स्मृतिमा देवकोटा
अकस्मात् कोठाभित्र कोही प्रवेश गर्छ । "उहाँ लक्ष्मीप्रसाद देवकोटा," मेरा दुवै हात आफ्नो छातीअघिल्तिर जोडिन पुग्छन् । "मेरो भाइ ...," देवकोटा नमस्कार फर्काइसकेका हुन्छन् ।
कति ठूलो ललाट, चौडा वक्ष, हँसिलो अनुहार ... -अहिले सबै सम्झना छैन) शब्दहरूको स्केचभित्र एउटा विम्ब प्रतिस्थापित हुन्छ । त्यहाँ मैभन्दा पनि देवकोटा स्वयं प्रतिविम्बित भएजस्तो उनको सहजता अवलोकित गरेँ । २००३ सालको संयोग हो यो ।
त्यसै वर्ष बांगेमूढामा सन्देशगृह खोलेको थिएँ, एक जना साथीको सहयोग लिएर । त्यसको माथिल्लो तलामा एउटा लाइब्रेरी पनि स्थापना गरेका थियौँ हामीले । सायद विद्यामन्दिर नाम थियो पुस्तकालयको । उसबेला पठनपाठनको सुविधा थिएन । पुस्तकालय खोल्न पाइन्नथ्यो । अखबारहरू अहिलेझैँ सर्वसुलभ थिएनन् । आफैँले झिकाएर पढ्नु सबका लागि कहाँ सम्भव हुन्छ । र, जति पनि लहर आयो जागृतिको, प्रथमप्रथम राजनीतिक उत्सकालमा यसका प्रत्यक्ष्ा माध्यम विद्यालयहरू पनि भएका थिए । यसै सन्दर्भमा उसबेलाका अधिकांश स्कुल र केही पुस्तकालय पनि खुलेका हुन् । देवकोटा पुस्तकालय हेर्न आएका थिए दाजुसँगै । सरस्वती पुत्रसँग मेरो प्रथम भेट र पहिलो चिनारी सरस्वतीको यस मन्दिरमा भएको थियो । कुनै गुह्य सत्यको खोजीमा तल्लीन जस्ता र लठ्ठएिका नेत्रयुगल, कुरा गर्दागर्दै पनि कल्पनामा विचरण गररिहेजस्तो कुनै धुनमा प्रवाहित, चिन्तनमा विस्मृत र एकाग्रता भंग भएजस्तो तुरुन्तै क्रम थाल्ने देवकोटाको अस्तव्यस्तता र बेपर्वाही अझै संस्मृत छ ।
ललल
तत्कालीन सरकारको स्वीकृति लिएर २००४ सालमा नेपाली साहित्य परष्िाद्को स्थापना भएको थियो । संस्थागत दृष्टिले गैरसरकारी तहमा खुलेको पहिलो साहित्यिक संगठन सायद यही हुनुपर्छ । त्यसै सालमा यसले तीन दिन बृहत् साहित्य सम्मेलनको आयोजना गरेको थियो, सरस्वती सदनमा । त्यो पनि टिकटमा, निःशुल्क होइन । नेपालको इतिहासमा प्रथम साहित्य सम्मेलन भएर मात्र होइन, टिकटमा आयोजित त्यस सम्मेलनको बृहत्ता र भव्यता न भूतो न भविष्यतिजस्तै सिद्ध भयो । सम्मेलनका सभापति थिए लक्ष्मीप्रसाद देवकोटा । अन्तिम दिन सभाविसर्जन हुनुअघि सभापतिको आसनबाट देवकोटाज्यूले भाषण गरे । भाषण लिखित थियो, अझै सम्झना छ, झीङे अक्ष्ारमा लेखिएको उनको त्यो भाषण ३२ पाने एक्सरसाइज बुक भरएिको थियो । कहिल्यै भाषण गर्ने अवसर प्राप्त नभएको नेपालीले भाषण गर्नुपर्ने । राणा डाइरेक्टरहरू पनि थिए । तर, देवकोटा न धरमरएि न अलमलिए । एक हातमा भाषणको कापी छ, जो हातकै चालमा हल्लिरहन्थ्यो । कहिलेकाहीँ हेर्ने पनि गर्थे तर कापीमै आँखा जोतेर एकोहोररिहेनन्, एकछिन