Showing posts with label girija prasad koirala. Show all posts
Showing posts with label girija prasad koirala. Show all posts

Friday, July 3, 2009

गिरिजाप्रसाद कोइरालाका छोरा यी हुन्

गिरिजाप्रसाद कोइरालाका छोरा यी हुन्

image

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता सधैँ चर्चामा छिन्, तर छोरा सुरेश गुमनाम छन् । अधिकांश नेपालीलाई त गिरिजाप्रसादका छोरा छन् भन्नेसमेत थाहा छैन ।

कोइरालापुत्री सुजाता देशको मन्त्रीको रूपमा झन्डावाल गाडीमा नारायणहिटीस्थित परराष्ट्र मन्त्रालय ओहोरदोहोर गर्छिन्, छोरा सुरेश भने किस्ताबन्दीमा लिएको मोटरसाइकल चढेर आफैंले चलाएको प्रेस धाउँछन् । सुरेश काठमाडौं हात्तीसारमा रहेको क्रियटिभ प्रेसका सञ्चालक हुन् ।

राजनीतिक दाउपेचबाट टाढा रहेका सुरेश बाबु गिरिजाप्रसाद प्रधानमन्त्री भएकै वेला पनि बालुवाटार कमै जान्थे । सुरेशले न म गिरिजाप्रसादको छोरो हुँ भनेर फुर्ती लगाए, न गिरिजाप्रसादले नै चिनाए । त्यसैले बालुवाटारमा उनलाई सामान्य आगन्तुकको भन्दा फरक व्यवहार पनि भएन ।

'म उहासँग (गिरिजाप्रसाद कोइराला) को सम्बन्धका बारेमा बोल्न चाहन्न । म लो प्रोफाइलको मानिस, चर्चामा आएर के गर्नु ?,’ हात्तीसारमा रहेको आफ्नै प्रेसमा उनले नयाँ पत्रिकासित भने ।

सुरेश २२ चैत २००४ मा जन्मिएका हुन् जतिवेला गिरिजाप्रसाद र सुष्माको चिनजानसमेत भएको थिएन । आमा दुलही बनेर कोइरालानिवास भित्रिँदा छोरा बनेर सुरेश पनि भित्रिएका हुन् । त्यसपछि सुरेशको लालनपालनको सम्पूर्ण जिम्मा लिए गिरिजाप्रसादले ।

बनारसनिवासी स्टदेव उपाध्यायकी छोरी सुष्माको पहिलो बिहे भारतमै भएको थियो । तर, सुरेश जन्मिएको केही समयपछि सुष्मा र उनको श्रीमान्बीच सम्बन्धविच्छेद भयो ।
यता केशव कोइरालाकी श्रीमती नोनाको पनि माइती बनारसमै हो । नोनाकै सहयोगमा सुष्मा विराटनगर आइन् र स्थानीय आदर्श बालिका विद्यालयमा पढाउन थालिन् । सो विद्यालय नोना, बिपीपत्नी सुशीला र शैलजाकी आमा इन्दिरा मिलेर खोलेका थिए । त्यही विद्यालयमा गिरिजाप्रसाद र सुष्माको भेट भएको हो ।

सुष्मा यति सुन्दरी थिइन् कि गिरिजाप्रसाद पग्लिए । उनले बच्चाकी आमासमेत भनेनन्, प्रेमप्रस्ताव राखे । छोरा सुरेशलाई समेत स्विकार्ने सर्तमा गिरिजाप्रसाद र सुष्माको बिहे भयो ।

गिरिजाकी आमा दिव्यालाई बच्चासहितकी बुहारी भित्रिन लागेको मन परेको थिएन । बिपीले पनि तत्काल बिहे नगरेर आमचुनावको तयारीमा लाग्न भाइलाई निर्देशन दिएका थिए । तर, प्रेममा पग्लिएका गिरिजा रोकिएनन्, उनले कोलकाता पुगेर बिहे गरे । 'उहाँहरू बिहे गर्न नै कोलकाता जानुभयो, केशव र नोनाले उहाँहरूलाई साथ दिनुभयो,' कोइराला निकट रहेर काम गरेका सभासद् पुरुषोत्तम बस्नेतले नयाँ पत्रिकासित भने, 'आमासँगै आएका सुरेशलाई गिरिजाबाबुले आफ्नै छोरा मान्नुभयो, अभिभावकत्व दिनुभयो ।'

२००९ सालमा बिहे गरेको गिरिजादम्पतीबाट ०११ सालमा सुजाता जन्मिइन् । घरमा नयाँ सन्तान आएपछि पनि सुरेशको महत्त्व कम भएन । कतिसम्म भने गिरिजाप्रसादले आफ्नी छोरीको नाम पनि सुरेशसँगै मिल्नेगरी राखिदिए- सुजाता ।

०२२ सालमा आफ्नै घरको फ्रिजमा लागेको आगोले जलेर सुष्माको निधन भयो । सुष्मासँग १३ वर्ष मात्र बिताएका गिरिजाप्रसादले अर्को बिहे पनि गरेनन् र सुरेशलाई हेला पनि गरेनन् । सुष्माको निधन भएको २२ वर्षपछि गिरिजाप्रसादले आफ्नै छोराको रूपमा सुरेशको नागरिकता बनाइदिए ।

सुरेशले २२ पुस ०४३ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका छन् । वंशजको आधारमा जारी उनको नागरिकतामा बुबाको नाम छ- गिरिजाप्रसाद कोइराला ।
कोइरालानिवासमा हुर्केका सुरेशलाई कोइरालानिवासमा भेदभावको अनुभव भएन । उनले अरूले जत्तिकै सुविधासाथ पढ्ने अवसर पनि पाए । बिपी, केशव र तारिणीप्रसाद कोइरालाका छोराहरूसँगै सुरेशले पनि पहिले दार्जिलिङ र पछि बनारसमा पढे । 'हामी सँगै खेल्यौँ, सँगै खायौँ र पढ्यौँ,' तारिणीपुत्र ज्योतिले भने, 'अन्य कुरा त हामीलाई महसुस नै भएन ।'

बनारसबाट बिएस्सी सकेपछि सुरेश विराटनगर फर्के । ०२८ सालमा विराटनगरको अस्पतालचोककी भानु थापासँग उनको मागीबिहे भयो । केटी माग्ने काम पनि गिरिजाप्रसादकै पहलमा भएको थियो । बिहेअघि जिल्लास्तरीय राजनीतिमा सक्रिय सुरेश बिहेपछि राजनीतिबाट टाढा भए । 'खोइ पहिलेको कुरा त थाहा भएन, बिहेपछि त राजनीतिमा हिँड्नुभएको छैन,' श्रीमती भानुले भनिन् ।

विज्ञानमा स्नातक पढेका सुरेश विराटनगरमा खेती-किसानीमा लागे । पञ्चायतकालमा कोइराला परिवारका सदस्यहरूका लागि सरकारी जागिर निषेध थियो । तर, विराटनगरमा कोइराला परिवारको प्रशस्त जग्गा थियो । त्यही जग्गामा उनले २८ सालदेखि दुई दशकसम्म कृषिको काम गरे ।

०४८ सालमा पिता गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि सुरेश पनि काठमाडौं आए । उनले जागिर पाए शाही (तत्कालीन) नेपाल वायुसेवा निगममा । पिता प्रधानमन्त्री भएको वेला छोरी सुजाताले शानेवानिका जहाज बिक्रीकाण्ड र धमिजाकाण्ड मच्चाएको आरोप छ । त्यहीवेला छोरा सुरेश भने निगममा बजार प्रबन्धकको रूपमा 'लो प्रोफाइल'को जागिर खाइरहेका थिए । चार वर्षसम्म निगममा काम गरेपछि उनी लागे प्रेस चलाउन ।
सुरेशको नाममा विराटनगरमा १५ बिघा जग्गा छ । यो जग्गा पनि पिता गिरिजाप्रसादले दिएका हुन् । उनी अहिले राजधानीको बौद्ध टुसालस्थित मनोहर चालिसेको घरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् । प्रेसको आम्दानीले नै उनको खर्च चल्ने गरेको छ ।

अहिले पनि कोइराला परिवारभित्रै अनेक शक्तिकेन्द्र छन् । तर 'लो प्रोफाइल'का सुरेश कुनै पनि केन्द्रमा छैनन् । त्यसैले उनलाई सबैले माया गर्छन् । त्यसमा पनि गिरिजाप्रसादले त झन् धेरै माया गर्छन् । 'हामी भेट्न गइरहन्छौँ, साह्रोगाह्रो के छ भनेर सोध्नुहुन्छ,' सुरेशकी श्रीमती भानुले भनिन् ।

सुरेश बाबुलाई भेट्न हप्तैपिच्छे जस्तो जाने गरेका छन् । भानुका अनुसार पछिल्लोपटक सातादिनअघि पनि उनीहरू दुवैजना कोइरालानिवास महाराजगन्ज पुगेका थिए ।
सुजाताले पनि दाइलाई राम्रै व्यवहार गर्छिन् । 'सुजाता नानी मन्त्री भएपछि बधाई दिन गएका थियौँ,' भानुले भनिन्, 'उहाँ पनि हामीकहाँ आउनुहुन्छ, राम्रो व्यवहार गर्नुहुन्छ, हामी खुसी छौँ ।'

सुरेशका दुई छोरा छन्, जेठा परितोष बिपीपुत्र डा. शशांकको घरमा बस्दै आएका छन् । कान्छा अभिषेक मुम्बईमा कलसेन्टरमा काम गर्छन् । इन्जिनियरिङ पढेका ३२ वर्षीय परितोषको बिहेका लागि बधूको खोजी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

source:

http://nayapatrika.dns-systems.net/newsportal/cover_story/3057.html


Tuesday, June 30, 2009

गिरिजाप्रसाद कोइरालाका छोरा यी हुन्

गिरिजाप्रसाद कोइरालाका छोरा यी हुन्

image

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता सधैँ चर्चामा छिन्, तर छोरा सुरेश गुमनाम छन् । अधिकांश नेपालीलाई त गिरिजाप्रसादका छोरा छन् भन्नेसमेत थाहा छैन ।

कोइरालापुत्री सुजाता देशको मन्त्रीको रूपमा झन्डावाल गाडीमा नारायणहिटीस्थित परराष्ट्र मन्त्रालय ओहोरदोहोर गर्छिन्, छोरा सुरेश भने किस्ताबन्दीमा लिएको मोटरसाइकल चढेर आफैंले चलाएको प्रेस धाउँछन् । सुरेश काठमाडौं हात्तीसारमा रहेको क्रियटिभ प्रेसका सञ्चालक हुन् ।

राजनीतिक दाउपेचबाट टाढा रहेका सुरेश बाबु गिरिजाप्रसाद प्रधानमन्त्री भएकै वेला पनि बालुवाटार कमै जान्थे । सुरेशले न म गिरिजाप्रसादको छोरो हुँ भनेर फुर्ती लगाए, न गिरिजाप्रसादले नै चिनाए । त्यसैले बालुवाटारमा उनलाई सामान्य आगन्तुकको भन्दा फरक व्यवहार पनि भएन ।

'म उहासँग (गिरिजाप्रसाद कोइराला) को सम्बन्धका बारेमा बोल्न चाहन्न । म लो प्रोफाइलको मानिस, चर्चामा आएर के गर्नु ?,’ हात्तीसारमा रहेको आफ्नै प्रेसमा उनले नयाँ पत्रिकासित भने ।
सुरेश २२ चैत २००४ मा जन्मिएका हुन् जतिवेला गिरिजाप्रसाद र सुष्माको चिनजानसमेत व्यक्ति भन्ने समाचार नै गलत भएको बताए ।

उता प्रहरीले भने अपहरणकारीले सुरेखाको अपहरणमा संलग्न भएको आशंकामा दुई समूहमाथि निगरानी गरिरहेको छ । अपहरणकारीले अपनाएको शैलीका आधारमा प्रहरीलेे विवादास्पद रूपमा पुनरावेदन अदालतबाट धरौटीमा रिहा भएका भीमसेन पण्डितको समूह र मेघा देवकोटाको अपहरणमा संलग्न रही फरार रहेका अपहरणकारीको खोजी गरिरहेको छ ।

स्रोतका अनुसार प्रहरीको खोजीको प्राथमिक सूचीमा भीमसेन पण्डित समूह छ । पाँचजना व्यक्तिको अपहरण गरी ७७ लाखभन्दा बढी फिरौती उठाएको अभियोगमा २९ पुस ०६४ मा महानगरीय प्रहरी अपराध महाशाखाबाट पक्राउ परेका भीमसेन पुनरावेदन अदालत पाटनको विवादास्पद फैसलाअनुसार गतवर्ष ७ असोजमा रिहा भएका थिए ।

प्रहरीले पण्डितसँगै भारतको आगरासिटीनिवासी रोहित पालिवल अग्रवालसहित सञ्जय श्रेष्ठलाई समेत पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले तीनवटा पेस्तोल र ३६ राउन्ड गोलीसमेत बरामद गरेर हातहतियार तथा खरखजाना र शरीर बन्धक मुद्दा अगाडि बढाएको थियो ।

उनीहरूमाथि सचिन गुप्तामाथि गोली प्रहार गरी अपहरणको प्रयास गरेको, विनोद न्यौपानेको अपहरण गरी सात लाख ६० हजार फिरौती लिएर रिहा गरेको, ओमकार भट्टचनको अपहरण गरी ५० लाख फिरौती लिएको, राजेन्द्र शर्मा र गणेश बिहारीको अपहरण गरी आठ र १२ लाख फिरौती लिएको अभियोग थियो ।

त्यस्तै निगरानीमा रहेको अर्को समूहमा गतवर्ष वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाकी छोरीको अपहरणका मुख्य योजनाकार गोकुल गिरीसहित उनका सहयोगी कृष्ण छारा राई, राजु थापा र केशव दर्लामीमगर अझै फरार छन् । प्रहरीले व्यापारी सुरेखाको अपहरणमा उनीहरूको संलग्नतालाई समेत प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले सो समूहका सिद्धार्थ लामा, राजु लामा र हेमबहादुर लामालाई पक्राउ गरी मुद्दा चलाएको छ

source:

http://nayapatrika.dns-systems.net/newsportal/cover_story/3057.html


Friday, June 26, 2009

कोइराला यति टिपटप देखिन्छन् कसरी ?

