Showing posts with label mohan vaidya kiran. Show all posts
Showing posts with label mohan vaidya kiran. Show all posts

Saturday, June 20, 2009

विद्रोहको नीति समेट्न वैद्यको दबाब

विद्रोहको नीति समेट्न वैद्यको दबाब

गंगा बीसी

काठमाडौं, माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा 'जनविद्रोहको नीति समेट्न' वरिष्ठ नेता मोहन वैद्यले दबाब दिएका छन् ।

पोलिटब्युरोको कोटेश्वरमा जारी बैठकमा दाहाल प्रतिवेदन 'पूर्ण नभएको' भन्दै वैद्यले त्यसमा विद्रोहको नीति नसमेटे 'नोट अफ डिसेन्ट' लेख्ने चेतावनी दिएका हुन् । दाहालको प्रतिवेदनमा माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाई जनमुखी संविधान निर्माण गर्ने नीतिलाई प्राथमिकता दिइएको छ ।

'महत्त्वपूर्ण विचार समेटी प्रतिवेदन परिमार्जन नभए फरक मत आउनेछ,' वैद्यनिकट स्रोतले भन्यो, 'विचारलाई संस्थागत गर्नु आवश्यक छ ।'

करिब पौने घन्टा लामो टिप्पणीमा वैद्यले आधा घन्टा माक्र्सवादको व्याख्या गरेका थिए । उनले पार्टी प्रतिवेदन 'सामान्यतः' ठीकै भए पनि आगामी कार्यनीति स्पष्ट हुन नसकेको बताएका थिए । 'सारमा उहाँको टिप्पणी जनविद्रोहको तयारी गर्नुपर्छ भन्ने हो,' एक पोलिटब्युरो सदस्यले भने ।

दाहालको राष्ट्रिय सरकारको प्रस्तावमा वैद्य पक्षले असन्तुष्टि व्यक्त गरेको छ । वैद्यले घुमाउरो पाराले 'कांग्रेस र एमालेसहितको राष्ट्रिय सरकार' बनाउने कुरा सम्झौता मात्र हुने बताएको स्रोतको दाबी छ । 'जनविद्रोहको वातावरण पनि बन्दै गएको र त्यसका लागि पार्टीले तयारी गर्नुपर्ने सार हो,' अर्का सदस्यले कान्तिपुरसँग भने ।

वैद्यले माक्र्सवादको व्याख्या गर्दै पार्टीले 'वर्ग संघर्ष' लाई ख्याल नगर्दा वर्तमान नियति भोग्नुपरेको बताएका थिए । पार्टीमा अन्तरसंघर्ष जरुरी रहेको उल्लेख गर्दै फरक विचारलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

भक्तपुरको खरिपाटी बैठकपछि अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनका विषयलाई समेटेर पार्टीभित्र बलियो एकता कायम गर्न नसकेको उल्लेख गरेका थिए । 'दुई पक्षबीच जुन सहमति भएको थियो, त्यहीअनुसार पार्टीभित्र भावनात्मक कायम हुन सकेन,' वैद्य पक्षका एक नेताले भने, 'भावनात्मक एकताको कुरालाई ख्याल नगर्दा पार्टीमा द्वन्द्व बढदै गएको हो ।' मंसिरको खरिपाटी बैठकपछि मौन रहेका वरिष्ठ नेता वैद्यले पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै फरक मत प्रस्तुत गर्न लागेका हुन् ।

दाहाल नेतृत्वको पार्टी एमालेजस्तै 'संशोधनवादी' धारमा जाने बुझाइ नेता वैद्यको छ । उनको बुझाइलाई गलत सावित गर्न दाहालले प्रतिवेदनमा 'नागरिक सर्वोच्चताको पक्षमा सशक्त आन्दोलन गर्ने' उल्लेख गरेका छन् ।

बैठकमा वैद्यले कांग्रेस र एमाले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई सफल बनाउने पक्षमा नभएको भन्दै उनीहरूसहितको राष्ट्रिय सरकार बन्न नसक्ने धारणा राखेका

थिए । 'राष्ट्रिय सरकार कसरी बनाउने हो स्पष्ट हुन जरुरी छ,' वैद्यले बैठकमा बताए । उनले 'प्रतिक्रान्तिकारीहरू सल्बलाइरहेका बेला राष्ट्रिय सरकारको कुरा गरेर मात्र नहुने' उल्लेख गरेको स्रोतले जनाएको छ ।