हेर्थे, एक घन्टा त्यसै दौडन्थे । यसरी प्रवाहित थियो मानूँ पहाडी खोला हो । यति सुन्दर भनाइ लाग्थ्यो गद्यमा कवितापाठ गर्दैछन् । काव्यमय भाषा, निबन्धको शैली र उपन्यासको रोमाञ्च, साहित्यको सौन्दर्य, नागरकिको कर्तव्य र लेखकको दायित्व सबै समाहित भएको उनको समापन भाषण लिखित भएर पनि अलिखित थियो । के लेखेर ल्याएका थिए, के बोल्दैछन्, सबै विस्िमत्, सबै विसमर्पित थिए । रातले ओथारो बसेपछि बल्ल देवकोटा विश्राम लिन्छन् ।
ललल
देवकोटा खानमा कम सोखिन थिएनन् । खूब खान्थे र जे पनि स्वाद मानेर खान्थे । कुरा गर्मीयामको थियो । भर्खर आँपको सिजन सुरु भएजस्तो लाग्छ । शनिबारको दिन । कामविशेषले बाहिर निस्कनुपर्यो । एक बजेको हुँदो हो । गद्दीबैठकनिर के पुगेको थिएँ । बोलाएको सुनेँ, "कृष्णचन्द्रजी !"
फर्केर हेरेँ, देवकोटा रहेछन् । टण्टलापुर घाममा पुर्पुरो सेकेर एक हातले साइकल डोर्याउँदै लुखुरलुखुर आइरहेका थिए ।
"कता जान लाग्नुभएको यस्तो घाममा ?"
"काम पर्यो । तपाईं त पसिनाले निथुरुक्कै हुनुभएछ ?" मैले भनेँ ।
"अँ हगि, निकै गर्मी छ । कस्तो चरक्क चिरनिे घाम ।"
देवकोटा निधार पुछ्न थाल्छन् । लामो कालो शेरबानी कोट, मुडुलो टाउको, केही भाग कपाल खुइलेको तालु घामले पोल्ने नै भयो ।
"जाउँ हिँड्नुस्, एक ठाउँमा," सुइँय्य सास फेरेर देवकोटाज्यू उत्तरको प्रतीक्षा गर्छन् ।
"कहाँ ? कता ?"
"ज्यादै गर्मी छ । एकछिन शीतल गरौँ । हनुमानदासकहाँ । हुन्न ?"
दुवै मखनको बाटो लाग्यौँ । "गर्मीमा आँप बडो मीठो हुन्छ । आज त्यसकहाँ आँप खानैपर्छ ।" मलाई लाग्यो, देवकोटाज्यू आँप खाने अठोट गरेरै निस्केका रहेछन् । आँपको धुनमा ताप हरायो । साहूजी व्यापार गररिहेका थिए । साक्ष्ाात्कार हुनासाथ खूब सम्मानपूर्वक भित्र लगे । दुकानमा चाङ लगाई राखिएका कपडाहरूको माझ झ्यालसँगैको एउटा कुनामा बसाले ।
"भन्नुस् के सेवा गरुँ ?" सायद उनले आज हामीलाई गाहकी सम्झेछन् ।
"हामी सुस्ताउन आएको एकछिन, साहूजीको काममा बाधा पर्यो कि ? बरु पानी मगाउनूस् न आज त साह्रै पो गर्मी छ ।"
"होइन हजुर । जहिले पनि स्वागत छ । यहाँजस्ता महापुरुषको दर्शन पाउनु त सौभाग्यको कुरा हो ।"
साहूजीले अह्राउन पाएकै हुन्न देवकोटाज्यू भन्छन्, "यसपालि आँपको मौसम ढिलो भएछ हगि ?"
उनले 'होइन हजुर' भन्दै नोकरलाई पानी र आँप ल्याउन अह्राए । पानीसँगै बम्बई आँपको टोकरी नै आइपुग्यो । एक-दुई गर्दै मैले पाँचवटा खाएँ, देवकोटाज्यूले १० वटा । ध
-साहित्यिक द्वैमासिक रचनाको विसं २०३३, पुस-माघको अंकबाट साभार
source:
http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=780
No comments:
Post a Comment