कोइराला यति टिपटप देखिन्छन् कसरी ?
अन्य समाचार
पुरानो अंक

बालकृष्ण अधिकारी /नयाँ पत्रिका
काठमाडौं, ११ असार
2009-06-26,Friday


८७ वर्षको उमेरमा पनि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको 'गेटअप' लोभलाग्दो छ । कोइराला आफ्नो निवासमा अक्सिजन लिएर सुतेका छन् भनेर बारम्बार खबर आउँछ, तर जब उनी बाहिर निस्कन्छन्, मुहारमा चमक हुन्छ, खुट्टामा तीव्र चाल ।

कोइरालाका सहयोगी उनको फुर्तीको मुख्य कारण अनुशासित दैनिकी हो भन्छन् । उनीहरूका अनुसार कोइराला बिहान उठेर नियमित आयुर्वेदिक साबुनले नुहाउँछन्, आराम गर्छन्, सन्तुलित खाना खान्छन् । उनी आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्छन्, थोरै तलमाथि परे सचेत गराउन डाक्टरको समूह छँदै छ ।

निकटवर्तीहरूका अनुसार २०६३ सालसम्म कोइराला नियमित रूपमा बियर सेवन गर्थे । तर, 'ब्रोङकाइटिस'ले च्यापेपछि उनले बियर खान छाडेका हुन् । अहिले सबैखाले मदिरा र चुरोट पनि त्यागेका छन् ।
विशेष काम नपरेसम्म उनी बाहिर निस्कँदैनन्, कतिसम्म भने विशेष नठाने पार्टी केन्द्रीय समितिको बैठकमा पनि जाँदैनन् । संविधानसभा चुनावपछि संसद्मा पनि उनी तीनपटक मात्र गएका छन् ।

'सभापतिज्यूको अनुशासित टाइमिङ छ, त्यसैले उहाँलाई स्वस्थ राखेको हो,' कोइरालाका निजी सचिव शेखर थापा भन्छन्, 'त्यसले नै उहाँलाई तन्दुरुस्त र आकर्षक बनाएको छ ।' थापाका अनुसार मीठो-नमिठो जे पाए पनि कोइरालाको खाना तलमाथि हुँदैन । खाना खाने समयमा त उनी कहिल्यै सम्झौता गर्दैनन् ।

कोइरालाको उचाइको अनुपातमा तौल भने कम छ । तर, दुब्लोपनलाई छोपेको छ उनको 'टिपटप' पोसाकले । पहिले पहिले उनी पाइन्ट लगाउँथे । तर, पहिलोपटक प्रधानमन्त्री भएदेखि नै उनी बाहिर हिँड्दा दौरासुरुवाल, कोट, कालो जुत्ता र कालो टोपी लगाउँछन् ।
कांग्रेस सभापति कोइरालाको दौरासुरुवाल डिल्लीबजारमा रहेको रामकृष्णको नेपाली पोसाक टेलर्समा सिलाउने गरिएको छ । नापो लिन रामकृष्ण कोइरालानिवासमै जान्छन् । 'दौरासुरुवाल त अरूको पनि सिउँछु, तर गिरिजाबाबुको चाहिँ म घरमै गएर नापो लिन्छु,' रामकृष्णले नयाँ पत्रिकासित भने । कोइरालाका सहयोगीले ठमेलस्थित क्याप हाउसबाट कालो टोपी किन्ने गरेका छन् ।

नेपाली पोसाक टेलर्सका प्रमुख रामकृष्ण कोइरालाको गोरो र अग्लो अनुहारले पनि उनलाई आकर्षक देखाएको बताउँछन् । उनी भन्छन्, 'अग्लो शरीर र गोरो अनुहारले गर्दा उहाँलाई जे लगाए पनि सुहाउँछ, त्यसमा पनि उहाँ हक्की हुनुहुन्छ । हक्की मान्छेको कुरै बेग्लै ।'
कोइरालासँग अहिले २० जोरभन्दा बढी दौरासुरुवाल छन् । नयाँ-नयाँ जुत्ताको निकै सौखिन कोइरालाका लागि घडीको भने खासै महत्त्व छैन । उनी साधारण घडी लगाउँछन् । तर, जुत्ता भने भारतको प्रख्यात कम्पनी लिबर्टीकै चाहिन्छ ।
बिरामी भएकै वेला पनि उनी बिहान ३ बजे उठ्छन् । उनका सेवकहरू भन्छन्, 'उहाँ ३ बज्न पाँच मिनेट बाँकीदेखि तीन बजेर पाँच मिनेट जाँदासम्ममा ब्युँझनुहुन्छ ।'

बिरामी भएकै वेला पनि बिहान ३ बजे उठेर नियमित आयुर्वेदिक साबुनले नुहाउँछन् ।

०६३ सालसम्म नियमित बियर सेवन गर्थे । तर, 'ब्रोङकाइटिस'ले च्यापेपछि मदिरा र चुरोट पनि त्यागेका छन् ।

बिहान चिया खान उनलाई ४५ मिनेट लाग्छ, शौचालयमा एक घन्टा बिताउँछन् ।

बिहान अलिकति भात र बेलुका पातलो एउटा रोटी, एउटा मिठाई, एक टुक्रा कुखुराको मासु र सुप खान्छन् ।

भोजभतेरमा कहिल्यै खाँदैनन् । ८:४५ मा सुतिसक्छन् ।
उनको दैनिकी चियाबाट सुरु हुन्छ । ओछ्यान छाडेपछि रात्रिपोसाक परिवर्तन गर्छन् । रात्रिपोसाकमा कमिज र सुरुवाल हुन्छ ।
उनी ओछ्यानमै चिया पिउन रुचाउँछन् । चिया खान उनलाई ४५ मिनेट लाग्छ । यो समयमा उनी कालो दुई र दूध हालेको पाँच कप चिया खान भ्याउँछन् । सिसाको लामो गिलासभरि चिया खाने उनको युवाकालदेखिकै सोख हो जो अहिले पनि कायम छ । चियापत्ति उनी इलामको र रसियन प्रयोग गर्छन् ।

बिहान ३:४५ बजे ओछ्यान छोडेर उनी लाग्छन् शौचालयतिर जहाँ उनी एक घन्टा बिताउँछन् । शौचालयमा लामो समय बिताउने उनको पुरानो बानी हो ।
रोचक पक्ष के भने उनी यो उमेरमा पनि आफैं दाह्री काट्छन् । उनका एक सहयोगीले भने, 'प्रधानमन्त्री रहेकै वेला बिरामी भएर गंगालालमा भर्ना हुँदा दुई दिन दाह्री काट्न सक्नुभएन । नत्र उहाँ सधैं आफैं दाह्री काट्नुहुन्छ ।' कोइराला जिलेट टर्बो रेजर प्रयोग गर्दछन् ।

सभापति कोइरालाको कपाल काट्ने पुरानै हजाम छन् विराटगरमा । उनी गृहनगर विराटनगर पुगेको वेला मात्र कपाल काट्छन् । निजी सचिव थापाले भने, 'सभापतिज्यूको कपाल काट्ने विराटनगरमा एकजना पुरानो ठाकुरदाइ हुनुहुन्छ, उहाँसँग मात्र कपाल काट्ने गर्नुभएको छ ।'
उनलाई दैनिक नुहाउनैपर्छ । त्यो पनि सावरमा होइन, बाल्टीमा पानी थापेर जगले हाल्दै । उनका सहयोगीका अनुसार उनी विदेश गएको वेलासमेत नुहाउन बाल्टी र जग नै खोज्छन् ।

अस्पतालको बेडमा रहेको वेलामा समेत उनलाई नुहाउनैपर्छ । नुहाउन नमिल्ने अवस्थामा उनका सहयोगीले तौलिया भिजाएर जीउ पुछिदिन्छन् । उनी नेपालमा नै बनेको आयुर्वेदिक साबुन प्रयोग गर्दछन् ।
नुहाएपछि ४:४५ बजे दौरासुरुवाल, कोट, टोपीका साथ चिटिक्क परेर उनी आफ्नो कोठाबाट बाहिरिन्छन् । कुनै भेटघाट नभए उनी कुर्थापाइजामा लगाएर बस्छन् । साढे पाँच बजेको समय हो, बिहानी खाजाको । उनको बिहानीको खाजामा दुई पिस पाउरोटीको साथमा एक कोसा केरा, स्याउका केही टुक्रा, एउटा अन्डा, च्यबनप्रास र एक गिलास मत्था खाएपछि उनी अघाउँछन् । अनि लाग्छन् शयनकक्षतिर आराम गर्न ।

उनी ओछ्यानमा आराम गरेरै दैनिक पत्रिकाहरू सुन्छन् । पत्रिका सुनाउने जिम्मा छ उनको स्वकीय सचिव शेखर थापाको । थापाले कोइरालालाई प्रायः सबै दैनिक पत्रिकाको हेडिङ पढेर सुनाउँछन् । कुनै समाचारमा कोइरालाले चाख देखाए भने उनी पूरै पढेर सुनाइदिन्छन् । करिब आधा घन्टा पत्रिका सुन्ने काममा खर्चिन्छन् कोइराला । त्यसअघि कोइराला ६:१५ सम्म क्यासेटबाट आफूलाई मनपर्ने विभिन्न भजन सुन्छन् ।
आँखामा समस्या नआउँदासम्म भजनका किताब र पत्रिकाहरू आफैं पढ्थे उनी । अहिले भने भजन क्यासेटबाट र पत्रिका सहयोगीबाट सुन्छन् ।

६:४५ देखि ७ बजेसम्ममा कोइरालाको राजनीतिक भेटघाट सुरु हुन्छ । यो भेटघाट बढीमा ११ बजेसम्म कायम हुन्छ ।
बिरामी भएको वेलामा समेत नियमित भेटघाट गर्न रुचाउने कोइराला आफूलाई भेट्न को आए को आएनन् भन्ने कुरामा समेत निकै चासो राख्छन् । स्वास्थ्यमा पटक-पटक समस्या देखिएपछि उनलाई डाक्टरहरूले आराम गर्न सल्लाह दिएका छन् तर पनि उनी पार्टीका पदाधिकारीहरूसँगको छलफलमा दुई घन्टा बिताउँछन् ।

साढे ११ देखि १२ बजेसम्मको उनको समय हो खाना खाने । खानामा थोरै भात हुन्छ । उनलाई खानामा रोटी, एक टुक्रा कुखुराको मासु र मिठाई अनिवार्य चाहिन्छ । त्यसमा मिसिन्छ सुप । स्वकीय सचिव थापा भन्छन्, 'प्रायः साधारण खानामै उहाँको रुचि छ ।'
बाहिर कुनै कार्यक्रम नभए कोइराला लाग्छन् पुनः ओछ्यानतिर । उनी खाना खाएपछि प्रायः डेढ घन्टा सुत्छन् ।

मध्याह्न २ बजे उनी उठ्छन् । काम भए विदेशीलाई भेट्छन्, नभए स्वदेशीलाई । ५ देखि ६ बजेसम्म पारिवारिक भेटघाटमा व्यस्त हुन्छन् उनी । पारिवारिक भेटघाटमा छोरी सुजाता नै हुन्छिन् आजभोलि । उनी कुनै कार्यक्रममा सहभागी भए पनि साढे ६ बजे आफ्नो निवासमा फर्किसक्छन् । साढे ६ बजे दिउँसोको कपडा फेर्छन् र रात्रिपोसाक लगाउँछन् । उनी कोठामा छिर्छन् र लाग्छन् टेलिभिजन हेर्न । उनी टेलिभिजनको च्यानल घुमाइघुमाई आफैं हेर्छन् ।

उनी बेलुकाको समय प्रायः एक्लै हुन्छन् । बेलुकाको खाना उनी आफ्नै कोठामा खान्छन् । खाना खाने समय हो सवा आठदेखि साढे आठ । बेलुका सानो र पातलो एउटा रोटी, एउटा गुलियो मिठाई, एक टुक्रा कुखुराको मासु र सुप खान्छन् । अत्यन्त कम खाना खाने कोइराला बढी मात्रामा सुप रुचाउँछन् । कोइराला वेलावेला परेवाको मासु खान पनि रुचि राख्छन् ।

कोइराला पारिवारिक जमघटमा त सहभागी हुन्छन् नै पार्टीका नेता तथा कार्यकर्ताको विवाह, व्रतबन्धमा समयले भ्याएसम्म पुगेकै हुन्छन् । तर, उनी सार्वजनिक समारोह र भोजभतेरमा खाना कहिल्यै पनि खाँदैनन् । ८:४५ मा कोइराला सुतिसक्छन् ।
धर्मकर्ममा विश्वास राख्दैनन् कोइराला । त्यसैले उनको दैनिकीमा कहिल्यै मन्दिर जाने समय पर्दैन । जन्मदिनसमेत मनाउँदैनन् उनी । दसैं-तिहारसमेत सामान्य रूपमा मनाउँछन् ।

Monday, June 15, 2009

राजनीतिबाट अलग्गिने सोचमा कोइराला

राजनीतिबाट अलग्गिने सोचमा कोइराला

काठमाडौं, २ असार (दैनिकी)

