Showing posts with label Maoist. Show all posts
Showing posts with label Maoist. Show all posts

Monday, January 16, 2012

बाध्यताको 'मोर्चा’

बाध्यताको 'मोर्चा’


पुस महिनाको चिसो वातावरणमा राजनीतिको मौसम भने निकै तात्यो । सर्वोच्च अदालतले यही अवधिभित्र संविधान निर्माण पूरा नगरे स्वतः विघटन हुने फैसला सुनायो । त्यसले व्यवस्थापिकाको सीमा र क्ष्ाेत्राधिकार मिचेको आरोप व्यवस्थापिका संसद्का केही सदस्य र सरकारका तर्फबाट समेत लाग्यो । आरोप मात्र लागेन, सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावलोकनको माग गर्दै सरकार र संसद्बाट छुट्टाछुट्टै निवेदनसमेत दर्ता गर्ने प्रयत्न भयो । तर, सर्वोच्च अदालतले सरकार र संसद्को निवेदन दरपीठ गरििदयो । स्पष्ट भयो, आगामी १४ जेठभित्र संविधान जारी गर्न सकिएन भने इतिहासमा एक जुनीमा एकपटक आउँछ भनेर गर्व गरएिको संविधानसभाको आफ्नो ऐतिहासिक अभिभारा पूरा नगरी अवसान हुनेछ । अपवादस्वरूप असामान्य राजनीतिक परििस्थति निर्माण भए भिन्दै कुरा हो, सामान्य राजनीतिक परििस्थतिमा सर्वोच्च अदालतको फैसलाविरुद्ध जान सकिने छैन ।

सर्वोच्च न्यायालयको यस फैसलासँगै नेपालको राजनीतिमा एकाएक तीव्र धु्रवीकरण देखा परेको छ । पार्टी-पार्टीबीचमा र एउटै पार्टीभित्र पनि त्यस्तो ध्रुवीकरणको संकेत स्पष्ट रूपमा बाहिरै देखिन्छ । अदालतको फैसलाले एकप्रकारको उत्प्रेरकको भूमिका खेलेको छ, जसले राजनीतिक प्रतिक्रियालाई तीव्र बनाइदिएको छ । यस फैसलापछि सरकारमा रहेका मन्त्रीहरूले नै अनौपचारकि रूपमा नेपालको अदालतलाई प्रतिगामी, व्यवस्थापिका-संसद्लाई यथास्िथतिवादी र सरकारलाई अग्रगामी घोषित गरििदएका छन् । तर, कैयौँ तप्काबाट यसलाई उल्टाएर बुझ्नुपर्ने तर्कहरू पनि सँगै छन् । जेहोस्, संविधानसभाको म्याद थप्न अब नपाइने प्रश्नले उत्पन्न गरेको राजनीतिक तरंगले संसद्वादी पार्टीहरूको बीचमा एकप्रकारको धु्रवीकरणसँगै आन्तरकि विवादले विभाजनको डिलैमा पुगेको एकीकृत नेकपा माओवादीमा समेत एकताको पालुवा पलाउन थालेको छ ।

ध्रुवीकरणको प्रारम्भिक मुद्दा राज्यको आगामी शासकीय स्वरूप कस्तो हुने र माओवादी लडाकूको समायोजन तहगत रूपमा कसरी गर्ने भन्ने देखिएका छन् । यी मुद्दाका वरपिर िरहेर गरएिका बहस, अड्कलबाजी र समीकरणहरूले बाहिर सतहमा झगडा, बेमेल र राजनीतिक कटुता बढाएको जस्तो देखिए तापनि वास्तवमा यस कटुताको वातावरणभित्र अब संविधान बन्छ भन्ने सकारात्मक सन्देशको बीउ पनि छ । अन्तिम अवस्थामा नै लडाइँको वेग तीव्र हुन्छ । अन्तिम निष्कर्षका लागि संविधानको अन्तरवस्तुलाई प्रभावित पार्ने प्रयत्नका रूपमा नै यो ध्रुवीकरणको जन्म भएको छ । माओवादीले प्रस्तावित गरेका मुद्दा र तिनको सम्बोधनको सवालमा त्यहाँभित्रै देखिएको विग्रहले निम्त्याएको राजनीतिक वातावरणमाथि नै वर्तमान ध्रुवीकरण खप्टिएको छ । एउटा पत्र उठाएपछि मात्र राजनीतिको अर्को पत्र देखिनेछ ।

आन्तरकि विवादले थिलथिलो भएर मूच्र्छा परेको माओवादी ब्यूँझिएको छ । ब्यूँझिएपछि उसको यात्रा कतापट्ट िहुनेछ भन्ने टुंगो छैन । समय खेर फाल्ने कार्यदिशाको नामले चिनिएको कागजी विद्रोह पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग समायोजन भइसकेको भए तापनि त्यसको व्यावहारकि अभिव्यक्ति प्रचण्डको 'बडी ल्याङ्वेज'बाट प्रकट भएको छैन, न त पार्टीभित्रको यो नाटकीय घटनाक्रमबारे प्रधानमन्त्री बाबुराम भट्टराईको नै कुनै गम्भीर प्रतिक्रिया आएको छ । यसबाट के अनुमान लगाउन सकिन्छ भने माओवादी केही राजनीतिक मुद्दामा दह्रो अडान लिन चाहन्छ । मोहन वैद्यको ओठको मुस्कानलाई फर्काएर उसले गर्न खोजेको संकेत अहिलेलाई यत्ति नै हो । संसदीय शक्तिका बीचमा भइरहेको धु्रवीकरण र माओवादी क्याम्पभित्र भएको एकताले गर्न खोजेको राजनीतिक परविर्तनको अर्थ र परण्िाामबारे विश्लेषण गर्दा निस्कने निष्कर्ष भने एउटै छ, अब संविधान बन्छ । दलहरू अन्तिम लडाइँतिर अग्रसर छन् ।



तीव्र धु्रवीकरण

करबि तीन वर्षको समय अन्तरालमा संविधानसभाको नियमित कार्य त चलिरह्यो तर शान्ति प्रक्रियाको कुनै पनि काम एक कदम पनि अगाडि बढ्न सकेन । सरकार परविर्तन हुँदै गए । नयाँ समीकरणसहित प्रधानमन्त्री पनि बन्दै रहे । तर, शान्ति प्रक्रियासँग जोडिएका मुद्दामा जतिपटक सहमति गरे पनि व्यवहारमा कार्यान्वयन भएन । त्यसको केन्द्रीय चासोको प्रश्न थियो, माओवादीको नेतृत्वमा सरकार निर्माण नहुँदासम्म शान्ति प्रक्रियालाई उसले अगाडि बढाउन चाहँदैन । अझ अगाडि त्यसैसँग जोडिएको अर्को प्रश्न थियो, माओवादीभित्र पनि अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माण नहुँदासम्म शान्ति प्रक्रिया अगाडि बढ्दैन । यही सेरोफेरोभित्र माओवादीको संघर्ष सरकारको नेतृत्व प्राप्त गर्न केन्दि्रत भयो भने नेपाली कांग्रेसलगायत केही संसद्वादी दलहरूको प्रयत्न माओवादीको नेतृत्वलाई रोक्न केन्दि्रत रह्यो । संविधानसभाको तीन वर्षको समय यस्तै प्रकारको उद्देश्यहीन राजनीतिक समीकरणहरूको फेरबदलले खाइदियो ।

कांग्रेस र माओवादी नै वर्तमान शान्ति प्रक्रियाका मुख्य विपरीत धु्रव हुन् । जबसम्म यी दुई शक्तिका बीचमा सहमति हुँदैन, तबसम्म वर्तमान सम्पूर्ण राजनीतिक प्रक्रिया ठप्प हुन्छ । सेनापति प्रकरणपछि यी दुई पार्टीमा बढ्दै गएको दूरीको परण्िााम नै तेस्रो शक्ति अर्थात् प्रयोजनहीन रूपमा सरकारी नेतृत्वमा उदाएको नेकपा एमाले हो । कांग्रेस र माओवादीको द्वन्द्वबाट उत्पन्न भएको शून्य समयमा पसेर एमालेले गरेको सरकारको नेतृत्वको समयावधि नै संविधानसभाको सर्वाधिक खेर गएको समय थियो । शान्ति प्रक्रियालाई मात्र सम्बोधन गर्ने सर्तमा संविधानसभाको म्याद गत १४ जेठमा तीन महिनाका लागि बढाइयो तैपनि हातलागी शून्य नै भयो । अन्त्यमा कांग्रेसलगायतका दलहरू पनि एक ठाउँमा आइपुग्ने परििस्थति बन्यो । कि संविधानसभा विघटन गर्नुपर्छ कि भने माओवादीको नेतृत्वमा सरकार निर्माण गरेर भए पनि अगाडि बढ्न प्रयास गर्नुपर्छ भन्ने साझा सोच निर्माण भयो । त्यतिखेरसम्म प्रचण्डले राजनीतिको तीन वर्षको निरर्थक परत्रिmमा गरसिकेपछि बुझिसकेका थिए कि आफ्नो नेतृत्वमा सरकार बन्न अहिलेलाई सम्भव छैन । यही राजनीतिक परविेशभित्र बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो ।

भिन्नभिन्न राजनीतिक विचारमा विभाजित दलहरूले आ-आफ्नो ढंगले बाबुराम भट्टराई सरकारको विरोध गरेको देखिए पनि त्यो विरोध उल्लेख्य विरोधको अर्थमा थिएन, जो संविधानसभाको म्याद थप्ने बेला स्पष्ट भयो । तर, यो राजनीतिक घटनाक्रमको बाहिरी पक्ष जति स्वाभाविक थियो, माओवादीभित्रको आन्तरकि पक्ष त्यति नै अस्वाभाविक । भट्टराईलाई प्रधानमन्त्री बनाउने व्यक्ति 'विद्रोह'को कार्यदिशाका प्रवक्ता थिए । माओवादीको इतिहासमै पहिलोपटक 'शान्ति' र 'क्रान्ति'को स्वामित्व लिने विपरीत प्रवृत्तिहरूबीच एकत्व कायम भएको थियो । त्यतिबेलै एउटा स्वाभाविक प्रश्न उठेको थियो, वैद्य-भट्टराई गठबन्धन शान्ति र संविधानका लागि हो कि विद्रोहका लागि ? उत्तर पनि अलगअलग आइरहेका थिए । भट्टराई पक्षको दाबी शान्ति र संविधानको पक्षमा वैद्य समूहलाई पनि सहमत तुल्याएको भन्ने थियो । त्यसविपरीत विद्रोहको तयारीका लागि प्रचण्डलाई कमजोर बनाउन भट्टराईलाई उपयोग गरएिको दाबी वैद्य समूहको थियो । भट्टराई प्रधानमन्त्री बनेको क्ष्ाणिक समयमा नै उक्त गठबन्धन एकअर्कोलाई उपयोग गर्न निमर्ाण भएको थियो भन्ने प्रमाणित भयो । तर, त्यो झाँगिँदै जाँदा वर्तमान माओवादीइतर ध्रुवीकरण पनि एउटा महत्त्वपूर्ण कारण बन्न पुग्यो ।

सरकारको नेतृत्व प्राप्त गर्नेबित्तिकै माओवादी लडाकूका हतियार राखिएको कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउने निर्णय गरयिो । प्रधानमन्त्री निवास बालुवाटारमा गरएिको यस्तो महत्त्वपूर्ण निर्णयका बारे वैद्य समूहलाई सुइँको दिन पनि आवश्यक ठानिएन । आफ्ना ज्यादै निकटस्थ ठानिएका सैन्य कमान्डरहरूसँग प्रचण्डले सामान्य विमर्श गरे पनि भट्टराई पक्षमा स्वयं उनलाई बाहेक अन्य कसैलाई पनि थाहा दिइएन । प्रचण्ड र भट्टराईले बालुवाटारमा साँचो बुझाउने कुरा टुंग्याउँदा मात्र होइन, अर्को दिन अखबारहरूमा त्यो आएपछि मात्र वैद्य पक्षले त्यसको जानकारी पायो । वैद्य-भट्टराई गठबन्धनबाट पार्टीको सैन्य विभाग प्रमुख बनाइएका महासचिव रामबहादुर थापासमेत क्रूद्ध बन्नु स्वाभाविक थियो । बहुचर्चित धोबीघाट गठबन्धन तोड्न निकै कुशलताका साथ प्रचण्डको योजना भट्टराईमार्फत अगाडि बढिरहेको थियो ।

साँचो प्रकरणको ठीक पूर्वसन्ध्यामा सम्पन्न मन्त्रिपरिषद्को गठबन्धनमा देखिएको विवाद नै साँचो प्रकरणमा रूपान्तरण भएको थियो । वैद्य पक्षको चाहना पहिले आफू र भट्टराई पक्षका बीचमा कुराकानी टुंग्याएर मात्र प्रचण्डसँग अन्तिम सल्लाह गर्नुपर्छ भन्ने थियो । तर, भट्टराई भने पहिल्यै प्रचण्डसँग सल्लाह गरेर मात्र वैद्यकहाँ पुग्न थालेका थिए । वैद्यले भट्टराईसँग यस उद्देश्यका लागि गठबन्धन गरेका थिएनन् । प्रचण्डलाई कमजोर बनाउने सर्तमा मात्र उनले त्यस्तो गठबन्धन गरेका थिए । तर, भट्टराईका कारणले प्रचण्ड कमजोर होइन, बलियो बन्दै गएको आकलन वैद्य पक्षले गर्न थालेको थियो । त्यसैको प्रकट रूप बन्न पुग्यो अर्थ मन्त्रालय । सहमति अनुसार मुख्य मन्त्रालयको बाँडफाँटमा सीपी गजुरेललाई विदेश तथा उपप्रधानमन्त्री दिनेमा कुनै विवाद भएन । तर, वैद्य पक्षले दाबी गरेको अर्थ मन्त्रालय र अर्थमन्त्रीका रूपमा देव गुरुङको विषयमा विवाद उत्पन्न भयो । प्रचण्डले त्यसको विरोध गरेपछि भट्टराईले पनि आफूनजिकको व्यक्तिलाई नियुक्त गर्ने लालसामा गुरुङलाई अस्वीकार गरे । भट्टराई त्यतिबेला खङ्ग्रङ्ग भए जब अर्थमन्त्रीका लागि प्रचण्डले वर्षमान पुनको नाममा अड्डी लिए । यही घटना नै वैद्य-भट्टराई गठबन्धनको चुडान्त क्षण बन्न पुग्यो ।

