

Nepal: Selected News
|
सरकारी सम्मानका साथ नेतृ शैलजाको अन्त्येष्टी | |||||
नेपाली काँग्रेसकी वरिष्ठ नेतृ शैलजा आचार्यको सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ। विगत एकवर्षभन्दा बढी समयदेखि विरामी पहिलो महिला उपप्रधानमन्त्री आचार्यको ६६ वर्षको उमेरमा शुक्रवार बिहान काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो। श्वासप्रश्वास लगायतका रोगबाट पीडित नेतृ आचार्यको नयाँ दिल्ली, बैंकक र काठमाण्डूका अस्पतालहरुमा वर्षदिनभन्दा लामो उपचार गरिए पनि चिकित्सकहरुले उनलाई बचाउन सकेनन्। उनको पार्थिव शरीरमा विभिन्न पार्टीका नेताहरु, प्रधानमन्त्री, सुरक्षा अंगका प्रमुख र उच्च सरकारी अधिकृतहरु सहित हजारौंले अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रले पनि उनको निधनप्रति समवेदना प्रकट गरेका छन्। संघर्षपूर्ण जीवन २०१७ साल पुष एक गते राजा महेन्द्रले काँग्रेसको निर्वाचित सरकारलाई बर्खास्त गरी शासन सत्ता आफ्नो हातमा लिएपछि किशोरावस्थामै तत्कालीन राजालाई कालो झण्डा देखाएर उनी चर्चामा आएकी थिइन्। त्यसपछि जेल परेकी उनको जीवन झण्डै १५ वर्ष जेल र निर्वासनमा बितेको थियो। २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर कांग्रेस नेता बीपी कोइरालासंगै उनी पनि ठूलो जोखिम लिएर भारतबाट नेपाल फर्किएकी थिइन्। २०४६ सालमा प्रजातन्त्रको पुनस्थापना भए लगत्तैको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री बनेकी उनले त्यसपछि उपप्रधानमन्त्री र आफ्नो पार्टीको उपसभापतिको जिम्मेवारी पनि पाएकी थिइन्। उनी समाजशास्त्रमा स्नातकोत्तर थिइन्। सिद्धान्तनिष्ठ नेतृ आफ्नो समकालीन नेतृ आचार्यप्रति अन्तिम श्रद्धान्जली प्रकट गर्न आर्यघाट पुगेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनको मुल्याङ्कन गर्दै भने, “उहाँ महान नेता हो। लडाकू, जुझारु आफ्नो सिद्धान्तमा कसैसंग सम्झौता नगर्ने महान प्रजातन्त्रवादी नेता हो।” नेतृ आचार्यले केही वर्षयता आफ्नो पार्टीले सैद्धान्तिक निष्ठा छोडेको भनी चर्को असन्तुष्ट प्रकट गर्ने गर्थिन। देशको राष्ट्रियता बचाउन राजा र दलहरु मिल्नु पर्ने मान्यता बोकेकी उनी नेपाली काँग्रेसले गणतन्त्र स्वीकार गरेकोमा रुष्ट थिइन्। source: http://www.bbc.co.uk/nepali/news/story/2009/06/090612_sharad_shailaza.shtml |
रामचन्द्र ग्रुपको स्थिति बलियो देखेपछि रोके शेरबहादुर र सुजाताले संसदीय दलको निर्वाचन | ![]() | ![]() |
२८-जेठ-२०६६,बिहिवार | |
काठमाडौं। संसदीय दलको निर्वाचनमा कार्यवहाक सभापति सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कुलबहादुर गुरुङ्गको गठबन्धन हुने संकेत पाएपछि शेरबहादुर देउवाले आफ्नो अवस्था सुदृढ गर्नुपर्ने आवश्यक देखेपछि गिरिजाप्रसाद कोइरालालाई दबाब दिएर निर्वाचन ३१ जेठमा हुने भनिएको निर्वाचन असार २ मात्र हुने भएको छ। कुलबहादुर गुरुङले धोका दिने देखेपछि उता कोइराला परिवारका तर्फबाट संसदीय दलको नेताका लागि उम्मेदवार नै नहुने भएपछि तयारका लागि भनेर सभापति गिरिजाप्रसाद कोइरालालाई छोरी सुजाले पनि निर्वाचन सार्न दबाब दिएकी थिइन। निर्वाचन ३१ जेठमा नै गर्नु पर्ने अडानमा रहेका सुशिल, रामचन्द्रलगायतका नेताहरु पनि निर्वाचन सार्न निर्णयबाट आक्रोसित भएका छन्। पार्टीका पदाधिकारीहरुसँगको छलफलमा निर्वाचन सार्नु पर्ने देउवा र सुजाताको अडानपछि सभापतिले निर्वाचन सार्न निर्देशन दिएका थिए। निर्णयमा असन्तुष्ट पौडेललगायतका नेताहरु सुशिल कोइरालाको बुद्धनगरस्थित निवासमा जम्मा भएर छलफल गरेका थिए। छलफलमा गिरिजाप्रसादलाई अलोकतान्त्रिक भन्ने शेरबहादुर झनै तानाशाहि शोभावको भएको ठहर गर्दै गिरिजा र शेरबहादुर विरुद्ध ठूलो गठबन्धन खडा गर्नु पर्ने ठहर गरेका छन्। बैठकमा सहभागि एक नेताका अनुसार संसदीय दलको निर्वाचनमा रामचन्द्र वा कुलबहादुर मध्ये एकलाई जिताउने र पार्टी अधिवेशनमा सुशिल कोइरालालाई सभापतिमा जिताउन सबै लाग्ने सहमति भएको छ। बैठकमा निर्वाचन सम्पन्न भएको एक बर्ष पूरा हुँदासम्म पनि संसदीय दलको निर्वाचन हुन नसक्नुको कारण गिरिजा र शेरबहादुर दुवैको पद लोलुपता भएको ठहर गरेका थिए। सभापति कोइराला निवासमा भएको पार्टी पदाधिकारीहरुको बैठकमा देउवाले सरकारमा जाने मन्त्रीहरुको छनोट पूरा नभइसकेकाले निर्वाचन रोक्नु पर्छ भन्नु नै यसमा षडयन्त्र रहेको ठहर गरेको छ। संसदीय दल र केन्द्रिय समितिले गर्नु पर्ने काम सबै गिरिजा र शेरबहादुरले गर्ने र त्यसकै प्रभावले संसदीय दल कब्जा गर्ने नियत रहेको समेत बुद्धनगर भेलाले ठहर गरेको छ। कंाग्रेस प्रवक्ता अर्जुन नसिह केसीले जालझेल र षडयन्त्रबाट पार्टीलाई प्रभावित पार्नु दुभाग्य रहेको बताउनु भयो। source: http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24427&Itemid=39 |