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीको सबै जिम्मेवारी छोडेर निजि जीवन बिताउने बताएका छन् ।
सरकारमा छोरी सुजाताको नेतृत्वको विषय र संसदीय दलका नेताको निर्वाचनमा भएको ढिलाइलाई लिएर दोस्रो पुस्ताका नेताहरुले आफ्नो विरोध गरेको गुनासो गर्दे पुर्वप्रधानमन्त्री कोइरालो आफू निकटका व्यक्तिसँग सोमबार यस्तो धारणा व्यक्त गरेको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित भएको छ ।
स्रोतका अनुसार कोइरालाले संसदीय दलको निर्वाचनमा आफू कतैपट्टी नलाग्ने र पार्टीको महाधिवेशन पनि तत्कालै गर्न लगाउने बताएका थिए । कार्यवाहक सभापति सुशील कोइरालालाई पार्टी सञ्चालनको पुरै जिम्मेवारी तत्कालै दिने सोचाइ बनाएको पनि उनले बताएका थिए ।
'मलाई शैलजाको डेथले सक गराएको छ, अब मलाई केही चाहिएन । गलत गरे भने पनि याही गरे ठीक गरे भने पनि यही गरे', कोइरालाको भनाई उद्धत गर्दै उनी निकट एक नेताले अन्नपूर्ण पोष्टसँग भने ।
ती नेताका अनुसार कोइरालाले आफुलाई दोस्रो पुस्ताका नेताहरुले बहिष्कार गरेकोमा चित्त दुखाउँदै भने-'म कहाँ उनीहरु आउनै छाडे । यस उमेरमा मलाई उनीहरुले बहिष्कार गरे ।'
छोरी सुजाताको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय कोइरालाले गरेपछि कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल उनले बोलाएका बैठकमा सहभागी हुन छोडेका छन्

source:

http://www.dainikee.com/newsdetail-7884.html


Friday, June 12, 2009

किन रोकिए गिरिजा

किन रोकिए गिरिजा?
२९-जेठ-२०६६,शुक्रवार
Image
वृद्ध पितासँग के को गनगन?
नेकपा माओवादीइतर गठबन्धनका एक मुख्य खेलाडी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको भारत भ्रमण हाललाई रोकिएको छ।

एमालेका वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा कांग्रेससहितको नयाँ सरकार गठन भएपछि सभापति कोइराला उपचारको नाममा भारत जाने तयारीमा थिए। त्यो पनि प्रधानमन्त्री माधवकुमार नेपालको औपचारिक भ्रमणअघि नै। त्यसका लागि उनले तारतम्य मिलाउन लाग्दै थिए। तर, अचानक उनी प्रधानमन्त्री नेपालभन्दा अगाडि नजाने निधोमा पुगेका छन्। सभापति कोइरालालाई तत्काल भारत जानबाट रोक्ने काम राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले गरेका हुन्। कोइराला र थापा गम्भीर राजनीतिक मुद्दामा एक–अर्काका सहयोगी रहँदै आएका छन्।
बुझिएअनुसार, थापाले नयाँ समीकरण बन्नासाथ भारत जाँदा माओवादीले लगाउँदै आएको 'विदेशी प्रभुको चलखेल' को आरोप प्रमाणित हुने कुरा कोइरालालाई सम्झाएका थिए। त्यसमाथि भारतले प्रधानमन्त्री माधव नेपाललाई भ्रमणको औपचारिक निम्तो गरिसकेको अवस्थामा नेपालभन्दा अगावै भारत जाँदा सहयात्री दल एमालेमा आशंका सिर्जना हुन सक्ने कुरा पनि थापाले कोइरालासँग गरेका थिए।
यसैगरी, थापाले भारतले नबोलाई जाँदा अघिल्लो पटक भारतीय संस्थापन पक्षले 'रेस्पोन्स' नगरेको स्मरण पनि थापाले कोइरालालाई गराएको उनी निकट स्रोतले बतायो। अघिल्लो पटक कोइराला भारत भ्रमणमा रहँदा कांग्रेस आईकी नेतृ सोनिया गान्धी र प्रधानमन्त्री मनमोहन सिंहले उनलाई भेट्न चाहेका थिएनन्। भ्रमणमा जाँदा कोइरालाले 'माओवादीको अधिनायकवाद धेरै नटिक्ने' बताएका थिए तर फर्केर आउँदा एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै उनले 'हाम्रो समस्या हामी आफैंले मिलेर समाधान गर्नुपर्छ' भनी बोलेका थिए। उनले त्यसो भन्नुको पछाडि भारतीय संस्थापन पक्षले उनीप्रति नगरेको 'रेस्पोन्स' नै थियो।
यसपटक भारत भ्रमणका बारेमा कोइराला र थापाबीच यस्तै समीक्षा भएपछि तत्कालका लागि कोइराला भारत जान रोकिएका हुन्। कोइरालाको भारत भ्रमणबारे कांग्रेसका एक नेताले भने– 'उहाँ उपचार गर्न भारत जाने र त्यसक्रममा भारतमा निर्वाचनबाट कांग्रेस आईको सरकार गठन भएकाले बधाई पनि दिने योजना हो। तर अहिले उहाँ जानु हुन्न।'

वृद्ध पितासँग के को गनगन?
पिता गिरिजाप्रसाद कोइरालाको एक्लो कृपामा दोस्रोपल्ट मन्त्री बनेकी सुजाता कोइराला मन्त्रिपरिषद्मा आफ्नो मर्यादाक्रमलाई लिएर फेरि वृद्ध पिताकहाँ उजुर गर्न पुगेकी छन्। पार्टी सभापति कोइरालाको छोरी हुनुको एक मात्र योग्यता र राजसी ठाँटबाँठको एकमात्र परिचय रहेकी सुजाता मन्त्रिपरिषद्मा तेस्रो वरियता आफूलाई दिनुपर्ने भन्दै गिरिजासामु गनगन गर्न पुगेकी हुन्। मन्त्रिपरिषद्मा अहिले प्रधानमन्त्रीपछि उपप्रधानमन्त्रीका रुपमा फोरमका विजयकुमार गच्छदार दोस्रो वरियतामा छन्।
कांग्रेसमा केन्द्रीय सदस्य मात्रै रहेकी र कुनै पदाधिकारीको हैसियत नभएकी सुजाताले विशेषगरी एमाले उपाध्यक्ष एवम् रक्षामन्त्री विद्या भण्डारीभन्दा उपल्लो मर्यादा खोजेको बुझिएको छ। विद्या ०५३ सालमा पनि मन्त्री भइसकेकी र तीन–तीनपल्ट निर्वाचन जितेर सांसद भइसकेकी एमालेकी प्रभावशाली नेतृ हुन्। विद्या मर्यादामा आफूभन्दा माथि हुने पीर सुजाताले पोख्न थालेकी हुन्। मन्त्रिमण्डलमा एमालेका अरु पनि वरिष्ठ नेता सामेल छन्। फेरि विष्णु पौडेललगायत वरिष्ठ नेता मन्त्रिमण्डलमा सहभागी हुँदा सुजाताको वरिष्ठता अझ तल पर्दै जाने देखिएको छ। कांग्रेसभित्रै चर्को विरोध खेपेकी, आफ्नै भातृ संगठन नेविसंघको कालोझण्डा व्यहोरेकी सुजाताको गनगनले बृद्ध नेता कोइरालालाई थप अप्ठ्यारोमा पारेकी छन्। यस्तो नचाहिँदो बबाल झिक्न थालेपछि सुजाता पिता कोइरालाकै लागि काउसो सावित भएको उनीनिकट नेताहरु दुःखेसो पोख्न थालेका छन्। यस कुराले प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि अप्ठ्यारो पारेको छ।

source:

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24447


Tuesday, June 9, 2009

Girija Sujata Sachitra Chitran

कुन मन पर्यो नानी तिम्लाई?.. 

रिमोटबाट नि चल्छ.. हवाइँ दक्षिणतिरबाटै मगाको... 

जुन छानेनी हुन्छ, आफ्नै हो...


source:

http://www.newsofnepal.com/new/



Monday, June 8, 2009

Sujata is Girija's Choice

जताततै भाँडभैलो


पार्टीमा विधि र प्रक्रियालाई जोड दिँदै आएका केन्द्रीय सदस् य नरहर िआचार्यलाई कान्तिपुरमा छापिएको लेखबापत वैशाख ३० गते स् पष्टीकरण सोधियो । तर, पार्टी नीतिविपरीत माओवादी सरकारमा सहभागी हुनुपर्ने तथा प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्नुपर्ने पक्षमा उभिएकी सभापति गिरजिाप्रसाद कोइराला-पुत्री सुजातामाथि अनुशासनको कारबाही त के स्पष्टीकरणसम्म सोधिएन । बरू सरकारमा पार्टीको नेतृत्व गर्न पठाएर उल्टै पुरस् कृत गरयिो ।
सभापति भएदेखि नै कोइरालाले केन्द्रीय समितिको अधिकार खोसेर आफूलाई निणर्ायक बनाएका छन् । हरेकपटक गहन निर्णय लिने समयमा केन्द्रीय समितिले सभापतिलाई जिम्मा दिँदै आएको छ । सुजाता नै सरकारमा सामेल हुनुको पछाडि पनि त्यही प्रवृत्तिले निरन्तरता पाएको बुझ्न सकिन्छ । "पार्टीभित्र असहमति हुँदाहुँदै सुजाताको नाम पठाएर आन्तरकि लोकतन्त्रमाथि घातक प्रहार भएको छ," युवा नेता गगन थापा भन्छन् ।
सरकारमा पठाउने नामावली विधि र प्रक्रियाबाटै निर्णय लिइनुपर्ने आवाज पार्टीभित्र नउठेको होइन । केन्द्रीय सदस् य आचार्य नेतृत्वका २५ सभासद्ले लेखेरै दिएका थिए, 'विधिसम्मत ढंगले अघि बढ्न नखोज्दा पार्टीको प्राथमिकता सत्ता मात्र हुन पुगेको छ ।' त्यसकारण संगठन ध्वस् त हुँदै गएको तथा प्राथमिकता दिनुपर्ने मुद्दाहरू ओझेलमा पर्दै गएको धारणा उक्त समूहको छ । सरकारमा जाने निर्णय पनि केन्द्रीय समिति र संसदीय दलको बैठकबाट लिइनुपर्ने माग उक्त समूहको थियो । तीव्र दबाबका कारण सभापति कोइराला केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउन बाध्य त भए तर सभापतिको निर्णयमा उनीहरूले आशंका गरेजस् तै आइदियो । केन्द्रीय सदस् य चिरञ्जीवी वाग्लेको भनाइमा, पदाधिकारीसँग सल्लाह गरेरै सरकारमा जानेहरूका बारेमा सभापति कोइरालाले निर्णय लिने आशामा त्यसको पहलकदमीको जिम्मा दिएको थियो । तर, आमकार्यकर्ताको भावनाविपरीत कोइरालाले 'म नै पार्टी हुँ'को शैलीमा निर्णय गरे । विद्यार्थी नेता प्रदीप पौडेल भन्छन्, "सभापतिलाई निर्णयको अधिकार दिँदा आफू सुरक्षित हुन्छु भन्ने नेताहरूको मनोविज्ञानले यहाँ काम गरेको छ ।"
किन त ? कांग्रेसजन यसलाई पार्टीभित्र मौलाएको अलोकतान्त्रिक र स् वेच्छाचारी प्रवृत्तिको पराकाष्ठा मान्छन् । ०५३ सालमा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट सभापति निर्वाचित भएका कोइरालाले सोही महाधिवेशनबाट विधान संशोधन गरी कार्यसमितिको अधिकार आफूमा केन्दि्रत गराएका थिए । महाधिवेशनबाट १८ जना केन्द्रीय सदस् य निर्वाचित गर्ने प्रावधान राखिए पनि त्यति नै संख्यामा सभापतिले मनोनयन गर्न सक्ने व्यवस् था विधानमार्फत गराएर कोइरालाले पार्टीमा आफ्नो पकड मजबुत राख्न खोजेका हुन् । त्यस् तै व्यवस् था गाउँ, नगर र जिल्ला समितिहरूमा पनि छ । जसले स् वेच्छाचारतिालाई बढावा दिएको गुनासो आमकार्यकर्तामा छ । "त्यसयता अधिकांश निर्णयको अधिकारी सभापति भएका छन्, त्यसअघि सबै निर्णय गर्ने अधिकार कार्यसमितिलाई मात्र थियो," केन्द्रीय सदस् य वाग्ले भन्छन् । सभापतिको यो स् वेच्छाचारी अधिकारप्रति स् वयं कोइराला परविारकै सदस् य पनि सहमत छैनन् । कांग्रेसका संस् थापक नेता बीपी कोइराला-पुत्र तथा केन्द्रीय सदस् य शशांक कोइराला भन्छन्, "विधानबाट शक्तिलाई केन्द्रीकृत गरएिको छ, त्यसलाई पूरै परविर्तन गर्नुपर्छ ।"
केन्द्रीय समितिमा विरोध हुँदाहुँदै सभापति कोइरालाले एकल निर्णय लिएको यो पहिलो भने होइन । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि तयार भएको अन्तरमि संसद्मा गर्नुपर्ने १० जनाको मनोनयनमा पनि उनले यसै गरेका थिए । केन्द्रीय समितिबाट अधिकार लिएर कोइरालाले छोरी सुजातासहितका १० नेता-कार्यकर्तालाई त्यसको हकदार मात्र बनाएनन्, आफ्नी एक मात्र छोरीलाई प्रधानमन्त्रीको कार्यालय हेर्ने गरी बिनाविभागीय मन्त्रीमा समेत नियुक्त गरे । त्यस समयमा पनि कार्यवाहक सभापति सुशील कोइरालासमेतका नेता-कार्यकर्ताले विरोध जनाएका थिए ।
त्यति मात्रै होइन, राजा ज्ञानेन्द्रले शासन लिएपछि कांग्रेसभित्र गणतन्त्रमा जानुपर्ने आवाज चर्को रूपमा उठ्यो । त्यस् तो आवाज उठाउने नरहर िआचार्य र गगन थापालाई गृहनगर विराटनगर पुगेर कोइरालाले दरबारयिा भएको आरोप लगाए । त्यसको संकेत थियो, पार्टीभित्र फरक मत राख्न पाइन्न, राखेमा जस् तोसुकै आरोप पनि खेप्न तयार हुनुपर्छ । अन्ततः आचार्य र थापाको त्यही फरक मत कांग्रेसको ०६४ भदौ १९ को केन्द्रीय समिति बैठक र सोही वर्ष असोज ६ र ७ मा सम्पन्न महासमिति बैठकले पार्टीको आधिकारकि धारणाका रूपमा ग्रहण गर्‍यो । तर, महासमिति बैठकमा संवैधानिक राजतन्त्र छोडेर गणतन्त्रमा जाने लाइन छलफल र निर्णयार्थ प्रस् तुत गरएिन । तत्कालीन महामन्त्री कुलबहादुर गुरुङको राजनीतिक प्रतिवेदनबाट सोही वर्ष भदौ १९ को केन्द्रीय समिति बैठकले गरेको निर्णय मात्र सुनाइयो ।
०५४ सालपछि कांग्रेसको महासमिति बैठक बोलाइएको छैन । जबकि कांग्रेस विधानको दफा १७ को उपदफा १ मा प्रत्येक वर्ष महासमिति बैठक बोलाउनु पर्ने व्यवस् था छ । ०६४ असोज ६-७ को महासमिति बैठक पनि एकताको बैठक मात्र थियो । ०५४ सालमा सम्पन्न महासमिति बैठकपछि विधानतः महासमिति बैठक भएको छैन ।
कतिसम्म भने अधिकांश दलले निर्वाचनमा हारजितको समीक्षा संविधानसभा निर्वाचनलगत्तै गरसिकेका थिए । तर, निर्वाचनको १४ महिना बितिसक्दा पनि कांग्रेसले आफ्नो लाजमर्दो पराजयका कारणबारे समीक्षा गर्न आवश्यक ठानेन । निर्वाचनको समीक्षा गर्न एक समिति त बनाइएको थियो, जसले सम्बन्धित जिल्ला सभापति र उम्मेदवारहरूलाई निर्वाचन हार्नुको कारण समेटेर प्रतिवेदन पठाउन निर्देशन दिने र अन्तरघातको उजुरी परेका नेताहरूलाई स् पष्टीकरण सोध्ने कामबाहेक निर्वाचनको गम्भीर समीक्षा गर्न सकेको छैन ।
०६५ भदौ ५-२१ मा सम्पन्न केन्द्रीय समिति बैठकले आगामी भदौ १५ गते १२ औँ महाधिवेशनको मिति तोकेको छ । तर, तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने कुरामा कोही पनि विश्वस् त छैनन् । किनभने, त्यसको तयारी नै सुरु भएको छैन । "महाधिवेशनको तयारी भदौपछि बल्ल सुरु होला," केन्द्रीय सदस् य वाग्लेको अनुमान छ । आसन्न महाधिवेशन कांग्रेसका लागि किन पनि महत्त्वपूर्ण छ भने पार्टीलाई सधैँका लागि एक बनाउने या सधैँका लागि अव्यवस् थाको सिकार बनाउने भन्ने फैसला त्यसले गर्नेछ । "विभाजित मानसिकतालाई सधैँका लागि अन्त्य गर्न पार्टी महाधिवेशन नै उपयुक्त थलो हुनसक्छ, त्यसको प्रतीक्षा हामीले पनि गरेका छौँ," नेपाल विद्यार्थी संघका अध्यक्ष पौडेल भन्छन् । तोक्नैपर्ने भएपछि सार्न मिल्ने विकल्प राखेर भदौ १५ को मिति तोकिएको बताउने एक केन्द्रीय सदस् यको अनुमान छ, फागुनसम्ममा महाधिवेशन होला ।

