Saturday, May 22, 2010

प्रधान मन्त्री खलनायक : उपेन्द्र यादव

प्रधान मन्त्री खलनायक : उपेन्द्र यादव

smaller text tool iconmedium text tool iconlarger text tool icon
फोरमको लडाकु सार्वजनिक-
उपेन्द्र लामिछाने, वीरगन्ज, जेठ ८- मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले 'संविधानसभा चाहेको थिइन' भन्ने प्रधान मन्त्रीको अभिव्यक्ति 'राजवादीको' जस्तो भएको बताएका छन्। यादवले गणतन्त्र र सङ्घीयता विरोधी झल्कने यस्तो अभिव्यक्तिले उनी 'खलनायक' बन्ने पनि बताए।

बाराको कचोर्वामा शनिबार 'मधेश रक्षा दल' का लडाकु दस्ताको सार्वजनिक गर्ने क्रममा उनको अभिव्यक्ति राजवादीको जस्तो देखिएको यादवले बताएका हुन। उनले भने- यो गणतन्त्र र सङ्घीयता विरोधीको आवाज हो।

सबैतिरबाट असफल भएको वर्तमान सरकारले संविधान बनाउन नसक्ने बताउँदै उनले प्रधान मन्त्रीले तत्काल राजिनामा दिनुपर्ने बताए। 'फोरम संविधानसभाको म्याद थप्न तयार छ ', उनले भने – त्यसका लागि प्रधान मन्त्री नेपालले राजिनामा दिन तयार हुनुपर्‍यो।' वर्तमान सरकार संविधानसभा समाप्त पार्ने योजनामा रहको उनले दाबी पनि गरे।

एक अर्को प्रसङ्गमा फोरम नेपालका महासचिव रामसहाय यादवले एकिकृत माओवादीसँग आफ्नो पार्टीको सम्बन्ध नटुटेको बताए। बाराका सञ्चारकर्मीलाई टेलिफोन अन्तर्वार्ता दिँदै यादवले पार्टी सहअध्यक्ष जयप्रकास गुप्ताको भनाई व्यक्तिगत भएको बताए। फोरमका अध्यक्ष उपेन्द्र यादवले भने शनिबार बारामा आयोजित कार्यक्रममा यस विषयमा केही बोलेनन्।

लडाकु सार्वजनिक
वाइसिएल, युथफोर्स जस्ता भातृ सङ्गठन विघटन गर्न आवाज उठिरहेका बेला फोरम नेपालले भने मधेश रक्षा दल नाम गरेको लडाकु दस्ता सार्वजनिक गरेको छ।

उनीहरुलाई अघिल्लो शनिबारबाट अवकासप्राप्त सुरक्षाकर्मीले शारीरिक व्यायामका साथै लाठी चलाउने कलासहितको प्रशिक्षण दिएका थिए। तराईका २२ जिल्लाबाट आएका उनीहरुले जिल्लामा गएर अन्यलाई प्रशिक्षण दिने फोरम नेपालले जनाएको छ। पहिलो चरणअन्तर्गत ६४ जनालाई उसले सार्वजनिक गरेको छ।

सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले यो दस्ताले मधेशमा व्याप्त लुट, भ्रस्टाचार, अपराधीकरण आदिको विरोधमा अहिंसात्मकरुपले लड्ने दाबी गरे।
source:
http://www.nagariknews.com/politics/party-politics/13683-2010-05-22-10-29-26.html

No comments:

Search and Buy from amazon.com