा गर्नु ? सहमति नै गर्न नसक्ने सरकारबाट संविधानको के आशा गर्नु ? प्रधानमन्त्री माधव नेपाल सहमति बनाएर संविधान निर्माणमा जुट्न सक्नुभएन । अब उहाँ त्यसतर्फ जाने र सफल हुने आशा पनि छैन । त्यसैले राजीनामा दिनुपर्छ ।
सीता पौडेल ः आफ्नै पार्टीको सरकार छ, आफ्नै सभासद्ले हस्ताक्षर अभियान चलाउने ? पार्टीले छाडा छाडेकोले यस्तो अराजकता उत्पन्न भएको हो । यस्ता सारा सभासद्लाई कारबाही गर्नुपर्छ र वर्तमान सरकारले नै शान्ति ल्याउँछ र संविधान बनाउँछ भनेर जनतालाई विश्वस्त गराउनुपर्छ ।
रवीन्द्र अधिकारी ः शान्ति र संविधान चाहिएको एमालेलाई मात्र हो, दक्षिणपन्थी र उग्रपन्थीलाई होइन । तर, हामी अहिले नै दक्षिणपन्थी चक्रब्युहबाट उम्केनौँ भने भविष्यमा चाहेर पनि उम्कन सक्नेछैनौँ, त्यसवेला त्यही शक्तिले उल्टै हामीलाई खान्छ । शान्ति र संविधानमा जाऊँ, अनि आफ्नै पौरखको सरकार बनाउ“m । यो त हाम्रो पौरखको सरकार नै होइन, यसबाट के आशा गर्ने ?
रिजवान अन्सारी ः सानालाई कारबाही गर्ने, ठूलालाई पुरस्कृत गर्ने सामन्तवादी तपाईं प्रधानमन्त्री माधवकुमार नेपाल नै हुनुहुन्छ । तपाईंले म प्रधानमन्त्रीको पनि आदेश मान्दिनँ भन्ने रक्षामन्त्रीलाई छुन पनि सक्नुभो ? प्रधानमन्त्रीविरुद्ध नै आक्रोशित भएर भारत भ्रमण बहिष्कार गर्ने सुजातालाई केही गर्न सक्नुभो ? शान्ति सुव्यवस्था ध्वस्त बनाउने गृहमन्त्री भीम रावललाई कारबाही गर्न सक्नुभो ? तर, तपाईंले मेरो राजीनामा भने माग्नुभयो । ठीकै छ, मैले तपाईंका लागि मन्त्री छोडेजस्तै तपाईंले राष्ट्रिय सहमतिका लागि सरकार छाड्नूस् । तपाईंले सरकार छाडेमा पार्टी कमजोर हुँदैन, बरु बलियो हुन्छ । तर, तपाईंले सत्ताका लागि यति धेरै लोभ गर्नुहोला भन्ने मैले कल्पनै गरेको थिइनँ । तपाइर्ंको सत्तामोह देखेर मलाई एउटा कथा याद आयो । एकपटक एउटा परिवारमा आमाले खसीको मासु हो भन्ने ठानेर कुकुरको मासु किनिन् र पकाइन् । छोरीले आमाले कुकुरको मासु किनेको र पकाएको देखिरहेकी थिई । आमालाई उसले सम्झाउन खोजी, तर आमाले मान्दै मानिनन् । आमाले बाबुलाई मासु खान बोलाइन् । बाबुलाई कसरी त्यो मासु खानबाट जोगाउने भनेर सोचेपछि छोरीले त्यो मासुमा पिसाब गरिदिइन् । बाबु र सिंगो परिवारले कुुकुरको मासु
खानुपरेन । बालिकाले एक-दुई थप्पड खाइन्, तर बाबुआमालाई कुकुरको मासु खानबाट जोगाइन् । हो, हामी पनि थप्पड खान तयार छौँ, तर शान्ति र संविधानको बाधक एमाले हो भनेर टीका लगाउनबाट पार्टी र नेतृत्वलाई जोगाउन खोज्दै छौँ ।