गाँसियो कि टाँसियो ?
०६४ असोज ८ मा दुई कांग्रेस एक भएको घोषणा गरयिो । तर, के कांग्रेस सम्पूर्ण रूपमा एक भएको छ त ? युवा नेता विश्वप्रकाश शर्मा भन्छन्, "छैन, कांग्रेसलाई गाँसिएन, टाँसियो मात्र । " पार्टी एकीकरणमा रोहबर बसेका संस् थापक नेता कृष्णप्रसाद भट्टराईले गणतन्त्रमा जाने लाइनसँग असहमति जनाउँदै पार्टी परत्ियाग गरसिकेका छन् । उनी पार्टी विभाजन भएपछि पाँच वर्षसम्म निरपेक्ष बसेका थिए ।
पार्टी एकीकरण भएको पनि एक वर्ष भइसकेको छ तर अहिलेसम्म अधिकांश जिल्लामा बनेका एकीकृत समितिहरू विवादरहित छैनन् । लामो समयसम्म गाउँ र नगर समितिहरू तथा भ्रातृसंगठनका जिल्ला समितिहरू दुई-दुई सभापति र पदाधिकारीहरूबाट सञ्चालित थिए ।



त्यसको कारण हो, सन्तुलन मिलाउने केन्द्रीय समितिको प्रयास । बनिसकेका एकीकृत जिल्ला समितिहरूमा पनि समस् या जहाँको त्यहीँ छ । मात्र सन्तुलन मिलाउने नाममा दुई पार्टीलाई टाँस् ने काम मात्र भएको छ । मिलाउँदा-मिलाउँदै पार्टी नै सिद्धिने अवस् था आउन लागेको बताउने शर्मा भन्छन्, "सन्तुलन होइन, समाधान निकाल्नुपर्ने हो नि पार्टीलाई एकीकरण गर्ने हो भने त !" समाधान निकालिएका जिल्लाहरूमा पार्टी नेतृत्वले सन्तुलन भएन भनेर गुनासो गर्दै आएको छ । त्यसको एउटा उदाहरण हो, ७५ जिल्लामा सन्तुलन मिलाउने नाममा दुई-दुई जना प्रतिनिधिलाई खटाउनु । केन्द्रीय प्रतिनिधिहरूलाई दुवै पक्षले आ-आफ्नो म्यान्डेट दिएर पठाएको थियो, त्यसले पार्टी व्यावहारकि रूपमा एकीकृत भएन । र, एकीकरण भए पनि पार्टीमा दुई चिरा यथावत् छन् ।
कांग्रेसको विद्यार्थी मोर्चा नेपाल विद्यार्थी संघको अवस् था पनि त्यस् तै छ । सभापति प्रदीप पौडेलका अनुसार, एक दर्जन जिल्लामा समानान्तर समितिहरू कायम छन् । "पार्टी नेतृत्वले संरक्षण गरेका कारण ती जिल्लामा विवाद समाधान गर्न सकिएको छैन," पौडेल भन्छन्, "पार्टी प्राविधिक रूपमा मात्र एक भएको छ ।" पार्टीको युवा मोर्चा नेपाल तरुण दल पनि फरक छैन । अध्यक्ष महेन्द्र यादवका अनुसार, दुई दर्जन जिल्ला समितिमा दुई अध्यक्ष कायम छन् । पार्टीका केन्द्रीय प्रतिनिधिहरूले विवाद समाधान गर्न नसकेपछि तरुण दल आफैँ त्यसका लागि अग्रसर भएको छ ।
पार्टी एकीकरणको समयमा १९ बाट बढाएर २१ वटा पुर्‍याइएका केन्द्रीय विभागहरू अझै पनि गठन गरएिको छैन । सभापति कोइरालाले छोरी सुजातालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएका थिए । तर, त्यो वैधानिक बाटोबाट नभई कोइरालाको आदेशबाट बनाइएको थियो । पार्टी नेताहरू अहिले पनि सबै विभाग खाली रहेको ठान्छन् । संगठन, नीति तथा कार्यक्रमजस् ता महत्त्वपूर्ण विभागहरूको जिम्मा पनि कसैले पाएको छैन । २१ विभागमा संस् थापन पक्षलाई १२ र प्रजातान्त्रिकलाई नौवटा भाग लगाइएको थियो । ०६५ भदौ ५-२१ मा सम्पन्न केन्द्रीय समिति बैठकले विधान मस् यौदालगायतका सातवटा समिति बनाएको थियो । नेतृत्वले समितिहरूका संयोजक तोक्यो तर अहिलेसम्म पूर्णता नदिएकाले कुनै काम भएको छैन । कांग्रेसको संगठनात्मक अवस् था लथालिंग र भताभुंग रहेको यो एक उदाहरण पनि हो । संरचनामा संगठन देखिन्छ तर भावनामा छैन । संरचना नै संगठन हो भन्ने भ्रममा छन्, नेताहरू ।
नेतृत्वले सरकारमा पार्टीको नेतृत्व गरेर जाने कुरामा ध्यान नदिइएको कार्यकर्ताको गुनासो छ । सरकारमा जाने कुरामा गम्भीरता प्रदर्शन नगरएिका कारण एमालेलाई दिइएको पार्टीको 'ब्याक अप' सफल हुने कुरामा कार्यकर्ता पंक्ति विश्वस् त छैन । कांग्रेस जानुपर्ने बेलामा सरकारमा गएन र नजानुपर्ने बेलामा सरकारमा गएर गल्ती गरेको विश्लेषण गररिहेका एक केन्द्रीय सदस् य भन्छन्, "संविधानसभा निर्वाचनलगत्तै माओवादीको नेतृत्वमा सरकारमा सामेल भएको भए देशको यो दुर्गति हुने थिएन ।" अहिले माओवादीइतरको सरकारमा सामेल भएर देशलाई निकास दिने कुरा दिवास् वप्न मात्र हुने उनको विश्लेषण छ ।
असन्तुष्टहरूका भनाइम्ाा, सभापति कोइरालाले आफूलाई केन्द्रमा राखेर राजनीति गरे । जसले उनीसँग कार्यकर्ताको मन भाँचिएको अवस् था छ । उनको राजनीति भनेको व्यवहारवादबाट प्रेरति छ । दिनभर िकार्यकर्ता भेटघाटमा रमाउने कोइराला अहिले स् वास् थ्यको कारण त्यसो गर्न पनि असमर्थ छन् । तर, कार्यवाहक सभापति तोकिएका सुशीललाई पूरै अधिकार प्रत्यायोजन गरेर कार्यकर्ताको मन राख्ने नैतिक साहस देखाएका छैनन् । हुन त पार्टी विधानमा कार्यवाहक सभापतिको व्यवस् था छैन । त्यसैले, सुशीललाई कार्यवाहक बनाइएपछि पार्टीको एउटा पंक्तिले सभापतिको त्यस निर्णयको विरोध पनि गरेको थियो ।
पार्टीको इतिहास कोट्याउने हो भने २०१७ मा जेल परेका बीपीले सुवर्णशमशेरलाई कार्यवाहक सभापति दिएका थिए । बीचमा राजा महेन्द्रले जेलमै बीपीलाई वार्ताको प्रस् ताव पठाए । उनले आफू वार्ता गर्ने अधिकारी नभएको र कार्यवाहक सभापति सुवर्णशमशेरसँग कुरा गर्न भने ।" ०३३ पुसमा राष्ट्रिय मेलमिलाप नीति लिएर स् वदेश फकर्नुअघि बीपीले सोही वर्ष पटनामा पार्टीको राष्ट्रिय सम्मेलन गरेर कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक दिए । तर, उनी जीवित हुन्जेल पार्टी जीवनमा कहिल्यै हस् तक्षेप गरेनन् । सम्पूर्ण अधिकार भट्टराईलाई नै दिए । अहिले जीवनको उत्तरार्ध टेकिसकेका पार्टी सभापति कोइरालाले गम्भीर स् वास् थ्यका कारण आफ्नै भाइ सुशीललाई कार्यवाहक दिएका छन् तर अधिकार आफैँमा केन्दि्रत गरेका छन् ।
सबै केन्द्रीय सदस् य सभापतिले मनोनयन गर्ने ०५३ सालउताको वैधानिक व्यवस् थामा अहिलेभन्दा ज्यादा प्राण पार्टीमा रहेको विश्लेषण गर्नेहरू पनि छन् । ०४८ सालमा झापाको कलबलगुडी महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सर्वसम्मत सभापति चुनिए । नौ महिनासम्म केन्द्रीय समिति बन्न सकेन । पार्टी नेताहरूका बुझाइमा पार्टीमा नौ महिनाको अवधिमा पनि प्राण थियो । किनभने, त्यो समयमा कांग्रेस यतिधेरै बदनाम भइसकेको थिएन । जबकि, ०५३ सालमा काठमाडौँमा भएको महाधिवेशनबाट पाँच विकास क्षेत्रबाट एक/एक जना केन्द्रीय सदस् य निर्वाचित गरनिे निर्णय भयो । त्यसपछि ०५७ सालमा पोखरा महाधिवेशनबाट १८ जना केन्द्रीय सदस् य निर्वाचित गर्ने व्यवस् था लागू गरयिो । तर, पार्टीको प्राण भने क्रमशः हराउँदै गएको छ ।
कृष्णप्रसाद भट्टराईलाई ०५० सालको उपनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ को चुनावमा हराइएपछि नै कांग्रेसमा महारोग पसेको बताउने केन्द्रीय सदस् य वाग्ले 'आफ्नो विरोधी आफ्नै पार्टीका मान्छेलाई देख्ने यो महारोग अझै कायम रहेको' बताउँछन् । भन्छन्, "त्यसयता पार्टीको आन्तरकि लोकतन्त्रमाथि चट्याङ नै परेको छ, अनुचित ढंगले आफ्नो वंशका मान्छेलाई माथि चढाउने प्रवृत्तिले आन्तरकि लोकतन्त्र ध्वस् त भएको छ ।"

