Showing posts with label cpn uml. Show all posts
Showing posts with label cpn uml. Show all posts

Tuesday, February 15, 2011

आखिर लगेरै छाडे रावलले पजेरो

आखिर लगेरै छाडे रावलले पजेरो

रातो प्लेट लगाएर श्रीमती पनि सरकारी गाडीमा


४ फागुन, काठमाडौं । गृहमन्त्री हुँदा आफैले छानेर किनेको करिव डेढ करोड मूल्य पर्ने मित्सुबिसी गाडी पद छाडेपछि पनि बलपूर्वक लगेका पूर्व गृहमन्त्री भीम रावलले त्यसलाई बैधानिकता दिएरै छाडेका छन् ।

निवर्तमान भएको एक सातापछि गृहमन्त्रीको हैसियतमा जेनेभा पुगेका रावलले गृहबाट पत्र लेखाएर जर्वजस्त लगेको पजेरोलाई वैधानिकमात्र बनाएनन, त्यसमा रातो प्लेट हालेर निजीको हैसियतमा चढने भएका छन् ।

गृहसचिव गोविन्द कुसुमलाई दवाव दिएर निवर्तमान गृहमन्त्री रावलले जबर्जस्ती लगेको मित्सुविसी पजेरोलाई ‘वैधानिकता’ दिलाउने काम गरेका छन् ।

गृहमन्त्रीबाट विदा हुँदा समेत आफूसँगै लिएर जाने मनस्थितिका साथ रावलले मन्त्रालयलाई पजेरो किन्न लगाएका थिए । बा १ झ ८६७१ नम्बरको मित्सुविसी पजेरो अर्को निर्णय नहुन्जेलसम्मलाई दिने गरी टिप्पणी उठाउन कुसुमले गृहमन्त्रालयको आन्तरिक व्यवस्थापन शाखालाई लगाएका थिए । आन्तरिक व्यवस्थापन शाखाले पनि रावल र कुसुमको दवाव बमोजिम पजेरो दिने निर्णय गरेको छ ।

सरकारी गाडीमा सेतो नम्वर प्लेट हुनुपर्ने प्रावधान विपरित कुसुमले रावलको गाडीमा रातो नम्वर प्लेट राख्न पनि आन्तरिक व्यवस्थान शाखालाई दवाव दिएका छन् ।

यसअघि रावलले बा १ झ ५२२० नम्बरको सरकारी टोयटा गाडीमा रातो प्लेटको उस्तै नम्बर राखी रावलपत्नीले चढ्दै आएकी छन् । करिव २० महिना गृह मन्त्रालय सम्हालेका रावलले पदबाट बिदा हुँदा करिव दुई करोड मूल्यका दुईवटा गाडी निजी प्रयोजनका लागि अनन्तकालसम्म प्रयोग गर्न पाउने गरि नाफा कमाएका छन्


source:

Saturday, July 31, 2010

एमालेमा को कता

एमालेमा को कता


काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी सदस्यहरुमा क–कसले क–कस्को पक्ष सम्हालेका छन् त ।

खनाल पक्षधर (४०):

झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, भरतमोहन अधिकारी, अमृत बोहोरा, अशोक राई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उर्मिला अर्याल, रामचन्द्र झा, घनश्याम भुसाल, सहाना प्रधान, किरण गुरुङ, राजेन्द्र पाण्डे, गोकर्ण विष्ट, केशव बडाल, रघुवीर महासेठ, अरुण नेपाल, विजय पौडेल, सुरेन्द्र पाण्डे, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, परशुराम मेघी गुरुङ, योगेश भट्टराई, प्रकाश ज्वाला, राधा ज्ञवाली, गौरा प्रसाईं, जयन्ती राई, नरेश खरेल, राजेन्द्र गौतम, डिल्लीबहादुर महत, झिल्लुप्रसाद तिवारी, ललित बस्नेत, मोहम्मद आलम, विष्णु रिमाल, बेदुराम भुसाल, राजेन्द्र पाण्डे,
केशवप्रसाद देवकोटा, रामप्रित पासवान र लालबाबु पण्डित छन्

माधव–केपी पक्षधर (३६) :

माधवकुमार नेपाल, केपी शर्मा ओली, विद्या भण्डारी, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप नेपाल, भीम रावल, रवीन्द्र श्रेष्ठ, रघुजी पन्त, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, विन्दा पाण्डे, भानुभक्त ढकाल, विनोद श्रेष्ठ, खगराज अधिकारी, कल्याणी खड्का, डा.वंशीधर मिश्र, रामचन्द्र यादव, छविलाल विश्वकर्मा, जितु नेपाल, गंगादेवी डाागी, टुक हमाल, थममाया थापामगर, नागेन्द्रप्रसाद चौधरी, वीरबहादुर लामा, विजय सुब्बा, जगन्नाथ खतिवडा, देवीप्रसाद ज्ञवाली, गणेश तिमल्सिना, अग्नि खरेल, मुकुन्द न्यौपाने, गुरु बराल, वाचस्पति देवकोटा, तुलबहादुर गुरुङ र कर्णबहादुर थापा छन्।

तटस्थ (८)ः

महेन्द्रबहादुर पाण्डेय, धर्मनाथप्रसाद साह, भानभक्त जैशी, पशुपति चौलागाईं, गंगालाल तुलाधर, दलबहादुर रानामगर, देवराज भार र नेत्र पन्थी छन्।
एमाले केन्द्रीय समितिमा झिनो मतले खनाल बहुमतमा देखिएका छन् भने खनाल एक सय १० सभासद्मध्ये ६२ जना सदस्य रहेको दाबी गर्दैछन्।
source:
http://www.weeklynepal.com/newsite2/index.php?option=com_content&view=article&id=7405:2010-07-26-07-26-43&catid=52:featured-1

Thursday, April 29, 2010

एक सय एमाले युवा वाइसीएलमा प्रवेश, मार्चपास जारी

एक सय एमाले युवा वाइसीएलमा प्रवेश, मार्चपास जारी



१७ बैशाख, काठमाडौं । काठमाडौं निर्बाचन क्षेत्र नम्बर ५ बाट एक सय एमालेका युवाहरु शुक्रबार विहान वाईसिएलमा प्रवेश गरेका छन् । महाराजगन्जस्थित कोजिहोम प्यार्टी प्यालेसमा आयोजित कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य नारायणप्रसाद शर्माले नवप्रवेशीहरुलाई अविर लगाइदिएर स्वागत गर्नुभएको थियो ।



प्रचारात्मक कार्यक्रम जारी



यसैबीच शनिबार हुने बृहत जनप्रदर्शनको प्रचारात्मक कार्यक्रमलाई एकीकृत नेकपा माओवादीका भ्रातृ संगठनहरुले शुक्रबार पनि निरन्तरता दिएका छन् । काठमाडौंका विभिन्न स्थानमा विहानैदेखि मार्चपास, दौड जुलुश, मोटरसाइकल र्‍याली लगायतका कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

यसक्रममा वाईसिएलले कोटेश्वरमा मार्चपास गरेको छ भने अखिल नेपाल ट्रेड युनियन महासंघको अगुवाइमा सिनामंगलबाट मोटरसाइकल र्याली निकालिएको छ । मार्चपास तथा र्‍यालीहरुले विभिन्न ठाउँको परिक्रमा गरेका छन् । र्‍याली र मार्चपासमा हजारौंको संख्यामा माओवादी कार्यकर्ताहरु सहभागी छन् । प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवामगन प्रभावित भएको छ ।