राधा ज्ञवाली ः बिन्ती छ कमरेड, राष्ट्रका लागि, संविधानका लागि राजीनामा दिनोस्, बाधक नहुनोस् । राजीनामा दिँदैमा तपाईं सानो हुनुहुन्न, बरु महान् हुनुहुन्छ । राजीनामा दिनुभयो, निकास निस्कियो भने इतिहासले तपाईंलाई त्यागी भन्नेछ, पदमा टाँस्सिरहनुभयो भने इतिहासले लोभी भन्नेछ । तपाइर्ं त्यागको बाटो अपनाउनुहोस् ।
रामनाथ ढकाल ः चुनावमा वाम एकता गरौँ भनेर हामीले प्रस्ताव ल्याएका थियौँ, लुम्बिनीमा त तालमेलको सहमति पनि बनाएका थियौँ । तर माधव कमरेड, त्यतिवेला तपाईंले हाम्रो उपहास गर्नुभयो र चुनावबाट आखिर ३३ सिटमा आइपुग्नुभयो । तर, चुनावपछि त्यही माओवादीले दिएको राष्ट्रपतिको ललिपपमा लोभिनुभयो । पछि प्रचण्डको राजीनामापछि सहमतिको सरकार बनाउन पनि पहल गर्नुभएन । यत्रो महिनाको राजनीतिक घटनाले पुष्टि गरेको छ, तपाईं सहमतिको केन्द्र हुन सक्नुहुन्न, त्यसैले छोड्नोस् । अहिले त एमआरपीका नाममा गण्डकी, कोसी र महाकालीमा भन्दा बढी राष्ट्रघात भएको छ । यसको कलंक तपाईंले पार्टीलाई पनि बोकाउनुभएको छ, त्यसैले पनि तपाईंले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।
नजिर मियाँ ः एमालेकै सरकारले संविधान बनाउँछ । जनतामा यो विश्वास छ । तर, केही सभासद्ले आफ्नै पार्टीको नेतृत्वको सरकारको राजीनामा मागेका छन् । हस्ताक्षर अभियान चलाएका छन् । उनीहरूलाई कारबाही हुनुपर्छ ।
दीपक कार्की ः सरकारका कमजोरी होलान् । यो एमालेको एकल बहुमतको सरकार होइन । सबैसँग सहमति गरेर अघि बढ्दा सरकारबाट केही कमजोरी भए होलान्, मन्त्रीहरूबाट पनि व्यक्तिगत रूपमा केही कमजोरी भए होलान् । तर, सरकारका केही कमजोरी भए भन्दैमा सत्ता लगेर त्यसै माओवादीलाई सुम्पने कुरा युक्तिसंगत होइन ।
ल्हार्केन लामा ः एमआरपी राष्ट्रको कलंक हो । त्यो कलंकको टीका हाम्रै प्रधानमन्त्रीको निधारमा पनि लाग्नु दुःखको कुरा हो । भारतमा माओवादीले पुलिस मार्दा गृहमन्त्री पी. चिदम्बरम्ले तत्काल राजीनामा दिए । तर, हामीकहाँ प्रधानमन्त्रीले पासपोर्ट काण्डमा देशमाथि नै गद्दारी गरे भनेर सार्वभौम संसद्को समितिले भन्दा पनि राजीनामा दिनु नपर्ने ? पहिला-पहिला त मन्त्री आएपछि भेटौँ-भेटौँ भन्ने लाग्थ्यो, तर अहिले त प्रधानमन्त्री र मन्त्रीको कमजोरीको ताल हेर्दा उनीहरू आए भने भागौँ-भागौँ लाग्छ ।
कृष्णप्रसाद सापकोटा ः राष्ट्रिय सहमतिको सरकार बनाउन माओवादीको उग्रवामपन्थी योजना र व्यवहार बाधक छ, त्यो सच्चिनुपर्छ । सच्चिएको माओवादीसँगको सहकार्य गर्ने नीति पार्टीले अघि सारेको हो

source:
http://www.nayapatrika.net/newsportal/cover_story/12766.html

No comments:

Search and Buy from amazon.com