'कांग्रेसको मनोबल गिरेको छ’
दीर्घकालीन ढंगले सोच्ने परपिाटी कांग्रेसमा कहिल्यै बसेन । बीपीपछि दूरदर्शी नेता पनि कोही भएन । जहिले पनि पार्टी केन्द्रीकृत ढंगले सञ्चालन गरयिो । योग्य व्यक्तिलाई किनारा लगाइयो र अयोग्य व्यक्तिहरूलाई भित्र्याएर महत्त्वपूर्ण जिम्मेवारी दिइयो । यसले आमकांग्रेसजनको मनोबल गिरसिकेको छ र भित्री शक्ति छिन्नभिन्न भइसकेको छ । पार्टीलाई नयाँ जीवन दिन पार्टीभित्रै ठूलो क्रान्तिको आवश्यकता छ । अनि, बीपीको विचारको सार्थकता अहिले पनि त्यत्तिकै खड्केको छ ।

आधारमा भ्रम
नेपाली कांग्रेस जनता -मास बेस् ड) कि कार्यकर्ता -क्याडर बेस् ड) आधारति पार्टी हो भन्ने ठूलो भ्रम देखिन्छ, कार्यकर्ता पंक्तिमा । जनतामा आधारति पार्टी भन्ने हो भने जनताले धेरै अगाडि सडकमा लगाएको गणतन्त्रको नारा धेरैपछि मात्र पार्टीले अंगीकार गर्‍यो ।
कार्यकर्तामा आधारति पार्टी भन्ने हो भने नेता, कार्यकर्ताको आवाज सुन्नुको सट्टा सभापतिको एकल निर्णय नै सर्वोपर िहुँदै आएको कांग्रेस नेताहरूको ठम्याइ छ । त्यसको अर्थ हो, कांग्रेस स् थापित विचार र स् थापित नेतृत्वमा आधारति पार्टी हो । विचार एउटा कुरा हो तर त्यसलाई व्यवहारमा लिएर जानु अर्कै कुरा हो । बीपीको विचार बोकिएको छ तर त्यो विचारलाई व्यवहारमा लिएर जाने कुरामा पनि कांग्रेस कमजोर देखिँदै आएको छ ।


संसदीय नेता को ?


संविधानसभा गठन भएको १४ महिनासम्म कांग्रेसको संसदीय दलको नेता चयन भएको छैन, जबकि संविधानसभाको म्याद नै १० महिना मात्रै बाँकी छ । त्यसको कारण हो, सभापति कोइरालाले आशा गरेका उम्मेदवारले चुनाव नजित्नु । उनले आशा गरेका सुशील, शेखर र सुजाता कोही पनि चुनाव जितेर आइदिएनन् । जितेर आएका शशांकलाई उनी संसदीय दलको नेता बनाउन तयार भएनन् । दुई-दुई ठाउँमा चुनाव जितेर आएका शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउँदा नेतृत्व परविारको हातबाट खुस् िकन्छ भन्ने उनको बुझाइले पनि काम गरेको भनाइ देउवा समर्थक एक नेताको छ ।
नेता चयनको आवाज पार्टीभित्र उठ्न थालेपछि कोइरालाले भनिदिए, "म नै नेता हुँ ।" सिंहदरबारस् िथत कांग्रेस संसदीय दल कार्यालयमा दलको नेताका रूपमा गिरजिाप्रसाद कोइरालाको नाम टाँगिएको छ । तर, त्यो वैध भने होइन । किनभने, कांग्रेस संसदीय दलको विधान अनुसार नेताको निर्वाचन नै भएको छैन । केही समय रामचन्द्र पौडेललाई संसदीय दलको प्रतिनिधि तोकेर पनि कोइरालाले काम गरेका थिए । एक कांग्रेस नेता भन्छन्, "अवैध नेताका अवैध प्रतिनिधिका रूपमा कोइरालाले पौडेललाई उपयोग गर्न खोजेका थिए ।" तर, सभाध्यक्ष सुवास नेम्वाङले आपत्ति जनाएपछि त्यसले निरन्तरता पाएन ।
संसदीय दलको प्रमुख सचेतकमा लक्ष्मण घिमिरे र सचेतकमा शोभाकर पराजुलीलाई नियुक्ति गर्दा पनि विधान मिचेर निर्णय गरेका थिए, सभापति कोइरालाले । घिमिरे र पराजुली सभापति कोइरालाको एकल निर्णयबाट प्रमुख सचेतक र सचेतक मनोनयन भएका हुन् । जबकि, विधान र संविधानसभा सदस् य ऐनमा पार्टी सभापतिले नभई संसदीय दलका नेताले मात्र प्रमुख सचेतक र सचेतक मनोनयन गर्न पाउने व्यवस् था छ । सभापति कोइरालाको प्रमुख सचेतक र सचेतक तोक्ने कार्य र प्रमुख सचेतकले पार्टी सभापति कोइराला नै संसदीय दलको नेता भएको बेहोरासहित व्यवस् थापिका-संसद्लाई पठाएको पत्र दुवै अवैधानिक भएको दाबी असन्तुष्टहरूको छ ।
सभासद् वीरेन्द्रकुमार माझीको वैशाख २३ मा भएको नियुक्ति पनि सभापति कोइरालाले संसदीय दलको विधानविपरीत ठाडो आदेशमा गराएका थिए । नयाँ संविधानका लागि सुझाव संकलनका क्रममा दुर्घटनामा गरी मृत्यु भएका सभासद् बोधनारायणसिंह सरदारको ठाउँमा माझीलाई नियुक्त गरएिको हो ।

चुलियो कलह


गठबन्धन सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्नेको नाम पठाउनुभन्दा दुई दिनअघि अर्थात् जेठ १७ गतेसम्म पनि कांग्रेस सभापति गिरजिाप्रसाद कोइराला आफ्नी एक मात्र सन्तान सुजातालाई रत्तिm महामन्त्री पद लिन आग्रह गररिहेका थिए । तर, सधैँ प्रभावशाली पद र अर्थमा आशक्त रहने गरेको आरोप खेप्दै आएकी सुजाताले पार्टीको महामन्त्री पदलाई भन्दा सरकारमा पार्टीको नेतृत्वसहित परराष्ट्र मन्त्रालय रोजिन् । तर, उनको यो रोजीछाडीले गठबन्धन सरकारको नेतृत्व गररिहेको एमालेलाई मात्र निराश बनाएन, कांग्रेसभित्रै पनि कलहको आगो सल्कायो ।
प्रधानमन्त्री माधवकुमार नेपालले जेठ १७ गते टेलिफोन गरेर कांग्रेसबाट सरकारमा नेतृत्व गर्न अलि अनुभवी र वरष्िठ नेतालाई पठाउन आग्रह गर्दा पार्टी सभापति कोइरालाको जवाफ थियो, "सरकारको नेतृत्व सुजाताले गर्ने हो, शेरबहादुर, सुशील र रामचन्द्रसँग सल्लाह गरेर थप मन्त्रीहरूको नाम एक-दुई दिनमै पठाउँला ।" तर, यसपटक कोइरालाले चाहेजस्  तो भएन । पार्टीका कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले सुजाताको नेतृत्वमा सरकारमा जाने कुराको खुला विरोध मात्र गरेनन््, मन्त्री खाने दुई-दुई जनाको नाम दिन सभापतिले गरेको आग्रह पनि अस्  वीकार गरे । अनि चिट्ठा पर्‍यो, पार्टीका वरष्िठ नेता शेरबहादुर देउवालाई । नत्र, पार्टीका तर्फबाट सरकारमा सहभागी छ मन्त्रीमध्ये चार जना उनको पक्षका पर्ने थिएनन् ।

महाराजगन्जमा माथापच्ची
कांग्रेसका तर्फबाट सरकारको नेतृत्व कसले गर्ने र को-को मन्त्री हुने भन्ने तातोका कारण पार्टी सभापति कोइरालाको महाराजगन्जस् ि थत निवासमा जेठ १६ गतेदेखि नै निकै चहलपहल थियो । यसैदिन बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले चानचुने तालले नमिल्ने यी दुुवै विषयको निर्णय गर्ने अधिकार सधैँझैँ पार्टी सभापति कोइरालालाई दियो । त्यसो त निश्चित मापदण्डमा छनोट भएका नाममा पार्टीका वरष्िठ नेता देउवा, कार्यवाहक सभापति कोइराला र उपसभापति पौडेललगायतका पदाधिकारीहरूको परामर्श लिएर सभापति कोइरालाले टुंगो लगाउने केन्द्रीय कार्यसमितिको आशय थियो । पार्टीका अर्का उपसभापति प्रकाशमान सिंहका अनुसार, केन्द्रीय कार्यसमिति र संसदीय समिति दुवै निकायको बैठकले सरकारमा पार्टीको नेतृत्व गर्ने र मन्त्री हुनेहरू तय गर्न निर्देशिका नै बनाएको थियो । त्यही निर्देशिकाको आशय अनुसार सभापतिले टुंगो लगाउने आशा गरेर सबैले जिम्मा लगाएका थिए । प्रकाशमान भन्छन्, "पार्टी सभापतिलाई एकल निर्णय गर्ने अधिकार दिएको भन्ने हल्ला गलत हो ।"
तर, सभापति कोइरालाले देउवाबाहेक कसैसँग पनि परामर्श गरेनन् । केवल आफ्नो निर्णय सुनाए । छोरी सुजातालाई अगाडि बढाउने कुरामा सुशील, रामचन्द्र, गोपालमान, प्रकाशमान, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ आदिबाट सीधा सहमति नपाउने बुझेरै कोइरालाले त्यसो गरेका थिए । जेठ १९ गते पनि कोइरालानिवासमा प्रधानमन्त्री नेपालसहित देउवा, सुशील, विमलेन्द्रहरूको बैठक बसेको थियो । त्यस बैठकमा सभापति कोइरालाले सुजाताले परराष्ट्र मन्त्रालयसहित सरकारमा पार्टीको नेतृत्व गर्ने बताउँदा नै सुशील, रामचन्द्र, विमलेन्द्रहरू नराम्ररी झस् ि कसकेका थिए ।
हुन पनि निर्धारतिभन्दा निकै अघि महाराजगन्ज पुगेका उनीहरूले शक्तिशाली पार्टी सभापतिको मुखबाट सुजातासम्बन्धी त्यस्  तो निर्णय थाहा पाउन प्रधानमन्त्री नेपालको आगमन नै पर्खिनुपरेको थियो । कोइरालाले प्रधानमन्त्री नेपालसँग एकैपटक सरकारको नेतृत्व सुजाताले गर्ने बताउँदा देउवा नबोली बसिरहे । उता सभापतिको अप्रत्यासित निर्णय सुनेपछि फन्किँदै तल्लो तलाको लबीमा ओर्लिसकेका सुशीलले कुन्नि के सोचे, पुनः माथि उक्लिएर आँट गरेरै भने, "गिरजिादाजु, यो निर्णय सच्याउनुपर्छ । " त्यतिबेलासम्म श्रेष्ठ र निधिले पनि छलफल नै नभई सुनाइएको निर्णयमा आ-आफ्नो असन्तुष्टि पोखिसकेका थिए । तर, देउवाले सुशील फर्केपछि पनि मुख खोलेनन् ।
वास्  तवमा उनीहरू सुजाताको नाम सुनेर त्यतिविधि निराश हुनुको कारण सुजाता मात्र थिइनन् । खासमा कोइरालाले पार्टीबाट सरकारको नेतृत्व गर्नेमा आफूमध्ये कसैको वा आफूनजिककाको नाम लिन्छन् कि भन्ने भित्री आशा उनीहरूमा थियो । तर, कोइरालाले त्यस आशामा सुजाता नामको चिसो पानी खन्याइदिएका थिए । त्यसो त सभापति कोइरालाले उपसभापति प्रकाशमान सिंहलाई महाराजगन्ज निवासमा बोलाएरै सुजाताको नेतृत्व स्  वीकार्न भनेका थिए । तर, प्रकाशमान भन्छन्, "पार्टी उपसभापति भएकाले मैले आफूभन्दा जुनियरको नेतृत्वमा सरकारमा जाने कुरा स्  वीकार्न सकिनँ ।"
सुजाता प्रकरणमा सभापति कोइरालाले देउवाको साथ पाउनु उनी निकटस्  थ उपसभापति गोपालमान श्रेष्ठ र महामन्त्री विमलेन्द्रका लागि मात्र नभई सबैका लागि अप्रत्यासित थियो । तर, देउवाले पार्टीका तर्फबाट सुजाताले सरकारको नेतृत्व गर्ने सभापतिको चाहनामा मौन बसेर सहयोग मात्र गरेनन्, आफ्नै कोटरीभित्रका असन्तुष्टहरूको राम्रो व्यवस्  थापन पनि गरे । यससँगै उनले आफ्नो कोटरीका प्रभावशाली मीनेन्द्र रजिाल र प्रकाशशरण महतलाई एकैपटक मन्त्रिमण्डलमा पठाएर सन्तुष्ट पार्नुका साथै आफ्नालागि सधैँका चुनौती सुशील र रामचन्द्रसँग हिमचिम बढाउने प्रकाशमानलाई पनि राम्रैसँग भित्तामा पुर्‍याए ।
यति मात्र होइन, देउवाले आफूनिकट बालकृष्ण खाँड र उमाकान्त चौधरीलाई पनि सरकारमा समेटेर भागबन्डाको राजनीतिमा आफूलाई माथि पारेका छन् । त्यसअघि उनले आफ्ना निकटका महामन्त्री विमलेन्द्रलाई सरकारमा पार्टीको नेता बनाउने दाबी पेस गर्दै आएका थिए । तर, कोइरालाले जसरी पनि छोरीको उदय गराइछाड्ने संकेत बुझ्नासाथ देउवाले संसदीय दलको नेता र भावी पार्टी सभापतिमा सहयोगको वाचा लिँदै निधिबाहेक आफ्ना चार जना मन्त्री बनाउने मौका छोपे ।
जेठ १७ गतेको त्यस मन्त्रणामा देउवाले साक्षीका लागि श्रीमती आरजुलाई पनि ल्याएको बताएपछि कोइरालाले फटाफट उनका सबै प्रस्  तावमा सहमति जनाएका थिए । पार्टी एकीकरणपछि ६०/४० को अवधारणा अनुसारको भागबन्डामा चित्त बुझाउँदै आएका देउवा कोइरालाले सुजाताका लागि तयार गरेको चास्  नीमा यसरी तैरएिका थिए ।
कांग्रेस एकीकरण हँुदै कोइराला र देउवाबीच भएको सम्झौताको केही अंश अहिले प्रकाशमा आएको बताउनेहरू कम छैनन्, कांग्रेसभित्र । उनीहरूका अनुसार, उतिबेला यी दुई नेताबीच कोइरालाले दोस्रो पुस्  ताबाट देउवालाई नेतृत्वमा पुर्‍याउने र देउवाले तेस्रो पुस्  ताकी सुजाताको उदयमा सघाउने भित्री सहमति भएको थियो ।
सुजाता प्रकरणमा कोइरालाले जेठ २१ गते बिहान ८ बजे आफ्नो निवासमा डाकेको बैठकमा कार्यवाहक सभापति सुशील र उपसभापति पौडेलले अनुपस् ि थत भएर असन्तुष्टि जनाउने तरकिा झिके, फोनबाट थप असन्तुष्टि जाहेर गर्ने र केही दिन राजधानीबाहिर बिताउने । त्यही अनुसार असन्तुष्टहरूको बैठक बसेको जानकारी फोनबाट सभापति कोइरालालाई दिएर सुशील र पौडेल जुम्लातिर लागेका थिए ।
जुम्ला जाने क्रममा सुशीलले दिएको सुजातालाई सरकारमा पठाइए पदबाट राजीनामा दिने सार्वजनिक चेतावनी घुर्की मात्र थियो भन्ने पुष्टि घटनाक्रमले मात्र गरसिकेको छैन, उनी आफैँले पनि राजीनामाको हल्ला निराधार भएको बताइसकेका छन् । यसअघि प्रधानमन्त्री हँुदा सभापति कोइरालाले सुजातालाई बिनाविभागीय मन्त्री बनाउँदा पनि सुशीलले यस्  तै धम्की दिएका थिए । पार्टीमा दोस्रो पुस्  ताका नेताहरूको यस्  तै कमजोरी बुझेकै कारण सभापति कोइराला पटक-पटक बहुमतको भावनालाई कुल्चिन सफल हुँदै आएका हुन् कि भन्न्ने आशंकाले कांग्रेसजनमा बास पाएको छ ।