काठमाडौं,जेठ २८ (नागरिक)- नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि जेठ ३१ गते हुने भनिएको निर्वाचन शेरबहादुर देउवा र सुजाता कोइरालाको दबाबमा स्थगित भएको छ । मतदान १ हप्तापछि सारिएको बताइए पनि मतदानको नयाँ मिति सार्वजनिक गरिएको छैन ।
सभापति गिरिजाप्रसाद कोइरालाले देउवा र सुजाताको दबाबमा बिहीबार बिहान चुनाव कार्यक्रम सार्न निर्वाचन समितिका संयोजक आनन्द ढुंगानालाई निर्देशन दिएका छन् ।
सरकारमा कांग्रेसको नेतृत्वमा सुजाता कोइरालालाई समर्थन गरेको र योग्यता र वरिष्ठताको आधारमा नभई आफूनिकट व्यक्तिलाई मात्र मन्त्री बनाएको आरोपमा पछिल्ला दिनमा पार्टीपंक्ति देउवाप्रति असन्तुष्ट रहँदै आएको छ । यसैकारण आफू संसदीय दलको चुनावमा पराजित हुन सक्ने आशंकाले देउवाले सुजातालाई चुनाव स्थगित गर्न कन्भिन्स गरेको र सुजाताले सभापति कोइरालालाई दबाब दिई चुनाव सार्ने निर्णय गर्न लगाएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।
आउँदो आइतबार हुने भनिएको संसदीय दलको नेता चयनको चुनावमा वरिष्ठ नेता देउवासँगै उपसभापति रामचन्द्र पौडेल र महामन्त्री केबी गुरुङ उम्मेदवार हुने सम्भावना थियो । सभापति गिरिजाप्रसाद कोइरालाले नै दलको नेता हुन खोजे भने देउवा पौडेल र गुरुङ तीनै जना प्रतिस्पर्धाबाट पछि हट्न सक्ने सम्भावना रहेको समेत स्रोतले उल्लेख गरेका छन्।
संविधानसभाको निर्वाचन भएको १४ महिनापछि कांग्रेसले संसदीय दलको नेता छान्न मिति तोकेको थियो । निर्वाचन समितिको बुधबार बसेको बैठकले संविधानसभा संसदीय दलको विधान २०६५ अनुसार संसदीय दलको निर्वाचन गर्ने निर्णय गरेको थियो ।
source:
http://www.nagariknews.com/politics/party-politics/1854-2009-06-11-06-58-14.html
कुन मन पर्यो नानी तिम्लाई?..
रिमोटबाट नि चल्छ.. हवाइँ दक्षिणतिरबाटै मगाको...
जुन छानेनी हुन्छ, आफ्नै हो...
source:
http://www.newsofnepal.com/new/
पार्टीमा विधि र प्रक्रियालाई जोड दिँदै आएका केन्द्रीय सदस् य नरहर िआचार्यलाई कान्तिपुरमा छापिएको लेखबापत वैशाख ३० गते स् पष्टीकरण सोधियो । तर, पार्टी नीतिविपरीत माओवादी सरकारमा सहभागी हुनुपर्ने तथा प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्नुपर्ने पक्षमा उभिएकी सभापति गिरजिाप्रसाद कोइराला-पुत्री सुजातामाथि अनुशासनको कारबाही त के स्पष्टीकरणसम्म सोधिएन । बरू सरकारमा पार्टीको नेतृत्व गर्न पठाएर उल्टै पुरस् कृत गरयिो ।
सभापति भएदेखि नै कोइरालाले केन्द्रीय समितिको अधिकार खोसेर आफूलाई निणर्ायक बनाएका छन् । हरेकपटक गहन निर्णय लिने समयमा केन्द्रीय समितिले सभापतिलाई जिम्मा दिँदै आएको छ । सुजाता नै सरकारमा सामेल हुनुको पछाडि पनि त्यही प्रवृत्तिले निरन्तरता पाएको बुझ्न सकिन्छ । "पार्टीभित्र असहमति हुँदाहुँदै सुजाताको नाम पठाएर आन्तरकि लोकतन्त्रमाथि घातक प्रहार भएको छ," युवा नेता गगन थापा भन्छन् ।
सरकारमा पठाउने नामावली विधि र प्रक्रियाबाटै निर्णय लिइनुपर्ने आवाज पार्टीभित्र नउठेको होइन । केन्द्रीय सदस् य आचार्य नेतृत्वका २५ सभासद्ले लेखेरै दिएका थिए, 'विधिसम्मत ढंगले अघि बढ्न नखोज्दा पार्टीको प्राथमिकता सत्ता मात्र हुन पुगेको छ ।' त्यसकारण संगठन ध्वस् त हुँदै गएको तथा प्राथमिकता दिनुपर्ने मुद्दाहरू ओझेलमा पर्दै गएको धारणा उक्त समूहको छ । सरकारमा जाने निर्णय पनि केन्द्रीय समिति र संसदीय दलको बैठकबाट लिइनुपर्ने माग उक्त समूहको थियो । तीव्र दबाबका कारण सभापति कोइराला केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउन बाध्य त भए तर सभापतिको निर्णयमा उनीहरूले आशंका गरेजस् तै आइदियो । केन्द्रीय सदस् य चिरञ्जीवी वाग्लेको भनाइमा, पदाधिकारीसँग सल्लाह गरेरै सरकारमा जानेहरूका बारेमा सभापति कोइरालाले निर्णय लिने आशामा त्यसको पहलकदमीको जिम्मा दिएको थियो । तर, आमकार्यकर्ताको भावनाविपरीत कोइरालाले 'म नै पार्टी हुँ'को शैलीमा निर्णय गरे । विद्यार्थी नेता प्रदीप पौडेल भन्छन्, "सभापतिलाई निर्णयको अधिकार दिँदा आफू सुरक्षित हुन्छु भन्ने नेताहरूको मनोविज्ञानले यहाँ काम गरेको छ ।"