विशेष रूपले यस घटनालाई यहाँ किन स्मरण गरएिको हो भने संविधान निर्माण र शान्ति प्रक्रियालाई एउटा दलभित्र उत्पन्न पदीय विवादले समेत कति गहिरो प्रभाव पार्दोरहेछ र त्यसले दलीय सीमा नाघेर कसरी राष्ट्रिय राजनीतिलाई ध्रुवीकृत गर्दो रहेछ भन्ने दृष्टान्त हो यो । माओवादीको घरझगडा नेपालको सबैभन्दा ठूलो पार्टी र शान्ति प्रक्रियाको एउटा सिंगो अंश हो । त्यसले माओवादीलाई मात्र असर गरेन अपितु राष्ट्रिय राजनीतिको कैयौँ पक्षलाई प्रभावित तुल्यायो । प्रारम्भमा सरकारले जति सरलताका साथ शान्ति प्रक्रियालाई टुंग्याउने दिशामा हात लामो पारेको थियो, विवाद बढ्दै जाँदा आफ्नै निर्णयहरू उल्टिँदै जाने परििस्थतिको निर्माण भयो । वैद्य दबाब, आरोप र असहयोगको आयतन बढ्दै जाँदा भट्टराई-प्रचण्ड एकै ठाउँ उभिनुपर्ने परििस्थति तयार भयो । र, वैद्य समूहलाई सामान्य रूपमा सम्बोधन गर्दै र उदासीन रहँदै शान्ति प्रक्रिया टुंग्याउने सहमतिमा भट्टराई-प्रचण्ड पुगे ।

तर, परििस्थति उनीहरूले सोचेजस्तो भएन । विवाद पार्टी विभाजनको नजिक पुग्न थालेपछि अन्य शक्तिकेन्द्रहरूले पनि धमिलो पानीमा खेल्न खोजे, सकेसम्म माओवादीलाई विभाजित गर्ने, नसके यही कमजोर बेलामा सकेसम्म माओवादीलाई उसका मुद्दाहरूको अडानबाट स्खलित पार्ने । संविधान निर्माण र शान्ति प्रक्रियामा पार्टीभित्रको विवाद बढ्दै जाँदा प्रचण्डमा अचम्मको लचकता देखिएको थियो । संसदीय पार्टीहरू र खास शक्तिकेन्द्रहरूले उनको लचकतालाई असाध्यै रोचकतासाथ हेररिहेका थिए । आ-आफ्नै कोणबाट त्यसको अर्थ र परण्िााम पनि खोजिँदै थियो । ठीक यही विन्दुमा आएर माओवादीको लचकताको सीमा चुडाइदिने अभिप्रायसहित माओवादीइतर ध्रुवीकरण तयार भयो । तर, यस्तो ध्रुवीकरणले माओवादीको तीव्र विखण्डनलाई अझ रफ्तारमा पुर्‍याइदिने उनीहरूको आशाविपरीत उनीहरूलाई पनि जुट्नैपर्ने स्थानमा पुर्‍याइदियो । प्रचण्ड र वैद्यको बाध्यकारी संयोजनलाई अहिले ठीक त्यसैगरी आकलन गरँिदैछ, जतिबेला वैद्य-भट्टराई गठबन्धनको आकलन गरन्िथ्यो । अर्थात् वर्तमान प्रचण्ड-वैद्य एकता शान्ति र संविधानका लागि हो वा विद्रोहका लागि ? यसका लागि बाह्य ध्रुवीकरणले पैदा गरेको माओवादीको बाध्यकारी एकताको लेखाजोखा गर्नैपर्छ ।



बाध्य प्रचण्ड

प्रचण्डको राजनीतिक अस्ितत्व उनको संगठनात्मक अस्ितत्वसँग जोडिएको छ । र, उनको संगठनात्मक अस्ितत्व वैद्य र भट्टराईको समूहसँग जोडिएको छ । त्यसकारण प्रचण्डका लागि पार्टी एकताको महत्त्व वैद्य र भट्टराईलाई भन्दा कैयौँ गुणा बढी छ । पार्टी एकताका लागि कागजमा जे गर्न पनि तयार रहने प्रचण्ड व्यवहारमा भने आफ्नै सोचमा अगाडि बढ्छन् । त्यसो गर्दा एउटा निश्चित विन्दुमा पुगेपछि अन्तरविरोध तीव्र बन्छ । अन्तरविरोधको तीव्रता जोसँग सबैभन्दा बढी हुन थाल्छ, प्रचण्ड त्यही फर्किन्छन् र नयाँ गठबन्धन बन्छ । वाद-विवादहरू आफ्नो ठाउँमा चल्दै जान्छन् । प्रचण्ड भने निस्िफक्री पुनः आफ्नो व्यावहारकि राजनीतिक यात्रामा निस्कन्छन् । माओवादी हुँदै एकीकृत माओवादीको वर्तमान अवस्थासम्म पनि उनको राजनीतिक यात्राको प्रवृत्ति र अन्तरविरोधको समाधानको विधिमा कुनै परविर्तन आएको देखिन्न । दुई दशक लामो पार्टी इतिहासमा उनै पात्रहरूको बीचमा मात्र उत्पन्न भइरहने अन्तरविरोधको समाधान एउटै विधिबाट गर्न सक्ने प्रचण्डको क्षमताबाट उनको पार्टीभित्र मात्र होइन, बाहिरको राजनीतिक जमात पनि उत्तिकै हैरान र अचम्ममा छ । प्रचण्डको खूबीको यो सनातन प्रयोग अहिले पनि सफल ठहरएिको छ ।

विभाजनको सँघारमा पुगिसकेको पार्टीलाई फेर ितानेर ल्याउने जाँगर भने यसपटक प्रचण्डमा मरसिकेको थियो । शान्ति र संविधानको मार्गचित्रबाट पछाडि हट्दा उनले बेहोर्नुपरेको बाह्य क्ष्ाति र त्यसविपरीत आफ्नै पार्टीभित्र विद्रोहबाट पछाडि हट्दा बेहोर्नुपरेको सांगठनिक क्षतिले लामो समयसम्म बिरामी भएका प्रचण्ड भर्खरै तंगि्रँदै थिए । यस्तो परििस्थतिमा फेर िवैद्यको समूहलाई अँगालो हालेर सुधि्ररहेको आफ्नो छविलाई बिगार्ने पक्षमा उनी थिएनन् । त्यसकारण शान्ति र संविधानको मार्गमा अविचलित हिँड्ने कुरामा उनी दृढ बन्दै गएका थिए । पार्टीभित्र वैद्य समूहले आधा दर्जन गालीबाट मात्र उनको नाम उच्चारण गर्न थालिसकेको थियो । प्रचण्ड पनि अब पार्टी एकतालाई जोगाउन सकिन्न भन्ने निष्कर्षमा पुगिसकेका थिए । तैपनि, आफ्ना तर्फबाट फुटको दोष नबोक्ने अभिप्र्रायले वैद्य समूहको आक्रामक अभिव्यक्तिप्रति उनी उदासीन थिए । खासमा शान्ति प्रक्रियालाई आफू अनुकूल प्रयोजनमा अन्त्य गर्न सकियो भने वैद्यहरू पार्टीबाट बाहिरएि पनि बेहोर्ने मनस्िथतिमा थिए उनी । तर, घटनाक्रम प्रचण्डको चाहना अनुरूपको थिएन ।

स्वैच्छिक अवकाशमा जाने लडाकूहरूलाई शिविरबाहिर निकाल्ने सरकारको निर्णयले प्रचण्डलाई मुख्य रूपमा झस्कायो । एकातिर भारतसँग दुईपक्षीय लगानी सुरक्षा तथा संरक्षण सम्झौता -बिप्पा) गर्दा प्रचण्डलाई भट्टराईले खासै महत्त्व नदिएको घाउ आलै थियो । त्यसैको प्रतिक्रियास्वरूप प्रचण्डले आफ्नो दस्तावेजमा बिप्पाबारे पार्टी निर्णयका रूपमा बचाउ गरेका थिएनन् । त्यसबाट भित्रभित्र प्रचण्डसँग भट्टराई असन्तुष्ट भइरहेका थिए । अर्कोतिर मुख्य डेपुटी कमान्डरहरूको सल्लाहमा सहमत बनेका प्रचण्डको चाहनाविपरीत एक्कासि भट्टराईबाट एक साताभित्र स्वैच्छिक अवकाशमा जाने लडाकूहरूलाई बिदाइ गर्ने निर्णय आएपछि उनको आशंका बढ्यो । प्रचण्ड र डेपुटी कमान्डरहरूको प्रस्तावचाहिँ लडाकूहरूको दर्जाका बारेमा अन्तिम सहमति भएपछि मात्र सबै कमान्डरसहितको १० हजार ३ सयको संख्यालाई नै एकैचोटि बिदाइ गर्नुपर्ने थियो । किनभने, समायोजनमा जाने कमान्डरहरूलाई नै सेनाले 'डाउनसाइज' गर्दा ३ हजार २ सयभन्दा बढी संख्यामा रहेकामध्ये कमान्डरहरूलाई अयोग्य बनायो भने त्यसको प्रभाव नकारात्मक हुने ठहर प्रचण्डलगायत कमान्डरहरूको थियो । त्यसले गर्दा सेना समायोजन विशेष समितिका सचिवालय सदस्यहरू चन्द्रप्रकाश खनाललगायतले दर्जा निर्धारणको अन्तिम टुंगो लगाउनका लागि विशेष समितिलाई एउटा खाका तयार गरेर पठाए । तर, उक्त खाकाबारे कुनै छलफल नभईकन एक्कासि सरकारको एक साताभित्र स्वैच्छिक अवकाशमा जाने लडाकूहरूलाई बिदाइ गर्ने निर्णय आयो ।

सरकारको माथिल्लो निर्णय आएपछि सेना समायोजन विशेष समितिको सचिवालयले २५ पुसमा नै शिविर प्रस्थान गर्ने कार्यतालिका बनायो । तर, प्रचण्डको निर्देशनमा माओवादी सचिवालय सदस्यहरूले त्यसको विरोध गरे । क्याम्पमा आफूहरू नजाने र अरू कोही पनि त्यहाँभित्र पस्न नसक्ने चेतावनी दिए । आफू मातहतका कमान्डरहरूलाई पनि शिविरभित्र अनधिकृत व्यक्तिहरूलाई प्रवेश नगराउन निर्देशन दिए । यसबाट सरकारको निर्णय ठप्प भयो । परण्िााम, भट्टराई र प्रचण्डको सम्बन्धमा दरार पैदा भयो । यस घटनाले एकातिर भट्टराईलाई पनि विश्वास गर्न नसकिने र अर्कोतिर वैद्यलाई पनि माया मार्ने हो भने आफ्नो राजनीतिक प्रभुत्व नराम्ररी प्रभावित हुने महसुस प्रचण्डले गरे । परण्िाामस्वरूप उनी पुन दुवै समूहलाई समदूरीमै राखेर अगाडि बढ्ने निर्णयमा पुगे । प्रचण्डको सेना समायोजनको पछिल्लो खाका र दर्जा निर्धारणको स्िथति देखेपछि विपक्षी राजनीतिक दलहरू पनि आक्रोशित भए । सरकारको निर्णय कार्यान्वयन नगर्ने नियत प्रचण्डमा देखेपछि त्यसदेखि वैद्य समूह उत्साहित हुँदै आयो ।

अझ जस्तोसुकै सहमति गरेर भए पनि शान्ति प्रक्रिया टुंग्याउन खोजेको आरोप लागेका भट्टराईको निर्णयलाई प्रचण्डले ठप्प पार्दै महानिर्देशनालयमा आफ्नो एक जना जनरल नराख्ने हो भने सेना समायोजनको कुनै अर्थ नहुने र त्यो सम्मानजनक पनि नहुने बताएपछि वैद्य पक्ष झनै उत्साहित भयो । यहाँसम्म कि यदि माओवादीका तर्फबाट महानिर्देशनालयमा जनरल दर्जाको हैसियतमा प्रतिनिधित्व नभएमा एक जना पनि समायोजनमा नजाने भित्री निर्णय प्रचण्ड र उनका निकट सैन्य नेतृत्वको बन्यो । अर्कोतिर, राज्यको शासकीय स्वरूपको प्रश्नले प्रचण्डमाथि दबाब बढाउन संसदीय शक्ति खुलेरै लागेको देखियो । यसरी आन्तरकि र बाह्य दबाबको चेपमा फस्दै गएका प्रचण्डले पार्टी एकतालाई पहिलो प्राथमिकता राख्नुुपर्ने बाध्यता महसुस गरे । त्यसैको परण्िाामस्वरूप उनले आफ्नो प्रतिवेदन फिर्ता लिँदै एकताको साझा प्रस्ताव ल्याउन बाध्य भए ।