वरिष्ठ नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले 'सैद्धान्तिक रूपमा दाहालको प्रतिवेदन' सही भएको बताएका थिए । स्रोतका अनुसार उनीहरूले नागरिक सर्वोच्चताको पक्षमा आन्दोलनलाई सशक्त पार्नुपर्ने बताएका थिए । उनीहरूले 'राष्ट्रिय सरकार' का लागि आन्दोलन नै एकमात्र विकल्प भएको बताएको स्रोतले जनाएको छ । तर दुवै नेताले प्रतिवेदनको थप व्याख्या आवश्यक रहेको उल्लेख गरेका थिए ।

'बैठकपछि पार्टी एकता नयाँ उचाइमा हुनेछ,' नेता श्रेष्ठले कान्तिपुरसँग भने, 'पार्टी अझै क्रान्तिकारी भएर अघि बढ्ने छ ।' मंगलबार सुरु भएको बैठकमा अध्यक्ष दाहालले 'वर्तमान परिस्थिति र सर्वहारा वर्गको दायित्व' शीर्षकको १९ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । माओवादीभित्र 'जनगणतन्त्र' को बहसपछि 'जनविद्रोह' को बहस सुरु भएको थियो ।

दाहाल दामनमा

शनिबार बिहान पोलिटब्युरो बैठक र अपराह्न भारतीय विदेश सचिव शिवशंकर मेननसँग वार्तापछि अध्यक्ष दाहाल बेलुका मकवानपुरको पर्यटकीय स्थल दामन पुगेका छन् । दाहालले आइतबार पालुङमा 'थाहा' आन्दोलन संस्थापक रूपचन्द्र बिष्टको सालिक अनावरण गर्ने कार्यक्रम छ । उनी त्यता गएपछि पोलिटब्युरोको बैठक एक दिन स्थगित भएको छ ।

Posted on: 2009-06-20 19:15:12

source:

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=200147


Friday, June 19, 2009

मोहन वैद्य किरण

कटवाल प्रकरणमा पनि झलनाथजीले हामीलाई नै फसाइदिनुभयो :मोहन वैद्य किरणPrint
Written by इनेपाल न्युज डट कम सम्वाददाता
Tuesday, 09 June 2009 06:51

