Showing posts with label रक्षासचिवलाई धम्की दिने कर्णेललाई अवकाश. Show all posts
Showing posts with label रक्षासचिवलाई धम्की दिने कर्णेललाई अवकाश. Show all posts

Saturday, May 30, 2009

रक्षासचिवलाई धम्की दिने कर्णेललाई अवकाश

रक्षासचिवलाई धम्की दिने कर्णेललाई अवकाश


नेपाल समाचारपत्र, (काठमाडौं) काभ्रेको पाँचखालमा मैना सुनुवारको हत्याका प्रमुख रूपमा आरोपी महासेनानी बबीकुमार खत्रीले बिहीबार रक्षासचिव गणेशराज जोशीलाई आफ्नो म्याद थप नगरे गोली ठोकिदिने धम्की दिएका छन्। 

रक्षामन्त्री विद्या भण्डारीले सुनुवार हत्याकाण्डमा संलग्न रहेका खत्रीलाई म्याद थप नगर्न सचिवलाई निर्देशन दिएपछि दिउँसो मन्त्रालय पुगेका कर्णेल खत्रीले ‘मेरो म्याद नथप्ने को हो, मेरो म्याद थप भएन भने गोली ठोकिदिन्छु’ भनेर धम्क्याउन थालेपछि रक्षा मन्त्रालयका उच्च कर्मचारीहरू प्रधानमन्त्रीकहाँ पुगेका थिए।

रक्षासचिवसहितको टोली प्रधानमन्त्री माधवकुमार नेपालकहाँ पुगेर घटनाको विवरण सुनाउनासाथ प्रधानमन्त्री नेपालले कर्णेल खत्रीलाई तत्काल अवकाश दिन बिहीबार नै निर्देशन दिएपछि रक्षा मन्त्रालयले अवकाशपत्र सोही दिन सैनिक मुख्यालय पठाएको थियो।

लामो समयदेखि विवादमा तानिएका कर्णेल खत्रीलाई सैनिक मुख्यालयको प्रिन्सिपल स्टाफ अधिकृत (पीएसओ) ले २ वर्षम्याद थप गर्न रक्षा मन्त्रालयलाई सिफारिसपत्र पठाएको थियो। सैनिक मुख्यालयले जस्तो पायो, त्यस्तै व्यक्तिलाई म्याद थप गर्न पठाएर सरकारको अवमूल्यन गर्न खोजेको भन्दै प्रधानमन्त्री नेपालले सेनाको नेतृत्वसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो।


source:

http://www.newsofnepal.com/new/detailnews.php?type=mahanagar&id=3392


Search and Buy from amazon.com