लाचार वैद्य

पार्टी विभाजनको औपचारकि घोषणा गर्न मात्र बाँकी रहेको वैद्य समूह कसरी पुनः प्रचण्डको नेतृत्वलाई स्वीकार्न बाध्य भयो ? यो बाध्यताको सिकार वैद्य समूह कसरी भयो ? बाध्यकारी कथाको वैद्य प्रकरण पनि विभिन्न समीकरणको जाँतोमा पिसिएपछि पुनः त्यसै ठाउँमा आइपुग्यो । भट्टराईसँग राजनीतिक गठबन्धन गर्नु आफ्नो महाभूल भएको बताउने वैद्य समूहले आफ्नो छुट्टै संगठनात्मक संरचना तयार पारेको दुई वर्षभन्दा बढी भइसक्यो । तर, उसले न आफ्नो छुट्टै राजनीतिक कार्यदिशा निर्माण गरेर अगाडि जान सक्यो, न त वर्तमान राजनीतिक प्रक्रियालाई स्वीकार गर्न सक्यो । निरन्तरको निकासहीन विरोध, बितन्डा, 'नोट अफ डिसेन्ट' आदिजस्ता प्रक्रियाहरूको अन्तहीन फन्कोभित्र नाचिरहँदा उनीहरूप्रति प्रारम्भमा उत्साहित बनेको कार्यकर्ताको पंक्ति क्रमशः निराश बन्न थाल्यो । विरोधलाई नै स्थायी कार्यनीतिमा बदल्ने वैद्य सोचले त्यहाँभित्र पनि उपगुटहरूलाई जन्म दियो ।

कुनै पनि हालतमा पार्टी फुटाउनु हुँदैन, 'बार्गेनिङ्' गर्दै शान्ति प्रक्रियामा हस्तक्षेप गर्नुपर्छ भन्ने एउटा समूह देखा पर्‍यो । त्यसको नेतृत्व स्वयं मोहन वैद्यले गरे भने उनका सहयोगी देव गुरुङ देखा परे । यस पंक्तिमा माओवादीमा रहेको बूढो र युद्ध होस् वा शान्ति, दुवै अवस्थामा प्रभावकारी भूूमिका खेल्न नसकेको तप्का उभियो । अर्को समूहले वर्तमान शान्ति प्रक्रियाभित्र हिजोजस्तै जनयुद्धको तयारी गर्नुपर्छ भन्ने मान्यता राख्यो । यसको खास आन्तरकि नेतृत्व नेत्रविक्रम चन्दले गरे पनि बाहिर उल्लिखित मान्यताको निकट पंक्तिलाई देखाउँदा महासचिव रामबहादुर थापालाई देखाइयो । हिजो जनयुद्धमा प्रभावकारी भूमिका खेलेका, ठूलो महत्त्वाकांक्षा बोके पनि अवसर नपाएका, उच्च मनोबलसहित वर्तमान शान्ति प्रक्रियालाई नकार्ने पंक्ति यस लहरमा उभियो । यस पंक्तिले क्रान्ति गर्नु भनेको प्रचण्डको फोटोकपी बन्नु हो भन्ने बुझेको छ । त्यसैकारण यस पंक्तिको नेतृत्वले आफ्नो हैसियतले नभ्याउने विभिन्न खालका शक्तिकेन्द्र धाउने, उनीहरूको प्रायोजित सूचनामा रमाउने र कथित क्रान्तिको तयारीका नाममा रकम र हतियारको जोहो गर्न सुरु गरेको देखिन्छ ।

वैद्य समूहभित्र अर्को अराजक स्वघोषित क्रान्तिकारी पंक्ति पनि छ । त्यसको कुनै खास नेतृत्व पनि छैन । त्यसको न कुनै भविष्यको योजना छ, न त वर्तमानको तालिका नै । त्यो लम्पट सर्वहारा दृष्टिकोण राख्ने अराजकतावादले तुरुन्तै पार्टी फुटाउने र परेको बेहोर्ने दृष्टिकोण राख्छ । बदलिएको नयाँ परविेशसँग संघर्ष गर्नसक्ने चेतना छैन । हिजोको तुलनामा पार्टी बिगि्रएको अनुभूति, आफूले वर्तमान खुला परविेशमा प्रतिस्पर्धा गर्न नसकेको हीनताबोध र कतिपय व्यक्तिहरू भूमिका नपाएको रसिमा पनि यस पंक्तिमा लामबद्ध छन् । भट्टराई र प्रचण्डको उग्र व्यक्तिगत विरोधमा रमाउने यो समूह प्रचण्डले गर्दा नै जनवादी क्रान्ति नभएको ठान्छ । उनले चाहेमा तुरुन्त परििस्थति क्रान्तिकारी सम्भावनामा बदलिन्छ भन्ने मान्यता राख्छ । काम, कर्तव्य र अधिकारप्रति असाध्यै अराजक दृष्टिकोण राख्ने यस पंक्तिमा वाम पाखण्डको बाहुल्य देखिन्छ । यसले पार्टी विभाजन भएपछि स्वतः क्रान्तिको युग सुरु हुन्छ भन्ने मान्यता राख्छ ।

आफ्नै समूहभित्र देखिएका यी विभिन्न प्रवृत्तिको नेतृत्व गर्न मोहन वैद्यलाई पनि सहज भइरहेको थिएन । विद्रोह भन्नेबित्तिकै तात्कालिक कार्यनीति भनेर बुझ्ने जमात र तात्कालिक कार्यनीति शान्ति र संविधान नै हो तर हामीले भनेजस्तो संविधान निर्माण हुन नसके मात्र विद्रोहको कार्यनीति अपनाउने हो भन्ने जमातको बीचमा रहेको अन्तरविरोध पनि यथावतै थियो । अझ महासचिव थापाको नेतृत्वमा नयाँ पार्टी निर्माणको पहल गर्ने र नारायणकाजी श्रेष्ठलाई समेत आफ्नो समूहमा सामेल गर्ने वैद्य समूहको नीतिले उक्त समूहसँग न दीर्घकालीन सोच, न त तत्कालीन सोच छ भन्ने नै प्रमाणित गर्‍यो । अन्ततः कहीँ पनि नपुगिने यात्रामा अनाडी यात्रुहरू बोकेर राजनीतिको अनिश्चित बाटोमा हिँड्नुभन्दा आफ्नो भूमिकालाई संगठनमा बढाउँदै लैजाने र परििस्थति आफू अनुकूल नहुँदासम्म प्रचण्डसँग मिलेर बस्ने सोचमा वैद्य पक्ष पनि पुग्यो ।

सिद्धान्ततः युद्धबाट स्थापित नेतृत्व विस्थापित गर्न त्यसको विपरीत बाटोबाट मात्र सम्भव हुन्छ । जनयुद्धको पुनरावृत्ति गर्ने मौखिक कुराबाट प्रचण्डलाई विस्थापित गर्ने वैद्य सोच व्यावहारकि हिसाबले मात्र होइन, सैद्धान्तिक रूपले नै गलत छ । पहिलो कुरा त प्रचण्डको नेतृत्वमा जनयुद्ध लडिएको मात्र होइन, २० हजारभन्दा बढी मानिस हताहत भएका छन् । र, त्यस्तो क्रान्तिकारी विरासतबाट बनेको व्यक्तित्वसहित उनी मुलुकको प्रधानमन्त्री भइसकेका छन् । त्यस्तो व्यक्तिलाई विस्थापित गर्ने वैद्य पक्षको लडाइँ भने प्रचण्डकै सूत्रानुसार भइरहेको छ । त्यसकारण वैद्यले जबसम्म नयाँ र युद्धको विपरीत बाटोबाट अगाडि बढ्ने सैद्धान्तिक रूपमै पहल गर्ने साहस गर्दैनन्, उनको अभियान प्रचण्डमै गएर टुंगिन्छ । भएको पनि त्यही छ । एउटै नम्बरको बसमा चढेपछि एउटै ठाउँमा पुगिन्छ । र, प्रचण्ड नै चढेको बसमा चढ्ने रहर गर्नु भनेको अन्ततः प्रचण्ड बन्ने रहर मात्र हो । वैद्य समूहको दोस्रो तहका नेताहरूको आशय पनि प्रचण्डको ठाउँमा पुग्ने अभिलाषा मात्र देखिएपछि वैद्यको बाध्यता एकतातर्फ मोडिएको हो ।

वैद्यको अर्को बाध्यता हो, संसद्मा अलग पार्टीका लागि सभासद्हरूको संख्या नपुग्नु । अलग पार्टी घोषणाका लागि वैद्य पक्षले ४० प्रतिशत सभासद्को संख्या पुर्‍याउन पनि कोसिस गर्‍यो । तर, संख्या पुर्‍याउन नसकेपछि ऊ देशव्यापी रूपमा कार्यकर्तालाई आपmनो समूहमा आकषिर्त गर्ने अभियानमा लाग्यो । नेतृत्वपंक्ति साँच्चिकै जनविद्रोहप्रति प्रतिबद्ध हुन्थ्यो भने उसलाई ठूलो र वैधानिक पार्टीको आवश्यकता होइन, क्रान्तिकारी र जुझारु पार्टीको आवश्यकता हुन्थ्यो । तर, उसको अन्तरविरोध पार्टीभित्र र बाहिर वर्चस्वका लागि थियो । संविधानसभाभित्र वैधानिक पार्टीको मान्यता पाएको भए उसले आपmनै स्वतन्त्र पहलमा सरकारको नेतृत्वका लागि नयाँ समीकरण तयार गर्न सक्थ्यो वा संविधानसभालाई विघटन गर्ने कार्यनीति बनाए पनि स्वतन्त्र निर्णय गर्न सक्थ्यो । तर, यो पक्ष पनि सम्भव नभएपछि वस्तुगत परििस्थतिको सहज अवतरण नहुँदासम्म जति सकिन्छ प्रचण्डलाई दबाब दिएर गुटगत फाइदा लिने बाध्यतामा वैद्य पक्ष पनि पुग्यो ।



उदासीन भट्टराई

जनयुद्धको विलोम मार्गबाट आफूलाई शान्ति र संविधानको पक्षमा निरन्तर अडान लिएर भट्टराईले प्रचण्डको विकल्पमा आपmनो नेतृत्वलाई समृद्ध तुल्याएका थिए । युद्धबाट स्थापित भएको बलियो नेतृत्वको विकल्पमा भट्टराईको राजनीतिक लाइन सैद्धान्तिक रूपमा प्रस्ट थियो । उनले प्रचण्डको ढुलमुलविरुद्ध अन्तरसंघर्ष चलाए । र, वर्तमान शान्ति प्रक्रियाको कार्यनीतिलाई आप्mनो कार्यनीति भएको दाबी त गरे तर त्यस दाबीमा अडिरहन सकेनन् । आपmनै बौद्धिक सीमाका कारणबाट उनले अस्पष्ट भाषामा मात्र त्यसको संकेत गरे । तर, कुनै पनि अवस्थामा प्रचण्डको विकल्पमा शान्ति र संविधानको कार्यनीतिलाई आपmनो स्वामित्वमा राख्न सकेनन् । इतिहासले युद्धबाट स्थापित नेतृत्वको विकल्पमा भट्टराईलाई ठूलो मौका पनि प्रदान गरेको थियो । तर, उनले त्यसको उपयोग गर्न सकेनन् । उनले पनि प्रचण्डलाई नै आपmनो निर्विकल्प नेतृत्व माने ।

बाँकी लडाइँ भूमिका र महत्त्वाकांक्षाको मात्रै हुन गयो । भट्टराईले आफूलाई प्रधानमन्त्रीको बाटोमा रहेको अवरोध मात्र हटाउने सर्तमा धोबीघाट गठबन्धन गरे । तर, आफू प्रधानमन्त्री बनिसकेपछि त्यसलाई बचाउन सकेनन् । प्रधानमन्त्री बन्नेबित्तिकै उनको सक्रिय राजनीतिक कर्म नै सकियो । उनको व्यक्तित्वले एउटा उचाइ ग्रहण गरेको थियो । त्यसको व्यावहारकि अनुवाद भने भइसकेको थिएन । व्यवहारमा पनि उनले आपmनो व्यक्तिगत र मनोगत क्षमतामा नहराएको भए राम्रो गर्ने सम्भावना रहन्थ्यो । तर, एक्लै गर्ने र एक्लै जश लिने व्यक्तिवादी चरत्रिले गर्दा उनको शान्तिप्रेमी लोकपि्रयता पनि खस्कँदै गयो । अधिकांश विवादित राजनीतिक मुद्दामा उनको रवैया उदासीन रहन थाल्यो, चाहे त्यो पार्टीबाहिरको होस् वा भित्रको ।

