Showing posts with label ghost. Show all posts
Showing posts with label ghost. Show all posts

Tuesday, June 23, 2009

भूतघरमा माओवादी मुख्यालय

भूतघरमा माओवादी मुख्यालय
९-असार-२०६६,मंगलवार
Image
भूतले दुःख दियो भनेर छोडिएको एक विशाल भवनलाई माओवादीले आफ्नो मुख्यालय बनाएको छ। कोटेश्वरनजिकको अत्यन्त सुन्दर स्थान पेरिसडाँडामा अवस्थित उक्त घर श्रेष्ठ थरका एक सुन व्यापारीले होटेल सञ्चालनका लागि निर्माण गरेका हुन्। तर, होटेल निर्माणकार्य सम्पन्न हुँदा–नहुँदै राति भूत आएर तर्साउन थालेपछि श्रेष्ठको होटल चलाउने सपना चकनाचुर भएको थियो। प्राप्त जानकारीअनुसार, सो घरमा प्रत्येक रात तर्साउने गर्थ्यो। साँझ परेपछि कोठा र चोटाहरूमा भयङ्कर आवाज आउँथ्यो। कहिले रुने, चिच्याउने त कहिले अट्टहासपूर्ण गुन्जन घरभरि फैलने। ऐया210मरें210बचाऊ जस्ता आवाज त पटक–पटक छिमेकीहरूले समेत सुन्न थालेका थिए। त्यति मात्र होइन, राति होटल भवन कुर्न बसेका व्यक्तिहरूलाई भूतले सुतेको ठाउँबाट ओछ्यानसहित कहिले भर्याेङछेउमा त कहिले बाहिरसमेत फाल्न थालेपछि सो घर कुर्ने मानिसहरू नै पाउन छोडिएको थियो। व्यापारी श्रेष्ठले धेरै मानिसलाई घर कुर्नका निम्ति अनुनयविनय गरे, पैसा पनि राम्रै दिए तर एकपटक राति बसेपछि कोही पनि मानिस फेरि फर्किएर जान मानेनन्। प्रत्येक दिनजस्तै अत्यन्त अस्वाभाविक र चमत्कारी घटना हुन थालेपछि अन्ततः सो घर भूतबंगलामा परिणत भयो र मानिसहरू वरिपरि नै जान छोडे। अझ बच्चाहरूलाई त अभिभावकहरूले त्यो क्षेत्रमै जान बन्देज लगाएका थिए। भनिन्छ, त्यो घर बनाएपछि ती व्यापारीको कहिल्यै राम्रो भएन।
मुलुकमा राजनीतिक परिवर्तनसँगै माओवादीहरू राजधानी प्रवेश गरेपछि माओवादीसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घको कार्यालय सोही भवनमा राखियो। घरवाला मात्र होइन छिमेकीहरू सबै नै 'कति दिनलाई हो' भनिरहेका थिए। तर अचम्म! माओवादी त्यहाँ पसेपछि एक दिन पनि भूत आएन र तर्साएन। भूतका कारण होटल सञ्चालन गर्न नसकेपछि बैंकबाट लिएको ऋण श्रेष्ठले चुक्ता गर्न सकेनन् र लिलामीमा समेत उनको नाम निस्किएको थियो। माओवादीको प्रवेशपछि एकाएक त्यो घरभित्र शान्ति छाउनुलाई छिमेकीहरूले माओवादीसँग भूत पनि डराउँदो रहेछ भनी टिप्पणी गरे। अहिले सोही घर माओवादीले पार्टी कार्यालयका लागि तीन करोड रुपैयाँमा खरिद गरेको छ।
स्मरणीय के छ भने हाल माओवादीका विभिन्न कार्यालयहरू रहेको ललितपुर कोपुण्डोलस्थित बागमती किनारनजिक रहेको घर पनि माओवादी बस्न आउँदा बैंकले लिलाम गर्ने अवस्थामा पुगिसकेको थियो। अहिलेसम्म पनि उक्त घरको ऋण चुक्ता नभइसकेको बताइन्छ। घरका मालिक राधेश्याम श्रेष्ठका एक हितैषी मित्रले २४ लाखमा सो घर धरौटी राखी अमेरिका गएपछि कुनै सम्पर्क नगरेका कारण उनलाई त्यो ऋणको आपत आइलागेको थियो। पछि उक्त घरमा जो–जो बसे उनीहरूको भलो भएन र केही समय बस्दै छोड्दै गरे। केही राजनीतिक पार्टीहरू पनि नबसेका होइनन्, तर उनीहरू पनि त्यहाँ पुगेपछि फुट्नबाहेक जुट्न सकेनन्। राप्रपा त्यही घरमा बसेको बेला फुटेको हो। पछि नेकपा मालेको कार्यालय बस्यो, हाँसिखुसी त्यो घर भित्रिएका नेताहरू वामदेव गौतम र सीपी मैनालीबीच पछि त्यही घरमा बस्दा विभाजन भएको थियो। र, माओवादीलाई पनि त्यो घरमा बसेर खासै राम्रो भएको मान्न सकिन्न।
बबिता बस्नेत/घटना र विचार
source:
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=24980

Wednesday, June 10, 2009

गाउँका १० घर परिवार भुतको डरले घर छोडेर हिँडे

दैलेखमा भूतको डरले गाउँले विस्थापित

2009-06-10 19:13:04

दैलेख सदरमुकाम देखी १३ कोष पश्चिममा पर्ने जम्बुकाँध गाविस ३ को गर्जे गाउँका १० घर परिवार भुतको डरले घर छोडेर हिँडेका छन् । घरमा भुतले सताउन थालेको भन्दै उनीहरुले छिमेकी गाउँमा शरण लिएका हुन् । नजिकैको राताओडारको भुतले राती घरमा आएर सताउन थालेपछि आफुहरु बिस्थापित हुनु परेको नयाँराम र्घर्तीले बताउनुभयो । पहिला पहिला घर नजिकै अनौठो आवाज आउने गरेको भए पनि पछिल्ला दिनहरुमा गोठमा बाँधेका गईबस्तु फुकाएर बारीमा लगाईदिने गरेर भूतले गाउँमा आतंक नै मच्चाउने थालेको स्थानीयबासिन्दाले बताएका छन् । ज्योतिष र धामीझाक्रीले समेत भुत आएको र त्यस ठाउँमा नबस्न सल्लाह दिएपछि घरबारी नै छाडेको खत्रिले बताउनुभएको सहकर्मी प्रकाश अधिकारीले जनाएका छन्

source:

http://www.unn.com.np/news_detail.php?id=2837


Search and Buy from amazon.com