किन त ? कांग्रेसजन यसलाई पार्टीभित्र मौलाएको अलोकतान्त्रिक र स् वेच्छाचारी प्रवृत्तिको पराकाष्ठा मान्छन् । ०५३ सालमा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट सभापति निर्वाचित भएका कोइरालाले सोही महाधिवेशनबाट विधान संशोधन गरी कार्यसमितिको अधिकार आफूमा केन्दि्रत गराएका थिए । महाधिवेशनबाट १८ जना केन्द्रीय सदस् य निर्वाचित गर्ने प्रावधान राखिए पनि त्यति नै संख्यामा सभापतिले मनोनयन गर्न सक्ने व्यवस् था विधानमार्फत गराएर कोइरालाले पार्टीमा आफ्नो पकड मजबुत राख्न खोजेका हुन् । त्यस् तै व्यवस् था गाउँ, नगर र जिल्ला समितिहरूमा पनि छ । जसले स् वेच्छाचारतिालाई बढावा दिएको गुनासो आमकार्यकर्तामा छ । "त्यसयता अधिकांश निर्णयको अधिकारी सभापति भएका छन्, त्यसअघि सबै निर्णय गर्ने अधिकार कार्यसमितिलाई मात्र थियो," केन्द्रीय सदस् य वाग्ले भन्छन् । सभापतिको यो स् वेच्छाचारी अधिकारप्रति स् वयं कोइराला परविारकै सदस् य पनि सहमत छैनन् । कांग्रेसका संस् थापक नेता बीपी कोइराला-पुत्र तथा केन्द्रीय सदस् य शशांक कोइराला भन्छन्, "विधानबाट शक्तिलाई केन्द्रीकृत गरएिको छ, त्यसलाई पूरै परविर्तन गर्नुपर्छ ।"
केन्द्रीय समितिमा विरोध हुँदाहुँदै सभापति कोइरालाले एकल निर्णय लिएको यो पहिलो भने होइन । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि तयार भएको अन्तरमि संसद्मा गर्नुपर्ने १० जनाको मनोनयनमा पनि उनले यसै गरेका थिए । केन्द्रीय समितिबाट अधिकार लिएर कोइरालाले छोरी सुजातासहितका १० नेता-कार्यकर्तालाई त्यसको हकदार मात्र बनाएनन्, आफ्नी एक मात्र छोरीलाई प्रधानमन्त्रीको कार्यालय हेर्ने गरी बिनाविभागीय मन्त्रीमा समेत नियुक्त गरे । त्यस समयमा पनि कार्यवाहक सभापति सुशील कोइरालासमेतका नेता-कार्यकर्ताले विरोध जनाएका थिए ।
त्यति मात्रै होइन, राजा ज्ञानेन्द्रले शासन लिएपछि कांग्रेसभित्र गणतन्त्रमा जानुपर्ने आवाज चर्को रूपमा उठ्यो । त्यस् तो आवाज उठाउने नरहर िआचार्य र गगन थापालाई गृहनगर विराटनगर पुगेर कोइरालाले दरबारयिा भएको आरोप लगाए । त्यसको संकेत थियो, पार्टीभित्र फरक मत राख्न पाइन्न, राखेमा जस् तोसुकै आरोप पनि खेप्न तयार हुनुपर्छ । अन्ततः आचार्य र थापाको त्यही फरक मत कांग्रेसको ०६४ भदौ १९ को केन्द्रीय समिति बैठक र सोही वर्ष असोज ६ र ७ मा सम्पन्न महासमिति बैठकले पार्टीको आधिकारकि धारणाका रूपमा ग्रहण गर्यो । तर, महासमिति बैठकमा संवैधानिक राजतन्त्र छोडेर गणतन्त्रमा जाने लाइन छलफल र निर्णयार्थ प्रस् तुत गरएिन । तत्कालीन महामन्त्री कुलबहादुर गुरुङको राजनीतिक प्रतिवेदनबाट सोही वर्ष भदौ १९ को केन्द्रीय समिति बैठकले गरेको निर्णय मात्र सुनाइयो ।
०५४ सालपछि कांग्रेसको महासमिति बैठक बोलाइएको छैन । जबकि कांग्रेस विधानको दफा १७ को उपदफा १ मा प्रत्येक वर्ष महासमिति बैठक बोलाउनु पर्ने व्यवस् था छ । ०६४ असोज ६-७ को महासमिति बैठक पनि एकताको बैठक मात्र थियो । ०५४ सालमा सम्पन्न महासमिति बैठकपछि विधानतः महासमिति बैठक भएको छैन ।
कतिसम्म भने अधिकांश दलले निर्वाचनमा हारजितको समीक्षा संविधानसभा निर्वाचनलगत्तै गरसिकेका थिए । तर, निर्वाचनको १४ महिना बितिसक्दा पनि कांग्रेसले आफ्नो लाजमर्दो पराजयका कारणबारे समीक्षा गर्न आवश्यक ठानेन । निर्वाचनको समीक्षा गर्न एक समिति त बनाइएको थियो, जसले सम्बन्धित जिल्ला सभापति र उम्मेदवारहरूलाई निर्वाचन हार्नुको कारण समेटेर प्रतिवेदन पठाउन निर्देशन दिने र अन्तरघातको उजुरी परेका नेताहरूलाई स् पष्टीकरण सोध्ने कामबाहेक निर्वाचनको गम्भीर समीक्षा गर्न सकेको छैन ।
०६५ भदौ ५-२१ मा सम्पन्न केन्द्रीय समिति बैठकले आगामी भदौ १५ गते १२ औँ महाधिवेशनको मिति तोकेको छ । तर, तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने कुरामा कोही पनि विश्वस् त छैनन् । किनभने, त्यसको तयारी नै सुरु भएको छैन । "महाधिवेशनको तयारी भदौपछि बल्ल सुरु होला," केन्द्रीय सदस् य वाग्लेको अनुमान छ । आसन्न महाधिवेशन कांग्रेसका लागि किन पनि महत्त्वपूर्ण छ भने पार्टीलाई सधैँका लागि एक बनाउने या सधैँका लागि अव्यवस् थाको सिकार बनाउने भन्ने फैसला त्यसले गर्नेछ । "विभाजित मानसिकतालाई सधैँका लागि अन्त्य गर्न पार्टी महाधिवेशन नै उपयुक्त थलो हुनसक्छ, त्यसको प्रतीक्षा हामीले पनि गरेका छौँ," नेपाल विद्यार्थी संघका अध्यक्ष पौडेल भन्छन् । तोक्नैपर्ने भएपछि सार्न मिल्ने विकल्प राखेर भदौ १५ को मिति तोकिएको बताउने एक केन्द्रीय सदस् यको अनुमान छ, फागुनसम्ममा महाधिवेशन होला ।
गाँसियो कि टाँसियो ?
