Showing posts with label राष्ट्रपतिको चियापान माओवादीद्वारा बहिस्कार. Show all posts
Showing posts with label राष्ट्रपतिको चियापान माओवादीद्वारा बहिस्कार. Show all posts

Friday, May 29, 2009

राष्ट्रपतिको चियापान माओवादीद्वारा बहिस्कार

राष्ट्रपतिको चियापान माओवादीद्वारा बहिस्कार

बलराम पाण्डे/ काठमाडौं

नेपालमा गणतन्त्र घोषणा भएको पहिलो वार्षिकोत्सवका अवसरमा गणतन्त्र नेपालका नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चियापान समारोहको आयोजना गरे । राष्ट्रपति निवास शितल निवासमा आयोजित चियापान समारोहमा सबै दलका नेताहरुको सहभागिता रहे पनि माओवादी भने अनुपस्थित रह्यो ।
यसअघि सरकारले आव्हान गरेको विशेष कार्यक्रममा पनि माओवादी अनुपस्थित थियो । विशेष कार्यक्रम र चियापान समारोह माओवादीले बहिस्कार गरेको थियो ।
माओवादी नेतृत्वमा रहेको सरकारले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाए पनि राष्ट्रपतिले काममा र्फकन निर्देशन दिएपछि माओवादी नेतृत्वको सरकारले राजीनामा दिएको थियो ।
माओवादीले भने गणतन्त्र दिवस पार्टीका तर्फबाट छुट्टै मनाएको छ । चियापान समारोहमा राष्ट्रपतिले पदमा रहन निर्देशन दिएका प्रधानसेनापति रुक्माङ्गद् कटवाल, रथि छत्रमान गुरुङको सहभागिता रहेको थियो भने माओवादी नेतृत्वको सरकारले कामु प्रधानसेनापति तोकेका कुलबहादुर खड्का भने सहभागी थिएनन् ।
उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रीहरु, सचिवहरु, विदेशी कुटनीतिक नियोगका अधिकारी लगाएतको सहभागिता रहेको थियो ।
राष्ट्रपतिमा पराजय भोगेका रामराजाप्रसाद सिंहसमेत आफन्तको सहारामा लौरो टेकेर राष्ट्रपतिले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका थिए । माओवादी समर्थनमा नै उनी राष्ट्रपतिको उम्मेदबार बनेका थिए । चियापानमा समारोह सुरु हुनुभन्दा केही समय पहिले नै पुगेका प्रधानसेनापति कटलाललाई चियापानमा सहभागी अधिकांश दलका नेताहरुले बधाई दिएका थिए ।
एमाले नेतृत्वको वर्तमान सरकारले अघिल्लो सरकारले गरेको कारवाही फुकुवा गरी प्रधानसेनापतिमा कटवालनै रहेको निर्णय गरेपछि कटवाल सबैका बधाईका पात्र बनेका थिए ।
अर्का रथि गुरुङलाई पनि चियापानमा उपस्थित अधिकांशले अगि्रम शुभकामना दिएका थिए । प्रधानसेनापति कटवालको कार्यकालपछि प्रधानसेनापति पदको दावेदारका रुपमा रहेका गुरुङलाई पनि अग्रिम शुभकामना दिइएको हो ।
चियापान समारोहमा माओवादी बाहेकका सबै दलका प्रतिनिधिको सहभागिता थियो ।
चियापान समारोहमा उपस्थित पाहुनालाई राष्ट्रपति र प्रधानमन्त्रीले निकै खुशी मुद्रामा स्वागत गरेका थिए ।
चियापान समारोहमा उपस्थित पूर्व प्रधानमन्त्री एवं काग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति प्रकृया र नया संविधान निर्माण सवैको प्राथमिकतामा रहेको बताए ।
उनले सहमति सहकार्य र सहमतिलाई सबैले पालना गर्नुपर्ने उल्लेख गर्दै संविधान अनुरुप एक वर्षमा उल्लेख्य परिवर्तन भएको जनाए ।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले वितेको एक वर्षमा जनताले अपेक्षा गरेअनुसार परिवर्तन नभएको बताए । उनले अर्को वर्षसम्म जनताले सोचेका उपलब्धिहरु पूरा हुने बताए ।


source:


Search and Buy from amazon.com