राज्यको शासकीय स्वरूपका प्रश्नमा पनि भट्टराईको दृष्टिकोण उदासीन र विवादास्पद बनेको ठहरमा प्रचण्ड पक्ष पुग्यो । राष्ट्रपतीय प्रणालीको वकालत गर्ने माओवादीले पछिल्लो चरणमा त्यसप्रतिको आशक्ति भित्रबाट त्यागिसकेको थियो । प्रचण्ड पक्ष पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद्बाट निर्वाचित राष्ट्रपतिको सेटमा उभिएपछि त्यहाँभित्र एउटा अघोषित अन्तरविरोध उत्पन्न भएको थियो । भट्टराईले आपmनो नयाँ कार्यनीतिमा संघीयता, राज्यको पुनःसंरचना, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई नयाँ राष्ट्रियताको परभिाषाभित्र राखेका थिए । तर, राज्यको पुनःसंरचना पनि हुने, संघीयता पनि यथास्िथतिवादी हुने र सेना समायोजन पनि सम्मानजनक रूपमा नहुने छाँट देखेपछि उनी अब सकिन्न भन्ने सोचमा पुगिसकेको देखिन्छ । भट्टराईको यस उदासीनताबाट प्रचण्ड पनि सन्तुष्ट बन्न सकेनन् । भट्टराईले जसरी भए पनि यस प्रक्रियालाई टुंग्याउन खोजेपछि प्रचण्डमाथि दबाब बढ्यो । सेनासहितको पार्टीले टकराव रोज्ने हो भने युद्धमै र्फकनुपर्ने र टकराव नलिने हो भने संसदीय पार्टीमा रूपान्तरण हुनुपर्ने बाध्यता माओवादीलाई छ । यस्तो मनोदशामा रहेको माओवादीले अन्तिम मोलमोलाइका लागि पार्टीलाई एकताबद्ध तुल्याउनैपर्ने बाध्यतामा पुग्यो ।

भट्टराई आफूले सरकारको नेतृत्व छोड्नेबित्तिकै शान्ति प्रक्रिया धरापमा पर्ने र संविधानसभाको अन्ततः विघटन हुने मान्यता राख्छन् । झट्ट हेर्दा सर्वोच्च अदालतको निर्णय, संविधानसभाको समय-सीमा र वर्तमान राजनीतिक ध्रुवीकरणले उनकै मान्यतालाई बलियो बनाउँछन् । तर, प्रचण्ड भने विकल्प तयार भएमा प्रधानमन्त्रीका लागि सोच्न सकिने तर्क गर्छन् । उता वैद्य समूहले भट्टराईको राजीनामालाई पार्टी एकताको प्रमुख सर्त बनाएको छ । यस्तो आन्तरकि विवादको किचलोमा फसेको भट्टराई सरकारको हरेक कदमविरुद्ध सर्वोच्च अदालतले अन्तरमि आदेश जारी गररिहेको छ । राजनीतिक समीकरणको ज्यादै प्रतिकूल स्िथतिको आकलन गरेका भट्टराई पार्टीको समग्र वर्तमान घटनाक्रमप्रति आश्चर्यजनक ढंगबाट उदासीन छन् ।

यसरी प्रतिकूल बन्दै गएको बाह्य समीकरणले प्रचण्डलाई नजिक पुर्‍यायो भने प्रचण्ड-भट्टराईबीचमा सेना समायोजनको भट्टराई हतारोले पनि अर्को भूमिका खेल्यो । उता विद्रोहको नटुंगिने विरोधबाट आजित वैद्य समूह पनि प्रचण्डले आफ्नो अडान कायमै राखेको मूल्यांकनमा पुग्यो । उनीहरूले भन्दै आएको आत्मसमर्पणको कथा टुंगियो । र, वैद्य पक्षको अडानलाई सम्बोधन गरेर नयाँ प्रस्ताव तयार पार्न आठ बुँदा रहेको कागजात प्रचण्डकहाँ पठाइयो । त्यसैको सम्बोधनको सर्तमा माओवादीको सम्भावित विभाजनको खतरा टर्‍यो । तर, यस एकता आगामी जेठसम्मको संविधान निर्माण प्रक्रियाभित्र नै सीमित छ । संविधान निर्माणको अन्तिम मोलमोलाइको माओवादी एकताले संविधान निर्माणमा सकारात्मक योगदान गर्छ वा नकारात्मक भन्ने कुरा अहिले नै बताउनु हतारो हुनेछ । किनभने, वैद्य पक्षले प्रचण्डकहाँ पठाएको आठ बुँदामध्येको एउटा 'जनसंविधान नबने जनविद्रोहमा जाने' भन्ने पनि छ । यो बेग्लै कुरा हो कि प्रचण्डले त्यो बुँदा वैद्य समूहलाई नै फिर्ता गरििदएका छन् । तर, वैद्य पक्षले त्यसलाई फेर िप्रचण्डकै पोल्टामा फालिदिएको छ । अब प्रचण्डले कस्तो निर्णय लिन्छन्, धेरै कुरा त्यसैमा निर्भर हुनेछ ।







रुम्जाटार अर्थात् प्रचण्ड निवास



घुम्दैफिर्दै रुम्जाटार भन्ने उक्ति कसरी स्थापित भयो, थाहा छैन । तर, यसको अर्थ हो, जतिसुकै बाटो तय गरे पनि उही ठाउँमा पुग्नु । माओवादीभित्र पनि यो एउटा अनौठो प्रवृत्ति छ । अर्थात् त्यहाँभित्र आफूलाई सबैभन्दा क्रान्तिकारी ठान्ने व्यक्तिहरूको एउटा अचम्मलाग्दो सिक्री छ । त्यो सिक्री एकअर्कोलाई समात्दै गोलाकार पंक्तिमा छ । मोहन वैद्य क्रान्तिकारी पंक्तिका मुख्य नेता हुन् । उनको राजनीतिक हातले देव गुरुङको हात समातेको छ । देव गुरुङको संगठनात्मक हात नेत्रविक्रम चन्दको हातमा छ । चन्दले रामबहादुर थापालाई समातेका छन् । थापाको हात नारायणकाजी श्रेष्ठको हातमा छ । यता श्रेष्ठको दाहिने हात प्रचण्डको हातमा छ । यसरी क्रान्तिकारी सिक्री पूरा हुन्छ । अनि, वैद्य समूह प्रचण्डसँगै पुग्छ र विद्रोह सुक्छ । यो रोचक सिक्रीले क्रान्तिकारी आवाज निकाल्दै जाँदा क्रमशः मधुरो हुँदै नारायणकाजी श्रेष्ठसम्म पुग्दा पूरै आवाज बन्द हुन्छ । अनि, प्रचण्डकहाँ पुग्दा पार्टीभित्र भूमिकाको मोलमोलाइ मात्र बाँकी रहन्छ । क्रान्तिकारी सिक्रीको यस समीकरणले विद्रोहको विप्लवकारी आवाजलाई नारायणकाजीजस्ता श्रेष्ठ अनुवादकद्वारा मोलमोलाइमा अनुवाद गरििदन्छ । विद्रोह घुम्दैफिर्दै रुम्जाटार पुग्छ । वैद्य समूहको रुम्जाटार भनेकै अध्यक्ष प्रचण्ड निवास हो ।







वैद्य र भट्टराईलाई पढ्छन् प्रचण्ड



एकीकृत नेकपा माओवादीभित्र मोहन वैद्य र बाबुराम भट्टराई विद्वान् नेताका रूपमा चिनिन्छन् । वैद्य संस्कृत र नेपाली भाषामा दख्खल राख्छन् । खासगरी संस्कृत भाषाको अध्ययनले गर्दा पूर्वीय दर्शनका बारेमा वैद्यको गहिरो ज्ञान छ । त्यसैका आधारमा माक्र्सवादको शास्त्रीय ज्ञान पनि उनकोअर्को दक्षताको पाटो हो । तर, शास्त्रीय माक्र्सवादलाई तात्कालिक राजनीतिक मार्गचित्रका रूपमा अनुवाद गर्न उनी सक्तैनन् । त्यसकारण उनका सैद्धान्तिक मान्यता माक्र्सवादसंगत भए पनि त्यसको कार्यान्वयन असम्भवप्रायः बन्छ । वैद्यको यो राजनीतिक सीमाले गर्दा पार्टीभित्र उनलाई जडसूत्रवादीको आरोप लाग्छ । र, उनी अन्ततः आफ्नो सुदूर सैद्धान्तिक लहरोलाई खुम्च्याउँदै अध्यक्ष प्रचण्ड वा भट्टराईसम्म आइपुग्छन् । माओवादीभित्रको वैद्य विशेषता सतत चलिरहेको पुरानो मुद्दा हो ।

त्यहाँ भट्टराईको राजनीतिक स्थान भिन्न छ । उनी विज्ञान विषयका एक जेहेन्दार विद्यार्थी हुन् । उनले अधिकांश औपचारकि पढाइ अंग्रेजी माध्यमबाट पूरा गरे । विश्वभरकिा तात्कालिक सैद्धान्तिक र राजनीतिक परविर्तनका घटनासँग अद्यावधिक हुन्छन् । अंग्रेजी र राजनीतिक अर्थशास्त्रमा राम्रो दख्खल राख्ने भएकाले पश्चिमी दर्शनका बारेमा उनको राम्रो अध्ययन छ । यसका आधारमा उनले पार्टीको तात्कालिक राजनीतिक दिशाको निक्र्योल गर्छन् । पार्टीको राजनीतिक कार्यदिशाको सीमा जहिले पनि उनैले निर्धारण गर्ने कारण यही हो । तात्कालिक कार्यदिशा तय गर्ने उनको क्षमतासँग प्रारम्भमा पार्टीभित्र विमति देखिए पनि अन्ततः पार्टी उनकै कार्यदिशामा जान्छ । किनभने, उक्त कार्यदिशाको विकल्प दिने व्यक्ति त्यहाँ अर्को छैन । विरोधले मात्र विकल्प तयार हुँदैन । तात्कालिक राजनीतिक पहलकदमी सिद्धान्तजस्तो सरल रेखामा नहिँड्ने भएकाले उनलाई पार्टीभित्र दक्षिणपन्थी भएको आरोप लाग्छ । तर, तात्कालिक राजनीतिक मुद्दामा प्रचण्ड र वैद्य भट्टराईसँगै आइपुग्छन् ।

पार्टी अध्यक्ष प्रचण्ड भने दिगो र गहिरो अध्ययनमा कमजोर छन् । उनी कुनै पनि दर्शनका विशेषज्ञ होइनन् । उनको न त संस्कृतको अध्ययनमा दख्खल छ, न अंग्रेजीको । तर, यी दुवै विषयका ज्ञाता वैद्य र भट्टराईलाई पढ्नमा प्रचण्डको दख्खल बेजोड छ । त्यसैले उनले भट्टराईको भीषण अन्तरविरोधलाई जसरी सजिलोसँग हल गर्छन्, ठीक त्यसैगरी वैद्यको अन्तरसंघर्षलाई पनि तह लगाइदिन्छन् । पार्टी फुट्यो, फुट्यो हुन्छ अनि जुट्छ । प्रचण्डले किताबभन्दा बढी मान्छे पढ्ने हुनाले माओवादीको एकता जहिले पनि अक्षुण्ण रहँदै आएको छ । आफ्नै पार्टीभित्रका यी दुई जना विशेष मान्छेहरू पढ्न प्रचण्ड ज्यादै निपुण छन् । प्रचण्डले वैद्य र भट्टराईलाई पढेर हासिल गरेको पूर्वीय र पश्चिमी दर्शनको 'फ्युजन'ले पार्टी एकता बचाउँदै आएको छ ।







भट्टराईः नेता कि स्वामी ?



एकीकृत माओवादीभित्र वैचारकि नेता र विद्वान् भनेर चिनिने बाबुराम भट्टराई नेता नभई आश्रमका स्वामीजस्ता लाग्छन् । उनले बोलेपछि त्यसको कार्यान्वयनको पक्ष कहिल्यै पनि उनको प्राथमिकतामा पर्दैन । त्यसकारण उनले भनेको कुरालाई कसैले गम्भीरतापूर्वक लिँदा पनि लिँदैन । ऋषिमुनिहरू भक्तहरूलाई जम्मा पारेर अर्ती, उपदेश र दीक्षा दिन्छन् । भट्टराईले पनि आफ्नो नेतृत्व क्षमतालाई ऋषिमुनिकै विधिमा रूपान्तरण गरेका छन् । उनको कार्यकर्ता दुर्गम पहाडी जिल्लाबाट भेट्न आयो भने उनी भरपूर विचार दिन्छन् । तर, र्फकनका लागि गाडीभाडा दिँदैनन् । जब कार्यकर्ता घर र्फकन्छ, त्यतिबेला बसको कन्डक्टरलाई भट्टराईको विचार होइन, भाडा नै चाहिन्छ । कार्यकर्ताले 'मसँग भट्टराईजस्तो विद्वान् व्यक्तिले दिएको विचार छ' भनेर बस सञ्चालकले मान्ने कुरा पनि भएन । त्यहीँबाट भट्टराई र कार्यकर्ताको सम्बन्ध छुट्टन्िछ ।

राजनीति कुनै अर्ती-उपदेशको भरमा चल्दैन । त्यसले मानवीय जीवन्तता खोज्छ, त्यतिबेला भट्टराई असफल हुन्छन् । माक्र्सवादबाट मानवीय पक्ष झिकिदिनेबित्तिकै त्यो अधिनायकवाद हुन्छ । त्यसकारण भट्टराईको आग्रह जहिले पनि सबै व्यक्तिहरू उनकै खाँचो पूरा गर्न बनेका हुन् भन्ने रहन्छ । संगठन उपदेशले हराभरा हुन्छ भन्ने स्वामी विशेषताले नै उनी संगठनमा कमजोर भएका हुन् । उनी कुनै पनि हालतमा आफ्नो कमजोरीलाई हटाउने पक्षमा छैनन् । स्वामी बन्ने उनको बाल्यकालको लालसा माओवादीजस्तो उग्र क्रान्तिकारी पार्टीमा पनि कायमै छ ।


source:

http://www.ekantipur.com/nepal/article/?id=3216


Tuesday, September 13, 2011

माओवादीले जस लिने कांग्रेस-एमालेको डर

शान्ति प्रकृयामा भट्टराईको गति किन घट्यो ?