०६४ असोज ८ मा दुई कांग्रेस एक भएको घोषणा गरयिो । तर, के कांग्रेस सम्पूर्ण रूपमा एक भएको छ त ? युवा नेता विश्वप्रकाश शर्मा भन्छन्, "छैन, कांग्रेसलाई गाँसिएन, टाँसियो मात्र । " पार्टी एकीकरणमा रोहबर बसेका संस् थापक नेता कृष्णप्रसाद भट्टराईले गणतन्त्रमा जाने लाइनसँग असहमति जनाउँदै पार्टी परत्ियाग गरसिकेका छन् । उनी पार्टी विभाजन भएपछि पाँच वर्षसम्म निरपेक्ष बसेका थिए ।
पार्टी एकीकरण भएको पनि एक वर्ष भइसकेको छ तर अहिलेसम्म अधिकांश जिल्लामा बनेका एकीकृत समितिहरू विवादरहित छैनन् । लामो समयसम्म गाउँ र नगर समितिहरू तथा भ्रातृसंगठनका जिल्ला समितिहरू दुई-दुई सभापति र पदाधिकारीहरूबाट सञ्चालित थिए ।
'कांग्रेसको मनोबल गिरेको छ’
दीर्घकालीन ढंगले सोच्ने परपिाटी कांग्रेसमा कहिल्यै बसेन । बीपीपछि दूरदर्शी नेता पनि कोही भएन । जहिले पनि पार्टी केन्द्रीकृत ढंगले सञ्चालन गरयिो । योग्य व्यक्तिलाई किनारा लगाइयो र अयोग्य व्यक्तिहरूलाई भित्र्याएर महत्त्वपूर्ण जिम्मेवारी दिइयो । यसले आमकांग्रेसजनको मनोबल गिरसिकेको छ र भित्री शक्ति छिन्नभिन्न भइसकेको छ । पार्टीलाई नयाँ जीवन दिन पार्टीभित्रै ठूलो क्रान्तिको आवश्यकता छ । अनि, बीपीको विचारको सार्थकता अहिले पनि त्यत्तिकै खड्केको छ ।
आधारमा भ्रम
नेपाली कांग्रेस जनता -मास बेस् ड) कि कार्यकर्ता -क्याडर बेस् ड) आधारति पार्टी हो भन्ने ठूलो भ्रम देखिन्छ, कार्यकर्ता पंक्तिमा । जनतामा आधारति पार्टी भन्ने हो भने जनताले धेरै अगाडि सडकमा लगाएको गणतन्त्रको नारा धेरैपछि मात्र पार्टीले अंगीकार गर्यो ।
कार्यकर्तामा आधारति पार्टी भन्ने हो भने नेता, कार्यकर्ताको आवाज सुन्नुको सट्टा सभापतिको एकल निर्णय नै सर्वोपर िहुँदै आएको कांग्रेस नेताहरूको ठम्याइ छ । त्यसको अर्थ हो, कांग्रेस स् थापित विचार र स् थापित नेतृत्वमा आधारति पार्टी हो । विचार एउटा कुरा हो तर त्यसलाई व्यवहारमा लिएर जानु अर्कै कुरा हो । बीपीको विचार बोकिएको छ तर त्यो विचारलाई व्यवहारमा लिएर जाने कुरामा पनि कांग्रेस कमजोर देखिँदै आएको छ ।
गठबन्धन सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्नेको नाम पठाउनुभन्दा दुई दिनअघि अर्थात् जेठ १७ गतेसम्म पनि कांग्रेस सभापति गिरजिाप्रसाद कोइराला आफ्नी एक मात्र सन्तान सुजातालाई रत्तिm महामन्त्री पद लिन आग्रह गररिहेका थिए । तर, सधैँ प्रभावशाली पद र अर्थमा आशक्त रहने गरेको आरोप खेप्दै आएकी सुजाताले पार्टीको महामन्त्री पदलाई भन्दा सरकारमा पार्टीको नेतृत्वसहित परराष्ट्र मन्त्रालय रोजिन् । तर, उनको यो रोजीछाडीले गठबन्धन सरकारको नेतृत्व गररिहेको एमालेलाई मात्र निराश बनाएन, कांग्रेसभित्रै पनि कलहको आगो सल्कायो ।
प्रधानमन्त्री माधवकुमार नेपालले जेठ १७ गते टेलिफोन गरेर कांग्रेसबाट सरकारमा नेतृत्व गर्न अलि अनुभवी र वरष्िठ नेतालाई पठाउन आग्रह गर्दा पार्टी सभापति कोइरालाको जवाफ थियो, "सरकारको नेतृत्व सुजाताले गर्ने हो, शेरबहादुर, सुशील र रामचन्द्रसँग सल्लाह गरेर थप मन्त्रीहरूको नाम एक-दुई दिनमै पठाउँला ।" तर, यसपटक कोइरालाले चाहेजस् तो भएन । पार्टीका कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले सुजाताको नेतृत्वमा सरकारमा जाने कुराको खुला विरोध मात्र गरेनन््, मन्त्री खाने दुई-दुई जनाको नाम दिन सभापतिले गरेको आग्रह पनि अस् वीकार गरे । अनि चिट्ठा पर्यो, पार्टीका वरष्िठ नेता शेरबहादुर देउवालाई । नत्र, पार्टीका तर्फबाट सरकारमा सहभागी छ मन्त्रीमध्ये चार जना उनको पक्षका पर्ने थिएनन् ।
महाराजगन्जमा माथापच्ची