सानेपामा विरोध
सभापति कोइरालाले प्रधानमन्त्री नेपाललाई सुजाताले सरकारमा कांग्रेसको नेतृत्व गर्ने निर्णय सुनाएको भोलिपल्टै अर्थात् जेठ २० गतेे दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति सुशीलले बैठक डाके, सबै असन्तुष्ट पदाधिकारीहरूको । जसमा तीनै जना उपसभापति अनि केन्द्रीय सदस्  य रामशरण महत र पार्टी मुख्यसचिव रामचन्द्र पोखरेल सहभागी थिए । बैठकअघि प्रधानमन्त्री नेपालसँग भएको कुराकानीमा सुशीलले सुजाताबारे आधिकारकि निर्णय नभएको मात्र बताएनन्, सभापतिबाट त्यस्  तो केही भएको रहेछ भने त्यो पार्टीको नीतिविपरीत हुने दाबी पनि गरे । उनले भने, "त्यस्  तो निर्णय भएको हो भने सच्याएर पार्टीका वरष्िठमध्ये कसैको नेतृत्वमा पठाउनुपर्छ ।"
स्रोतका अनुसार, बैठकमा पार्टी निर्णय सच्याउन पार्टी सभापतिसमक्ष आग्रह गर्ने निर्णय गरयिो । साथै, सुजाताको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने पत्र प्रधानमन्त्रीलाई आफूले लेख्नुपरे पदबाट राजीनामा दिने कुरा बैठकमै बताए, सुशीलले । मुख्यसचिव पोखरेलले पार्टी सभापतिबाट त्यस्  तो पत्र लेख्ने निर्देशन आएको बैठकमा बताउँदा सुशीलले उक्त निर्णय सुनाएका थिए । त्यसको भोलिपल्टदेखि कोइराला निवासबाट त्यस्  तो पत्रका लागि बारम्बार ताकेता हुन थालेपछि पोखरेलले कार्यवाहक सभापतिको अडान बताएका थिए । पछि आफैँले तयार गरेर पठाउन कोइराला निवासबाट आएको निर्देशनलाई भने पोखरेलले पालना नगर्न सकेनन् ।
रमाइलो त के भने सुशीलनजिक भनिएका र उनैले सरकारमा पार्टीको नेता बनाउन खोजेका महामन्त्री कुलबहादुर गुरुङ भने त्यस बैठकमा आइदिएनन् । खासमा गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले आदिको समूह कार्यसमितिको बैठकबाटै पार्टीबाट सरकारको नेतृत्वमा गुरुङ वा मानबहादुर विश्वकर्मालाई छानियोस् भन्ने चाहन्थे । र, यसका लागि सुशीललाई बारम्बार आग्रह पनि गरेका थिए, उनीहरूले । केन्द्रीय सदस्  य चिरञ्जीवी वाग्लेले आफूहरूले गुरुङ वा विश्वकर्मामध्ये एक जनाले पार्टीबाट सरकारमा नेतृत्व गर्नुपर्ने चाहना राखेको नेपाललाई बताएका थिए । तर, केन्द्रीय समितिको बैठकमा उक्त पदका लागि दाबी गर्नेमा रामचन्द्रदेखि गोपालमान, प्रकाशमान र विमलेन्द्रसम्म थपिएका थिए ।
यसरी कुरा मिल्न नसकेपछि नाम छनोटका लागि सभापतिलाई जिम्मा दिइयो, जसबाट गुरुङ समूह क्रुद्घ भयो । अझ जेठ १७ गते यही विषयमा कुरा गर्न महाराजगन्ज पुग्दा पार्टी सभापतिले बिरामी भएको भन्दै भेटै नदिएपछि यो समूहको आक्रोश सार्वजनिक नै भयो । गोविन्दराज जोशी पार्टीको सबैभन्दा शक्तिशाली निकाय केन्द्रीय समितिले नै कसको नेतृत्वमा को-को सरकारमा जाने भन्ने निर्णय गर्नसक्ने बताउँछन् । भन्छन्, "तर, संसदीय दलले समेत निर्णय गर्न नसकेपछि सभापतिले गर्नुभयो ।" सुजाताको नेतृत्वमा पार्टी सरकारमा जाने सभापतिको निर्णय एउटै तर्कले पनि पुष्टि नगर्ने बताउँछन् कांग्रेस सांसद गगन थापा  । भन्छन्, "हामी सबैले गिरिजाबाबुलाई पितातुल्य अभिभावक मान्यौँ तर उहाँ त सुजाताको मात्र पिता हुन रुचाउनुभयो ।"
जेहोस्, सुजाताका कारण निस् ि कएको यो घर झगडामा दोस्रो पुस्  ताबाट पार्टी नेतृत्वको दाबेदार भनिएका सुशील र रामचन्द्रलाई सभापति कोइरालासँग मिलेर किनारा लगाउन तत्काललाई सफल देखिएका छन्, देउवा । यसैगरी, जोशी समूह पनि सरकारमा आफ्नो मान्छे पठाउन नसके पनि रामचन्द्रलाई पार्टी नेतृत्वमा स्  थापित हुन नदिने रणनीतिमा सफल भएको छ, हाललाई । उता राजनीतिका चतुर खेलाडी कोइरालाले अझै पनि एउटा तुरुप आफूसँगै राखेका छन्, एमालेसँग सात सिटको कुरा मिलाए पनि पार्टीका तर्फबाट जम्मा छ जनाको नाम मात्रै सरकारमा पठाएर ।
यसको अर्थ उनले चाहे भने अझै एक जना आकांक्षी मन्त्री बन्न सक्छन् । यस प्रकरणमा धान्नै नसक्ने गरी विरोध भयो भने कोइरालाले सुजाताभन्दा माथिल्लो स्  तरमा रहने गरी प्रकाशमान, रामचन्द्र, गोपालमान, विमलेन्द्र वा कुलबहादुरमध्ये कसैलाई पनि पार्टीका तर्फबाट सरकारमा पठाउन सक्छन् । सभापति कोइरालाले यसो गरे भने न सर्प बाँच्छ, न त लौरो नै भाँचिन्छ ।

विरासतको लडाइँ
सुशील, शेखर र शशांक पहिलोचोटि त्यसबेला झस् ि कए, जुनबेला गिरजिाप्रसाद कोइरालाले प्रधानमन्त्रीको हैसियतले उनकी एक मात्र छोरी सुजातालाई प्रधानमन्त्रीको कार्यालय हेर्नेगरी बिनाविभागीय मन्त्री बनाए । यति हुँदाहँुदै पनि कोइराला परविारका यी कुनै पनि सदस्  यले सुजातालाई धेरै ठूलो चुनौतीका रूपमा लिन आवश्यक ठानेनन् । किनभने, संविधानसभाको निर्वाचनमा उनले पराजय बेहोर्नुपर्‍यो । त्यसो त शेखरले समेत चुनाव हारे । प्रत्यक्षतर्फबाट बीपीपुत्र शशांक मात्र चुनाव जित्ने कोइराला परविारका वारसि देखिए । पछि उपनिर्वाचनमा शेखरले समेत चुनाव जिते । यी सबै पृष्ठभूमिले उनीहरू संविधानसभा निर्वाचनमा पराजित र विवादास्  पद छवि भएकी सुजाताबाट असुरक्षित भइहालिन्छ होला भन्ने सोचाइमा थिएनन् । तर, जब अहिले कोइरालाले पार्टीको तर्फबाट सरकारको नेतृत्वमा पार्टीका दोस्रो पुस्  ताका नेताहरूलाई पन्छाउँदै तेस्रो पुस्  ताकी आफ्नी एक मात्र छोरी सुजातालाई अघि बढाए, त्यसबाट कोइरालाले दिन खोजेको संकेत बुझ्न सुशील, शेखर र शशांकलाई कुनै कठिनाइ भएन । यसको प्रतिवादमा सबैभन्दा पहिले तर जब भाइ सुशीलले आफ्ना दाइले र भतिजाद्वय शेखर र शशांकले आफ् ना काकाले सुजातालाई पार्टीका तर्फबाट सरकारमा नेतृत्वका लागि पठाउने सुइँको पाएलगत्तै उनीहरूले भेट गरे कोइरालासँग । शेखरले आफ्नो स्  वभाव अनुरूप सुजाता प्रकरणमा केही नबोली आफ्नो असन्तुष्टिबारे कोइरालालाई जनाउ दिए भने जेठ १८ गते आफ्नो घरको आडैमा रहेको कोइराला निवासमा पुगेर सुजातालाई पार्टीका तर्फबाट नेतृत्व गरेर पठाउँदा पार्टीपंक्तिमा र बाहिर पनि नराम्रो सन्देश जाने भएकाले त्यसो नगर्न आग्रह गर्दा कोइरालाले उल्टै अरूले उचालेकै भरमा सुजाताको विरुद्घमा कुरा नगर्नू भन्दै झपारे शशांकलाई । दुवैले सार्वजनिक रूपमा कोइरालाको उक्त कदमको कडा विरोध नगरे पनि उनीहरूले आफ्नो असन्तुष्टिलाई भने लुकाएका छैनन् ।
पछिल्लो सुजाता प्रकरणमा कोइराला परविारबाट यदि कसैलाई सबैभन्दा बढी धक्का लागेको छ भने ती सुशील नै हुन् । नातामा दाजु पर्ने कोइरालाकै अनुकम्पामा पार्टीको कार्यवाहक सभापति बनाइएका सुशीलले पछिल्लो प्रकरणमा असन्तुष्ट छन् । आफूलाई आगामी भदौमा हुने भनिएको पार्टी महाधिवेशनमा पार्टी नेतृत्वमा पुग्न नदिने आफ्ना प्रतिद्वन्द्वी शेरबहादुर देउवाको चाहनालाई कोइरालाले बल पुर्‍याएर आफूलाई किनारा गर्न खोजेको बुझेका छन् । पार्टीभित्र नातामा भतिजी पर्ने सुजाताको उदयलाई पटक्कै नरुचाएका सुशील पछिल्लो केही समयसम्म कोइरालाको गाण्डिव नै थिए । चाहे त्यो गणेशमान सिंहलाई पार्टीबाट निस्  कन बाध्य पार्दा होस् वा कृष्णप्रसाद भट्टराईलाई किनारा लगाउन होस् अथवा देउवालाई पार्टी फुटाउनबाट नरोकेको जस्  ता जति पनि अवगालहरू सुशीलले सुन्दै आए । यद्यपि, ती सबैका पछाडि सभापतिको चाहनाले नै काम गरेको थियो । अर्थात्, कोइरालाले सुशीलकै काँध प्रयोग गरेर आफ्नो राजनीतिक मार्गका अवरोध हटाएका थिए । सुशीलले सधैँ गिरजिाप्रसादलाई साथ दिए । तर, उनको चाहनाको बोझ बोक्दाबोक्दै सम्भवतः उनी पनि गले र अन्ततः सुजातालाई आफ्नो उत्तराधिकारी बनाउने सभापतिको चाहनाको बोझ भने सुशीलले बोक्न चाहेनन् । त्यसो त यसअघि नै पार्टी कब्जा गर्ने मनसायले सुजातालाई राष्ट्रपति रामवरण यादवले राजीनामा दिएर रत्तिm रहेको महामन्त्रीमा सुजातालाई ल्याउने आफ्नो चाहनालाई सुशीलले रामचन्द्रसँग मिलेर पूरा हुन नदिएको झोँक आखिर सभापतिले अहिले आएर फेरे । सुशील सुजाताभन्दा पनि शशांकलाई अघि बढाउने पक्षमा थिए, जुन कुरामा सभापतिलाई उनले कहिल्यै पनि सहमत गराउन सकेनन् ।
कोइरालाले पछिल्लोपटक सुजातालाई पार्टीका तर्फबाट सरकारको नेतृत्वका लागि अघि बढाएर पार्टीपंक्तिमा मात्र होइन, कांग्रेसका मतदाता, शुभेच्छुक, समर्थकलगायत सबैतिर एउटा सन्देश दिन खोजेको बुझ्न कठिन छैन अर्थात् सुजाताले पार्टीबाट सरकारको मात्र होइन, पार्टीमा तेस्रो पुस्  ताबाट उनले नै नेतृत्व गर्ने हो । कोइरालाको रोजाइमा आफू सुजातापछि दोस्रो नम्बरमा परेको थाहा पाएका शेखर सुजाताको शैलीप्रति असन्तुष्ट छन् । विशेष गरी पार्टी राजनीतिमा रहेका कोइराला परविारका सदस्  यहरू सबैलाई प्रतिद्वन्द्वी ठान्ने र नकारात्मक व्यवहार गर्ने सुजाताको स्  वभावबाट उनी चिन्तित देखिन्छन् । माओवादीसँग १२ बुँदे सम्झौताका क्रममा पार्टीमा आफ्नो भूमिका बढ्न थाल्दा सुजाताले त्यसलाई रोक्न खोजेको चोट उनले अहिले पनि बिर्सेका छैनन् ।
कोइराला परविारमा उत्तराधिकारका अर्का दाबेदार हुन्, स्  वर्गीय विश्वेश्वरप्रसाद कोइरालाका कान्छा छोरा शशांक । पार्टीका निर्वाचित केन्द्रीय सदस्  य शशांक संविधानसभाको निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । विराटनगर मूल घर र काठमाडौँ कार्यक्षेत्र भए पनि नवलपरासीबाट उनले निर्वाचन जित्नुको कारण थियो, उनीभित्र कांग्रेस कार्यकर्ता, शुभेच्छुक र मतदाताले बीपी कोइरालाको छवि देख्नु । बीपीले उत्तराधिकारीका लागि रोजेका उनका जेठा छोरा प्रकाशको पलायनबाट निराश भएका कांग्रेस कार्यकर्ताले शशांकको सरल र शालीन अनुहारमा सम्भावना खोज्ने चेष्टा गरे पनि गिरजिाप्रसादले शशांकलाई अघि बढाउने कुनै संकेत देखाएनन् ।
के अब उत्तराधिकारको यो प्रतिस्  पर्धामा शशांक पछि हटिसकेका हुन् ? नेपालसँगको लामो कुराकानीमा उनले उत्तराधिकारीको दाबीलाई जबरजस्  ती थोपर्दा त्यो त्यति दिगो नहुने बताए । उनले भने, "उत्तराधिकारी त्यतिखेर मात्र स्  थापित हुन्छ, जब उसलाई पार्टीपंक्ति र जनताले पत्याउँछन् । "


