Showing posts with label banda. Show all posts
Showing posts with label banda. Show all posts

Friday, June 26, 2009

श्रीमान श्रीमती झगडामा चक्काजाम

श्रीमान श्रीमती झगडामा चक्काजाम

रुद्र खड्का, नेपालगन्ज असार ११
श्रीमान र श्रीमतीको झगडाका कारण नेपालगन्जमा एक घन्टा चक्काजाम भएको छ। श्रीमतीले अपहेलना गरेको उजुरी दर्ता गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गर्न खोज्दा बिहीबार दिउसो श्रीमान् समर्थकले पक्राउविरुद्ध चक्काजाम गरेका हुन ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार वैदवारका अनुसार नेपालगन्ज-५ गणेशपुर निवासी साविरा वान हल्वाईले श्रीमान इम्तियाज हलुवाई र उनको घरपरिवारले अपहेलना गरेको उजुरी प्रहरीमा दिएपछि इम्तियाजसँग बुझ्न खोज्दा चक्काजाम गरिएको थियो । प्रहरीले उनलाई पक्राउ गरी कार्यालयमा लगेपछि इम्तियाज पक्षधरले चक्काजाम गरी यातायात अस्तव्यस्त पारे ।

चक्काजामले सर्वसाधारणलाई अप्ठ्यारो भएपछि श्रीमान र श्रीमतीलाई प्रशासनमा लगेर छलफल गर्ने सहमतिमा एक घण्टापछि चक्काजाम खुलेको थियो । पछि जिल्ला प्रशासन कार्यालयमा २५ वर्षीय इम्तियाजले श्रीमतीलाई अपहेलना नगर्ने कबोल गरेपछि कुरा मिलेको थियो ।

सोही विषयलाई लिएर भएको चक्काजाम र तनावले सर्वसाधारण र प्रहरीलाई तनाव मात्र दियो । डिएसपी वैदवारका अनुसार पछिल्ला दिनमा राजनीतिक दलहरुले दिने दबाबका साथै विभिन्न समुदायले पनि प्रहरीलाई अनुसन्धान गरी काम गर्न समस्या पारिरहेका छन् ।

एक महिनाको बीचमा अपराधको आरोपमा पक्राउ परेका तीन घटनामा गाउँलेद्धारा प्रहरी कार्यालय घेराउ गर्ने काम पनि भए । राजनीतिक दलका स्थानीय तथा केन्द्रीय नेताहरुले कोही मान्छे पक्राउ पर्यो कि आफ्नो पार्टीको भएको भन्दै कारबाही नगर्न धम्की दिएका घटना प्रहरी सम्झनै सक्दैन ।

प्रहरीका अनुसार कुनै कुनै बेला एउटै मान्छेलाई धेरै पार्टीले आफनो भन्दै छुटाउन दबाब दिन्छन् । तर पक्राउ परेका व्यक्ति कुन पार्टीको हो भन्ने कुरा पक्राउ गर्ने प्रहरीलाई मात्र नभई स्वयम् राजनीतिक दललाई पनि थाहा हुँदैन ।
source:http://www.nagariknews.com/society/nation/2288-2009-06-25-12-29-57.html

Thursday, June 25, 2009

पाल्पा बन्द फिर्ता

पाल्पा बन्द फिर्ता

कास

पाल्पा , जिल्ला उद्योग वाणिज्य संघले बुधबार गर्ने भनेको अनिश्चितकालीन 'पाल्पा बन्द' फिर्ता लिएको छ । संघले प्रहरीले व्यापारीलाई पक्राउ गरी थुनामा राखेको भन्दै बन्द घोषणा गरेको थियो ।

मंगलबार प्रहरीले तानसेन लहरेपीपलस्थित बाम्बे फोटो स्टुडियोको क्यामरा चोरीको अभियोगमा बसपार्क कलरल्याब व्यवसायी दुर्गा कापmलेलाई पक्राउ गरेको थियो । सात दिनको म्याद थप गर्न अदालतमा लगेपछि विरोध गर्दै थुनामुक्त गर्न अनिश्चितकालीन पाल्पा बन्दको घोषणा गरिएको हो ।

सर्वदलीय बैठकले कापmलेलाई निर्दाेष सावित गर्दै प्रहरीले रिहा गरेपछि बन्द फिर्ता लिइएको हो ।