मार्चपास र जुलुश पछि कार्यकर्ताहरु सरसफाइ कार्यक्रममा जुटेका वाइसीइएल काठमाडौं उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ले जानकारी दिनुभयो ।

source:

http://www.onlinekhabar.com/wp/2010/04/30/61769.html

Sunday, April 11, 2010

बिन्ती कमरेड, देशका लागि राजीनामा दिनूस्

बिन्ती कमरेड, देशका लागि राजीनामा दिनूस्
11/04/2010 07:04:00Naya Patrika
Font size:




- राजनीतिक विपत्ति आउँदै छ, त्यसको टीका एमालेले लिनुहँुदैन, सहमति गरेर जस लिनुपर्छ भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन हस्ताक्षर अभियान चलाएका हौँ ।
- पासपोर्ट काण्डसम्म आइपुग्दा उहाँ -प्रधानमन्त्री) को अनुहारै छोपिनेगरी नाकमुख सबै गाडियो । राजनीतिक इमान नभएपछि यहाँ जे पनि हुनेरहेछ, हाम्रा प्रधानमन्त्री त्यही राजनीतिको खेलाडी बन्नुभयो ।
- प्रजनन नै नहुने साँढेबाट बच्चाको के आशा गर्नु ? सहमति नै गर्न नसक्ने सरकारबाट संविधानको के आशा गर्नु ? अब उहाँ -प्रधानमन्त्री) सफल हुने आशा पनि छैन । त्यसैले राजीनामा दिनुपर्छ ।
- शान्ति र संविधानमा जाऊँ, अनि आफ्नै पौरखको सरकार बनाउ“m । यो त हाम्रो पौरखको सरकार नै होइन, यसबाट के आशा गर्ने ?
- एउटा कथामा बालिकाले एक-दुई थप्पड खाइन्, तर बाबुआमालाई कुकुरको मासु खानबाट जोगाइन् । हो, हामी पनि थप्पड खान तयार छौँ, तर शान्ति र संविधानको बाधक एमाले हो भनेर टीका लगाउनबाट पार्टी र नेतृत्वलाई जोगाउन खोज्दै छौँ ।
- बिन्ती छ कमरेड, राष्ट्रका लागि, संविधानका लागि राजीनामा दिनोस्, बाधक नहुनोस् । राजीनामा दिँदैमा तपाईं सानो हुनुहुन्न, बरु महान् हुनुहुन्छ ।
- चुनावमा वाम एकता गरौँ भनेर हामीले प्रस्ताव ल्याएका थियौँ, लुम्बिनीमा त तालमेलको सहमति पनि बनाएका थियौँ । तर माधव कमरेड, त्यतिवेला तपाईंले हाम्रो उपहास गर्नुभयो र चुनावबाट आखिर ३३ सिटमा आइपुग्नुभयो ।
- एमआरपी राष्ट्रको कलंक हो । त्यो कलंकको टीका हाम्रै प्रधानमन्त्रीको निधारमा पनि लाग्नु दुःखको कुरा हो ।


नयाँ पत्रिका
काठमाडौं, २८ चैत
एमाले संसदीय दलको शनिबार सुरु भएको बैठकमा सबैजसो सभासद्ले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा मागेका छन् । सभासद्हरू कसैले आक्रोश पोखेर राजीनामा मागे, कसैले बिन्ती गरेर, कसैले व्यंग्य गरेर त कसैले कथा भनेर ।
संसदीय दलको बैठकमा पार्टी स्थायी कमिटीका सदस्यहरू पनि उपस्थित थिए । धेरैजसो सभासद् प्रधानमन्त्री माधव नेपालको राजीनामाको पक्षमा छन् भनेर जानकारी दिँदा पार्टी स्थायी कमिटी सदस्यहरूले नपत्याएको भन्दै पार्टी अध्यक्ष तथा संसदीय दलका नेता झलनाथ खनालले स्थायी कमिटी सदस्यहरूलाई पनि संसदीय दलको बैठकमा आमन्त्रण गरेका थिए ।
तर एकपछि अर्को सभासद्ले प्रधानमन्त्री नेपालको राजीनामा मागेपछि वरिष्ठ नेता केपी ओली र रक्षामन्त्री विद्या भण्डारीलगायतका नेताहरू भने बीचबैठकमै हिँडेका थिए । भण्डारी ३० मिनेटमै र ओली ४० मिनेटपछि बैठकबाट बाहिरिएका थिए ।
तर प्रधानमन्त्री नेपालले भने सबै आलोचना धैर्यपूर्वक सुने । बिहान सवा आठ बजे सुरु भएको बैठकमा बेलुका साढे चार बजेसम्म सभासद्हरूले आफूमाथि आक्रोश पोखिरहँदा पनि प्रधानमन्त्रीले सुनिरहे । उनले ट्वाइलेट जाने वेला पनि एकैछिनमा म आउँछु है भन्दै सभासद्लाई भाषण रोक्न लगाएका थिए । फर्किएपछि फेरि आफ्नो आलोचना सुनेका थिए । धेरै वक्ताले प्रधानमन्त्रीलाई सीधै सम्बोधन गर्दै 'तपाईं राजीनामा दिनोस्' भनेका थिए ।
पार्टी महासचिव ईश्वर पोखरेल र नेताहरू भरतमोहन अधिकारी, अमृत बोहरा र गृहमन्त्री भीम रावल पनि बैठकको सुरुदेखि अन्तसम्म बसेका थिए ।
बैठकको सुरुवातमा दलका नेता खनालले बोलेका थिए । उनले सबै सभासद्लाई आफ्नो भनाइ स्पष्ट रूपमा राख्न पनि आग्रह गरेका थिए । 'लोकतान्त्रिक पार्टी हो, जमेर कुरा राख्नोस्,' सभासद्हरूलाई उनको आग्रह थियो । त्यसपछि बोल्न चाहने सभासद्ले हात उठाए । हात उठाएका सभासद्लाई क्रमैसँग बोल्न दिइयो । शनिबार बोल्न बाँकी सभासद् आइतबारको बैठकमा बोल्दै छन् ।


कसले के भने ?