कांग्रेसका मन्त्रीहरू


कांग्रेसबाट सरकारमा पुगेका मन्त्रीहरूमध्ये सुजाता कोइराला, प्रकाशशरण महत, बालकृष्ण खाँड र उमाकान्त चौधरी दोस्रोपटक मन्त्री भएका हुन् । मीनेन्द्र रजिाल र पूर्णकुमार शेर्मा लिम्बू पहिलोपटक मन्त्री पदको अनुभव लिँदैछन् ।
०६४ पुसको अन्तिम साता आफ्ना पिता गिरजिाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारमा बिनाविभागीय मन्त्री पद प्राप्त गरेकी थिइन्, सुजाताले । पार्टी केन्द्रीय सदस्   यसमेत रहेकी सुजाता पार्टी विदेश विभाग प्रमुख पनि हुन् । अहिले पार्टीबाट सरकारको नेतृत्व गर्न पुगेकी सुजाताले परराष्ट्र मन्त्रालयको जिम्मा पाएकी छन् । संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नं ५ बाट मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएकी सुजाता पछिल्लोपटक प्रधानसेनापति प्रकरणमा पार्टी नीतिविपरीत माओवादी पक्षमा खुलेर बोल्दा पार्टीभित्र विवादमा आएकी थिइन् । पुजारी खराब भए पनि मन्दिर खराब हुँदैन भन्दै उनले कुनै न कुनै रूपमा राजसंस्   था राख्नुपर्छ भनेर कुनैबेला वकालत पनि गरेकी थिइन् ।
महत ०६१ भदौमा इराकमा १२ नेपालीलाई निर्ममतापूर्वक हत्या गरएिका बेला शेरबहादुर देउवाको मन्त्रिमण्डलमा परराष्ट्र राज्यमन्त्री थिए । अहिलेको सरकारमा बिनाविभागीय मन्त्री पाएका महत ०३६ सालपछि राजनीतिमा आएका हुन् । महत कुनैबेला नेपाल विद्यार्थी संघको महामन्त्री पनि थिए । अमेरकिाबाट अर्थशास्   त्रमा विद्यावारििध गरेका नुवाकोटे महत देउवाका महत्त्वपूर्ण सहयोगी मानिन्छन् । उनी समानुपातिकतर्फबाट संविधानसभा सदस्   य हुन् । देउवाकै अर्का सहयोगी मीनेन्द्र रजिाल पनि बिनाबिभागीय मन्त्री बनाइएका छन् । समानुपातिकतर्फबाट संविधानसभामा आएका विराटनगरका रजिाल पार्टीको केन्द्रीय सदस्   य पनि हुन् । अर्थशास्   त्रमा विद्यावारििध गरेका रजिालले राष्ट्रिय योजना आयोगको सदस्   य भएर काम गरसिकेका छन् । काठमाडौँको पुरानो बानेश्वरस् ि  थत एपेक्स कलेजका सञ्चालकमध्येका एक रजिाल पछिल्लो समय सेना समायोजन विशेष समितिका सदस्   यमा पनि पार्टीबाट खटाइएका थिए ।
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व लिइसकेका बुटवलका बालकृष्ण खाँडले ३५ वर्षअघि विद्यार्थी राजनीति प्रारम्भ गरेका हुन् । यसअघि शिक्षा राज्यमन्त्री रहिसकेका खाँड ०४८ को संसदीय निर्वाचनमा रूपन्देही क्षेत्र नं ३ बाट विजयी भएका थिए भने पछिल्लोपटक संविधानसभाको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । हाल बिनाविभागिय मन्त्री बनाइएका खाँड देउवाका निकटस्   थ हुन् । पार्टीको केन्द्रीय सदस्   यसमेत रहेका उमाकान्त चौधरी संविधानसभामा बारा क्षेत्र नं ५ बाट निर्वाचित सभासद् हुन् । चौधरी ०५६ सालको संसदीय निर्वाचनमा पनि चुनिएका थिए । ०३६ सालको विद्यार्थी आन्दोलनदेखि नै कांग्रेस राजनीतिमा होमिएका देउवाका निकटस्   थ चौधरीले कृषि तथा सहकारी सहायकमन्त्रीको पदभार सम्हालिसकेका छन् ।
पार्टी सभापति गिरजिाप्रसाद कोइरालाप्रति पूर्ण आस्   थावान् मानिने पूर्णकुमार शेर्मा लिम्बू पार्टीका केन्द्रीय सदस्   य हुन् । संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं १ बाट सात भोटले एमाले उम्मेदवारलाई हराएका यिनी गाउँर्फक राष्ट्रिय अभियानमा समेत सहभागी भएका थिए, कुनैबेला । तर, पटक-पटक बहुदलको पक्षमा काम गरेको आरोपमा उनी जेल पनि परेका थिए । ०२५ सालमा कांग्रेस प्रवेश गरेका लिम्बू त्यसपछि गाउँर्फक राष्ट्रिय अभियानको अञ्चल सदस्   य पनि थिए । ०३६ सालको जनमतसंग्रहमा उनी जिल्लाको बहुदल प्रचारप्रसार समितिका अध्यक्ष थिए । प्रजातन्त्र पुनःस्   थापनापछि राष्ट्रियसभा सदस्   य रहिसकेका उनले कानुनमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । उनी यो सामग्री तयार गर्दासम्म पनि बिनाविभागीय मन्त्री नै हुन् ।

यसरी छानिइन् सुजाता


नेपाली कांग्रेसका सभापति गिरजिाप्रसाद कोइराला सुरुमा केन्द्रीय समितिको बैठक बोलाउने पक्षमा थिएनन् । पहिले त उनले १३ जेठमा आफ्नै निवासमा नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतलाई बोलाई सरकारमा सहभागी हुनेहरूको नाम पठाउनेबारे राय मागे । पौडेलले केन्द्रीय समितिको बैठक बोलाएर टुंगो लगाउनु राम्रो हुने बताउँदा कोइरालाले मानेनन् । स्रोतका अनुसार, उनले झन् विवाद हुने हुँदा केन्द्रीय समितिको बैठकतिर नलाग्न भने । तर, भोलिपल्ट १४ जेठमै कोइरालाको मन फेरयिो, खुमबहादुर खड्कालगायतका नेताहरूसँग भेटिसकेका उनले कार्यवाहक सभापति सुशील कोइरालालाई बोलाएर बैठक १६ गते नै डाक्न निर्देशन दिए । यसअघि २५ सभासद्हरूले पार्टी केन्द्रीय समितिको बैठक बोलाउन दबाबका रूपमा सभापतिसमक्ष लिखित निवेदन दिइसकेका थिए ।
१६ र १७ गते बसेको केन्द्रीय समिति बैठकमा खुमबहादुरले मन्त्री छान्ने अधिकार सभापतिको मात्र भएको धारणा राखे, असन्तुष्टि भए पनि कसैले कोइरालाको विरोध गर्ने हिम्मत गरेनन् । र, कोइरालालाई नै मन्त्रीहरू छान्ने अधिकार दिएर बैठक टंुग्याइयो । यसरी सुजाताका लागि बाटो खोलिदिने काम भएपछि १९ गते साँझ प्रधानमन्त्री माधव नेपाल तथा पार्टी नेताहरू सुशील, रामचन्द्र, विमलेन्द्रसमेतलाई बोलाई कोइरालाले सुजाताको नेतृत्वमा कांग्रेस सरकारमा आउने निर्णय गरेकाले त्यही अनुसारको व्यवस्  था मिलाउन प्रधानमन्त्रीलाई भनिदिए ।
यसअघि केन्द्रीय समितिको बैठकको अन्तिम दिन सुजाता देउवाको निवास बूढानीलकण्ठ गएर उनको समर्थन लिएकी थिइन् । यी दुवैका बीचमा सहमति भएपछि सभापति कोइरालाले सुजाताको नाम घोषणा गर्ने आँट गरेको कांग्रेसका एक नेताले बताए, जसको खुलासा नेता प्रदीप गिरीले समेत गरेका थिए । १७ गते संसदीय दलको कार्यालयमा रहेको सभापति कोइरालाको कोठामा जम्मा भएका केबी गुरुङ, गोविन्दराज जोशी, गोपालमान श्रेष्ठ र शोभाकर पराजुलीहरूसँग कुराकानी गर्ने क्रममा गिरीले सुजाता देउवा निवासमा पुगेर सम्झौता गरी फर्किएको बताएका थिए ।
सुजातालाई पठाउन सजिलो बनाइदिने गरी केन्द्रीय समितिमा प्रस्  तुत भएका नेता गोविन्दराज जोशीले २० गते नै संसदीय दलको कार्यालयमा सुजाता सहभागी हुने सरकारको छोटो आयु भएको बताएका थिए । स्रोतका अनुसार, रामशरण महत, मीनेन्द्र रजिाललगायतका आधा दर्जन नेताहरूमाझ जोशीले फेर िगिरजिाप्रसादलाई प्रधानमन्त्री बनाउने खेल भइरहेको बताएका थिए । जस्  तो खालका नाम कांग्रेस र फोरमबाट नेतृत्वका लागि पठाइएको छ, त्यसले नै यो खेललाई पुष्टि गरेको तर्क उनको थियो । कोइराला नेतृत्वको भावी सरकारमा माओवादी पनि सामेल हुने उनको भनाइ थियो । यसबारेको जिज्ञासामा जोशीले नेपालसँग यति मात्र भने, "सरकारले पूर्णता नपाउँदै म के भनौँ, पूर्णता पाएपछि कुरा गरौँला ।"

Monday, June 1, 2009

मन्त्रिपरिषद् छिटो विस्तार गर्न कोइराला र ओलीलाई सुदको "सुझाब"

मन्त्रिपरिषद् छिटो विस्तार गर्न कोइराला र ओलीलाई सुदको "सुझाब" 