'माओवादीले जस लिने कांग्रेस-एमालेको डर'

२७ भदौ, काठमाडौं । आफ्नै पार्टीको चर्को बिरोधका बाबजुद प्रधानमन्त्री हुनासाथ डा. बाबुराम भट्टराईले शान्ति प्रकृया सक्न तिब्ररुपमा काम अघि बढाएपनि पछिल्लो एक साता त्यसमा खासै गति देखिएको छैन् ।

माओवादी हतियार भण्डारण गरिएको कन्टेनरको चावी सरकारलाई बुझाएर त्यसको प्रारम्भ गरेका प्रधानमन्त्रीले तत्कालै लडाकूको बर्गिकरण थाल्ने बताएको भएपनि अहिलेसम्म वर्गिकरण अगाडी बढ्न सकेको छैन् । बरु प्रधानमन्त्री भट्टराई शान्ति प्रकृयालाई छाडेर शासकीय सुधारका काममा पो केन्द्रीत भएका हुन कि जस्तो देखिन थालेको छ ।

तर, माओवादीले भने आफ्नो पार्टी कुनै पनि सर्तमा शान्ति प्रक्रियालाई पूरा गर्न लागेपनि कांग्रेस र एमालेले पूर्व सहमतिबाट पछि हट्दै नयाँ नयाँ सर्त राख्न थालेपछि शान्ति र संविधान निर्माण प्रक्रिया प्रभावित भएको बताउँछ । दुई दलले लडाकू बर्गिकरणमा समेत अबरोध गरेका छन भने शान्ति प्रकृया नसकिएसम्म संबिधान बनाउन नपाइने भन्दै अडान लिइरहेका छन् ।

यसअघि जेठ १४ मा संविधानसभाको म्याद थप्दा नेपाली कांग्रेस ६ हजार लडाकू समायोजन गर्न सहमत भएको थियो । उसको एउटैमात्र सर्त थियो-’कन्टेनरको चावी सरकारलाई बुझाउनुपर्छ ।’ झलनाथ खनाल प्रधानमन्त्रीमा रहँदा एमालेले ७ देखि ८ हजारसम्म लडाकू समायोजन गर्न सकिने, लडाकूका लागि मापदण्ड फेर्ने, ५ देखि ७ लाख रुपैयाँ पुनस्थापना प्याकेज दिने लगायतमा सहमति जनाएको थियो । तर, भट्टराई प्रधानमन्त्री हुनासाथ कांग्रेस र एमाले दुवैले चार हजारभन्दा लडाकू समायोजन हुन नसक्ने, पुनस्थापना हुन चाहानेलाई ३ लाख रुपैयाँ दिने र तत्कालै हतियार बुझाउनुपर्ने सर्त राखे । पहिले महानिर्देशनालयको प्रस्तावलाई स्वागत गरेको कांग्रेस अहिले त्यसलाई मान्न नसकिने बताइरहेको छ ।

‘अहिले माओवादी र प्रधानमन्त्री भट्टराई शान्ति र संविधान निर्माणमा प्रतिवद्ध देदिएका छन्’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भन्नुभयो-’तर, कांग्रेस र एमाले पूर्व सहमतिहरुबाट समेत पछाडी हटेका छन् । कतै उनीहरु शान्ति प्रक्रिया पूरा गर्न नचाहेको हो कि भन्ने आशंका उठेको छ ।’ बाबुराम भट्टराईको नेतृत्वमा शान्ति प्रक्रिया पूरा गरी संविधान निर्माण गरे माओवादीले जस पाउँछ भन्ने कांग्रेस र एमालेको डर छ । ‘अहिले कांग्रेस र एमालेमा माओवादीले शान्ति र संविधान निर्माण पूरा गरेर जस लिने भयो भन्ने डर देखिएको छ’ श्रेष्ठले भन्नुभयो-’सबै विषयमा लिचिलो भएर आउँदा पनि टाँगै मुनी छिराउनु खोज्नु भनेको शान्न्ित प्रक्रिया भाड्न खोज्नु हो ।’

माओवादीले पनि कांग्रेस र एमालेले शान्ति प्रक्रिया पूरा गर्न नचाहेको हो कि भन्ने आशंका व्यक्त गरेको छ । ‘अहिले हामीले शान्ति र संविधान निर्माण पूरा गर्न प्रतिवद्ध भएर आएका छौं’ माओवादी नेता जनार्दन शर्मा प्रभाकरले भन्नुभयो-’तर, विगतमा भएका सहमतिलाई समेत उल्टाएर कांग्रेस र एमालेले शान्ति प्रक्रिया पूरा गर्न नचाहेको देखिएको छ ।’ शान्ति प्रक्रिया सहमतिबाट मात्र अगाडि बढाउनु पर्ने वाध्यकारी प्रावधान रहेको भन्दै उहाँले कांग्रेस र एमाले सहमतिमा आउनु पर्ने बताउनु भयो ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा अनौपचारिक सहमति भएका बिषयमा शान्ति प्रक्रिया पूरा भएपछि मात्र संविधान निर्माण गर्ने कांग्रेसको अडानका कारण माओवादी थप सशंकित भएको छ । आफ्ना लडाकू र हतियार राज्यलाई बुझाएपछि कांग्रेस र एमालेले संविधान निर्माणमा कर्नरमा पर्ने वा संविधान नै नबनाउने हो कि भन्ने उसको आशंका छ । तर राजनीतिक विश्लेषक श्रेष्ठ भने यसले माओवादी मात्र नभई कांग्रेस र एमालेलाई नै विनासको वाटोमा लैजाने देख्नु हुन्छ । ‘माओवादीलाई सफल हुन नदिने नाममा मुलुकलाई नै असफल पार्ने प्रयास भइरहेको छ’ उहाँले भन्नुभयो-’यसले कांग्रेस र एमालेलाई नै विनासको वाटोमा लैजान्छ । जनताले वुझिएरहेका छन् शान्ति र संविधानमा कहाँबाट अबरोध भइरहेको छ भनेर ।’

कांग्रेस नेता एवं विशेष समितिका सदस्य रामशरण महत भने यसलाई अस्वीकार गर्नुहुन्छ । माओवादीको आन्तरिक कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको भन्दै उहाँले भन्नुभयो-’यो माओवादीको शब्दजाल हो । विगतमा भएका सहमतिअनुसार शान्ति प्रक्रिया अगाडि बढाउन माओवादी तयार भए सबै कुरामा सहमति हुन्छ ।’ माओवादीले आफ्ना लडाकू र हतियार राखेर नै संविधान जारी गर्न खोजेको उहाँको आरोप छ ।


source:

http://www.onlinekhabar.com/2011/09/13/87452.html


Thursday, April 29, 2010

एक सय एमाले युवा वाइसीएलमा प्रवेश, मार्चपास जारी

एक सय एमाले युवा वाइसीएलमा प्रवेश, मार्चपास जारी



१७ बैशाख, काठमाडौं । काठमाडौं निर्बाचन क्षेत्र नम्बर ५ बाट एक सय एमालेका युवाहरु शुक्रबार विहान वाईसिएलमा प्रवेश गरेका छन् । महाराजगन्जस्थित कोजिहोम प्यार्टी प्यालेसमा आयोजित कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य नारायणप्रसाद शर्माले नवप्रवेशीहरुलाई अविर लगाइदिएर स्वागत गर्नुभएको थियो ।



प्रचारात्मक कार्यक्रम जारी



यसैबीच शनिबार हुने बृहत जनप्रदर्शनको प्रचारात्मक कार्यक्रमलाई एकीकृत नेकपा माओवादीका भ्रातृ संगठनहरुले शुक्रबार पनि निरन्तरता दिएका छन् । काठमाडौंका विभिन्न स्थानमा विहानैदेखि मार्चपास, दौड जुलुश, मोटरसाइकल र्‍याली लगायतका कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

यसक्रममा वाईसिएलले कोटेश्वरमा मार्चपास गरेको छ भने अखिल नेपाल ट्रेड युनियन महासंघको अगुवाइमा सिनामंगलबाट मोटरसाइकल र्याली निकालिएको छ । मार्चपास तथा र्‍यालीहरुले विभिन्न ठाउँको परिक्रमा गरेका छन् । र्‍याली र मार्चपासमा हजारौंको संख्यामा माओवादी कार्यकर्ताहरु सहभागी छन् । प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवामगन प्रभावित भएको छ ।

मार्चपास र जुलुश पछि कार्यकर्ताहरु सरसफाइ कार्यक्रममा जुटेका वाइसीइएल काठमाडौं उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ले जानकारी दिनुभयो ।

source:

http://www.onlinekhabar.com/wp/2010/04/30/61769.html

Saturday, July 11, 2009

माओवादीद्वारा पदमार्ग निर्माण

माओवादीद्वारा पदमार्ग निर्माण


बाबियाचौर (म्याग्दी), २७ असार- एकीकृत नेकपा माओवादीको लगानीमा विश्व प्रसिद्ध पर्यटकीय पदमार्ग राउण्ड धौलागिरी जाने पदमार्ग निर्माण गरिएको छ। राष्ट्रिय समाचार समितिका अनुसार माओवादीको ५० लाख रुपैयाँको लगानीमा ३५० मिटर लामो पदमार्ग निर्माण गरिएको पार्टीका जिल्ला सचिव लालु किसानले बताएका छन्।

माओवादी कार्यकर्ता, वाइसीएल स्थानीयवासी र मजदुरले पदमार्ग निर्माणका लागि दुई महिनासम्म श्रमदान गरेका थिए। मुदी र बगर गाउँ जोड्ने उक्त स्थानमा घोडेटोबाटो नहुँदा ४०० मिटर टाढासम्म रसीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो।

माओवादीले पूरा गर्न नसकेको पदमार्ग निर्माणका लागि सदरमुकाम बेनीबाट नेपाली सेनाको टोली त्यसतर्फ गएको छ। पदमार्ग निर्माण भएपछि राउन्ड धौलागिरि भ्रमण जाने पर्यटक र स्थानीयवासीलाई सुविधा पुग्ने राससले जनाएको छ।

source:

http://www.nagariknews.com/society/nation/2822-2009-07-11-14-20-42.html



Monday, June 29, 2009

Maoist politburo decides to push for 'national govt'

Maoist politburo decides to push for 'national govt'

The marathon meeting of the politburo of the Unified CPN (Maoist) concluded on Monday, deciding to go for a Maoist-led 'national government'.

"We had serious discussions on the current problems in the country as wellas the party's internal issues during the politburo meeting. We weresuccessful in reaching the right conclusion and consolidating the partyunity," party chairman Pushpa Kamal Dahal at the end of the meeting.

He said the politburo has decided to push for a national government inplace of the "unethically and unconstitutionally established" governmentof 22 parties. He claimed that the national government would be formed ina few weeks.

Saying that the 'reactionaries' are trying to derail the peace process andkeep the Constituent Assembly inactive, Dahal said the party has vowed tostand up to the 'conspiracies' of reactionaries. He also said the partywould continue agitations unless the President's 'unconstitutional' moveis rectified.

The politburo meeting, which ran for two weeks at the office of the Maoistsister organisations at Koteshwor, passed Dahal's 19-page long politicaldocument with minor amendment.

Senior leader Mohan Baidya and his hardliner loyalists had criticisedDahal's document for deviating from the long-held policy of 'people'srevolt' to establish 'people's republic'. However, they did not bring upseparate proposal to counter Dahal's policy document.