यामलाल कँडेल ः हस्ताक्षर-अभियान पार्टीविरुद्ध होइन, शान्ति र संविधानका लागि हो । १४ जेठसम्म संविधान बन्न नसके संवैधानिक संकट उत्पन्न हुनुअघि राजनीतिक सहमति हुनुपर्छ । राजनीतिक विपत्ति आउँदै छ, त्यसको टीका एमालेले लिनुहुँदैन, सहमति गरेर जस लिनुपर्छ भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन हामीले हस्ताक्षर अभियान चलाएका हौँ । हामी स्पष्ट छौँ, सहमतिको बाधक यो सरकार हो, यसले राजीनामा दिनुपर्छ । तर, पार्टीलाई बचाउन खोज्दा माले र एमाले भन्ने ? पहिले मालेमा लागेकाले बोल्नै नपाउने ? यो कस्तो राजनीति
हो ? कसको कमजोरी लुकाउन यस्तो प्रचार गरिँदै छ ? -कँडेलले धाराप्रवाह करिब ५० मिनेट बोलेका थिए)
विजय पौडेल ः एमालेले यस्तो वेलामा सरकारको नेतृत्व पाएको हो जुनवेला कसैले निहुँ खोजे राजीनामा दिन्छु भनेर प्रधानमन्त्रीले आफ्नो कुरा लागू गराउन सक्नुहुन्थ्यो । तर, उहाँले आफ्नो बल होइन, कमजोरी प्रदर्शन गर्नुभयो । जसले जे भन्यो, त्यही मान्छु भन्न थाल्नुभयो । जसरी पनि सरकार जोगाउने खेलमा लाग्नुभयो । हुँदाहुँदा पासपोर्ट काण्डसम्म आइपुग्दा उहाँको अनुहारै छोपिनेगरी नाकमुख सबै गाडियो । राजनीतिक इमान नभएपछि यहाँ जे पनि हुनेरहेछ, हाम्रा प्रधानमन्त्री त्यही राजनीतिको खेलाडी बन्नुभयो । तर, समय छँदै उहाँले सम्मानजनक बहिर्गमनको उपाय खोज्नुपर्छ । आफैं निर्णय गरेर सरकार छाड्नुपर्छ, अरूले फालेपछि मात्र जाने दिन पर्खनुहुन्न । -पौडेल करिब ३० मिनेट बोले)
थममाया थापा ः शान्ति र संविधानका लागि सहमतिको बाटो त खोज्नुपर्छ । तर, सहमति खोज्ने भनेको माओवादीलाई निःसर्त समर्थन गर्ने पनि होइन । पार्टी केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार माओवादीले सर्त मान्नुपर्‍यो ।
त्यसपछि मात्र उससँग सहमति गरेर अघि बढ्न सकिन्छ ।
युवराज कार्की ः हामीले सरकारबाट प्रधानमन्त्रीको राजीनामा मागेका हौँ, अन्त्य यो सरकारको मात्र हो, तर भविष्य पार्टीको जोगाउन खोजेका हौँ । दक्षिणपन्थी गठबन्धनको नेतृत्व गरेर हाम्रा नेता जतिन्जेल प्रधानमन्त्री बन्नुहुन्छ, पार्टीलाई त्यति घाटा छ । पार्टीलाई नष्ट गर्ने यो सरकारबाट हामी तुरुन्त हट्नुपर्छ ।
प्रद्युम्न चौहान ः राष्ट्रिय सहमति नभएसम्म संविधान बन्दैन । संविधान बनेन भने कलंकको टीका एमालेको निधारमा लाग्छ । त्यसैले एमालेका नेता तथा कार्यकर्ताको सम्मानको अगाडि प्रधानमन्त्रीले हठ गर्नुहुन्न । उहाँ अहिले शान्तिप्रक्रिया, सहमति र संविधानको बाधक बन्नुभएको छ, त्यसैले
राजीनामा दिनुपर्छ ।
गोपाल ठाकुर ः प्रजनन नै नहुने साँढेबाट बच्चाको के आशा गर्नु ? सहमति नै गर्न नसक्ने सरकारबाट संविधानको के आशा गर्नु ? प्रधानमन्त्री माधव नेपाल सहमति बनाएर संविधान निर्माणमा जुट्न सक्नुभएन । अब उहाँ त्यसतर्फ जाने र सफल हुने आशा पनि छैन । त्यसैले राजीनामा दिनुपर्छ ।
सीता पौडेल ः आफ्नै पार्टीको सरकार छ, आफ्नै सभासद्ले हस्ताक्षर अभियान चलाउने ? पार्टीले छाडा छाडेकोले यस्तो अराजकता उत्पन्न भएको हो । यस्ता सारा सभासद्लाई कारबाही गर्नुपर्छ र वर्तमान सरकारले नै शान्ति ल्याउँछ र संविधान बनाउँछ भनेर जनतालाई विश्वस्त गराउनुपर्छ ।
रवीन्द्र अधिकारी ः शान्ति र संविधान चाहिएको एमालेलाई मात्र हो, दक्षिणपन्थी र उग्रपन्थीलाई होइन । तर, हामी अहिले नै दक्षिणपन्थी चक्रब्युहबाट उम्केनौँ भने भविष्यमा चाहेर पनि उम्कन सक्नेछैनौँ, त्यसवेला त्यही शक्तिले उल्टै हामीलाई खान्छ । शान्ति र संविधानमा जाऊँ, अनि आफ्नै पौरखको सरकार बनाउ“m । यो त हाम्रो पौरखको सरकार नै होइन, यसबाट के आशा गर्ने ?