:मोहन वैद्य किरण ,वरिष्ठ नेता, एकीकृत नेकपा माओवादी
नयाँ सरकारलाई सय दिन अर्थात् हनिमुन डे मनाउन दिने प्रचलनविपरीत माधव नेपालको नेतृत्वमा गठित सरकारविरुद्ध सुरुमै आन्दोलन थाल्नु भयो नि?
– राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध नागरिक सर्वोच्चताका लागि हामी आन्दोलनमा उत्रन बाध्य भयौं। माधव नेपालको सरकारलाई हाम्रो कुनै पनि प्रकारको समर्थन छैन। यो प्रचलित मान्यता अनुसारको सरकार नै होइन। कटवाल प्रकरणका सन्दर्भमा हामीलाई एमालेले डरलाग्दो विश्वासघात गर्योध। सबैको सहमतिमा प्रचण्डले प्रष्टीकरण लिनुभयो। एमाले अध्यक्ष झलनाथ खनालजीले चीन जानुअघि कटवाललाई अवकाश दिनुस् हाम्रो पार्टीको समर्थन हुन्छ भन्नुभा'थ्यो। एमाले र हामी मिलेको अवस्थामा अवकाश स्वतः हुन्थ्यो। तसर्थ धोकेबाजलाई समर्थन गर्ने कुरै छैन।
एमाले र माओवादीबीच पानी बाराबारको अवस्था हो?
– राजनीतिमा त्यस्तो हुँदैन। एमाले आफ्नो राजनीतिमा हामी आफ्नो राजनीतिमा अघि बढ्या छौं।
२२ दलको समर्थनमा माधव नेपाल प्रधानमन्त्री भएको तथ्यलाई त बिर्सन नमिल्ला नि?
– सिधा भाषामा भन्नुपर्दा विश्वासघातीलाई विश्वास गर्न सकिँदैन। विस्तारवादी दबाब अनुरुप माओवादीलाई सरकारबाट विस्थापित गरेर एमालेलाई ल्याइएको हो। विस्तारवादीको योजनाअनुरुप बनेको नेपाल सरकार असंवैधानिक हो। दलाल शक्तिको समर्थनमा बनेको कठपुतली सरकारलाई हाम्रो समर्थन हुँदै हुँदैन। हुँदाहुँदा हामीले संसदमा दर्ता गरेको संकल्प प्रस्तावको विरुद्धमा एमाले पक्षधर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ गए। अहिले त राष्ट्रपति, संविधानसभाका अध्यक्ष, प्रधानसेनापति सबै माओवादीका विरुद्ध एकजुट भएका छन्।
राष्ट्रपति निर्वाचनमा माओवादीबाट पाएको धोका एमालेले अहिले चुक्ता गरेको हो कि?
– राष्ट्रपति निर्वाचनमा पनि गडबड गर्ने झलनाथजी नै हो। त्यो बैठकको साक्षी म छु। राष्ट्रपति र गृहमन्त्री दुवै दिनुपर्ने एमालेको प्रस्ताव थियो। एमालेका प्रस्तावमा हाम्रो केन्द्रीय समितिले दुवै दिन नसकिने निर्णय गर्यो्। त्यसपछि संयुक्त बैठकमा उहाँहरु (एमाले)बाट हाम्रो पूर्ववत अडान यथावत रहेको बताइयो। हामी दिन नसक्ने, उहाँहरु लिएरै छाड्ने। अनि कुरा मिलेन। तर, एमालेले गृहमन्त्री छोड्ने निर्णय गरेको रहेछ। त्यो कुरा माधवजी सहित भएर बसेको बैठकमा मात्र हामीले थाहा पायौं। गृहमन्त्री छाड्ने एमालेको निर्णयको जनाउ पहिल्यै दिएको भए त माधवजीलाई हामीले राष्ट्रपति मानिसकेका थियौं नि।
भनेपछि राष्ट्रपति प्रकरणमा एमालेकै दोष छ?
– हो, यसमा झलनाथजीको दोष छ। माधव नेपाललाई राष्ट्रपति हुन नदिने काम झलनाथजीको हो। कुरा सीधा र प्रस्ट गर्नु पर्दैन। तर सत्य कुरा के भने झलनाथजी एकदम अराजनीतिक मान्छे हुनुहुँदोरहेछ। कुरा सीधा र प्रस्ट नगर्ने, अनि मान्छेलाई गुमराहमा पार्ने? कटवाल प्रकरणमा पनि झलनाथजीले हाम्रो समर्थन छ भनेर हामीलाई नै फसाइदिनुभयो।
नयाँ सरकारलाई कठपुतली भन्ने आधार के छन्?
