Showing posts with label bhim rawal. Show all posts
Showing posts with label bhim rawal. Show all posts

Tuesday, February 15, 2011

आखिर लगेरै छाडे रावलले पजेरो

आखिर लगेरै छाडे रावलले पजेरो

रातो प्लेट लगाएर श्रीमती पनि सरकारी गाडीमा


४ फागुन, काठमाडौं । गृहमन्त्री हुँदा आफैले छानेर किनेको करिव डेढ करोड मूल्य पर्ने मित्सुबिसी गाडी पद छाडेपछि पनि बलपूर्वक लगेका पूर्व गृहमन्त्री भीम रावलले त्यसलाई बैधानिकता दिएरै छाडेका छन् ।

निवर्तमान भएको एक सातापछि गृहमन्त्रीको हैसियतमा जेनेभा पुगेका रावलले गृहबाट पत्र लेखाएर जर्वजस्त लगेको पजेरोलाई वैधानिकमात्र बनाएनन, त्यसमा रातो प्लेट हालेर निजीको हैसियतमा चढने भएका छन् ।

गृहसचिव गोविन्द कुसुमलाई दवाव दिएर निवर्तमान गृहमन्त्री रावलले जबर्जस्ती लगेको मित्सुविसी पजेरोलाई ‘वैधानिकता’ दिलाउने काम गरेका छन् ।

गृहमन्त्रीबाट विदा हुँदा समेत आफूसँगै लिएर जाने मनस्थितिका साथ रावलले मन्त्रालयलाई पजेरो किन्न लगाएका थिए । बा १ झ ८६७१ नम्बरको मित्सुविसी पजेरो अर्को निर्णय नहुन्जेलसम्मलाई दिने गरी टिप्पणी उठाउन कुसुमले गृहमन्त्रालयको आन्तरिक व्यवस्थापन शाखालाई लगाएका थिए । आन्तरिक व्यवस्थापन शाखाले पनि रावल र कुसुमको दवाव बमोजिम पजेरो दिने निर्णय गरेको छ ।

सरकारी गाडीमा सेतो नम्वर प्लेट हुनुपर्ने प्रावधान विपरित कुसुमले रावलको गाडीमा रातो नम्वर प्लेट राख्न पनि आन्तरिक व्यवस्थान शाखालाई दवाव दिएका छन् ।

यसअघि रावलले बा १ झ ५२२० नम्बरको सरकारी टोयटा गाडीमा रातो प्लेटको उस्तै नम्बर राखी रावलपत्नीले चढ्दै आएकी छन् । करिव २० महिना गृह मन्त्रालय सम्हालेका रावलले पदबाट बिदा हुँदा करिव दुई करोड मूल्यका दुईवटा गाडी निजी प्रयोजनका लागि अनन्तकालसम्म प्रयोग गर्न पाउने गरि नाफा कमाएका छन्


source:

Search and Buy from amazon.com