रिजवान अन्सारी ः सानालाई कारबाही गर्ने, ठूलालाई पुरस्कृत गर्ने सामन्तवादी तपाईं प्रधानमन्त्री माधवकुमार नेपाल नै हुनुहुन्छ । तपाईंले म प्रधानमन्त्रीको पनि आदेश मान्दिनँ भन्ने रक्षामन्त्रीलाई छुन पनि सक्नुभो ? प्रधानमन्त्रीविरुद्ध नै आक्रोशित भएर भारत भ्रमण बहिष्कार गर्ने सुजातालाई केही गर्न सक्नुभो ? शान्ति सुव्यवस्था ध्वस्त बनाउने गृहमन्त्री भीम रावललाई कारबाही गर्न सक्नुभो ? तर, तपाईंले मेरो राजीनामा भने माग्नुभयो । ठीकै छ, मैले तपाईंका लागि मन्त्री छोडेजस्तै तपाईंले राष्ट्रिय सहमतिका लागि सरकार छाड्नूस् । तपाईंले सरकार छाडेमा पार्टी कमजोर हुँदैन, बरु बलियो हुन्छ । तर, तपाईंले सत्ताका लागि यति धेरै लोभ गर्नुहोला भन्ने मैले कल्पनै गरेको थिइनँ । तपाइर्ंको सत्तामोह देखेर मलाई एउटा कथा याद आयो । एकपटक एउटा परिवारमा आमाले खसीको मासु हो भन्ने ठानेर कुकुरको मासु किनिन् र पकाइन् । छोरीले आमाले कुकुरको मासु किनेको र पकाएको देखिरहेकी थिई । आमालाई उसले सम्झाउन खोजी, तर आमाले मान्दै मानिनन् । आमाले बाबुलाई मासु खान बोलाइन् । बाबुलाई कसरी त्यो मासु खानबाट जोगाउने भनेर सोचेपछि छोरीले त्यो मासुमा पिसाब गरिदिइन् । बाबु र सिंगो परिवारले कुुकुरको मासु
खानुपरेन । बालिकाले एक-दुई थप्पड खाइन्, तर बाबुआमालाई कुकुरको मासु खानबाट जोगाइन् । हो, हामी पनि थप्पड खान तयार छौँ, तर शान्ति र संविधानको बाधक एमाले हो भनेर टीका लगाउनबाट पार्टी र नेतृत्वलाई जोगाउन खोज्दै छौँ ।
राधा ज्ञवाली ः बिन्ती छ कमरेड, राष्ट्रका लागि, संविधानका लागि राजीनामा दिनोस्, बाधक नहुनोस् । राजीनामा दिँदैमा तपाईं सानो हुनुहुन्न, बरु महान् हुनुहुन्छ । राजीनामा दिनुभयो, निकास निस्कियो भने इतिहासले तपाईंलाई त्यागी भन्नेछ, पदमा टाँस्सिरहनुभयो भने इतिहासले लोभी भन्नेछ । तपाइर्ं त्यागको बाटो अपनाउनुहोस् ।
रामनाथ ढकाल ः चुनावमा वाम एकता गरौँ भनेर हामीले प्रस्ताव ल्याएका थियौँ, लुम्बिनीमा त तालमेलको सहमति पनि बनाएका थियौँ । तर माधव कमरेड, त्यतिवेला तपाईंले हाम्रो उपहास गर्नुभयो र चुनावबाट आखिर ३३ सिटमा आइपुग्नुभयो । तर, चुनावपछि त्यही माओवादीले दिएको राष्ट्रपतिको ललिपपमा लोभिनुभयो । पछि प्रचण्डको राजीनामापछि सहमतिको सरकार बनाउन पनि पहल गर्नुभएन । यत्रो महिनाको राजनीतिक घटनाले पुष्टि गरेको छ, तपाईं सहमतिको केन्द्र हुन सक्नुहुन्न, त्यसैले छोड्नोस् । अहिले त एमआरपीका नाममा गण्डकी, कोसी र महाकालीमा भन्दा बढी राष्ट्रघात भएको छ । यसको कलंक तपाईंले पार्टीलाई पनि बोकाउनुभएको छ, त्यसैले पनि तपाईंले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।
नजिर मियाँ ः एमालेकै सरकारले संविधान बनाउँछ । जनतामा यो विश्वास छ । तर, केही सभासद्ले आफ्नै पार्टीको नेतृत्वको सरकारको राजीनामा मागेका छन् । हस्ताक्षर अभियान चलाएका छन् । उनीहरूलाई कारबाही हुनुपर्छ ।
दीपक कार्की ः सरकारका कमजोरी होलान् । यो एमालेको एकल बहुमतको सरकार होइन । सबैसँग सहमति गरेर अघि बढ्दा सरकारबाट केही कमजोरी भए होलान्, मन्त्रीहरूबाट पनि व्यक्तिगत रूपमा केही कमजोरी भए होलान् । तर, सरकारका केही कमजोरी भए भन्दैमा सत्ता लगेर त्यसै माओवादीलाई सुम्पने कुरा युक्तिसंगत होइन ।
ल्हार्केन लामा ः एमआरपी राष्ट्रको कलंक हो । त्यो कलंकको टीका हाम्रै प्रधानमन्त्रीको निधारमा पनि लाग्नु दुःखको कुरा हो । भारतमा माओवादीले पुलिस मार्दा गृहमन्त्री पी. चिदम्बरम्ले तत्काल राजीनामा दिए । तर, हामीकहाँ प्रधानमन्त्रीले पासपोर्ट काण्डमा देशमाथि नै गद्दारी गरे भनेर सार्वभौम संसद्को समितिले भन्दा पनि राजीनामा दिनु नपर्ने ? पहिला-पहिला त मन्त्री आएपछि भेटौँ-भेटौँ भन्ने लाग्थ्यो, तर अहिले त प्रधानमन्त्री र मन्त्रीको कमजोरीको ताल हेर्दा उनीहरू आए भने भागौँ-भागौँ लाग्छ ।
कृष्णप्रसाद सापकोटा ः राष्ट्रिय सहमतिको सरकार बनाउन माओवादीको उग्रवामपन्थी योजना र व्यवहार बाधक छ, त्यो सच्चिनुपर्छ । सच्चिएको माओवादीसँगको सहकार्य गर्ने नीति पार्टीले अघि सारेको हो