Posted on: 2009-06-24 20:40:50

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=200880

श्रीमान श्रीमती झगडामा चक्काजाम

श्रीमान श्रीमती झगडामा चक्काजाम

रुद्र खड्का, नेपालगन्ज असार ११
श्रीमान र श्रीमतीको झगडाका कारण नेपालगन्जमा एक घन्टा चक्काजाम भएको छ। श्रीमतीले अपहेलना गरेको उजुरी दर्ता गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गर्न खोज्दा बिहीबार दिउसो श्रीमान् समर्थकले पक्राउविरुद्ध चक्काजाम गरेका हुन ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार वैदवारका अनुसार नेपालगन्ज-५ गणेशपुर निवासी साविरा वान हल्वाईले श्रीमान इम्तियाज हलुवाई र उनको घरपरिवारले अपहेलना गरेको उजुरी प्रहरीमा दिएपछि इम्तियाजसँग बुझ्न खोज्दा चक्काजाम गरिएको थियो । प्रहरीले उनलाई पक्राउ गरी कार्यालयमा लगेपछि इम्तियाज पक्षधरले चक्काजाम गरी यातायात अस्तव्यस्त पारे ।

चक्काजामले सर्वसाधारणलाई अप्ठ्यारो भएपछि श्रीमान र श्रीमतीलाई प्रशासनमा लगेर छलफल गर्ने सहमतिमा एक घण्टापछि चक्काजाम खुलेको थियो । पछि जिल्ला प्रशासन कार्यालयमा २५ वर्षीय इम्तियाजले श्रीमतीलाई अपहेलना नगर्ने कबोल गरेपछि कुरा मिलेको थियो ।

सोही विषयलाई लिएर भएको चक्काजाम र तनावले सर्वसाधारण र प्रहरीलाई तनाव मात्र दियो । डिएसपी वैदवारका अनुसार पछिल्ला दिनमा राजनीतिक दलहरुले दिने दबाबका साथै विभिन्न समुदायले पनि प्रहरीलाई अनुसन्धान गरी काम गर्न समस्या पारिरहेका छन् ।

एक महिनाको बीचमा अपराधको आरोपमा पक्राउ परेका तीन घटनामा गाउँलेद्धारा प्रहरी कार्यालय घेराउ गर्ने काम पनि भए । राजनीतिक दलका स्थानीय तथा केन्द्रीय नेताहरुले कोही मान्छे पक्राउ पर्यो कि आफ्नो पार्टीको भएको भन्दै कारबाही नगर्न धम्की दिएका घटना प्रहरी सम्झनै सक्दैन ।

प्रहरीका अनुसार कुनै कुनै बेला एउटै मान्छेलाई धेरै पार्टीले आफनो भन्दै छुटाउन दबाब दिन्छन् । तर पक्राउ परेका व्यक्ति कुन पार्टीको हो भन्ने कुरा पक्राउ गर्ने प्रहरीलाई मात्र नभई स्वयम् राजनीतिक दललाई पनि थाहा हुँदैन ।
source:
http://www.nagariknews.com/society/nation/2288-2009-06-25-12-29-57.html

Wednesday, June 24, 2009

तस्करले गरे राजमार्गमा चक्काजाम

तस्करले गरे राजमार्गमा चक्काजाम
अन्य समाचार
पुरानो अंक

भोला पासवान/नयाँ पत्रिका
सप्तरी, ९ असार
2009-06-24,Wednesday

चोरी-तस्करी गरी भारत लान लागिएको काठ बरामद गरिएको विरोधमा पूर्व-पश्चिम राजमार्ग मंगलबार चार घन्टा अवरुद्ध भएको छ । अवैध काठ बोकेको ट्रक छुटाउन र 'क्षतिपूर्ति' समेत माग गर्दै तस्कर र तिनका सहयोगीले सप्तरीको महुली सडकखण्ड चार घन्टा अवरुद्ध गरेका हुन् ।

वन कार्यालयका कर्मचारीको समेत संलग्नतामा सप्तरीको बकधुवा-२, छपकीबाट आइतबार मध्यरातमा तस्करी हुन थालेको ट्रक इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको थियो । ट्रक र काठ छुटाउन माग गर्दै तस्करको टोली सोमबार प्रहरी कार्यालय गएको थियो ।

तस्करहरुका मागः
'पक्राउ गरेर चौकीमा लगिएको ट्रक जहाँको त्यहीँ पुर्‍याउनुपर्छ, ट्रक पक्राउ गर्दा हामीलाई मानसिक यातना भयो, क्षतिपूर्तिस्वरूप प्रहरीचौकीले एउटा खसी दिनुपर्छ, हामीले भोज खान पाए मात्र आन्दोलन फिर्ता हुन्छ'

प्रहरीका अनुसार उनीहरूले ट्रक जहाँको त्यहीँ पुर्‍याइदिन र क्षतिपूर्तिस्वरूप एउटा खसी पनि माग गरेका थिए । प्रहरी कार्यालयमा भएको वार्तामा तस्करहरूको माग थियो, 'पक्राउ गरेर चौकीमा लगिएको ट्रक जहाँको त्यहीँ पुर्‍याउनुपर्छ, ट्रक पक्राउ गर्दा हामीलाई मानसिक यातना भयो, क्षतिपूर्तिस्वरूप प्रहरीचौकीले एउटा खसी दिनुपर्छ, हामीले भोज खानपाए मात्र आन्दोलन फिर्ता हुन्छ ।'

