Showing posts with label ycl. Show all posts
Showing posts with label ycl. Show all posts

Thursday, April 29, 2010

एक सय एमाले युवा वाइसीएलमा प्रवेश, मार्चपास जारी

एक सय एमाले युवा वाइसीएलमा प्रवेश, मार्चपास जारी



१७ बैशाख, काठमाडौं । काठमाडौं निर्बाचन क्षेत्र नम्बर ५ बाट एक सय एमालेका युवाहरु शुक्रबार विहान वाईसिएलमा प्रवेश गरेका छन् । महाराजगन्जस्थित कोजिहोम प्यार्टी प्यालेसमा आयोजित कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य नारायणप्रसाद शर्माले नवप्रवेशीहरुलाई अविर लगाइदिएर स्वागत गर्नुभएको थियो ।



प्रचारात्मक कार्यक्रम जारी



यसैबीच शनिबार हुने बृहत जनप्रदर्शनको प्रचारात्मक कार्यक्रमलाई एकीकृत नेकपा माओवादीका भ्रातृ संगठनहरुले शुक्रबार पनि निरन्तरता दिएका छन् । काठमाडौंका विभिन्न स्थानमा विहानैदेखि मार्चपास, दौड जुलुश, मोटरसाइकल र्‍याली लगायतका कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

यसक्रममा वाईसिएलले कोटेश्वरमा मार्चपास गरेको छ भने अखिल नेपाल ट्रेड युनियन महासंघको अगुवाइमा सिनामंगलबाट मोटरसाइकल र्याली निकालिएको छ । मार्चपास तथा र्‍यालीहरुले विभिन्न ठाउँको परिक्रमा गरेका छन् । र्‍याली र मार्चपासमा हजारौंको संख्यामा माओवादी कार्यकर्ताहरु सहभागी छन् । प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवामगन प्रभावित भएको छ ।

मार्चपास र जुलुश पछि कार्यकर्ताहरु सरसफाइ कार्यक्रममा जुटेका वाइसीइएल काठमाडौं उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ले जानकारी दिनुभयो ।

source:

http://www.onlinekhabar.com/wp/2010/04/30/61769.html

Search and Buy from amazon.com