It was the first meeting of the Maoist politburo after the party's exitfrom the government.

nepalnews.com June 29 09

source:

http://www.nepalnews.com/archive/2009/jun/jun29/news11.php


Tuesday, June 23, 2009

भूतघरमा माओवादी मुख्यालय

भूतघरमा माओवादी मुख्यालय
९-असार-२०६६,मंगलवार
Image
भूतले दुःख दियो भनेर छोडिएको एक विशाल भवनलाई माओवादीले आफ्नो मुख्यालय बनाएको छ। कोटेश्वरनजिकको अत्यन्त सुन्दर स्थान पेरिसडाँडामा अवस्थित उक्त घर श्रेष्ठ थरका एक सुन व्यापारीले होटेल सञ्चालनका लागि निर्माण गरेका हुन्। तर, होटेल निर्माणकार्य सम्पन्न हुँदा–नहुँदै राति भूत आएर तर्साउन थालेपछि श्रेष्ठको होटल चलाउने सपना चकनाचुर भएको थियो। प्राप्त जानकारीअनुसार, सो घरमा प्रत्येक रात तर्साउने गर्थ्यो। साँझ परेपछि कोठा र चोटाहरूमा भयङ्कर आवाज आउँथ्यो। कहिले रुने, चिच्याउने त कहिले अट्टहासपूर्ण गुन्जन घरभरि फैलने। ऐया210मरें210बचाऊ जस्ता आवाज त पटक–पटक छिमेकीहरूले समेत सुन्न थालेका थिए। त्यति मात्र होइन, राति होटल भवन कुर्न बसेका व्यक्तिहरूलाई भूतले सुतेको ठाउँबाट ओछ्यानसहित कहिले भर्याेङछेउमा त कहिले बाहिरसमेत फाल्न थालेपछि सो घर कुर्ने मानिसहरू नै पाउन छोडिएको थियो। व्यापारी श्रेष्ठले धेरै मानिसलाई घर कुर्नका निम्ति अनुनयविनय गरे, पैसा पनि राम्रै दिए तर एकपटक राति बसेपछि कोही पनि मानिस फेरि फर्किएर जान मानेनन्। प्रत्येक दिनजस्तै अत्यन्त अस्वाभाविक र चमत्कारी घटना हुन थालेपछि अन्ततः सो घर भूतबंगलामा परिणत भयो र मानिसहरू वरिपरि नै जान छोडे। अझ बच्चाहरूलाई त अभिभावकहरूले त्यो क्षेत्रमै जान बन्देज लगाएका थिए। भनिन्छ, त्यो घर बनाएपछि ती व्यापारीको कहिल्यै राम्रो भएन।
मुलुकमा राजनीतिक परिवर्तनसँगै माओवादीहरू राजधानी प्रवेश गरेपछि माओवादीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घको कार्यालय सोही भवनमा राखियो। घरवाला मात्र होइन छिमेकीहरू सबै नै 'कति दिनलाई हो' भनिरहेका थिए। तर अचम्म! माओवादी त्यहाँ पसेपछि एक दिन पनि भूत आएन र तर्साएन। भूतका कारण होटल सञ्चालन गर्न नसकेपछि बैंकबाट लिएको ऋण श्रेष्ठले चुक्ता गर्न सकेनन् र लिलामीमा समेत उनको नाम निस्किएको थियो। माओवादीको प्रवेशपछि एकाएक त्यो घरभित्र शान्ति छाउनुलाई छिमेकीहरूले माओवादीसँग भूत पनि डराउँदो रहेछ भनी टिप्पणी गरे। अहिले सोही घर माओवादीले पार्टी कार्यालयका लागि तीन करोड रुपैयाँमा खरिद गरेको छ।
स्मरणीय के छ भने हाल माओवादीका विभिन्न कार्यालयहरू रहेको ललितपुर कोपुण्डोलस्थित बागमती किनारनजिक रहेको घर पनि माओवादी बस्न आउँदा बैंकले लिलाम गर्ने अवस्थामा पुगिसकेको थियो। अहिलेसम्म पनि उक्त घरको ऋण चुक्ता नभइसकेको बताइन्छ। घरका मालिक राधेश्याम श्रेष्ठका एक हितैषी मित्रले २४ लाखमा सो घर धरौटी राखी अमेरिका गएपछि कुनै सम्पर्क नगरेका कारण उनलाई त्यो ऋणको आपत आइलागेको थियो। पछि उक्त घरमा जो–जो बसे उनीहरूको भलो भएन र केही समय बस्दै छोड्दै गरे। केही राजनीतिक पार्टीहरू पनि नबसेका होइनन्, तर उनीहरू पनि त्यहाँ पुगेपछि फुट्नबाहेक जुट्न सकेनन्। राप्रपा त्यही घरमा बसेको बेला फुटेको हो। पछि नेकपा मालेको कार्यालय बस्यो, हाँसिखुसी त्यो घर भित्रिएका नेताहरू वामदेव गौतम र सीपी मैनालीबीच पछि त्यही घरमा बस्दा विभाजन भएको थियो। र, माओवादीलाई पनि त्यो घरमा बसेर खासै राम्रो भएको मान्न सकिन्न।
बबिता बस्नेत/घटना र विचार
source:
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24980

Sunday, June 21, 2009

Third people's movement to uphold 'civilian supremacy': Dahal

Unified CPN (Maoist) chairman Pushpa Kamal Dahal (File photo)
Unified CPN (Maoist) chairman Pushpa Kamal Dahal (File photo)

Third people's movement to uphold 'civilian supremacy': Dahal

"The party would launch third people's movement by joining forces with nationalist forces," he said at a party ceremony organised in Daman, Makwanpur district, adding that a revolution is necessary to uphold civilian supremacy to counter the growing military dominance in the country.

The former prime minister dubbed the UML-led government a "puppet" installed by "foreign masters" and said it is worthless to expect anything from it.

He also said the people's movement the party would launch will bring to an end "the opportunists, anti-nationalist, and reactionary forces".

Top Maoist leaders reached Daman yesterday to unveil a life-size statute of late Rup Chandra Bista of 'Thaha' movement fame at Shikharkot.nepalnews.com June 21 09

source:

http://www.nepalnews.com/archive/2009/jun/jun21/news03.php


Saturday, June 20, 2009

मेननको भेटघाट प्रभावित

मेननको भेटघाट प्रभावित

काठमाडौं, ७असार (दैनिकी)

नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव शिवशंकर मेननको अन्तिम दिनको भेटवार्ता माओवादीले गरेको सरकारी कार्यालय घेराउका कारण प्रभावित बनेको छ।
मेनन्ले शिहान १०:३० बजे उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गृह मन्त्री भिम रावललगायतसँग सिंहदरबारमा भेटने कार्यक्रम तय भए पनि माओवादीले सिहदरबार प्रवेशमा नै रोक लगाउने गरी गरेको घेराउका कारण मेनन् पनि सिंहदरबार प्रवेश गर्न सकेनन्। मेननले परराष्ट्रमन्त्री सुजाता कोइराला, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलगायतसँग भेट गर्दैछन्।
मेनन् आजै स्वदेश फिर्ता हुदैछन्।

source:

विद्रोहको नीति समेट्न वैद्यको दबाब

विद्रोहको नीति समेट्न वैद्यको दबाब

गंगा बीसी

काठमाडौं, माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा 'जनविद्रोहको नीति समेट्न' वरिष्ठ नेता मोहन वैद्यले दबाब दिएका छन् ।

पोलिटब्युरोको कोटेश्वरमा जारी बैठकमा दाहाल प्रतिवेदन 'पूर्ण नभएको' भन्दै वैद्यले त्यसमा विद्रोहको नीति नसमेटे 'नोट अफ डिसेन्ट' लेख्ने चेतावनी दिएका हुन् । दाहालको प्रतिवेदनमा माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाई जनमुखी संविधान निर्माण गर्ने नीतिलाई प्राथमिकता दिइएको छ ।

'महत्त्वपूर्ण विचार समेटी प्रतिवेदन परिमार्जन नभए फरक मत आउनेछ,' वैद्यनिकट स्रोतले भन्यो, 'विचारलाई संस्थागत गर्नु आवश्यक छ ।'

करिब पौने घन्टा लामो टिप्पणीमा वैद्यले आधा घन्टा माक्र्सवादको व्याख्या गरेका थिए । उनले पार्टी प्रतिवेदन 'सामान्यतः' ठीकै भए पनि आगामी कार्यनीति स्पष्ट हुन नसकेको बताएका थिए । 'सारमा उहाँको टिप्पणी जनविद्रोहको तयारी गर्नुपर्छ भन्ने हो,' एक पोलिटब्युरो सदस्यले भने ।

दाहालको राष्ट्रिय सरकारको प्रस्तावमा वैद्य पक्षले असन्तुष्टि व्यक्त गरेको छ । वैद्यले घुमाउरो पाराले 'कांग्रेस र एमालेसहितको राष्ट्रिय सरकार' बनाउने कुरा सम्झौता मात्र हुने बताएको स्रोतको दाबी छ । 'जनविद्रोहको वातावरण पनि बन्दै गएको र त्यसका लागि पार्टीले तयारी गर्नुपर्ने सार हो,' अर्का सदस्यले कान्तिपुरसँग भने ।

वैद्यले माक्र्सवादको व्याख्या गर्दै पार्टीले 'वर्ग संघर्ष' लाई ख्याल नगर्दा वर्तमान नियति भोग्नुपरेको बताएका थिए । पार्टीमा अन्तरसंघर्ष जरुरी रहेको उल्लेख गर्दै फरक विचारलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

भक्तपुरको खरिपाटी बैठकपछि अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनका विषयलाई समेटेर पार्टीभित्र बलियो एकता कायम गर्न नसकेको उल्लेख गरेका थिए । 'दुई पक्षबीच जुन सहमति भएको थियो, त्यहीअनुसार पार्टीभित्र भावनात्मक कायम हुन सकेन,' वैद्य पक्षका एक नेताले भने, 'भावनात्मक एकताको कुरालाई ख्याल नगर्दा पार्टीमा द्वन्द्व बढदै गएको हो ।' मंसिरको खरिपाटी बैठकपछि मौन रहेका वरिष्ठ नेता वैद्यले पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै फरक मत प्रस्तुत गर्न लागेका हुन् ।

दाहाल नेतृत्वको पार्टी एमालेजस्तै 'संशोधनवादी' धारमा जाने बुझाइ नेता वैद्यको छ । उनको बुझाइलाई गलत सावित गर्न दाहालले प्रतिवेदनमा 'नागरिक सर्वोच्चताको पक्षमा सशक्त आन्दोलन गर्ने' उल्लेख गरेका छन् ।

बैठकमा वैद्यले कांग्रेस र एमाले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई सफल बनाउने पक्षमा नभएको भन्दै उनीहरूसहितको राष्ट्रिय सरकार बन्न नसक्ने धारणा राखेका

थिए । 'राष्ट्रिय सरकार कसरी बनाउने हो स्पष्ट हुन जरुरी छ,' वैद्यले बैठकमा बताए । उनले 'प्रतिक्रान्तिकारीहरू सल्बलाइरहेका बेला राष्ट्रिय सरकारको कुरा गरेर मात्र नहुने' उल्लेख गरेको स्रोतले जनाएको छ ।

वरिष्ठ नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले 'सैद्धान्तिक रूपमा दाहालको प्रतिवेदन' सही भएको बताएका थिए । स्रोतका अनुसार उनीहरूले नागरिक सर्वोच्चताको पक्षमा आन्दोलनलाई सशक्त पार्नुपर्ने बताएका थिए । उनीहरूले 'राष्ट्रिय सरकार' का लागि आन्दोलन नै एकमात्र विकल्प भएको बताएको स्रोतले जनाएको छ । तर दुवै नेताले प्रतिवेदनको थप व्याख्या आवश्यक रहेको उल्लेख गरेका थिए ।

'बैठकपछि पार्टी एकता नयाँ उचाइमा हुनेछ,' नेता श्रेष्ठले कान्तिपुरसँग भने, 'पार्टी अझै क्रान्तिकारी भएर अघि बढ्ने छ ।' मंगलबार सुरु भएको बैठकमा अध्यक्ष दाहालले 'वर्तमान परिस्थिति र सर्वहारा वर्गको दायित्व' शीर्षकको १९ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । माओवादीभित्र 'जनगणतन्त्र' को बहसपछि 'जनविद्रोह' को बहस सुरु भएको थियो ।

दाहाल दामनमा

शनिबार बिहान पोलिटब्युरो बैठक र अपराह्न भारतीय विदेश सचिव शिवशंकर मेननसँग वार्तापछि अध्यक्ष दाहाल बेलुका मकवानपुरको पर्यटकीय स्थल दामन पुगेका छन् । दाहालले आइतबार पालुङमा 'थाहा' आन्दोलन संस्थापक रूपचन्द्र बिष्टको सालिक अनावरण गर्ने कार्यक्रम छ । उनी त्यता गएपछि पोलिटब्युरोको बैठक एक दिन स्थगित भएको छ ।

Posted on: 2009-06-20 19:15:12

source:

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=200147


१५ वर्षमा माओवादीका १८ प्रकरण


१५ वर्षमा माओवादीका १८ प्रकरण


नेत्र पन्थी/नयाँ पत्रिका
काठमाडौं, ५ असार
2009-06-20,Saturday


भूमिगत भएदेखि नै माओवादी पार्टीभित्र कुनै न कुनै प्रकरण भए । कुनै अधिक चर्चामा आए भने कुनैले खासै तरंग पैदा गरेनन् ।

पार्टीभित्र आइपर्ने मतभेद, समस्या र अन्तरविरोधलाई माओवादी नेताले भने 'अन्तर्संघर्ष' भन्ने गरेका छन् । १५ वर्षमा अठार अन्तरविरोध पैदा भए माओवादीभित्र ।
कहिले सैद्धान्तिक मतभेदका रूपमा यस्ता अन्तरविरोध देखापरे भने कहिले व्यक्तिगत मुद्दामा ।

अन्तर्संघर्ष अनिवार्य परिघटना-किरण

कहिले सैद्धान्तिक मतभेदका रूपमा यस्ता अन्तरविरोध देखापरे भने कहिले व्यक्तिगत मुद्दामा ।

१ . गोरखा बैठकमा तीतो
भूमितगत हुनुअघि जनयुद्धबारे माओवादीभित्र योजना निर्माणका क्रममा सघन विमर्श र बहस भएको थियो । यही सिलसिलामा पार्टी नेतृत्वसम्बन्धी अवधारणा पनि जोडियो ।
०५२ कात्तकमा गोरखामा माओवादी बैठक बस्यो । बैठकमा माओवादी नेतृत्वबीच मतभेद थियो । बैठकमा देखिएको मतभेदबारे माओवादीले आफ्नो दस्ताबेजमा उल्लेख गरेको छ 'जनयुद्ध प्रवेशको आवश्यकताअनुसार नेतृत्वको महत्त्व र भूमिकालाई आत्मसात् गरी जुन उचाइमा पुग्नुपथ्र्यो त्यसमा केन्द्रीय समिति पूरा सफल हुन सकेन । बरु बहसले केन्द्रका जिम्मेवार कमरेडहरूबीच चिसोपना र आशंका देखिन पुग्यो ।' तत्कालीन माओवादीका महामन्त्री प्रचण्डले प्रस्ताव गरेको दस्ताबेजमा केन्द्रीय नेतृत्वको भूमिकाको उचाइलाई स्थापित गर्न नसकिएको उल्लेख छ । यसलाई गोरखा बैठकको तीतो भनी सम्भिmन्छन् माओवादी नेताहरू ।