– आफ्नो खुट्टामा नउभिएको, अर्काको वैशाखी टेकेर उभिएकाले कठपुतली भनेका हौं। विस्तारवादको वैशाखी टेकेर यो सरकार बन्ने आधार खडा भयो।
माओवादीलाई सरकारमा पुर्याोउने सूत्र १२ बुँदे सहमति पनि भारतमै भएको थियो। त्यसो भए तपाईंहरु भारतको पुरानो कठपुतली माधव नेपाल नयाँ कठपुतली?
– १२ बुँदे एउटा सन्दर्भमा भएको थियो। १२ बुँदेबाट हामीले कहाँ बदमासी गरेका थियौं? भारतको समर्थनमा १२ बुँदे भएको कुरा मात्रै पनि त होइन।
उसले भारतले समर्थन त गरेको हो नि?
– देशको हितको निम्ति सहमति भएका छन् भने जहाँ भए पनि ठीकै हुन्छ।
तपाईंहरुसँग भारत किन रिसायो त?
– हामीले भारतीय विस्तारवादको विरोध गर्यौंध। आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक सबै क्षेत्रमा भारतले आफ्नो प्रभुत्व लाद्न खोजेको छ। हामीले त्यसलाई स्वीकार गरेनौं, विरोध गर्यौंर। भारत सबै पार्टीलाई आफ्नो दलाल बनाउने प्रक्रियामा छ। हाम्रो पार्टी भारतको दलाल भएको छैन। कुरा यही हो।
प्रचण्डलाई चीन भ्रमणमा जान नदिनका लागि तपाईंको पार्टीभित्र भारतसँग नजिक रहेका व्यक्तिमार्फत् कटवाल प्रकरण चर्काइएको पनि भनिन्छ नि?
– त्यो बारेमा अध्ययन गर्न नै बाँकी छ। झलनाथ जीकै कुरा आयो? उहाँले त्यो सहमति के कारणले दिनुभयो। हामीलाई फसाउनकै लागि हो कि भन्ने एउटा शंका पनि छ।
माओवादीले अदूरदर्शी र कच्चा निर्णय त गरेको हो नि?
– हामीले स्वभाविक रुपमा निर्णय गर्यौंद। आखिरमा प्रधानसेनापतिले सरकारलाई नटेरेकै हो। नटेरेपछि के गर्ने, अवकाशको विकल्प पनि त थिएन।
सरकार सञ्चालनमा असफल भएर बाहिरिएपछि अरुलाई गाली गर्न मिल्छ?
– एमालेले धोका दिएका कारण हामीले सरकार छोड्नुपरेको हो। त्यही भएर त हामीले एमाले कठपुतली हो भन्या' हौं।
प्रचण्ड राज्य सञ्चालनमा असफल हुनुभएको हो कि होइन?
– हाम्रा सीमा होलान्, हामी पूरै सफल भयौं भन्ने कुरा होइन। तर, सहयोगीले खुट्टा काटेपछि हामीले के गर्ने?
बहुमत नभएको अवस्थामा बहुमतको ह्याङले काम गर्दाको परिणाम हो कि अहिले माओवादीको अवस्था?
– एमालेसँग फोरमसँग हामी सहमति गर्दै आएका हौं। कांग्रेस प्रतिपक्षमा बसेकाले ऊसँग सहमतिको कुरा भएन। एमालेसँग चाहिँ हामी सहमति गरेरै अघि बढ्ने भनेको हो। तर, असाध्यै दुःखको कुरा के हो भने एमालेले 'लास्ट आवर' मा धोका दियो। झलनाथजीले अब के राजनीति गर्नुहुन्छ? राष्ट्रपति निर्वाचनमा पनि उहाँकै कारण समस्या भयो।
नयाँ सरकारलाई माओवादीले मान्यता दिँदैन?
– अहँ दिँदैन।
अब के गर्नु हुन्छ?
– राष्ट्रपतिको कदम फिर्ता नभएसम्म र हाम्रो संकल्प प्रस्तावमा छलफल हुन नदिएसम्म सदन चल्न दिँदैनौं। संसदमा, सडकमा विरोध गर्छौ र सरकारलाई चटपटाउन दिँदैनौं। यसका विरुद्ध सशक्त ढंगले उत्रन्छौं। सरकारविरुद्ध जताततै जाम गरिन्छ।
भनेपछि संविधान निर्माण, शान्ति प्रक्रिया माओवादीको प्राथमिकता होइन?
– शान्ति प्रक्रिया रोक्नलाई नै माओवादी सरकारलाई ढालिएको हो। संविधान निर्माण, सेना समायोजन रोक्न भएका षड्यन्त्रकै उपज नयाँ सरकार हो।
माओवादीले आफूबाहेक मुलुकमा अन्य शक्तिलाई देखेेको छैन?
