Showing posts with label सुदसँग छलफल. Show all posts
Showing posts with label सुदसँग छलफल. Show all posts

Monday, May 25, 2009

चीनबाट बधाई, सुदसँग छलफल

चीनबाट बधाई, सुदसँग छलफल


काठमाडौं, जेठ ११ (नागरिक)- प्रधानमन्त्रीको शपथ लिएको दिन प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय राजदूत राकेश सुदसँग भेट गरेका छन्। सुद प्रधानमन्त्री भेट्न अपराह्न नेपाल निवास कोटेश्वर पुगेका थिए। उनले नेपाललाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिए। भारतीय राजदूतले शान्ति प्रक्रिया र संविधान लेखनमा नयाँ सरकारले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे।

राजदूत सुदले नयाँ सरकारले माग गरेअनुरुप भारतीय पक्षबाट सहयोग हुने विश्वास दिलाएको बताइएको छ।

नेपालले प्रधानमन्त्रीको रुपमा शपथ लिएकै दिन उत्तरी छिमेकी चीनका प्रधानमन्त्री वेन जियाबाओको बधाई पाएका छन्। जियाबाओले नेपाललाई पठाएको शुभकामना सन्देशमा चीन-नेपाल सम्बन्धलाई आफूले उच्च प्राथमिकता दिएको उल्लेख छ।

एकीकृत (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भारतसँगको सम्बन्धलाई पुनःपरिभाषित गर्ने कोशिष गर्दा आफू सरकारबाट हट्नु पर्ने अवस्था आएको बताएका थिए। भारतले दाहाल नेतृत्वको सरकार चीनपरस्त भएको शंका गर्दै आएको थियो। तर माधव नेपालले सपथ लिएकै दिन दुवै छिमेकीबाट सकारात्मक सहयोगको संकेत पाएका छन्।

source:

http://www.nagariknews.com/politics/party-politics/1314-2009-05-25-15-44-27.html



Search and Buy from amazon.com