२. सांस्कृतिक विचलन
'जनयुद्ध'ले एक वर्ष पूरा गर्न पाएको थिएन । पार्टीभित्रका केही नेतामा सांस्कृतिक विचलन आएको भन्दै टीकाटिप्पणी र बहस सुरु भयो । केन्द्रीय नेता रामबहादुर थापा बादल, पम्फा भुसाल र हरिबोल गजुरेलमाथि सांस्कृतिक विचलन आएको भनियो । व्यक्तिगत सम्बन्ध र व्यवहारको फेरोमा उनिएको यो 'विचलन-काण्ड' त्यतिबेला सेलायो जतिबेला आरोपीहरूले कारबाही स्विकारे ।

रणनीतिक मतभेद मात्र होइन, व्यक्तिगत प्रवृत्ति र सम्बन्धसँग जोडिएका प्रकरण पनि थुप्रै

कारबाहीअघि यस प्रकरणलाई पार्टीतहले लखनउ हुँदै दिल्ली पुर्‍याएको थियो । पार्टी नेतृत्वको एकमतले कारबाही गरेको थियो बादल, भुसाल र गजुरेललाई ।
माओवादी अध्यक्ष प्रचण्डले यस कारबाहीलाई पार्टीभित्र 'अपरिहार्य तर दुःखद कारबाही' भनेका थिए । कारबाहीका लागि स्वयं प्रचण्डले नै प्रस्ताव गरेका थिए । जनयुद्धमा आउन सक्ने अरू घटनाक्रमलाई निरुत्साहित पार्न माओवादीले त्यतिबेला यस्तो कारबाही चलाएको बताइएको थियो ।

३ शक्ति र तस्बिरको कथा
०५५ साल भाद्र । माओवादीको चौथो विस्तारित बैठकमा नेतृत्वको शक्तिका विषयमा विवाद भयो । प्रचण्डले प्रस्तुत गरेको दस्ताबेजमा बाबुराम भट्टराईलगायतका केही नेताले सन्तुलनका पक्षमा विचार राखे । यही बेला 'किलो सेरा टु अपरेसन' चलिरहेको थियो । प्रचण्डले पेस गरेको केन्द्रीकरणको प्रस्तावमा नेता बाबुराम 'लिबरल' देखिए ।

नेतृत्व केन्द्रीकरणको विवादसँगै १ फागुन, ०५५ मा 'जनादेश' पत्रिकामा प्रचण्डको फोटो छापेर नेतृत्व केन्द्रीकरणको अभ्यास गरियो । जसको उद्देश्य थियो प्रचण्डलाई सर्वमान्य नेताका रूपमा स्थापित गर्नु ।

४. सारसंग्रहवादका विरुद्ध
०५६ सालको केन्द्रीय समिति बैठक पनि माओवादीका लागि सहज भएन । बैठकमा सात युवा सदस्यले भिन्न मतलाई जबर्जस्ती मिलाउन खोज्ने सारसंर्गहवादी प्रवृत्तिविरुद्ध लड्नुपर्छ भन्दै मत प्रस्तुत गरे । जनवादी केन्द्रीयताको अभ्यासलाई जोड दिइएको यो मत पनि पार्टीभित्र लामो समयसम्म विवादको विषय बन्यो ।

५. आलोक प्रकरण
चौथो विस्तारित बैठकपछि पार्टीमा सैद्धान्तिक विषयमा विवाद बढ्दै थियो । कसलै पार्टी रणनीति र सिद्धान्त 'हार्डलाइनर' हुनुपर्ने राय पेस गर्थे भने कसैले अलिक 'लिबरल लाइन'को ।
यही बेला, तत्कालीन वैकल्पिक पोलिटब्युरो सदस्य यानप्रसाद गौतम 'आलोक'माथि पार्टीकेन्द्रमाथि राजनीतिक षड्यन्त्र गरेको, यौन मामिलामा कमजोरी रहेको, आर्थिक अराजकता र नोकरसाही कार्यशैली अंगीकार गरेकोजस्ता आरोप लगाइयो । र, कारबाही गरियो । उनका कमजोरीलाई 'आलोक प्रवृत्ति' भन्दै उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरियो र श्रमशिविरमा पठाइयो । माओवादी पार्टीले पछि श्रमशिविरमै उनको मृत्यु भएको बताउँदै आएको छ । आलोकलाई कारबाही गरेपछि उनका केही समर्थक समेत जनयुद्ध छाडेर भागे ।

६ प्रचण्डपथको पारो
'प्रचण्डपथ' का विषयमा बहस हुँदा पनि माओवादीभित्र धु्रवीकरण देखापर्‍यो । ०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा पथप्रदर्शक सिद्धान्तका रूपमा प्रचण्डपथ पारित गर्दा पनि विवाद जस्ताको तस्तै थियो । पोलिटब्युरो सदस्य अग्नि सापकोटा भन्छन्, 'विचार संश्लेषणका हिसाबले महत्त्वपूर्ण बहस थियो त्यो ।' प्रचण्डपथलाई प्रचण्ड विचारधारा बनाउनुपर्नेसम्मका आवाज उठेका थिए त्यसबेला ।

७. आत्मसमर्पणबारे विवाद
०५९ को अन्त्यतिर सेनाले पक्राउ गरेका मुमाराम खनाललगायतका नेता-कार्यकर्ताले 'आत्मसमर्पण' गरेको आरो लाग्यो । त्यसपछि उनीहरूले अरू नेता तथा कार्यकर्तालाई गिरफ्तार गराएको भन्दै नेताहरूबीच विवाद देखियो । माओवादी र सरकारबीच भएको पहिलो वार्ताकालपछिको समय थियो त्यो । गल्ती स्विकारेर पार्टीमा आएमा त्यस्ता व्यक्तिलाई राख्न सकिन्छ भन्ने तर्क चलेपछि यस विवादको सुरुवात भएको थियो ।

८. पटना प्रकरण
आत्मसर्मपणको विवाद नसेलाउँदै ०६० को पुसमा दिल्लीबाट नेताद्वय मातृका यादव र सुरेश आलेमगर तथा सिलगुढीबाट मोहन वैद्य किरण गिरफ्तारीमा परे । यसपछि जेठ, ०६१ मा पटनाबाट एक दर्जन केन्द्रीय नेता गिरफ्तारमा परे ।
गिरफ्तारीको विषयलाई लिएर पार्टीका केन्द्रीय नेताबीच नै गम्भीर आरोप-प्रत्यारोपमा चल्यो । गिरफ्तारीमा बाबुराम पक्षघर नेतालाई आरोप लगाइयो । भारतीय जासुसी संस्था 'र' सँग मिलेर आफूहरूलाई गिरफ्तार गराएको भन्नेसम्मको आरोप लगाए पटनाबाट गिरफ्तारमा परेका नेताहरूले ।
गिरफ्तारीको मुद्दा भदौ, ०६१ मा रोल्पाको फुन्टिबाङमा बसेको बैठकमा महत्त्वपूर्ण एजेन्डा बन्यो । 'पटना गिरफ्तारी'मा केन्द्रीय नेता देवेन्द्र पौडेल 'सुनील' दोषी रहेको भन्दै उनलाई निलम्बन गर्ने निर्णय भयो । तर, डा.बाबुरामले भने यस निर्णयप्रति असहमति जनाए । र, आरोप प्रमाणित हुनुपूर्व कारबाही गरिनु न्यायोचित नभएको जिकिर गरे । त्यतिवेला पार्टीले यस विषयमा छानबिन समितिसमेत बनायो ।
पटना प्रकरणका झिल्का व्यक्तिगत आरोप-प्रत्यारोप हुँदै पार्टीको रणनीति र सैद्धान्तिक कार्यनीतिसम्म पनि जोडियो । यही विवादका कारण माओवादीले आफ्नो नेतृत्वलाई भारतीय सेल्टरबाट 'आधार इलाका' (रुकुम-रोल्पा ) सार्ने निर्णय गर्‍यो ।

९. दरबार र भारतबारे खिचडी
पटना प्रकरणपछि पार्टी नेतृत्व 'आधार इलाका' मा आए पनि विवाद जस्ताको तस्तै थियो । बरु विवादले अर्को मोड लियो । पार्टीको मुख्य अन्तरविरोध राजतन्त्रसँग हुने कि भारतसँग भन्ने विषयमा पार्टीभित्रै बहस चर्कन थाल्यो ।
प्रचण्डले मुख्य अन्तरविरोध भारतसँग रहेको भन्दै सुरुङयुद्धको घोषणा गरे भने बाबुरामले भारतसँग भन्दा निरंकुश बन्दै गएको 'राजतन्त्र'सँग मुख्य अन्तरविरोध रहेको मत अघि सारे । विवाद चर्कंदै जाँदा बाबुराम पक्षधरले प्रचण्डलाई 'दरबारपरस्त' र प्रचण्ड पक्षधरले बाबुरामलाई 'भारतपरस्त' को आरोप लगाए ।

यसैबीच, ०६१ कात्तिक २३ गते बाबुराम भट्टराईले केन्द्रीय स्कुल विभाग र प्रचार तथा प्रकाशन विभागबाट राजीनामा दिनुका साथै चारबुँदे असहमति-पत्र बुझाए ।
त्यसलगत्तै मंसिर १५ मा पनि उनले १३ बुँदे राजनीतिक बहसका विषयहरू प्रचण्डलाई बुझाए । यसैलाई मुख्य आधार बनाएर बाबुराममा 'विचलन' आएको निष्कर्षमा हेडक्वार्टर पुग्यो । ०६१ माघमा रुकुमको लावाङमा बसेको पोलिटब्युरो बैठकले बाबुरामलाई पार्टीको जिम्मेवारीबाट निष्कासन गर्‍यो । उनीसँगै नेत्री हिसिला यमी र नेता दीननाथ शर्मा पनि कारबाहीमा परे ।

सैद्धान्तिक र रणनीतिक मतभेद मात्र होइन, माओवादीभित्र व्यक्तिगत प्रवृत्ति र सम्बन्धसँग जोडिएका प्रकरण पनि त्यत्तिकै छन्

बाबुरामलाई कारबाही गर्नुपर्ने कारणमा प्रचण्डले दस्ताबेजमा भनेका छन्, 'पार्टी अन्तरसंघर्षलाई वर्गसंर्घषको शत्रुतापूर्ण स्परूप खतरा उत्पन्न हुँदै गएको छ । भट्टराईमाथि समानान्तर हेडक्वार्टर सञ्चालन गरेको, अन्तरविरोध तथा मूल्य-मान्यताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको तथा विगतमा पार्टीबाट निष्कासित दक्षिणपन्थी विसर्जनवादलाई पछ्याएको आरोप छ ।'

तर, ३ साउन, ०६२ सम्म आउँदा कारबाही फिर्ता लिने मुडमा देखिए प्रचण्ड । कारबाही प्रकरणलाई साम्य पार्दै प्रचण्डले बैठकमा राय प्रस्तुत गरे, 'अन्तरसंघर्षका क्रममा विभिन्न व्यक्तिका विभिन्न कमजोरी देखिए पनि पार्टीले संघर्षबाट अन्ततः विचारको विकास गर्ने, रूपान्तरणसहित नयाँ आधारको नयाँ एकता हासिल गरी क्रान्तिलाई नयाँ उचाइमा उठाउन मूल रूपमा सफलता प्राप्त गर्दै आएको छ ।' त्यसपछि कारबाही फिर्ता गरियो ।

१० किन यस्तो क्षति ?
०६१ साउनमा सम्पन्न केन्द्रीय समितिको अर्को बैठकपछि माओवादीले जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको घोषणा गर्‍यो । तर, पार्टीभित्र मतभेद फरक-फरक रूपमा अभिव्यक्त हुने क्रम रोकिएन । ०६१ माघमा सम्पन्न पोलिट्ब्युरो बैठकमा पनि नेताहरूबीच घोचपेच र आरोप-प्रत्यारोप चल्यो, खासगरी फौजी रणनीतिका विषयमा । विभिन्न फौजी मोर्चामा पार्टीले व्यहोरेको क्षतिलाई लिएर नेतृत्वको कडा आलोचना भयो ।

११ श्रेष्ठ र थापा निकालिए
०६२ असोजको चुनवाङ बैठकमा एकढिक्का बनेको माओवादीभित्र फेरि चार महिनापछि अर्को घटना देखापर्‍यो । पार्टीका तत्कालीन केन्द्रीय नेता रवीन्द्र श्रेष्ठ र मणि थापाले पार्टी नेताको चरित्र र कार्यशैलीबारे प्रश्न उठाउँदै पार्टीभित्र 'नयाँ सांस्कृतिक क्रान्ति समूह' गठन गरे ।
२७ फागुनमा पार्टी-नेतृत्वले उनीहरूलाई 'क्रान्तिका भगौडा' भन्दै पार्टीबाट निष्कासन गर्‍यो ।
त्यस प्रकरणबारे माओवादी नेता किरण भन्छन्, 'उनीहरूले कुनै व्यवस्थित अन्तसर्ंघर्ष चलाएनन् बरु पलायनवादी चिन्तनतर्फ लागे ।'

