Showing posts with label kalapani. Show all posts
Showing posts with label kalapani. Show all posts

Friday, June 5, 2009

माटो बचाउ अभियानका दुई युवालाई भारतीयले थुने

माटो बचाउ अभियानका दुई युवालाई भारतीयले थुने


विक्रम गिरी, दार्जुला जेठ २२ -
कालापानी जान हिंडेका दुई नेपाली युवालाई भारतीय सुरक्षाकर्मीले बिहीबार दुई घण्टा थुनेका छन्। कालापानी जान हिंडेका 'माटो बचाऊ अभियान'का संयोजक हेमबाबु लेखक र पुरुषोत्तम विष्टलाई भारतीय गुप्तचर संस्था 'र'का गुप्तचरले भारतको धारचुलामा दुई घण्टा थुनेर कडा सोधपुछ गरे ।

सीमा मिचिएको विरोधमा माओवादीले आन्दोलन चर्काएलगत्तै भारतले सीमा क्षेत्रमा कडाइ गरेको हो। भारत आउजाउ गर्ने नेपालीलाई सोधपुछ गर्नुका साथै खानतलासी गर्न थालेको छ। यसले गर्दा सीमा क्षेत्रका नेपाली जनजीवन प्रभावित भएको छ।

एक साताअघि माटो बचाऊ अभियानको थालनी गर्न महेन्द्रनगरबाट कालापानी जान धार्चुला पुगेका थिए । दुवैजनालाई 'र'का एजेण्ट विजय जोशीले धार्चुलास्थित देव होटलमा थुनेका थिए।

"नेपाली मोबाइल प्रयोग गरेर भेट्न बोलाए," लेखकले नागरिकसित भने, "भारतीय भूमिमा जान दिंदैनौं भन्दै मानसिक यातना दिए।" जोशीले माओवादी कार्यकर्ता भएको आरोप लगाउँदै भारतीय गुप्तचर कालापानी गए ठीक नहुने धम्की दिदैआएको लेखकले बताए, "दैनिक फोनमा धम्की दिने गरेका छन्।"

शौचालय जाने बहानामा दुवै जना भागेर नेपाल आउन सफल भएका थिए। भारतीयबाट आफूहरु असुरक्षित भएको बताउँदै दुवै युवाले कालापानी नजाने बताए।

"नेपाली प्रशासनले सुरक्षा दिन मानेन," लेखकले भने। कालापानीलगायत मुलुकमा विभिन्न भागमा भारतीय अतिक्रमणको विरोध गर्दै माटो बचाऊ अभियानका संयोजक लेखक र सदस्य विष्टले दार्चुला प्रमुख जिल्ला अधिकारी खम्बराज धामीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्।

कालापानी प्रकरणबारे स्थानीय स्तरमा कुरा गरेर हल नहुने प्रमुख जिल्ला अधिकारी धामीले बताए। "अतिक्रमण रोक्ने र आफ्नो भूमि कब्जाबाट मुक्त गर्ने काम सरकारको हो," केन्द्रले बेवास्ता गर्दा स्थानीयवासीले दुख पाएको र कर्मचारीलेसमेत मानसिक यातना भोग्नुपरेको धामीले गुनासो गरे, "सहानुभूति प्रकट गर्नुबाहेक अर्को विकल्प छैन।"

source:

http://www.nagariknews.com/society/nation/1680-2009-06-05-14-39-41.html


Search and Buy from amazon.com