बालकृष्ण, रामशरण/नयाँ पत्रिका
2009-06-02,Tuesda


- फोरमको विवाद मिलेको वेला ढिलो नगर्न सुदको सुझाब 
- सुदले भेटेलगत्तै कोइराला र प्रधानमन्त्रीबीच टेलिफोनवार्ता 
- एमालेको तर्फबाट शंकर पोखरेल, रघुवीर महासेठ, रवीन्द्र श्रेष्ठ र भीम रावल अथवा भानुभक्त जोशी मन्त्री बन्ने पक्का 
- कांग्रेसको नेतृत्व गर्न रामचन्द्र, सुजाता र प्रकाशमानको दाबी 
- फोरमद्वारा ६, सद्भावनाद्वारा २ र मालेद्वारा भूमिसुधारमा दाबी 


काठमाडौं, १८ जेठ 
नेता माधवकुमार नेपाल प्रधानमन्त्री निर्वाचित भएको १० दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि भारतीय राजदूत राकेश सुदले कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले वरिष्ठ नेता केपी ओलीसँग भेटवार्ता गरेका छन् । सरकारलाई पूर्णता दिन ढिलाइ गरे झन् जटिलता निम्तिने भन्दै सुदले दुवै नेतालाई सचेत गराएका छन् । भारतीय दूत सुदले कांग्रेस सभापति कोइरालालाई सोमबार बिहान र एमाले वरिष्ठ नेता ओलीलाई दिउँसो भेटेका थिए । दुवै नेतासँगको भेटमा सुदले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नगर्न सुझाव दिएका थिए । 'विवादमा परेको फोरम पनि अहिले मिलेको छ, यही वेलामा मन्त्रिपरिषद् विस्तार नभए अर्को लफडा सुरु हुन सक्छ,' स्रोतका अनुसार सुदले कोइराला र ओलीलाई सचेत गराएका थिए । 

दुवै नेतासँगको भेटमा राजदूत सुदले दलहरूको न्यूनतम साझा कार्यक्रम सकारात्मक भएको भन्दै प्रशंसा पनि गरेका थिए । भेटमा कोसी डुबानबारे पनि छलफल भएको थियो । यता सत्तारुढ गठबन्धनले पनि शक्ति बाँडफाँडको गृहकार्य तीव्र बनाएको छ । न्यूनतम साझा कार्यक्रममा सत्तारुढ गठबन्धनबीच सहमति भए पनि मन्त्रालय बाँडफाँडमा टुंगो लागेको छैन । तर, मंगलबार बिहान एमालेको संसदीय दलको कार्यालयमा बस्ने बैठकले सरकारको साझा न्यूनतम कार्यक्रमलाई थप परिमार्जन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री माधवकुमार नेपालको आयोजनामा मंगलबार दिउँसो हुने सर्वदलीय बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम र मन्त्रीहरूको आचारसंहितालाई अनुमोदन गर्दै शीर्ष नेताहरूले हस्ताक्षर गर्ने कार्यक्रम छ । 

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्री नेपाल र कांग्रेस सभापति कोइरालाबीच सोमबार दिउँसो टेलिफोनमा कुराकानी भएको थियो । सरकार गठनमा ढिलाइ भएकोमा दुवै नेताले चिन्ता व्यक्त गर्दै मंगलबारसम्ममा मन्त्रालयको बाँडफाँड, साझा कार्यक्रमलाई अन्तिम रूप दिने सहमति भएअनुसार प्रधानमन्त्रीले सर्वदलीय बैठकको आह्वान गरेको कांग्रेसी स्रोतले जनाएको छ । 

टेलिफोन संवादमा प्रधानमन्त्री नेपालले कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको नाम मागे पनि कोइरालाले मन्त्रालयको बाँडफाँडपछि मात्र सरकारमा सहभागी हुने नेताहरूको नाम दिने आश्वासन दिएको स्रोतको दाबी छ । प्रधानमन्त्रीले सोमबार नै मन्त्रालय र बरियता बाँडफाँडबारे टुंगो लगाउने पहल गरे पनि बन्दले कार्यक्रम प्रभावित भएको जानकारी कोइरालालाई दिएको बुझिएको छ । कोइराला र नेपालबीच बुधबारसम्ममा सरकारलाई कुनै पनि हालतमा पूर्णता दिने सहमति भएको स्रोतले बताएको छ । दुई नेताबीच यसअघि पनि आइतबारभित्र सरकारलाई पूर्णता दिने सहमति भएको थियो । कोइरालासँगको संवादलगत्तै प्रधानमन्त्री नेपाल र एमालेका वरिष्ठ नेताहरूबीच प्रधानमन्त्री निवासमा छलफल भएको थियो । छलफलमा पार्टीअध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रघुजी पन्त सहभागी थिए । 

सबैको आ-आफ्नै दाबी 
मन्त्रिपरिषद् छिट्टै विस्तार गर्न कांग्रेस र एमाले सहमत भएका छन् तर कुन मन्त्रालय कसले पाउने भन्ने अन्योल कायमै छ । कांग्रेसले शान्ति तथा पुनर्निर्माण, अर्थ, स्थानीय विकास, सञ्चार, स्वास्थ्य, शिक्षा र परराष्ट्रजस्ता मन्त्रालयमा दाबी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले जनसम्पर्क स्थापित हुने र विकासे मन्त्रालयहरूमा सबै दलबीच समानुपातिक सहभागिता होस् भन्ने पार्टीको धारणा रहेको बताए । तर, उनले कांग्रेसले यो नै हुनुपर्छ भन्ने माग नगरे पनि अर्थ, सञ्चार, स्थानीय विकासजस्ता मन्त्रालयहरू कांग्रेसको भागमा पर्नुपर्ने धारणा पार्टीपंक्तिबाट आएको बताए । 

उता एमालेले भने मन्त्रालयको टुंगो नलागे पनि मन्त्रीहरूको नाममा भने टुंगो लगाएको छ । एमालेबाट सुरेन्द्र पाण्डे र विद्या भण्डारीले शपथ लिइसकेका छन् भने शंकर पोखरेल, रघुवीर महासेठ, रवीन्द्र श्रेष्ठ र भीम रावल अथवा भानुभक्त जोशीलाई मन्त्री बनाउन एमाले शीर्ष नेतृत्वले अनौपचारिक निर्णय गरेको छ । कांग्रेसले गृहको सट्टा अर्थ मन्त्रालय लिने प्रस्ताव राखेको छ भने एमालेले रक्षा छाडे गृह लिने अडान लिएको छ । त्यस्तै शान्ति तथा पुनर्निर्माण र सञ्चार मन्त्रालयमा पनि एमालेको दाबी छ । फोरमले गृह, जलस्रोत, शिक्षा, भौतिक योजना तथा निर्माण, स्थानीय विकास र कृषि मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ । तमलोपाले विकासे र जनसम्पर्क भएका मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ । फोरम नेता शरतसिंह भण्डरीले पार्टीको तर्फबाट ६ वटा मन्त्रालयको दाबी गरिएको बताए । उनले फोरमले गृह, जलस्रोतलगायतका मन्त्रालयहरू दाबी गर्नु अस्वाभाविक नभएको पनि बताए । 

फोरमबाट अध्यक्ष उपेन्द्र यादव, संसदीय दलका नेता विजयकुमार गच्छदार, नेता शरतसिंह भण्डारी, निलम वर्मा, रामेश्वरराय यादव सरकारमा जाने बुझिएको छ । अध्यक्ष यादवको संयोजकत्वमा मंगलबार बिहान बस्ने पार्टीको कार्यदलको बैठकले मन्त्रीहरूको नामलाई अन्तिम रूप दिने नेता भण्डारीले बताए । त्यस्तै सद्भावना पार्टीले विगतदेखि नै सञ्चालन गर्दै आएको आपूर्ति मन्त्रालय र अर्को एउटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । नेकपा मालेले भूमिसुधार मन्त्रालयको दाबी गरेको छ । नेकपा संयुक्तले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको दाबी गरे पनि उसको भागमा विज्ञान तथा प्रविधि मन्त्रालय नै पर्ने बुझिएको छ । 

कांग्रेसमा नेतृत्व विवाद कायमै 
कांग्रेसमा एमाले नेतृत्वको सरकारमा कसले नेतृत्व गर्ने भन्ने विवाद कायमै छ । सरकारको नेतृत्व गर्न उपसभापतिद्वय रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पहल गरिरहेका छन् । तर, सभापति गिरिजाप्रसाद कोइराला छोरी सुजाताको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउने पक्षमा रहेको स्रोतको दाबी छ । उता महामन्त्री विमलेन्द्र निधिले पनि सरकारको नेतृत्व गर्न पाए सरकारमा सहभागी हुने अन्यथा बाहिर नै बस्ने बताउँदै आएको स्रोतको दाबी छ । 

पार्टीका कार्यवाहक सभापति सुशील कोइराला उपसभापति प्रकाशमान सिंहको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । महामन्त्री निधिको पक्षमा वरिष्ठ नेता शेरबहादुर देउवा लागिपरेका छन् । उपसभापति पौडेलले सरकारको नेतृत्व गरे शान्ति मन्त्रालयसहित उपप्रधानमन्त्री हुने स्रोतको दाबी छ । सिंहको नेतृत्वमा कांगे्रस सरकारमा गए उनले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउने बुझिएको छ । त्यस्तै सुजाता सरकारमा गए परराष्ट्र पाउने लगभग पक्काजस्तै छ । 

कांग्रेसले यसपटक अर्थ मन्त्रालयको जिम्मेवारी डा. प्रकाशशरण महतलाई दिने भएको छ । सभापति कोइरालालगायतका केही नेताले रामशरणलाई नै सो मन्त्रालयको जिम्मेवारी दिनुपर्ने धारणा राखे पनि प्रकाशशरण नै अर्थमन्त्री बन्ने निश्चितप्रायः छ । कांग्रेसले मन्त्रालय र बरियताक्रम हेरेर मोहम्मद आफ्ताव आलम, अजय चौरसिया, सूर्यमान गुरुङ, सुशीलमान शेरचनलगायतलाई सरकारमा पठाउने आन्तरिक गृहकार्य गरेको बुझिएको छ । त्यसैगरी, सुप्रभा घिमिरे, उमा अधिकारी, महालक्ष्मी उपाध्यायमध्येबाट एकजनालाई मन्त्री बनाउने तयारी कांग्रेसले गरेको छ । मंगलबारको सर्वदलीय बैठकपछि सभापति कोइरालाले सरकारमा पार्टीको नेतृत्व र सहभागिताको अन्तिम टुंगो लगाउने स्रोतको दाबी छ । 

प्रधानमन्त्री-सभामुख भेट 
संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सभामुख सुवास नेम्वाङ र प्रधानमन्त्री नेपालबीच सोमबार साँझ छलफल भएको छ । प्रधानमन्त्री नेपाललाई भेट्न सभामुख नेम्वाङ साँझ प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । नेम्वाङले संसद्को गतिरोध कायम भए संविधान निर्माणमा गम्भीर असर पर्ने भएकाले दलहरूबीच सहमति गरी अगाडि बढ्न प्रधानमन्त्री नेपाललाई आग्रह गरेका थिए ।

source:

भारतीय राजदूत सूदद्वारा कोईराला र ओली सित छुट्टा-छुटटै भेट

भारतीय राजदूत सूदद्वारा कोईराला र ओली सित छुट्टा-छुटटै भेट 

2009-06-01 12:36:26

भारतीय राजदूत सूदद्वारा कोईराला र ओली सित छुट्टा-छुटटै भेट 

नेपालका लागि भारतीय राजदूत राकेश सुदले कााग्रेस सभापति गिरीजाप्रसाद कोईराला र एमाले नेता केपी ओलीलाई भेटेर सरकारलाई छिट्टै पूर्णता दिन  आग्रह गर्नु भएको छ । बिहान कााग्रेस सभापति कोईरालालाई भेट्न महाराजगञ्ज पुग्नु भएका सुदले अरुदलहरु पनि सरकारमा आउने संकेत पाएको भन्दै सरकारलाई पूर्णता दिन आग्ह गर्नु भएको हो । दलहरुबीचको एकता र सहमतिले नेपालको शान्ति प्रकृया निष्कर्षमा पुग्ने भन्दै  उहााले सरकारलाई पूर्णता दिनमा भएको ढिलाईले जटिलता थप्ने आंशका व्यक्त गर्नुभयो  । त्यस्तै एमाले नेता केप्ाी ओलीलाई भेटेर पनि सुदले छिट्टै सरकारलाई पूर्णता दिन आग्ह गर्नु भयो । स्रोतले दिएको जानकारी अनुसार दुवै नेताहरुसंगको भेटमा भारतीय राजदूत सुदले फोरमको विवाद पनि सुल्भिmएकोले अरु दलहरुपनि सरकारमा आउने संकेत पाएको बताउनु भयो । भारतीय राजदूत सुदले आफ्नो कार्यकालको शुरु देखिनै राजनीतिक भेटवार्तालाई बढी महत्व दिदै आउनु भएको छ ।

source:

http://www.unn.com.np/news_detail.php?id=2727


Sunday, May 31, 2009

कोइराला - सुद भेट

कोइराला - सुद भेट

काठमाडौं, जेठ १८ (नागरिक) नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले भारतीय राजदूत राकेश सुदसँग सोमबार बिहान भेट गरेका छन्। नयाँ सरकारको मन्त्रालय बाँडफाँटमा दलहरुबीच विवाद रहेको र न्यूनतम साझा कार्यक्रम निर्माणको अन्तिम चरणमा भारतीय दूत सुदले कोइरालालाई भेटेका हुन्। बिहान ९ बजेदेखि करिब २५ मिनेट चलेको भेटमा कसैलाई पनि सहभागी गराइएको थिएन। कोइरालालाई भेट्न सुद महाराजगन्जस्थित उनको कोइराला निवास पुगेका थिए।

source:
http://www.nagariknews.com/politics/international/1510-2009-06-01-04-25-02.html

Search and Buy from amazon.com