कांग्रेसका तर्फबाट सरकारको नेतृत्व कसले गर्ने र को-को मन्त्री हुने भन्ने तातोका कारण पार्टी सभापति कोइरालाको महाराजगन्जस् ि थत निवासमा जेठ १६ गतेदेखि नै निकै चहलपहल थियो । यसैदिन बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले चानचुने तालले नमिल्ने यी दुुवै विषयको निर्णय गर्ने अधिकार सधैँझैँ पार्टी सभापति कोइरालालाई दियो । त्यसो त निश्चित मापदण्डमा छनोट भएका नाममा पार्टीका वरष्िठ नेता देउवा, कार्यवाहक सभापति कोइराला र उपसभापति पौडेललगायतका पदाधिकारीहरूको परामर्श लिएर सभापति कोइरालाले टुंगो लगाउने केन्द्रीय कार्यसमितिको आशय थियो । पार्टीका अर्का उपसभापति प्रकाशमान सिंहका अनुसार, केन्द्रीय कार्यसमिति र संसदीय समिति दुवै निकायको बैठकले सरकारमा पार्टीको नेतृत्व गर्ने र मन्त्री हुनेहरू तय गर्न निर्देशिका नै बनाएको थियो । त्यही निर्देशिकाको आशय अनुसार सभापतिले टुंगो लगाउने आशा गरेर सबैले जिम्मा लगाएका थिए । प्रकाशमान भन्छन्, "पार्टी सभापतिलाई एकल निर्णय गर्ने अधिकार दिएको भन्ने हल्ला गलत हो ।"
तर, सभापति कोइरालाले देउवाबाहेक कसैसँग पनि परामर्श गरेनन् । केवल आफ्नो निर्णय सुनाए । छोरी सुजातालाई अगाडि बढाउने कुरामा सुशील, रामचन्द्र, गोपालमान, प्रकाशमान, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ आदिबाट सीधा सहमति नपाउने बुझेरै कोइरालाले त्यसो गरेका थिए । जेठ १९ गते पनि कोइरालानिवासमा प्रधानमन्त्री नेपालसहित देउवा, सुशील, विमलेन्द्रहरूको बैठक बसेको थियो । त्यस बैठकमा सभापति कोइरालाले सुजाताले परराष्ट्र मन्त्रालयसहित सरकारमा पार्टीको नेतृत्व गर्ने बताउँदा नै सुशील, रामचन्द्र, विमलेन्द्रहरू नराम्ररी झस् ि कसकेका थिए ।
हुन पनि निर्धारतिभन्दा निकै अघि महाराजगन्ज पुगेका उनीहरूले शक्तिशाली पार्टी सभापतिको मुखबाट सुजातासम्बन्धी त्यस् तो निर्णय थाहा पाउन प्रधानमन्त्री नेपालको आगमन नै पर्खिनुपरेको थियो । कोइरालाले प्रधानमन्त्री नेपालसँग एकैपटक सरकारको नेतृत्व सुजाताले गर्ने बताउँदा देउवा नबोली बसिरहे । उता सभापतिको अप्रत्यासित निर्णय सुनेपछि फन्किँदै तल्लो तलाको लबीमा ओर्लिसकेका सुशीलले कुन्नि के सोचे, पुनः माथि उक्लिएर आँट गरेरै भने, "गिरजिादाजु, यो निर्णय सच्याउनुपर्छ । " त्यतिबेलासम्म श्रेष्ठ र निधिले पनि छलफल नै नभई सुनाइएको निर्णयमा आ-आफ्नो असन्तुष्टि पोखिसकेका थिए । तर, देउवाले सुशील फर्केपछि पनि मुख खोलेनन् ।
वास् तवमा उनीहरू सुजाताको नाम सुनेर त्यतिविधि निराश हुनुको कारण सुजाता मात्र थिइनन् । खासमा कोइरालाले पार्टीबाट सरकारको नेतृत्व गर्नेमा आफूमध्ये कसैको वा आफूनजिककाको नाम लिन्छन् कि भन्ने भित्री आशा उनीहरूमा थियो । तर, कोइरालाले त्यस आशामा सुजाता नामको चिसो पानी खन्याइदिएका थिए । त्यसो त सभापति कोइरालाले उपसभापति प्रकाशमान सिंहलाई महाराजगन्ज निवासमा बोलाएरै सुजाताको नेतृत्व स् वीकार्न भनेका थिए । तर, प्रकाशमान भन्छन्, "पार्टी उपसभापति भएकाले मैले आफूभन्दा जुनियरको नेतृत्वमा सरकारमा जाने कुरा स् वीकार्न सकिनँ ।"
सुजाता प्रकरणमा सभापति कोइरालाले देउवाको साथ पाउनु उनी निकटस् थ उपसभापति गोपालमान श्रेष्ठ र महामन्त्री विमलेन्द्रका लागि मात्र नभई सबैका लागि अप्रत्यासित थियो । तर, देउवाले पार्टीका तर्फबाट सुजाताले सरकारको नेतृत्व गर्ने सभापतिको चाहनामा मौन बसेर सहयोग मात्र गरेनन्, आफ्नै कोटरीभित्रका असन्तुष्टहरूको राम्रो व्यवस् थापन पनि गरे । यससँगै उनले आफ्नो कोटरीका प्रभावशाली मीनेन्द्र रजिाल र प्रकाशशरण महतलाई एकैपटक मन्त्रिमण्डलमा पठाएर सन्तुष्ट पार्नुका साथै आफ्नालागि सधैँका चुनौती सुशील र रामचन्द्रसँग हिमचिम बढाउने प्रकाशमानलाई पनि राम्रैसँग भित्तामा पुर्याए ।
यति मात्र होइन, देउवाले आफूनिकट बालकृष्ण खाँड र उमाकान्त चौधरीलाई पनि सरकारमा समेटेर भागबन्डाको राजनीतिमा आफूलाई माथि पारेका छन् । त्यसअघि उनले आफ्ना निकटका महामन्त्री विमलेन्द्रलाई सरकारमा पार्टीको नेता बनाउने दाबी पेस गर्दै आएका थिए । तर, कोइरालाले जसरी पनि छोरीको उदय गराइछाड्ने संकेत बुझ्नासाथ देउवाले संसदीय दलको नेता र भावी पार्टी सभापतिमा सहयोगको वाचा लिँदै निधिबाहेक आफ्ना चार जना मन्त्री बनाउने मौका छोपे ।
जेठ १७ गतेको त्यस मन्त्रणामा देउवाले साक्षीका लागि श्रीमती आरजुलाई पनि ल्याएको बताएपछि कोइरालाले फटाफट उनका सबै प्रस् तावमा सहमति जनाएका थिए । पार्टी एकीकरणपछि ६०/४० को अवधारणा अनुसारको भागबन्डामा चित्त बुझाउँदै आएका देउवा कोइरालाले सुजाताका लागि तयार गरेको चास् नीमा यसरी तैरएिका थिए ।