– हामीले सबैलाई देखेका छौं। हाम्रा विरुद्ध कसले के गर्न खोज्याछन्, त्यो पनि हामीलाई थाहा छ। नेपाली कांग्रेस एमालेलगायतका शक्तिहरु वैदेशिक प्रतिक्रियावादीसँग मिलेर माओवादीलाई दमन गर्न चाहिरहेका छन् । माओवादी सिध्याउने षड्यन्त्र भइरहेको छ।
145कत्लेआम146 को खतरा छ?
– हो, एमालेको नेतृत्वमा सरकार बनाएर माओवादीलाई 'म्यास्याकार' गर्ने सम्भावना छ। विश्वासघाती एमाले अब गद्दार हुँदैछ। हामी कम्युनिष्ट कम्युनिष्ट मित्र बनेर अघि बढेको अवस्थामा एमालेले माओवादीलाई धोका दिने काम गर्नु हुन्थ्यो? एमालेको काँधमा बन्दुक राखेर पड्काउने प्रतिक्रियावादीको गोटी एमाले बनिरहेको छ।
भ्ाारतलाई भरमार गाली गरेर माओवादीले राजनीति आफ्नो पक्षमा पार्न खोजेको हो?
– हामी कसैलाई गाली गर्न चाहँदैनौं। चीन, भारत जो सुकैसँग हामी पञ्चशीलका आधारमा असल सम्बन्ध राख्न चाहन्छौं। भारतले हाम्रो देशमा हस्तक्षेपको प्रक्रियालाई अनावश्यक ढंगले अघि बढाइरहेकाले उसको विरोध भएको हो।
तपाईंले केही समयअघि दृष्टिसँगको अन्तर्वार्तामा भारतले १२ बुँदे सहमतिको ब्याज खान खोजिरहेको भन्नुभा146थ्यो, भारतले के–के मागेको थियो त?
– सुपुर्दगी सन्धि मागेको थियो। शान्ति सुरक्षा र सीमाको समस्या मुख्य रुपमा आए। सीमामा त भारतले स्कुल कलेजका नाममा पैसा बाँड्दै हिंड्ने काम समेत गर्योी। समग्रमा भन्दा भारतले नेपालसँग स्वाभिमानी राष्ट्रको हैसियतमा व्यवहार नै गरेन।
माओवादी चीनसँग लहसिएका कारण समस्या आएको हो कि?
– हामी कसैसँग लहसिन चाहँदैनौं। भारत र चीन दुवैसँग हामी समदूरी र असल छिमेकीको सम्बन्ध चाहन्छौं।
प्रचण्डजीको टेप प्रकरणको भित्री कुरा के हो?
– अध्यक्षले नै एउटा प्रसंगमा आफूले उक्त विचार व्यक्त गरेको बताइसक्नु भएको छ, त्यो एउटा सन्दर्भको कुरा थियो।
माओवादी अर्न्तनीहित चाहना त्यही हो?
– यदि संविधानसभाको निर्वाचन नभएको अवस्थामा हो। तर, चुनाव भयो। चुनाव नहुँदाको जटिल स्थितिमा त्यो कब्जाको कुरा आएको हो। एउटा कुरा यहाँले के नठान्नुस् भने हामी संसदीय व्यवस्था मानेर, झुकेर त आएका होइनौं। यो त सबैले बुझ्नु पर्योन नि।
संसदीय व्यवस्था मान्नुहुन्न?
– मान्दैनौं। संसदीय व्यवस्था मान्न हामीले बन्दुक उठाएको होइन नि?
तपाईंकै कुराले संसदीय व्यवस्था नमान्नकै लागि कटवाललाई हटाएर सेनालाई कब्जामा लिन खोजेको त प्रस्ट भयो नि?
संसदीय व्यवस्था मान्दैनौं भनेर हामीले पहिल्यैदेखि भन्दै आएका छौं। संसदीय व्यवस्था असफल भइसकेको छ। कुरा मात्र राम्रा गर्ने जनतालाई केही नदिने। अर्कोतर्फ कम्युनिष्ट व्यवस्थामा पनि कमी कमजोरी देखिएका छन्। तसर्थ हामी दुवैका कमी कमजोरीलाई हटाएर लोकतन्त्रलाई नयाँ उचाइ दिने व्यवस्था चाहन्छौं।
मूर्त रुपमा भन्दा जनगणतन्त्र?
– विकसित खालको जनगणतन्त्र भनेर बुझौं। जनताको गणतन्त्र भन्दा तल हामी मान्दैनौं। हाम्रो सिधा कुरा त्यही हो। संसदीय व्यवस्था मानेर कांग्रेसको टाङ मुनि छिर्नुको के अर्थ भो र?
