Showing posts with label प्रचण्ड. Show all posts
Showing posts with label प्रचण्ड. Show all posts

Wednesday, May 27, 2009

नेपाल सरकार कठपुतलीको सरकारः प्रचण्ड

नेपाल सरकार कठपुतलीको सरकारः प्रचण्ड

काठमाडौं, १३ जेठ (दैनिकी)

एकिकृत नेकपा माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपालको नेतृत्वमा गठन भएको वर्तमान सरकार पुराना संसदवादी दल तथा विदेशी प्रतिक्रियावादी कठपुतलीको सरकार भएको आरोप लगाएका छन ।
बुधाबर राजधानीमा भएको पत्रकार कृष्ण सेनको स्मृति सभामा बोल्दै उनले अहिलेको सरकार विदेशी दलालहरुले नेपालको शान्ति प्रक्रियालाई प्रयोग गर्न माध्यम बनेको आरोप लगाए ।
उनले यो सरकार प्रतिक्रान्तिकारी गुरुयोजना अन्तर्गत बनेको आरोप लगाउँदै अब आफूहरुले नेपालमा छिटै अर्को चमत्कारको तयारीमा लागेको बताए ।
उनले अहिलेको सरकारको गठबन्धनले जनताको भावना, नियम-कानुन र संविधानको बेवास्ता गरी काम गरिरहेको आरोपसमेत लागए ।
प्रचण्डले जनताका क्रान्तिको उपलब्धिलाई अन्य दलहरुले अपहरण गरेको आक्षेप पनि लगाए


source:

http://www.dainikee.com/newsdetail-7168.html#

Search and Buy from amazon.com