Showing posts with label gachhadar. Show all posts
Showing posts with label gachhadar. Show all posts

Saturday, June 6, 2009

गच्छदारसहित तीन सभासद्को पद धरापमा

गच्छदारसहित तीन सभासद्को पद धरापमा


काठमाडौं, जेठ २४ (नागरिक) - मधेशी जनअधिकार फोरमले संसदीय दलका नेता विजय गच्छदारसहित तीन जना सभासद्‍को पद खारेज गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पत्र लेखेको छ। फोरमबाट हटाइएका सभासद्‍मा शरदसिहं भन्डारी र रामजनम चौधरी छन्।
पत्रमा सरकारबाट फिर्ता भएको जानकारी पनि दिइएको छ।
फोरमका महासचिव रामसहाय यादवले पार्टीका तर्फबाट सभाध्यक्षलाई बुझाएको पत्रमा सरकारबाट फिर्ता भएकाले संसदमा विपक्षमा बस्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ।

उपप्रधानमन्त्रीबाट गच्छदारलाई पदमुक्त गर्न माग गर्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि महासचिव यादवले पत्र दिएका छन्। पार्टीबाट गच्छदारलाई निश्कासित गरिसकेकाले नेपालको अन्तरिम संविधान अनुसार गच्छदारलाई पदमा राख्‍न नहुने व्यहोरा पत्रमा उल्लेख छ।

यस सम्बन्धमा फोरमको संस्थापन पक्षले निर्वाचन आयोगलाई पनि आइतबार नै सात जना केन्द्रीय सदस्यलाई साधारण सदस्यताबाट समेत निश्कासन गरिएको जानकारी दिएको छ । सभामुखलाई बुझाएको पत्रमा पनि उक्त कुरा उल्लेख छ।
source:
http://www.nagariknews.com/politics/party-politics/1718-2009-06-07-06-19-35.html

Search and Buy from amazon.com