एउटा फौजी वालाले नागरिक सर्वोच्चताको कुरा उठाउन मिल्छ?
– फौजी वाला, हाँस्दै बेकारको कुरा नगर्नुस्। हामी निर्वाचनबाट आएको हो। कि त फौजीवालालाई निर्वाचन लड्न नदिएको भए हुन्थ्यो। फौजीवाला माओवादी हो त्यसकारण संविधानसभाको निर्वाचनमा भाग लिन दिनु हुँदैनथ्यो भन्नुपर्थ्यो। निर्वाचनमा भाग लिन दिने अनि चुनाव जितेपछि खोचे थाप्ने।
संविधान निर्माणअघि सेना समायोजन हुन्छ कि हुँदैन?
– हुँदैन। संविधान निर्माण र सेना समायोजन सँगसँगै गर्नुपर्छ।
नयाँ सरकारले सेना समायोजनको प्याकेज ल्यायो भने?
– हामी मान्दैनौं। संविधान सुनिश्चित नभएसम्म हामी सेना समायोजन गर्दैनौं। त्यसो गरिए प्रतिक्रियावादी सत्ताले हामीलाई न्याक्न खोजेको हो भन्ने ढंगले बुझ्छौं र प्रतिरोध गर्छौ।
माओवादी सैन्य शक्तिको आडमा राजनीति गर्न चाहन्छ?
– माओवादी होइन। पुरानो सत्ताचाहिँ सैन्य बलमा माओवादीलाई दबाउन चाहन्छ। परिवर्तनलाई रोक्न चाहन्छ। घटनाक्रमले त्यो बताइरहेको छ।
परिवर्तन भएर मुलुकमा गणतन्त्र आइसकेको छ त?
– ए बाबा, भारतमा पनि आएको छ गणतन्त्र। त्यसैले म भन्छु गणतन्त्र मात्रै हो परिवर्तन होइन त्यसैले त हामी यस्तो गणतन्त्र होइन जनताको गणतन्त्र ल्याउन चाहन्छौं।
भनेपछि जनयुद्ध सकिएको छैन?
– जनयुद्ध सकियो सकिएन नभन्नुस्, क्रान्ति जारी छ भन्नुस्। संघर्ष जारी छ भिन्न रुपमा।
अहिले भएका घटनाक्रम सबै 145ट्याक्टिस146 मात्र हो?
– उनीहरुको पनि त्यही हो हाम्रो पनि त्यही हो। ट्याक्टिस राजनीतिमा पवित्र चिज हो।
माओवादीको आगामी रणनीति के?
– सेना समायोजन, शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्यायउने र संविधान लेख्ने मुख्य यही नै हो।
सदन जाम गरेर संविधान बन्छ?
– लोकतन्त्रमा जाम भइहाल्छ नि। तथापि हामी सहमति हुनुपर्छ पनि त भनिरहेका छौं। कांग्रेस, एमाले र हामीले नयाँ ढंगले सोच्नु पर्छ। १२ बुँदे सहमति पुरानो भइसकेको छ नयाँ आधारमा नयाँ सहमति गरेर अघि बढ्नुपर्छ। अब कसरी अघि बढ्ने हो त्यसको बाटो सरकारको नेतृत्व गरेको एमालेले खोज्नुपर्छ।
सहमतिचाहिँ माओवादीले भने अनुसार हुनुपर्छ?
– सहमति गरेर निकास खोज्न सकिन्छ।
शान्ति प्रक्रिया भंग भइसकेको हो?
– भंग भइसकेको छैन। यसलाई कसरी अघि बढाउने कांग्रेस, एमालेको हातमा छ।
तपाईंहरुको आन्दोलन जनविद्रोहको कसरत हो कि होइन?
– नयाँ संविधान बनाउन दिइएन, शान्ति प्रक्रिया अघि बढ्न दिइएन, जनताका विरुद्ध पुरानो सत्ता दमन गर्न आयो भने त्यसका विरुद्ध हामी जनविद्रोह गर्ने हो। त्यसकारण जनविद्रोह सरकारको व्यवहारमा भरपर्छ। आगामी संघर्षका कार्यक्रम हाम्रो पोलिटब्यूरो बैठकले तय गर्छ।
माओवादीमा महाधिवेशन चाहिँ गर्नु पर्दैन?
– गर्ने हो पोलिटब्यूरोमा महाधिवेशनको पनि एजेन्डा छ। आउँदो हिउँदभित्र महाधिवेशन गर्ने सोच छ।
धन्यवाद ।
प्रस्तुति: दीपक पाण्डे

source:

http://www.chitawan.com/naya/index.php?option=com_content&view=article&id=1487:2009-06-09-06-55-49&catid=66:2008-11-25-09-20-02


Search and Buy from amazon.com