Showing posts with label नोवेल विजेता राजधानीमा. Show all posts
Showing posts with label नोवेल विजेता राजधानीमा. Show all posts

Sunday, May 31, 2009

नोवेल विजेता राजधानीमा

नोवेल विजेता राजधानीमा


काठमाडौं, जेठ १८ (नागरिक)- भौतिकशास्त्र सम्बन्धी चार दिने अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन नोवेल पुरस्कार विजेता जर्मनी भौतिकशास्त्री क्लाउज भन क्लिजिङ आइतबार बिहान नेपाल आइपुगेका छन्।

सन १९८५ को भोतिक शास्त्रका नोवेल पुरस्कार बिजेता ६६ वर्षीय क्लिजिङ कतार एयरवेजबाट सोमबार बिहान ८ : ३० बजे राजधानी आइपुगेका हुन्।
४२ वर्षकै उमेरमा विश्वप्रसिद्ध पुरस्कार नोबेल हात पार्ने कम वैज्ञानिकहरुमा क्लिजिङ पर्छन् । उनी भौतिकशास्त्रमा 'क्वान्टम हल इफेक्ट'का लागि प्रख्यात छन् । उनको सम्मानमा जर्मनीले हुलाकटिकट पनि छापेको छ ।

राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार हुने सेमिनारको उद्‍घाटन राष्ट्रपति रामवरण यादवले गर्नेछन् । कार्यक्रममा क्लिजिङले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नेछन् ।

सेमिनारको बुधबारदेखि हुने बन्दसत्रमा क्लिजिङले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । उनी बिहीबार स्वदेश फर्कनेछन् ।
कार्यक्रममा भौतिक विज्ञानमा नेपाली र विदेशबाट आउने वैज्ञानिकका काम र उनीहरुले सिकेका अनुभवको साटासाट गर्ने उद्देश्य रहेको जानकारी आयोजकले दिए ।
सेमिनारमा अमेरिका जापान जर्मनी पाकिस्तान ताइवान भारत बंगलादेश रोमानियालगायत ३० देशका १ सय २० भौतिकशास्त्री सहभागी हुनेछन्।

source:

http://www.nagariknews.com/society/nation/1511-2009-06-01-04-37-09.html



Search and Buy from amazon.com