source:
http://www.nayapatrika.net/newsportal/cover_story/12766.html

एमालेको कलि-काल

एमालेको कलि-काल
11/04/2010 17:22:00Naya Patrika
Font size:


यो सालको अन्तिम मसान्त होइन । ०६६ सालको अन्तिम दिन भोलि बाँकी नै छ । तर, आजै चैतेमसान्त भइदिए हुन्थ्यो भन्ने यो टिप्पणीकारलाई लागेको छ ।
प्रधानमन्त्रीलाई राजीनामा दिन ७० जना सभासद्को हस्ताक्षर भन्ने भँगेराटाउके समाचारले पहिलो धक्का दिएको थियो । सर्वसम्मतिबाट नेकपा एमालेको केन्द्रीय कमिटीबाट प्रस्ताव गरिएका माधवकुमार नेपालको राजीनामा माग्दै एमालेकै ११ जना सभासद्को नाम पढेपछि एकपल्ट धेरैको मन दुख्यो । माधवकुमार नेपालको राजीनामा माग्ने र पत्रपत्रिकामा प्रतिक्रिया दिनेहरूको नाम पढ्न थालेपछि मेरो मस्तिष्कमा नेपाली राजनीतिलाई विनाशको पल्लै फालसम्म लैजाने ०५४ सालको एमाले विभाजनको दृश्य झलझली नाच्न थाल्यो ।
०५४ सालमा पनि पार्टीलाई संसद्कै आडमा फुटाइएको थियो भने अहिले पनि विनाशको राग संसद्तिरैबाट उठेको थियो । उतिवेला एउटा थाङ्ने मुद्दा उठाइएको थियो पार्टी फुटाउन महाकाली नाम गरेको । नेकपा एमालेलाई विभाजित गरेपछि सुस्ताएर बगरमा पल्टिएको महाकाली कालो रातले १३ वर्ष पूरा गरिसक्दा पनि ब्युँझिन सकेको छैन र निकट भविष्यमा त्यो बिउँझिने सम्भावना पनि अहिलेसम्म देखिएको छैन । तर, नेकपा एमालेका केही अबुझ नेताका कारण महाकाली प्रकरणले मुलुकमा राजाको दक्षिणपन्थी निरंकुशता र माओवादीको उग्रवामपन्थी निरंकुशतालाई बलियो बनाउने अनि नेकपा एमालेसहित नेपालको प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउनेबाहेक अर्को कुनै काम गर्न सकेन ।
एउटा घटना बीभत्स हुन्छ, त्यही घटना दोहोरिँदा व्यंग्य हुन्छ । नेकपा एमालेको जिन्दगीमा त्यो पुरानो र बीभत्स ०५४ साल यतिवेला विद्रूप व्यंग्य भएर दोहोरिएको छ । हिजो पनि विवादको मुद्दा खाते थियो । अहिलेको मुद्दा पनि त्यस्तै खाते छ । ०५४ सालको विद्रोह पनि संसद्बाटै आरम्भ भएको थियो । अहिले पनि विद्रोहको शंखघोष संसद्बाटै भएको छ । उतिवेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सभामुख थिए । अहिले नेकपा एमालेकै सुवास नेम्वाङ सभामुख छन् । ०५४ सालमा विद्रोहका नेता वामदेव गौतम स्वयं सांसद थिए । अहिले विद्रोहका उद्घोषक भएका उनी सांसद छैनन् । तर, ०५४ सालको विभाजनमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका निभाउनेको अनुहार र मन अहिले पनि फेरिएको छैन ।
परिदृश्यमा देखिएका घटना र अनुहार हेर्दा लाग्छ, राहुको फन्दामा फसेको छ नेकपा एमालेको जीवन, यसैकारण नेपाल राष्ट्रको जीवनमा पनि कलिकाल लागेको अनुमान गर्न सकिन्छ ।
तर, वामदेव गौतमको आफ्नो पार्टीप्रतिको शत्रुभाव र माओवादी पार्टीप्रतिको मित्रभाव अनायास अनि अहिले देखिएको होइन । आठौँ महाधिवेशनको कालमा ०५४ सालमा पार्टी फुटाएर जानेहरूलाई गोलबन्द गर्न गम्भीर बिमार भएर गएका वामदेव गौतमले भ्याएकै थिए । आठौँ महाधिवेशनपछि ०५४ सालपछिका 'माले' को एउटा सानो पंक्ति पुनः संगठित भयो र एमालेभित्र केपी ओली र माधव नेपालका विरुद्ध गतिविधि गर्न थाल्यो । झलनाथ खनाललाई एक्ल्याउन र एकांगी बनाएर बिगार्न प्रमुख भूमिका निभाउने माले कम्पनीको नेतृत्व पनि वामदेव गौतमले नै गरेका थिए यस बीचमा । एघार भाइबैनाको हस्ताक्षरका कारण यतिवेला सबैभन्दा अप्ठ्यारोमा परेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको यो हविगत पनि वामदेव गौतमको आँकलनमा निकै अगाडि नै परिसकेको थियो । सायद अन्तिम घडीमा झलनाथ खनालको दिमागमा शंख-घन्ट बजे होलान् । त्यसैले उनले ठाउँ-ठाउँमा हस्ताक्षर अभियान नभएको बोलिरहको सुनियो । जब कि हिजो एमाले फुटाउन तोकिएको भूमिका निभाउनेमध्येका एकजना सभासद्ले आफूले १ नम्बरमा र अर्का सभासद्ले ६ नम्बरमा सही गरेको सत्यको उद्घाटन आफैँले गरेका थिए ।
०५७ सालमा माधव नेपाल, झलनाथ खनाल, केपी ओलीबाट निराश भएर भौँतारिएर मसम्म आइपुगेका वामदेव गौतमलाई हरि रोका, घनश्याम भुसाल र कोमल भट्टराईको दबाबमा मैले किन भित्र्याएछु भनेर यतिवेला थकथक मानेको छैन मैले । 'म त एमाले फर्किन्नँ, बरु पढ्न जान्छु, वामदेवलाई समूहसहित पार्टीमा फर्काउनुहोस्' भनी सल्लाह दिने हरि रोका पिएचडीको पढाइ छाडेर यतिवेला आफूलाई स्वतन्त्र सभासद् भनेर परिचय दिन उभिए पनि चिन्ने-जान्ने सबैले उनलाई माओवादी सभासद् नै भन्छन् । घनश्याम भुसाल म कुनै गुटमा छैनँ त भनिरहेकै छन्, तर गुटबन्दीलाई बाठो हिसाबले संगठित गर्ने कामबाट उनी पनि पछि हटेका छैनन् । जहाँसम्म कोमल भट्टराईको कुरो हो— यतिवेला उनी किनारबाट एमालेको भविष्य नियालिरहेका छन् ।
अर्थात्, वामदेव गौतमसहितको, टुक्रिएको मालेसमूहलाई एमालेमा लैजानूस् भनेर मसँग पुतलीसडकको मनमोहनचोकस्थित खोटाङ समाजको कार्यालयदेखि मानभवनको वामदेव गौतमको डेरासम्म कचकच गरेर पार्टी पुनः एकीकरण गर्ने काममा मलाई धकेल्ने तीनैजना युवा यतिवेला जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त मान्ने नेकपा एमालेको मूलधारबाट चोइटिएर बसेका छन् भन्नुपर्ने हुनाले, म ०५७ सालको पुनः एकीकरणमा आफू घिच्चिनुपरेको घटनालाई विषादका रूपमा सम्भिmन बाध्य भएको छु । हरि रोका, घनश्याम भुसाल र कोमल भट्टराईको चर्को दबाब नभएको भए वामदेव गौतमसहितको माले-एमाले एकीकरण पनि हुने थिएन र हामीले ०६७ सालको चैते खडेरीमा यो फोहोरी चर्तिकलाको दर्शन पनि गर्नुपर्ने थिएन ।
तर, पछुतो मानेर हुन्छ के ! हुन त एमालेको विभाजनकारी द्वन्द्व, ०५४ साल या ०६६ सालको मसान्तमा आएर मात्रै झाङ्िगएको होइन । भूमिगत भएका कारण बाहिरबाट चोट नदेखिएको मात्र हो । प्रतिशतका हिसाबमा यसभन्दा ठूलो विभाजन त ०३९ सालमै भएको थियो । सुन्दर भविष्य बोकेका होनहार युवालाई प्रजातन्त्रप्राप्तिको संघर्षबाट विमुख गराउने काम ०३९ सालमै भएको थियो । आजको केन्द्रीय कमिटी, पोलिटब्युरो सदस्य बन्नसक्ने क्षमता भएका दर्जनभन्दा बढी युवाको जीवन राजनीतिको मैदानबाट चटक्कै बाहिर निस्किएको थियो । उतिवेलाको अधोगतिको जिम्मा लिनुपर्ने व्यक्ति अहिले नेकपा मालेका महासचिव हुनुभएका सिपी मैनाली नै हुनुहुन्छ भन्ने निष्कर्ष लेख्न अलिकति पनि गाह्रो मान्नुपर्दैन । कहाँ पुगे होलान् त्यतिवेलाका ऊर्जावान् लोक सुब्बा, ठाकुर श्रेष्ठ, दामोदर उपाध्याय, नन्द कन्दङ्वाजस्ता साथीहरू !
ठूला-ठूला विभाजनकारी गतिविधिलाई सहन गर्दै आजको नेकपा एमाले यस ठाउँमा आइपुगेको हो । पार्टीमा व्यक्तिगत नाफा-नोक्सान हेर्नेहरूले कहिल्यै पनि पार्टी बलियो भएको देख्न चाहँदैनन् । पार्टी बलियो हुनु व्यक्तिको स्वः समूहमा समाहित हुनु हो । आफूलाई केन्द्रमा राखेर सोच्नेहरू सधैँभरि पार्टीको अग्रगमनका लागि बाधक हुन्छन् ।
पार्टी फुट्छ/फुट्दैन, अझै पनि भविष्यकै कुरा हो । कान्तिपुर टेलिभिजनको पर्दामा वामदेव गौतमले गरेको उद्घोषले पार्टी फुट्ने रहेछ भन्ने धेरैलाई लागेको मात्र हो । जेठ १३ गतेसम्म पर्खिएर हेर्ने, त्यतिवेलासम्म आफूले भनेअनुसारको काम नभए ०६७ साल जेठको १४ गते एमालेका विरुद्ध विद्रोहको आह्वान नेतृत्व गर्ने बोली बोलेर वामदेव गौतमले एकीकृत माओवादी पार्टीको जनविद्रोहको तात्कालिक कार्यनीतिलाई खर्लप्पै बोकेका छन् । उहिल्यै विभाजनका सूत्रधार बनिसकेका वामदेवले अहिले पार्टीलाई कति चर्को धक्का दिने हुन् थाहा पाउन जेठ १४ गतेसम्म कुर्नैपर्ला ।
त्यो धक्कालाई सीमित बनाउने हो भने यतिवेला झलनाथ खनाल, माधव नेपाल र केपी ओली टपक्क मिल्नु पहिलो आवश्यकता हो । राष्ट्रिय राजनीतिमा मध्यमार्गको परिचय बनाइसकेको नेकपा एमालेको भविष्य उग्रवामपन्थ र उग्रदक्षिणपन्थको विरोध तथा मध्यमार्गी शक्तिसँगको ऐक्यबद्धतामा नै सुरक्षित रहनेछ

