Saturday, May 22, 2010

संविधानसभाको म्याद नथप्ने प्रचण्डको प्रस्ताव

संविधानसभाको म्याद नथप्ने प्रचण्डको प्रस्ताव
माओवादीको एक बैठक
यथास्थितिमा संविधानसभाको म्याद नथप्ने प्रचण्डको प्रतिवेदनमाथि छलफल भइरहेको छ
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि माओवादी केन्द्रिय समितिको बैठकमा छलफल शुरु भएको छ।

केन्द्रिय समितिको विशेष बैठकको पहिलो दिन स्थायी समितिका सदस्यहरुले टिप्पणी गरेका थिए।

सकेसम्म शनिबारसम्ममा अन्तिम निर्णयमा पुग्ने लक्ष्य लिइएको माओवादी नेताहरुले जनाएका छन्।

प्रचण्डको प्रतिवेदनले संविधानसभाको म्याद थप्ने सरकारको प्रस्ताव अस्वीकार गरिदिएको छ।

‘कोमा’

स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले भने, “यथास्थितिमा म्याद थप्न नहुने र नथपिने भाव प्रतिवेदनले बोकेको छ।”

त्यो तर्कलाई बलियो बनाउन प्रचण्डले संविधानसभालाई आफूहरुले अग्रगामी परिवर्तनको साधन बनाउन खोज्दा र सत्ताधारीले यथास्थितिमा राख्ने माध्यम बनाउन खोज्दा अहिलेको संकट आएको विश्लेषण गरेका छन्।

संविधानसभा आफ्ना विरोधीको साधन बन्न लागेको ठहर गर्नुलाई माओवादीले त्यसको अवसानको बाटो खोलिदिन तयार बनेको कतिपय विश्लेषकहरुको बुझाइ छ।

त्यस्तै संकेत दिँदै नेता अनन्तले भने, “संविधानसभा कोमामा पुगेपछि सबैले आआफ्नो हैसियत महसुस गर्न पाउँछन्। त्यसले फेरि सहमतिको धरातल पनि बनाउने सम्भावना छ।”

दुरुस्तै मत

माओवादी अध्यक्ष प्रचण्डले बिहिबार संविधानसभाको म्याद नथपिए पनि त्यो भंग नभई निष्कृय मात्र रहने धारणा सार्वजनिक गरेका थिए।

त्योसँग दुरुस्तै मिल्ने विचार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार मन्त्री शंकर पोखरेलले केहि दिनदेखि दोहर्‍याउँदै आएका छन्।

तर विगतको आन्दोलनको समीक्षा, वर्तमान राजनीतिक स्थितिको विश्लेषण र भावी नीतिबारे तीन खण्डमा चर्चा गरेका प्रचण्डले अन्तिम घडिसम्म संविधानसभा जोगाउने प्रयत्न गरिरहने प्रतिबद्धता भने दोहर्‍याउन छाडेका छैनन्।

source:

No comments:

Search and Buy from amazon.com