प्रहरीले सर्त पूरा नगरेपछि तस्करहरूले मंगलबार पूर्व-पश्चिम राजमार्ग नै बन्द गराएका हुन् । उनीहरूलाई सहयोग गर्दै स्थानीय जनकल्याण वन उपभोक्ता समूह, बकधुवा छपकीका अध्यक्ष बुद्धि महतोको नेतृत्वमा केही स्थानीय बासिन्दा पनि प्रदर्शनमा उत्रिएका छन् ।
प्रदर्शनकारीले मंगलबार बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म राजमार्गमा टायर बालेर अवरोध गर्दा सयौँ यात्रु अलपत्र परेका थिए । प्रहरीले बल प्रयोग गर्ने चेतावनी दिएपछि प्रदर्शनकारीले बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भन्दै मंगलबारको चक्काजाम फिर्ता लिएका थिए ।

इलाका वन कार्यालय कञ्चनपुरका रेन्जर आनन्द साहको मिलेमतोमा काठ तस्करी हुन लागेको सूचना पाएपछि प्रहरी राति ११ बजे छपकी जंगल पुगेको थियो । प्रहरीले काठसहित बरामद गरेको ना १ ख ८५२४ नम्बरको ट्रक रेन्जर साहकै भएको पुष्टि भएको छ । ट्रकमा चोरी-निकासी गर्न लागिएको करिब पाँच लाख मूल्य पर्ने साखु र अन्य जातका काठ छन् ।

मध्यरातमा जंगलमा प्रहरीले हस्तक्षेप गरेपछि तस्करहरूले प्रतिकार गर्न खोजेका थिए । झडपमा केही तस्कर घाइते भएका छन् भने रेन्जर साहसहित वनपाले, ठेकेदार तथा ट्रकका चालक र कामदार भागेको प्रहरी निरीक्षक रमेशकुमार तामाङले बताए । प्रहरीले रेन्जर साहसमेतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको छ ।

इलाका वन कार्यालय कञ्चनपुरका प्रमुख अशोक झाले पनि तस्करी हुन लागेको काठ नै प्रहरीले पक्राउ गरेकाले दोषीमाथि कारबाही हुने बताएका छन् । 'त्यो काठ अवैध हो । दोषीमाथि कारबाही गर्न रेन्जर नागेश्वरप्रसाद यादव र दिनेश यादवको छानबिन टोली बनाइसकेको छु,' उनले नयाँ पत्रिकासित भने । आफ्नै कर्मचारी साह पनि तस्करीमा संलग्न रहेको प्रारम्भिक प्रतिवेदन आएको बताउँदै पूर्ण रिपोर्ट आउनासाथ कारबाही गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

रेन्जर साहलगायतका आरोपीले भने काठ वैध भएको दाबी गरेका छन् । 'त्यस्तो दाबीको अर्थ छैन, जंगलबाट काठ सूर्यादयपछि र सूर्यास्तअघि मात्र निकाल्न पाइन्छ,' इन्स्पेक्टर तामाङले भने, 'राति ११ बजे ट्रकमा काठ लोड किन गरियो, रेन्जर पनि तस्करीमा संलग्न भएकाले राति-राति जंगल पुगेका हुन् ।'

त्यसो त यसअघि पनि काठ चोरी-निकासी गर्दै गर्दा रेन्जर साह पाँचपटक पक्राउ परिसकेका छन् । तर, सप्तरीका जिल्ला वन अधिकृत इमामुद्दिन अन्सारीको सहयोगमा साहले सधैँ उन्मुक्ति पाउँदै आएको स्रोतको भनाइ छ । साह कठौनमा सःमिल र राजविराजमा फर्निचर उद्योग चलाउँदै आएका छन् ।

केही उपभोक्ताले तस्करलाई सहयोग गरे पनि आमउपभोक्ता भने तस्कर र दोषी कर्मचारीलाई कडा कारबाही गर्नुपर्ने पक्षमा छन् । 'वन कर्मचारीकै कारण काठ चोरी-निकासी भइरहेको छ । कर्मचारीले सःमिल, फर्निचर उद्योग सञ्चालन गरेपछि वनको सुरक्षा हुन्छ कसरी ?' सप्तरीको पिप्रा पश्चिम-२ का उपभोक्ता केदार कार्की भन्छन् ।

त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष सुशील चौधरी पनि वन-कर्मचारीकै कारण चोरी-निकासी भइरहेको ठोकुवा गर्छन् । त्यसमा कतिपय वन-उपभोक्ता समूहले पनि सहयोग गरेको उनी स्वीकार गर्छन् ।

source:

http://www.nayapatrika.com/newsdetail.php?id=906231107402463&n_id=23

Search and Buy from amazon.com