source:

http://www.nayapatrika.net/newsportal/view/12786--.html

Monday, July 6, 2009

माओवादीसँगको सम्बन्ध र राष्ट्रिय सरकार

माओवादीसँगको सम्बन्ध र राष्ट्रिय सरकार

झलनाथ खनाल

हामी संक्रमणको प्रक्रियाबाट अघि बढ्दाबढ्दै प्रधानसेनापति प्रकरणमा आएर एउटा दुःखद अध्यायमा फस्न पुग्यौं । त्यसले नेपाली राजनीतिलाई बढी जटिल बनाइदिएको छ । सरकार त गिर्‍यो नै, एमाले र माओवादीबीचको सम्बन्ध सबैभन्दा बढी तिक्त बन्न पुग्यो । तर यतिबेला नेपाली राजनीतिमा यी दुई दलबीचको सम्बन्ध कार्यनीतिक हिसाबले मात्र होइन, रणनीतिक हिसाबले पनि महत्त्वपूर्ण छ । दुई पार्टीबीचको यो सम्बन्धलाई सबै प्रतिक्रियावादी शक्तिहरू, प्रतिक्रान्तिकारी शक्तिहरू र यथास्थितिवादी शक्तिहरू तोड्न चाहन्छन् । त्यसरी नै सबैखाले विदेशी हैकमवादी शक्तिहरू पनि यो सम्बन्ध चिसिएको हेर्न चाहन्छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनका दक्षिणपन्थी तत्वहरू र माओवादीभित्र रहेका अराजकतावादी तत्वहरूका आपराधिक क्रियाकलापहरूले तिनै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरूको स्वार्थलाई सेवा पुर्‍याएका छन् । उनीहरूका अराजकतावादी र आपराधिक क्रियाकलापले दुई पार्टीबीचको सम्बन्धलाई कहिल्यै मैत्रीपूर्ण र सामान्य बन्न दिएनन् । हामी नौ महिना सँगसँगै सरकारमा रहँदा पनि सम्बन्ध कहिल्यै सामान्य बन्न सकेन ।

संविधानसभा निर्वाचनबाट माओवादी सबभन्दा ठूलो दलका रूपमा देखापरेकाले एक वर्षअघि हामीले प्रचण्डको नेतृत्वमा संयुक्त सरकार गठन गर्न जोड दियौं । अरू कुरा जेसुकै रहेको भए पनि हाम्रो पार्टीले नै संविधानसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव गरेको थियो । त्यो विल्कुल ठीक प्रस्ताव थियो । त्यसबेलाको सन्दर्भमा त्यो लोकतान्त्रिक परिपाटी र संस्कारअनुरूप नै थियो र त्यो आफैंमा एउटा प्रयोग पनि थियो । तर त्यो प्रयोगमा माओवादीलाई जुन अवसर दिइएको थियो, उसले त्यसको सदुपयोग गर्न सकेन । आखिर आफ्नै कारणले उसको नेतृत्वमा रहेको सरकार ढल्न पुग्यो । हामी अझै लामो समयसम्म सँगसँगै जान चाहन्थ्यौं । संविधान निर्माण गरेर घोषणा नभएसम्म विलकूल सँगसँगै जान चाहन्थ्यौं तर हाम्रो मात्र चाहनाले हुँदोरहेनछ । भीरबाट लड्ने गाईलाई काँध थाप्न सम्भव हुँदो रहेनछ ।

माओवादीलाई हेर्ने दुई दृष्टिकोण

माओवादीले नेतृत्व गरेको सरकार ढलिसकेपछि दुई पार्टीबीचको सम्बन्ध सामान्य भइसकेको छैन । तर, दुवै पक्षबाट महसुस गर्दै जाने प्रक्रियाबाटै दुई पार्टीबीचको सम्बन्ध पुनः सामान्यीकरणतिर अघि बढ्न सक्छ । हामीले केही दिनअघि गोदावरी बैठक गर्‍यौं । त्यो एउटा सकारात्मक कदम थियो । माओवादीका तर्फबाट हाम्रो पार्टीपंक्तिविरुद्धको आक्रमण र तोडफोड बन्द गर्ने, हिंसा बन्द गर्ने र कामकाजी ढङ्गले वार्ता गर्ने प्रक्रियामै सम्बन्धलाई क्रमशः सामान्यीकरण गर्दै लानुपर्छ । हामीले के कुरा बुझ्नैपर्छ भने माओवादीलाई अलग्याएर वा बाहेक गरेर शान्तिप्रक्रियाले पूर्णता प्राप्त गर्न सक्दैन र संविधान पनि बनाउन सकिन्न । ढिलो वा चाँडो नयाँ सम्बन्ध स्थापित गर्नु अनिवार्य छ ।

माओवादीलाई हेर्ने सम्बन्धमा दुईखाले दृष्टिकोणसँग हामी सबै सतर्क हुनुपर्छ । पहिलो, आत्मसमर्पणवादी दृष्टिकोण र दोस्रो, उन्मूलनवादी दृष्टिकोण । माओवादीभित्र उग्रवामपन्थलाई देख्दै नदेख्ने, अराजकतावादी प्रवृत्तिलाई नदेख्ने, उनीहरूका आपराधिक प्रवृत्तिलाई नजरअन्दाज गर्ने, उनीहरूको कडा शब्दमा विरोध नगर्ने, उनीहरूप्रति मलुवा दृष्टिकोण राख्ने र उनीहरूप्रति लहसिँदै जाने आत्मसमर्पणवादी प्रवृत्ति हो । यो प्रवृत्तिका बाहकले उग्रवामपन्थी भड्काउविरुद्ध सङ्घर्ष गर्न सक्दैनन् र त्यस्ता तत्वहरू ढिलो वा चाँडो उग्रवामपन्थी प्रवाहमै बिलिन हुन पुग्छन् । हामीले यो प्रवृत्तिको कडा शब्दमा विरोध र खण्डन गर्नुपर्छ ।