कांग्रेस एकीकरण हँुदै कोइराला र देउवाबीच भएको सम्झौताको केही अंश अहिले प्रकाशमा आएको बताउनेहरू कम छैनन्, कांग्रेसभित्र । उनीहरूका अनुसार, उतिबेला यी दुई नेताबीच कोइरालाले दोस्रो पुस् ताबाट देउवालाई नेतृत्वमा पुर्याउने र देउवाले तेस्रो पुस् ताकी सुजाताको उदयमा सघाउने भित्री सहमति भएको थियो ।
सुजाता प्रकरणमा कोइरालाले जेठ २१ गते बिहान ८ बजे आफ्नो निवासमा डाकेको बैठकमा कार्यवाहक सभापति सुशील र उपसभापति पौडेलले अनुपस् ि थत भएर असन्तुष्टि जनाउने तरकिा झिके, फोनबाट थप असन्तुष्टि जाहेर गर्ने र केही दिन राजधानीबाहिर बिताउने । त्यही अनुसार असन्तुष्टहरूको बैठक बसेको जानकारी फोनबाट सभापति कोइरालालाई दिएर सुशील र पौडेल जुम्लातिर लागेका थिए ।
जुम्ला जाने क्रममा सुशीलले दिएको सुजातालाई सरकारमा पठाइए पदबाट राजीनामा दिने सार्वजनिक चेतावनी घुर्की मात्र थियो भन्ने पुष्टि घटनाक्रमले मात्र गरसिकेको छैन, उनी आफैँले पनि राजीनामाको हल्ला निराधार भएको बताइसकेका छन् । यसअघि प्रधानमन्त्री हँुदा सभापति कोइरालाले सुजातालाई बिनाविभागीय मन्त्री बनाउँदा पनि सुशीलले यस् तै धम्की दिएका थिए । पार्टीमा दोस्रो पुस् ताका नेताहरूको यस् तै कमजोरी बुझेकै कारण सभापति कोइराला पटक-पटक बहुमतको भावनालाई कुल्चिन सफल हुँदै आएका हुन् कि भन्न्ने आशंकाले कांग्रेसजनमा बास पाएको छ ।
सानेपामा विरोध
सभापति कोइरालाले प्रधानमन्त्री नेपाललाई सुजाताले सरकारमा कांग्रेसको नेतृत्व गर्ने निर्णय सुनाएको भोलिपल्टै अर्थात् जेठ २० गतेे दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति सुशीलले बैठक डाके, सबै असन्तुष्ट पदाधिकारीहरूको । जसमा तीनै जना उपसभापति अनि केन्द्रीय सदस् य रामशरण महत र पार्टी मुख्यसचिव रामचन्द्र पोखरेल सहभागी थिए । बैठकअघि प्रधानमन्त्री नेपालसँग भएको कुराकानीमा सुशीलले सुजाताबारे आधिकारकि निर्णय नभएको मात्र बताएनन्, सभापतिबाट त्यस् तो केही भएको रहेछ भने त्यो पार्टीको नीतिविपरीत हुने दाबी पनि गरे । उनले भने, "त्यस् तो निर्णय भएको हो भने सच्याएर पार्टीका वरष्िठमध्ये कसैको नेतृत्वमा पठाउनुपर्छ ।"
स्रोतका अनुसार, बैठकमा पार्टी निर्णय सच्याउन पार्टी सभापतिसमक्ष आग्रह गर्ने निर्णय गरयिो । साथै, सुजाताको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने पत्र प्रधानमन्त्रीलाई आफूले लेख्नुपरे पदबाट राजीनामा दिने कुरा बैठकमै बताए, सुशीलले । मुख्यसचिव पोखरेलले पार्टी सभापतिबाट त्यस् तो पत्र लेख्ने निर्देशन आएको बैठकमा बताउँदा सुशीलले उक्त निर्णय सुनाएका थिए । त्यसको भोलिपल्टदेखि कोइराला निवासबाट त्यस् तो पत्रका लागि बारम्बार ताकेता हुन थालेपछि पोखरेलले कार्यवाहक सभापतिको अडान बताएका थिए । पछि आफैँले तयार गरेर पठाउन कोइराला निवासबाट आएको निर्देशनलाई भने पोखरेलले पालना नगर्न सकेनन् ।
रमाइलो त के भने सुशीलनजिक भनिएका र उनैले सरकारमा पार्टीको नेता बनाउन खोजेका महामन्त्री कुलबहादुर गुरुङ भने त्यस बैठकमा आइदिएनन् । खासमा गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले आदिको समूह कार्यसमितिको बैठकबाटै पार्टीबाट सरकारको नेतृत्वमा गुरुङ वा मानबहादुर विश्वकर्मालाई छानियोस् भन्ने चाहन्थे । र, यसका लागि सुशीललाई बारम्बार आग्रह पनि गरेका थिए, उनीहरूले । केन्द्रीय सदस् य चिरञ्जीवी वाग्लेले आफूहरूले गुरुङ वा विश्वकर्मामध्ये एक जनाले पार्टीबाट सरकारमा नेतृत्व गर्नुपर्ने चाहना राखेको नेपाललाई बताएका थिए । तर, केन्द्रीय समितिको बैठकमा उक्त पदका लागि दाबी गर्नेमा रामचन्द्रदेखि गोपालमान, प्रकाशमान र विमलेन्द्रसम्म थपिएका थिए ।
यसरी कुरा मिल्न नसकेपछि नाम छनोटका लागि सभापतिलाई जिम्मा दिइयो, जसबाट गुरुङ समूह क्रुद्घ भयो । अझ जेठ १७ गते यही विषयमा कुरा गर्न महाराजगन्ज पुग्दा पार्टी सभापतिले बिरामी भएको भन्दै भेटै नदिएपछि यो समूहको आक्रोश सार्वजनिक नै भयो । गोविन्दराज जोशी पार्टीको सबैभन्दा शक्तिशाली निकाय केन्द्रीय समितिले नै कसको नेतृत्वमा को-को सरकारमा जाने भन्ने निर्णय गर्नसक्ने बताउँछन् । भन्छन्, "तर, संसदीय दलले समेत निर्णय गर्न नसकेपछि सभापतिले गर्नुभयो ।" सुजाताको नेतृत्वमा पार्टी सरकारमा जाने सभापतिको निर्णय एउटै तर्कले पनि पुष्टि नगर्ने बताउँछन् कांग्रेस सांसद गगन थापा । भन्छन्, "हामी सबैले गिरिजाबाबुलाई पितातुल्य अभिभावक मान्यौँ तर उहाँ त सुजाताको मात्र पिता हुन रुचाउनुभयो ।"