१२ आन्दोलनपछि अन्तरआलोचना
श्रेष्ठ र थापालाई कारबाही भएको दुई महिनापछि माओवादीसहित सातदलकोे जनआन्दोलन सफल भयो । त्यसपछिका केही महिना माओवादीभित्र ठूला समस्या आएनन् । सरकारसँग संवाद चलिरहेको थियो ।
तर, ५ मंसिर ०६३ शान्ति-सम्झौतापछि माओवादी सरकारमा सहभागी भयो । र, सरकारमा बसेर पनि प्रभावकारी काम गर्न नसकेको विषयमा माओवादीभित्र विवाद देखियो । तर, त्यहाँ पनि सरकारमा गएका मन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको भन्दै किरणपक्षधरले चर्को आलोचना गरे । साउन ०६४ मा बालाजुमा सम्पन्न पाँचाँ विस्तारिक बैठकमा यो सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा निकै तीव्र बहस चल्यो । दुवैपक्षवीच आरोप-प्रत्यारोप भयो । तर, संविधानसभा निर्वाचनमा जाने र प्रचण्डलाई भावी नेपालको राष्ट्रपति बनाउने निर्णय गर्दै सम्पन्न भएको कामीडाँडा बैठकसम्म आउँदा भने माओवादी एकमत देखियो ।

१३ आचरण र जीवनशैलीमा ओल्र्यो बहस
संविधानसभा निर्वाचनपछि नेताहरूको जीवनशैली र सभासद्हरूको आचरणको विषयमा अन्तरविरोध देखियो । यसमा पनि किरणपक्षधर र प्रचण्डपक्षधर भनेर छुट्याउने काम भयो । किरण पक्षधर नेताहरूले प्रचण्ड पक्षधर नेताहरू सुखसयल र ऐशपूर्ण जीवनशैलीतिर लागेका भनेर आलोचना बढ्न थाल्यो । यसले पार्टीभित्र दुई खेमाबीच दूरी बढायो ।
वीरगन्जमा नेता विप्लवमाथि आफ्नै कार्यकर्ताबाट आक्रमणले पार्टी नेताहरूबीच ध्रुवीकरण बढायो ।

१४ निशाना मन्त्रीपद
संविधानसभामा माओवादी ठूलो दल बन्यो । कार्यकारी राष्ट्रपति हुने अवस्था नरहेपछि माओवादीले प्रचण्डलाई नै प्रधानमन्त्रीका रूपमा अगाडि ल्यायो । निर्वाचनपछि सरकारमा सहभागी हुने मन्त्रीको नाम-छनोटमा पनि विवाद देखियो ।

१५ खरिपाटीको खरो
गत मंसिरमा सम्पन्न खरिपाटी भेलासम्म आउँदा माओवादीमा फेरि सैद्धान्तिक मतभेद चुलियो ।
'पार्टी सरकारमा छ, जनमत बलियो छ, आफ्नो सेना पनि छ, त्यसैले जनविद्रोहका लागि यो उपयुक्त समय हो' वरिष्ठ नेता मोहन वैद्य किरणको ठहर थियो । तर, 'जनताले संविधान लेख्ने जिम्मेवारी दिएका छन्, जनपक्षीय संविधान नलेखी फेरि क्रान्तिको कुरा गर्नु जनतमाथि धोका हो, यो बेमौसमको बाजाजस्तो हो, लेनिनका शब्दमा केटाकेटी कुरा पनि,' यो तर्क थियो अध्यक्ष प्रचण्डको । दुवै नेताले आफ्नो कार्यनीतिको प्रतिरक्षा र प्रतिस्पर्धी कार्यनीतिको खरो आलोचना गरे खरिपाटी भेलामा ।

भेलामा पार्टी अध्यक्ष प्रचण्डले 'नयाँ वैचारिक एकरूपता र संगठनात्मक एकता हासिल गर्न एकजुट होऔँ, प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ विजय हासिल गर्न दृढतापूर्वक अघि बढौँ' शीर्षकमा राजनीतिक तथा संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए भने अर्का वरिष्ठ नेता मोहन वैद्य किरणले 'पार्टीलाई नयाँ आधारमा एकताबद्ध तुल्याउँदै क्रान्तिकारी कार्यदिशा र कार्यनीतिको विकास गरौँ' शीर्षकमा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

विवाद बढ्दै गएपछि भेलामा सहभागी प्रतिनिधिलाई एक्काइस समूहमा विभाजित गरी प्रस्तावहरूमाथि छलफल गराइयो । तर, कुनै पनि प्रस्ताव पारित गरिएन । बरु दुवै प्रस्तावका सकारात्मक पक्षलाई समावेश गरी नयाँ प्रस्ताव तयार पार्ने निर्णय भयो । भेलामा सहभागी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताले पार्टी-नेतृत्वको आलोचना गरे ।

१६ एकीकरणसँगै बहस पनि
माओवादीले एकताकेन्द्र मसालसँग २९ पुसमा एकीकरण गर्दा प्रचण्डपथ र माओवादलाई बहसको विषय बनाउने र महाधिवेशनमा टुंग्याउने भन्यो । यसैका आधारमा बहस सुरु भएको छ पार्टीभित्र ।
एकताकेन्द्र मसालबाट माओवादीमा प्रवेश गरेकाहरूले 'प्रचण्डपथ'लाई हटाएर 'माओविचारधारा' लागू गराउनका लागि महाधिवेशनसम्म नै कसरत गर्नेछन् । माओवादी नेताहरू माओवाद र प्रचण्डपथलाई नै महाधिवेशनबाट पारित गराउन कसरत गर्नेछन् । एकीकरणप्रति असन्तुष्टि जनाउने माओवादी कार्यकर्तालाई पनि नेताहरूले महाधिवेशनबाट प्रचण्डपथ र माओवाद पारित गर्ने आश्वासन दिन थालेका छन् । जुन प्रशिक्षणको तहमा देखापर्न थालेको माओवादीका एक केन्द्रीय सदयले बताए । एकतापछि केन्द्रीय समिति एक सय ३८ मा पुर्‍याइएको विषयमा पनि पार्टीभित्र असन्तुष्टिका स्वर सुनिएका छन् ।

१७ मातृका विद्रोह

खरिपाटी भेलामै मधेस मुद्दाको विषयमा दस्ताबेजले सम्बोधन नगरेको भन्दै मधेसी नेताहरूले पार्टी-नेतृत्वको आलोचना गरे ।
जनयुद्ध दिवसकै अवसर पारेर माओवादीका नेता मातृका यादवले एकीकृत नेकपा माओवादी परित्यागको घोषणा गर्दै नेकपा माओवादीलाई ब्युँताएको घोषणा गरे । उनीसँग हेडक्वार्टरले पटक-पटक छलफल गर्ने प्रयास गरे पनि नेता यादव 'कन्भिन्स' हुन सकेनन् । यादव पार्टीले मधेस मुद्दा छाडेको र जनयुद्धको मर्मअनुसार काम गर्न नसकेको भन्दै बाहिरिएका थिए ।

१८ नयाँ रणनीतिको रन्को
विभिन्न आरोह-अवरोह खेप्दै आएको एकीकृत माओवादीभित्र २ असारदेखि सुरु भएको पार्टीको पोलिट्ब्युरो बैठकबाट फेरि नयाँ सैद्धान्तिक मतभेद देखापरेको छ । पार्टीको भावी कार्यनीति कस्तो बनाउने भन्ने विषयमा प्रचण्डपक्ष र किरणपक्षबीच विवाद देखिँदै छ ।
प्रचण्डले जारी शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र जनमुखीस्वरूपको नयाँ संविधान निर्माण गर्न नगारिक सर्वोच्चता कायम गर्दै माओवादी नेतृत्वको राष्ट्रिय सरकारको एजेन्डालाई भावी कार्यदिशा बनाउनुपर्ने प्रस्ताव गरेका छन् । अर्का वरिष्ठ नेता किरण र उनका समर्थनमा रहेका पोलिट्ब्युरो सदस्यहरूचाहिँ जनविद्रोहमार्फत जनगणतन्त्रमा जाने पार्टीको भावी कार्यनीति हुनुपर्नेमा जोड दिइरहेका छन् ।

अन्तर्संघर्ष अनिवार्य परिघटना

मोहन वैद्य किरण
वरिष्ठ नेता, एकीकृत नेकपा माओवादी

कम्युनिस्ट पार्टीभित्र अन्तर्संघर्ष अनिवार्य छ । पार्टी भनेको विपरीतहरूको एकत्व हो । जहाँ विपरीतहरूको एकत्व हुँदैन, त्यहाँ वास्तविक पार्टी हुँदैन । त्यस कारण मेरो बुझाइमा अन्तर्संघर्ष कम्युनिस्ट आन्दोलनभित्रको एउटा अनिवार्य परिघटना नै हो ।
द्वन्द्ववादी छैनन् भने मात्र उनीहरू अन्तर्संघर्षमा विश्वास गर्दैनन् । अन्तर्संघर्षमा विश्वास नगर्नेहरू अधिभूतवादी हुन् । तिनीहरू कम्युनिस्ट हुन सक्दैनन् । अन्तर्संघर्षका पनि विभिन्न स्तर हुन्छन् । पार्टीभित्र कतिपय अवस्थामा तल्लोस्तरमा, कतिपय मध्यमस्तरमा र कतिपय उच्चस्तरमा अन्तर्संघर्ष भइरहन्छन् ।

समाजमा चल्ने अन्तर्संघर्षले नै पार्टीभित्र चल्ने अन्तर्संघर्षको स्तर निर्धारण गर्छ । समाजभित्रको प्रभाव पार्टीमा परेको हुन्छ ।
अन्तर्संघर्ष वा दुईलाइन संघर्ष भनौँ, यसलाई ठीक ढंगले बुझ्ने मात्र कम्युनिस्ट पार्टीको कुशल नेता हो । अन्तर्संघर्षलाई ठीक ढंगले बुझ्ने र हल गर्ने उपायको खोजी गर्न नसक्दा पार्टीर्भित्र टुटफुट र विभाजन आउँछ । अर्को महत्त्वपूर्ण कुरा कम्युनिस्ट पार्टीभित्र पुँजीवादी र निम्नपुँजीवादी विचारधारा प्रतिविम्बित भएको अवस्थामा पार्टीभित्रको अन्तर्संघर्ष मैत्रीपूर्ण नभई शत्रुतापूर्ण हुन्छ । यस्तो अवस्थामा खास विन्दुमा पुगेपछि अन्तर्सघर्ष शत्रुतापूर्ण हुन्छ । पार्टीभित्र गलत तत्त्वको प्रवेशले पार्टीमा गलत वा शत्रुतापूर्ण अन्तर्संघर्ष निम्त्याउँछ । सच्चा माक्र्सवादी यस विषयमा सतर्क हुनैपर्छ । अहिलेसम्मको विश्व कम्युनिस्ट पार्टीको इतिहास र विकासमा देखिएका अन्तर्संघर्षका रूप यिनै हुन् । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आधारति शिक्षा पनि हो ।

कुनै वेला हुनुपर्ने ठाउँमा अन्तर्संघर्ष भएका छैनन्, कुनै वेला हुनै नपर्ने ठाउँमा पनि अलि अस्वस्थखालका अन्तर्संघर्ष चर्केका छन् । तर, अन्तर्संघर्ष स्वस्थ हुनुपर्छ वा मैत्रीपूर्ण । हाम्रो पार्टी र सिंगो जनयुद्धको दौरान पनि अन्तर्संघर्ष चलेका छन् र यो चलिरहने विषय हो । हाम्रो पार्टीभित्र विभिन्न समयमा चलेका अन्तर्संघर्षलाई पार्टीनेतृवले सही ढंगले बुझेर हल गर्ने प्रयत्न गर्दै आएको छ । जहाँसम्म रवीन्द्र श्रेष्ठ र मणि थापाले चलाएको भनिएको अन्तर्संघर्ष छ, उनीहरूले कुनै व्यवस्थित अन्तर्संघर्ष चलाएनन् । उनीहरू पलायनवादी चिन्तनतर्फ लागे । क्रान्तिबाट भागे ।

अन्तर्संघर्ष वा दुईलाइन संघर्ष चल्ने सम्बन्धमा हामीले लेनिन, स्टालिन र माओबाट शिक्षा लिनुपर्छ । रुस र चीनको अनुभवबाट शिक्षा लिएका छौँ । त्यसकारण हामी नेपालमा दुईलाइन संघर्षलाई नयाँ उचाइबाट चलाउनुपर्छ भन्ने मान्यतामा छौँ । पार्टीभित्र अराजकतावाद र एकमनावादकाविरुद्ध लड्नुपर्छ । एकता संघर्ष र रूपान्तरणलाई स्वीकार नगर्नेसँग लड्नुपर्छ । त्यति मात्र होइन, भिन्नमतलाई जबर्जस्ती मिलाउन खोज्ने सारसंग्रहवादी पद्धतिविरुद्ध लड्नुपर्छ । जतिसक्दो बढी जनवादी केन्द्रीयताको अभ्यास गर्नुपर्छ पार्टीभित्र ।

हामी कम्युनिस्टले पार्टीभित्र अन्तर्संघर्ष वा दुईलाइन संघर्ष चल्यो भनेर चिन्ता लिने विषय होइन, बरु अन्तर्संघर्षलाई बुझ्ने र हल गर्ने तरिका ठीक अवलम्बन गरियो वा गरिएन भन्ने विषयमा चिन्ता जनाउनुपर्छ । शत्रुतापूर्ण नभई मैत्रीपूर्ण अन्तर्संघर्षले पार्टीलाई फाइदा पुर्‍याउँछ । भौतिकवादी द्वन्द्ववादी ढंगले अन्तर्संघर्षको हल गरिनुपर्छ ।

कुराकानीमा आधारित

source:

http://www.nayapatrika.com/newsdetail.php?id=906191024229025&n_id=23


Search and Buy from amazon.com