दोस्रो, उन्मूलनवादी दृष्टिकोणले माओवादीलाई एउटा राजनीतिक शक्तिका रूपमै देख्दैन । त्यसले माओवादीलाई वामपन्थी शक्ति पनि देख्दैन । र, त्यसभित्र आइरहेका परिवर्तनलाई पनि देख्दैन । त्यसले उग्रवामपन्थी अराजकतालाई नै सम्पूर्ण ठान्छ । एउटा पक्षलाई नै समग्रता ठान्न पुग्छ र त्योसँगको अन्तरविरोधलाई नै प्रधान अन्तरविरोध ठान्न पुग्छ । अनि माओवादी पार्टीलाई प्रधान शत्रु बताउँदै त्यसविरुद्ध लड्न देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरूलाई मित्रशक्ति ठानेर गुहार माग्न पुग्छ र पार्टीलाई दक्षिणपन्थी भड्खालोमा हाल्न पुग्छ । यो अर्को गैरमाक्र्सवादी खतरनाक दृष्टिकोण हो । त्यसले सोझै साम्राज्यवाद र प्रतिक्रियावादको सेवा गर्छ । त्यसैले यो उन्मूलनवादी दृष्टिकोणको पनि जमेर खण्डन गर्नुपर्छ र हामी पार्टीको आठौं महाधिवेशनले पारित गरेको कार्यदिशा, नीति र सिद्धान्तअनुरूप अघि बढ्नुपर्छ ।

प्रधानसेनापति प्रकरण

चीन जानुअघि प्रधानसेनापति रूक्मांगद कटवाललाई स्पष्टीकरण सोध्न मैले स्वीकृति दिएको थिएँ । नेपाली सेनामा लोकतान्त्रीकरण गर्नुपर्ने कुराप्रति पार्टी प्रतिबद्ध रहेको, कटवालको भूमिका हिजैैदेखि विवादास्पद रहेको, जनआन्दोलनमा पनि नकारात्मक भूमिका रहेको र रायमाझी आयोगले दोषीसमेत ठहर गरेको अवस्थामा उनलाई हिजै पनि कारबाही गर्नु जरुरी थियो । पहिलो अन्तरिम सरकारले नै त्यो कारबाही गर्नुपर्ने थियो । त्यसैले मैले स्पष्टीकरण माग गर्न सकिने कुरा गरेकै हो । तर कस्तो विषयमा स्पष्टीकरण माग गर्ने भन्नेबारेमा भने हाम्राबीचमा कुराकानी भएको थिएन । तर माओवादीहरूले भने गलत विषयवस्तुका आधारमा स्पष्टीकरण सोध्ने काम गरे । ती विषयवस्तुहरू हामीलाई मान्य थिएनन् । त्यसलाई उनीहरूले सच्याउन सकेनन् । परिणामस्वरूप सुरुदेखि नै स्पष्टीकरण आफैंमा विवादित बन्न पुग्यो ।

चीनबाट आएपछि उक्त निर्णय उल्टिएको भन्ने विलकुलै होइन । निर्णय उल्टिएको छैन । त्यस विषयमा पछि हामीले स्थायी समितिमा छलफल गर्‍यौं । त्यो छलफलले के निष्कर्ष निकाल्यो भने प्रथमतः सेना एउटा मर्यादित र सम्मानित ढङ्गले परिचालन गर्नुपर्ने संस्था हो । त्यसबारेमा विवाद खडा गर्ने जुन काम भयो, त्यो दुःखद छ । दोस्रो, त्यसरी विवादमा पर्ने सेनाका प्रथम र द्वितीय व्यक्तिहरू धेरै अवधि काम गर्ने अवस्थामा पनि छैनन् । उनीहरू दुवैलाई सम्मानपूर्ण ढङ्गले अवकाश दिनुपर्छ र तेस्रोलाई जिम्मेवारी दिनुपर्छ । तर, त्यो निर्णय नेपाली कांगे्रसको असहमतिका कारणले लागू हुन सकेन । हाम्रो पार्टी यही अडानमा उभिएर अगाडि बढ्न सकेको भए हुन्थ्यो । तर त्यसपछि भने राष्ट्रिय माहोल नै बदलिन पुग्यो । एकातिर माओवादीले आफ्नो गलत स्पष्टीकरणका आधारमा सेनापति नहटाई नछोड्ने अड्डी लियो । अर्कोतिर त्यसको प्रतिवाद भयो र त्यस प्रकरणले एउटा दुर्घटना नै सिर्जना गरिदियो । सेनालाई समेत विवादमा ल्याउने काम भयो ।

राष्ट्रपतिको कदमबारे हाम्रो पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकमा समेत छलफल भयो । त्यो बैठकले तत्काल यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको हुनाले पार्टीले संवैधानिक वा असंवैधानिक केही भनिहाल्नु नपर्ने निर्णय गरेको छ । यो पार्टीको वस्तुस्थितिसापेक्ष निर्णय हो । हाललाई पार्टीको आधिकारिक निर्णय यही नै हो । तर यसको अन्तरर्वस्तुमा गएर हामीले आखिर बोल्नैपर्ने हुन्छ । १८ दलले अनुरोध नै गरेको भए पनि त्यो विलकुल राजनीतिक निर्णय हो । त्यसलाई संवैधानिक निर्णय भन्न मिल्दैन ।

हुनत १८ दलले राष्ट्रपतिलाई प्रधानमन्त्रीको असंवैधानिक-स्वेच्छाचारी निर्णय सच्याउन लिखित अनुरोध गरेका थिए । तर के बुझ्नुपर्छ भने १८ दलको बैठक बसेको बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति कटवाललाई अवकाश दिएर खड्कालाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको अवस्था थियो । त्यस अवस्थामा १८ दलको बैठक आयोजना भएको थियो । त्यो बैठकले अरू सबै कुरा जे गर्‍यो, त्यो ठीकै गर्‍यो तर राष्ट्रपतिलाई जुन अनुरोध गर्‍यो, त्यो स्वयं पनि राजनीतिक अनुरोध थियो । त्यो आफैैंमा संविधानको भावनाअनुरूप थिएन । अर्थात्, एउटा आलङ्कारिक राष्ट्रपतिलाई त्यसप्रकारको अनुरोध गर्ने कुनै

संवैधानिक आधार थिएन । म त्यसलाई एउटा राजनीतिक अनुरोधमात्र भन्छु । त्यस्ता अनुरोधलाई राष्ट्रपतिले कार्यान्वयन गर्नैपर्छ भन्ने केही हुँदैन । आलङ्कारिक राष्ट्रपतिले राजनीतिक अनुरोधका आधारमा

कुनै कदम चाल्न मिल्दैन । राष्ट्रपतिले गर्ने सबै काम प्रधानमन्त्रीमार्फत नै हुने गर्छन् ।

विसंगत परिदृश्य र सरकारको प्राथमिकता

यतिबेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा संयुक्त सरकार गठन भएको छ । मुलुकमा ऐतिहासिक सङ्क्रमणकाल सुरु भएपछि पहिले कांगे्रसको नेतृत्वमा सरकार बन्यो । र, संविधानसभाको निर्वाचनपछि माओवादीको नेतृत्वमा सरकार बन्यो । तर, ती दुबै सरकारले मुलुकलाई अघि बढाउन प्रभावकारी नेतृत्व प्रदान गर्न सकेनन् । त्यसैले जनताको माग र मुलुकको आवश्यकताअनुरूप नै अहिले एमालेको नेतृत्वमा नयाँ सरकार बनेको छ । यो पनि एउटा सङ्क्रमणशील लोकतान्त्रिक सरकार नै हो । यसभन्दा