जेहोस्, सुजाताका कारण निस् ि कएको यो घर झगडामा दोस्रो पुस् ताबाट पार्टी नेतृत्वको दाबेदार भनिएका सुशील र रामचन्द्रलाई सभापति कोइरालासँग मिलेर किनारा लगाउन तत्काललाई सफल देखिएका छन्, देउवा । यसैगरी, जोशी समूह पनि सरकारमा आफ्नो मान्छे पठाउन नसके पनि रामचन्द्रलाई पार्टी नेतृत्वमा स् थापित हुन नदिने रणनीतिमा सफल भएको छ, हाललाई । उता राजनीतिका चतुर खेलाडी कोइरालाले अझै पनि एउटा तुरुप आफूसँगै राखेका छन्, एमालेसँग सात सिटको कुरा मिलाए पनि पार्टीका तर्फबाट जम्मा छ जनाको नाम मात्रै सरकारमा पठाएर ।
यसको अर्थ उनले चाहे भने अझै एक जना आकांक्षी मन्त्री बन्न सक्छन् । यस प्रकरणमा धान्नै नसक्ने गरी विरोध भयो भने कोइरालाले सुजाताभन्दा माथिल्लो स् तरमा रहने गरी प्रकाशमान, रामचन्द्र, गोपालमान, विमलेन्द्र वा कुलबहादुरमध्ये कसैलाई पनि पार्टीका तर्फबाट सरकारमा पठाउन सक्छन् । सभापति कोइरालाले यसो गरे भने न सर्प बाँच्छ, न त लौरो नै भाँचिन्छ ।
विरासतको लडाइँ
सुशील, शेखर र शशांक पहिलोचोटि त्यसबेला झस् ि कए, जुनबेला गिरजिाप्रसाद कोइरालाले प्रधानमन्त्रीको हैसियतले उनकी एक मात्र छोरी सुजातालाई प्रधानमन्त्रीको कार्यालय हेर्नेगरी बिनाविभागीय मन्त्री बनाए । यति हुँदाहँुदै पनि कोइराला परविारका यी कुनै पनि सदस् यले सुजातालाई धेरै ठूलो चुनौतीका रूपमा लिन आवश्यक ठानेनन् । किनभने, संविधानसभाको निर्वाचनमा उनले पराजय बेहोर्नुपर्यो । त्यसो त शेखरले समेत चुनाव हारे । प्रत्यक्षतर्फबाट बीपीपुत्र शशांक मात्र चुनाव जित्ने कोइराला परविारका वारसि देखिए । पछि उपनिर्वाचनमा शेखरले समेत चुनाव जिते । यी सबै पृष्ठभूमिले उनीहरू संविधानसभा निर्वाचनमा पराजित र विवादास् पद छवि भएकी सुजाताबाट असुरक्षित भइहालिन्छ होला भन्ने सोचाइमा थिएनन् । तर, जब अहिले कोइरालाले पार्टीको तर्फबाट सरकारको नेतृत्वमा पार्टीका दोस्रो पुस् ताका नेताहरूलाई पन्छाउँदै तेस्रो पुस् ताकी आफ्नी एक मात्र छोरी सुजातालाई अघि बढाए, त्यसबाट कोइरालाले दिन खोजेको संकेत बुझ्न सुशील, शेखर र शशांकलाई कुनै कठिनाइ भएन । यसको प्रतिवादमा सबैभन्दा पहिले तर जब भाइ सुशीलले आफ्ना दाइले र भतिजाद्वय शेखर र शशांकले आफ् ना काकाले सुजातालाई पार्टीका तर्फबाट सरकारमा नेतृत्वका लागि पठाउने सुइँको पाएलगत्तै उनीहरूले भेट गरे कोइरालासँग । शेखरले आफ्नो स् वभाव अनुरूप सुजाता प्रकरणमा केही नबोली आफ्नो असन्तुष्टिबारे कोइरालालाई जनाउ दिए भने जेठ १८ गते आफ्नो घरको आडैमा रहेको कोइराला निवासमा पुगेर सुजातालाई पार्टीका तर्फबाट नेतृत्व गरेर पठाउँदा पार्टीपंक्तिमा र बाहिर पनि नराम्रो सन्देश जाने भएकाले त्यसो नगर्न आग्रह गर्दा कोइरालाले उल्टै अरूले उचालेकै भरमा सुजाताको विरुद्घमा कुरा नगर्नू भन्दै झपारे शशांकलाई । दुवैले सार्वजनिक रूपमा कोइरालाको उक्त कदमको कडा विरोध नगरे पनि उनीहरूले आफ्नो असन्तुष्टिलाई भने लुकाएका छैनन् ।
पछिल्लो सुजाता प्रकरणमा कोइराला परविारबाट यदि कसैलाई सबैभन्दा बढी धक्का लागेको छ भने ती सुशील नै हुन् । नातामा दाजु पर्ने कोइरालाकै अनुकम्पामा पार्टीको कार्यवाहक सभापति बनाइएका सुशीलले पछिल्लो प्रकरणमा असन्तुष्ट छन् । आफूलाई आगामी भदौमा हुने भनिएको पार्टी महाधिवेशनमा पार्टी नेतृत्वमा पुग्न नदिने आफ्ना प्रतिद्वन्द्वी शेरबहादुर देउवाको चाहनालाई कोइरालाले बल पुर्याएर आफूलाई किनारा गर्न खोजेको बुझेका छन् । पार्टीभित्र नातामा भतिजी पर्ने सुजाताको उदयलाई पटक्कै नरुचाएका सुशील पछिल्लो केही समयसम्म कोइरालाको गाण्डिव नै थिए । चाहे त्यो गणेशमान सिंहलाई पार्टीबाट निस् कन बाध्य पार्दा होस् वा कृष्णप्रसाद भट्टराईलाई किनारा लगाउन होस् अथवा देउवालाई पार्टी फुटाउनबाट नरोकेको जस् ता जति पनि अवगालहरू सुशीलले सुन्दै आए । यद्यपि, ती सबैका