पहिलेको सरकारमा एमालेको हातमा तालाचाबी थियो र

अहिलेको सरकारमा हाम्रो हातमा नेतृत्व नै छ । यो सरकार हाम्रो उपलब्धि हो र ठूलो अवसर पनि हो । साथसाथै यो चुनौती पनि हो । हामी इतिहास र समयले हाम्रो काँधमा सुम्पिएका दायित्व पूरा गर्न सक्छौँ कि सक्दैनौँ, त्यसमाथि हाम्रो सफलता वा असफलता निर्भर गर्नेछ । त्यसैले हामीले यो सरकारलाई सफल बनाउन सबैलाई समेटेर

अगाडि बढ्न सक्नुपर्छ ।

हामी माओवादीलाई बाहिर राखेर बहुमतको आधारमा मात्रै सरकार चलोस् भन्ने हिसाबले सोचिरहेका छैनौं । किनभने हामी अहिले सहमति, एकता र सहकार्यको राजनीतिबाट अघि बढ्दैछौँ । त्यसबाट विचलित भएर अघि बढ्दा हामी सफलतातिर जान सक्दैनौँ । हाम्रो पार्टी सधैँ राष्ट्रिय सहमति, राष्ट्रिय एकता र राष्ट्रिय सरकारको पक्षमा रहेको छ । यो दिशाबाट अघि नबढीकन हामी शान्ति स्थापना गर्न सक्दैनौँ र संविधान पनि बनाउन सक्दैनौँ । त्यसैले अहिले जुन सरकार बनेको छ, हामी यहीँ नै सीमित हुन चाहँदैनौँ र हाम्रो पार्टी माओवादीलाई अलग नै राख्नुपर्छ भन्ने ठान्दैन । हामीले अहिले बहुमतको सरकार बनाए पनि त्यसबाट अझ अघि बढ्नुपर्छ, माओवादीसँग पनि वार्ता गर्नुपर्छ र उनीहरूसँग नयाँ सहमति कायम गर्दै राष्ट्रिय सरकार गठन गर्ने दिशामा अघि बढ्नुपर्छ । तबमात्रै शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउने र संविधान बनाउने काम गर्न सकिन्छ ।

तर, यो सरकार गठनकै क्रममा कतिपय पार्टीहरूभित्र तोडफोडका घटना देखापरे । ती उचित होइनन् । वास्तवमा सरकार बनाउने र विघटन गर्ने बेलामा पार्टीहरूमा विभाजन हुनु ज्यादै दुःखद कुरा हो । हाम्रो पार्टी त्यस्ता प्रवृत्तिहरूलाई प्रोत्साहित गर्ने पक्षमा छैन । फोरममा भएको विभाजनबाट हामी दुःखित भएका छौँ । त्यो पार्टी अहिले पनि एकताबद्ध रहोस् भन्ने हाम्रो शुभकामना छ किनभने हामी सधैँ विभाजनकारी र विघटनकारी प्रवृत्तिविरुद्ध छौँ ।

नयाँ सरकारले प्रथमतः शान्तिप्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ र त्यसलाई सफल पार्नुपर्छ । दोस्रो, राज्यको पुनःसंरचना गर्ने कामलाई वैज्ञानिक ढङ्गले अघि बढाउनुपर्छ । तेस्रो, नयाँ संविधान समयमै बनाउनका निम्ति वातावरण बनाउनुपर्छ र गति दिनुपर्छ । चौथो, मुलुकमा आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र बनाउन सक्नुपर्छ । पाँचौँ राष्ट्रिय एकतालाई सुदृढ गर्न सक्नुपर्छ । असमान सन्धिहरू रद्द गर्न र मुलुकको स्वाधीनतालाई बलियो बनाउन सक्नुपर्छ । त्यसका साथै शान्ति-सुरक्षालाई मुलुकभरि नै सुनिश्चित गर्ने, बढिरहेका अपराध कार्यहरूलाई नियन्त्रण गर्ने, दण्डहीनताको अन्त्य गर्ने, आकासिँदो मूल्यवृद्धि नियन्त्रण गर्ने, गाँस, बास र कपासका समस्या समाधान गर्ने र विकास निर्माणलाई तीव्रता दिने काम गर्नुपर्छ । तर यी सबै काम गरेर अघि बढ्ने क्रममा संविधान बनाउने कामलाई सर्वोपरि महत्त्वका रूपमा लिनुपर्छ र त्यसमा नै अर्जुनदृष्टि लगाउन सक्नुपर्छ ।

लेखक नेकपा एमालेका अध्यक्ष हुन् ।

Posted on: 2009-07-06 20:35:44

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=202906


Monday, June 8, 2009

UML divided over ministers, portfolio


Nepal UML internal feud intensifies, clash for preferred names


Ministers

Home Ministry

Finance Ministry

Others

MadhavNepal

Bhim Rawal

Shankar Pokharel

Bishnu Poudel, Rabindra Shrestha and Negendra Chaudhary

Jhala Nath Khanal

Iswor Pokharel or Ashok Rai

Surendra Pandey

Shankar Pokharel, Dambar Singh Sambha Hanphe, Rakam Chemjong, Satyanarayn Mandal, Dal Bahadur Rana others

K.P. Oli

Bidya Bhandari

Sankhar Pokharel

Bishnu Poudel, Bhim Rawal, Rabidnra Shrestha and Raghubir Mahaseth



TGW

The inner rife in the United Marxist Leninist Party has attained a new high.

Differences between Prime Minister Madhav Kumar Nepal and K.P. Sharma Oli who represented the same camp until the other day, have now been at loggerheads over their choice of UML leaders to be represented in the government.

Thus the UML top-leadership comprising of Jhala Nath Khanal, Mr. Oli and PM Nepal posses separate lists with differing names of the UML leaders to be sent by the party in government.

With the three leaders appearing with three different lists and the continued differences over the names meant that the UML Steering Committee and Central Committee meeting held on Monday, June 8, 2009, ended inclusive yet the meeting decided to sit for another session Tuesday, June 9, 2009.

“We have agreed to disagree over the names but have agreed yet to meet once again”, said one UML insider.

“Madhav Kumar Nepal who failed to convince his own party leaders, appealed Nepali Congress President Koirala to convince his own party colleagues”, say reports.

A UML leader close to Mr. Khanal told reporters that the Prime Minister had made a telephone call to Girija Prasad Koirala urging him to convince the UML leadership.

Koirala later made a telephone call to UML Chairman Jhala Nath Khanal and urged him to support Mr. Madhav Nepal to form a strong government at the earliest.

“Koirala urged Khanal to send senior UML leaders in the cabinet to make the government a stronger and competent one”, reports reveal.

“In reply said Khanal we have sent much senior leaders than the NC has in the government”, reports add.

To conclude, Mr. K.P. Sharma Oli also refused to participate in the government.

Ministers

Home Ministry

Finance Ministry

Others

MadhavNepal

Bhim Rawal

Shankar Pokharel

Bishnu Poudel, Rabindra Shrestha and Negendra Chaudhary

Jhala Nath Khanal

Iswor Pokharel or Ashok Rai

Surendra Pandey

Shankar Pokharel, Dambar Singh Sambha Hanphe, Rakam Chemjong, Satyanarayn Mandal, Dal Bahadur Rana others

K.P. Oli

Bidya Bhandari

Sankhar Pokharel

Bishnu Poudel, Bhim Rawal, Rabidnra Shrestha and Raghubir Mahaseth


Search and Buy from amazon.com