पछाडि सभापतिको चाहनाले नै काम गरेको थियो । अर्थात्, कोइरालाले सुशीलकै काँध प्रयोग गरेर आफ्नो राजनीतिक मार्गका अवरोध हटाएका थिए । सुशीलले सधैँ गिरजिाप्रसादलाई साथ दिए । तर, उनको चाहनाको बोझ बोक्दाबोक्दै सम्भवतः उनी पनि गले र अन्ततः सुजातालाई आफ्नो उत्तराधिकारी बनाउने सभापतिको चाहनाको बोझ भने सुशीलले बोक्न चाहेनन् । त्यसो त यसअघि नै पार्टी कब्जा गर्ने मनसायले सुजातालाई राष्ट्रपति रामवरण यादवले राजीनामा दिएर रत्तिm रहेको महामन्त्रीमा सुजातालाई ल्याउने आफ्नो चाहनालाई सुशीलले रामचन्द्रसँग मिलेर पूरा हुन नदिएको झोँक आखिर सभापतिले अहिले आएर फेरे । सुशील सुजाताभन्दा पनि शशांकलाई अघि बढाउने पक्षमा थिए, जुन कुरामा सभापतिलाई उनले कहिल्यै पनि सहमत गराउन सकेनन् ।
कोइरालाले पछिल्लोपटक सुजातालाई पार्टीका तर्फबाट सरकारको नेतृत्वका लागि अघि बढाएर पार्टीपंक्तिमा मात्र होइन, कांग्रेसका मतदाता, शुभेच्छुक, समर्थकलगायत सबैतिर एउटा सन्देश दिन खोजेको बुझ्न कठिन छैन अर्थात् सुजाताले पार्टीबाट सरकारको मात्र होइन, पार्टीमा तेस्रो पुस् ताबाट उनले नै नेतृत्व गर्ने हो । कोइरालाको रोजाइमा आफू सुजातापछि दोस्रो नम्बरमा परेको थाहा पाएका शेखर सुजाताको शैलीप्रति असन्तुष्ट छन् । विशेष गरी पार्टी राजनीतिमा रहेका कोइराला परविारका सदस् यहरू सबैलाई प्रतिद्वन्द्वी ठान्ने र नकारात्मक व्यवहार गर्ने सुजाताको स् वभावबाट उनी चिन्तित देखिन्छन् । माओवादीसँग १२ बुँदे सम्झौताका क्रममा पार्टीमा आफ्नो भूमिका बढ्न थाल्दा सुजाताले त्यसलाई रोक्न खोजेको चोट उनले अहिले पनि बिर्सेका छैनन् ।
कोइराला परविारमा उत्तराधिकारका अर्का दाबेदार हुन्, स् वर्गीय विश्वेश्वरप्रसाद कोइरालाका कान्छा छोरा शशांक । पार्टीका निर्वाचित केन्द्रीय सदस् य शशांक संविधानसभाको निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । विराटनगर मूल घर र काठमाडौँ कार्यक्षेत्र भए पनि नवलपरासीबाट उनले निर्वाचन जित्नुको कारण थियो, उनीभित्र कांग्रेस कार्यकर्ता, शुभेच्छुक र मतदाताले बीपी कोइरालाको छवि देख्नु । बीपीले उत्तराधिकारीका लागि रोजेका उनका जेठा छोरा प्रकाशको पलायनबाट निराश भएका कांग्रेस कार्यकर्ताले शशांकको सरल र शालीन अनुहारमा सम्भावना खोज्ने चेष्टा गरे पनि गिरजिाप्रसादले शशांकलाई अघि बढाउने कुनै संकेत देखाएनन् ।
के अब उत्तराधिकारको यो प्रतिस् पर्धामा शशांक पछि हटिसकेका हुन् ? नेपालसँगको लामो कुराकानीमा उनले उत्तराधिकारीको दाबीलाई जबरजस् ती थोपर्दा त्यो त्यति दिगो नहुने बताए । उनले भने, "उत्तराधिकारी त्यतिखेर मात्र स् थापित हुन्छ, जब उसलाई पार्टीपंक्ति र जनताले पत्याउँछन् । "
Nepal govt says no evidence of encroachment by Indian forces | |||||||
|
सीमा मिचिएको छैनः सुजाता नेपाल-भारत सम्वन्ध विगार्न दुष्प्रचार : भारतीय राजदूत काठमाडौं, २२ जेठ (नागरिक) - परराष्ट्र मन्त्री सुजाता कोइरालाले दाङमा भारतीय पक्षले नेपाली सीमा मिचेको नपाइएको बताएकी छिन्। भारतीय राजदूत राकेश सूदसँग शुक्रबार आफ्नै निवास महाराजगन्जमा भेटेपछि कोइरालाले सन्चारकर्मीमाझ स्थलगत अवलोकनमा गएका सरकारी अधिकारीहरुबाट सीमा मिचेको तथ्यलाई खन्डन भएको बताइन्। भेटपछि भारतीय राजदूत राकेस सुदले दाङ, बारालगाएतका जिल्लामा भारतीय पक्षबाट नेपाली नागरिकलाई विस्थापित नगरिएको दाबी गरे। सञ्चारकर्मीकझ जिज्ञासामा राजदूत सूदले भारत र नेपालको राम्रो नहोस् भन्ने तत्वले विस्थापितको हल्ला फैलाएको आरोप लगाए। "नेपाली जनता भारतीय पक्षबाट विस्थापित भएका छैनन," राजदूत सूदले भने, "केही राजनीतिक दल र व्यक्ति नेपाल भारत सम्वन्ध बिगार्न दुष्प्रचारमा लागेका छन्।" उनले कसले हल्ला फिजाएको भन्ने जिज्ञासाको भने जवाफ दिन अस्वीकार गरे। परराष्टमन्त्रीको कार्यभार ग्रहण गरेकै दिन राजदूत सूदले मन्त्री कोइरालालाई उनकै निवासमा पुगेर भेट गरेका हुन्। कोइराला मन्त्रिपरिषद्को बैठक छोडेर राजदूत भेट्न निवास मण्डीखाटारमा पुगेकी थिइन्। source: |
http://www.nagariknews.com/politics/international/1682-2009-06-05-14-57-21.html |
|