Showing posts with label baburam bhattarai. Show all posts
Showing posts with label baburam bhattarai. Show all posts

Monday, October 24, 2011

baburam bhattarai India visit

PM’s india visit: Row almost ‘derailed’ communiqué

  • Both sides insisted on a list of things to be included in it


Otherwise a very cordial and candid delegation talks between Nepal and India during Prime Minister Baburam Bhattarai’s four-day visit to India, the discussions turned tense and bitter towards the end as both the sides insisted on a list of things that they wanted to include in the joint communiqué before wrapping up the official visit.

The differences appeared so irreconcilable that agreeing on a common draft of the communiqué seemed difficult by the end of the visit, an official said.

While the Indian side wanted a reference to a new Consulate Office in Nepalgunj, the Nepali side was dead-set against it and instead was pushing for the inclusion of the revision of the 1950 treaty, according to senior Nepali officials involved in finalising the document.

While the Nepali officials were fuming with anger, Indian officials were insisting that no joint communiqué be released with Nepal agreeing to the consulate issue. It took intervention from the highest level to end the row, officials said.

Earlier, a draft of the joint communiqué prepared by the Indian side had mentioned that India took up the issue of setting up a consulate office in Nepalgunj and that New Delhi was awaiting a final response from the Nepali side. But Nepal’s proposal on reviewing or replacing the 1950 treaty was not included in the draft.

“After several round of negotiations with the South Block officials, we were finally able to include the 1950 treaty issue,” an official in Bhattarai’s delegation said.

The resolution did not come so easily. As Bhattarai and the rest of the delegation left for Dehradun on Sunday morning, Deputy Prime Minister and Foreign Minister Narayan Kaji Shrestha and Finance Minister Barshaman Pun stayed in Delhi to finalise the joint communiqué.

When the two sides stuck to their positions, both Shrestha and Pun called Maoist Chairman Pushpa Kamal Dahal for advice. Dahal told them to stay the course and reject the Indian draft.

“Yes, we rejected the idea of setting up an Indian consulate in Nepalgunj,” Pun told the Post, adding, “We did not se any valid reason behind the Indian request. Moreover, our volume of business with India taking place from the Nepalgunj entry point is comparatively small.”

“Later, the Indian side was convinced and it withdrew its demand,” Pun added.

Officials involved in the negotiations had approached the Foreign Minister Shrestha first and briefed him on the Indian demand. Shrestha confirmed the events.

Shrestha also stood firm against the Indian proposal, while asking Nepali officials to ensure that the 1950 treaty was included.

The issue remained unresolved until Bhattarai returned from Dehradun and intervened. He called on senior Indian officials including Foreign Secretary Ranjan Mathai. The prime minister’s intervention led to the Indian side dropping their demand, said a senior Nepali government

official.

An Indian embassy official in Kathmandu had no knowledge of the incident in New Delhi, but insisted that the Nepali side also wanted to set up a Nepal Tourism Board office in Delhi.

source:

http://www.ekantipur.com/2011/10/25/top-story/pms-india-visit-row-almost-derailed-communiqu/342734.html


Tuesday, September 13, 2011

माओवादीले जस लिने कांग्रेस-एमालेको डर

शान्ति प्रकृयामा भट्टराईको गति किन घट्यो ?

'माओवादीले जस लिने कांग्रेस-एमालेको डर'

२७ भदौ, काठमाडौं । आफ्नै पार्टीको चर्को बिरोधका बाबजुद प्रधानमन्त्री हुनासाथ डा. बाबुराम भट्टराईले शान्ति प्रकृया सक्न तिब्ररुपमा काम अघि बढाएपनि पछिल्लो एक साता त्यसमा खासै गति देखिएको छैन् ।

माओवादी हतियार भण्डारण गरिएको कन्टेनरको चावी सरकारलाई बुझाएर त्यसको प्रारम्भ गरेका प्रधानमन्त्रीले तत्कालै लडाकूको बर्गिकरण थाल्ने बताएको भएपनि अहिलेसम्म वर्गिकरण अगाडी बढ्न सकेको छैन् । बरु प्रधानमन्त्री भट्टराई शान्ति प्रकृयालाई छाडेर शासकीय सुधारका काममा पो केन्द्रीत भएका हुन कि जस्तो देखिन थालेको छ ।

तर, माओवादीले भने आफ्नो पार्टी कुनै पनि सर्तमा शान्ति प्रक्रियालाई पूरा गर्न लागेपनि कांग्रेस र एमालेले पूर्व सहमतिबाट पछि हट्दै नयाँ नयाँ सर्त राख्न थालेपछि शान्ति र संविधान निर्माण प्रक्रिया प्रभावित भएको बताउँछ । दुई दलले लडाकू बर्गिकरणमा समेत अबरोध गरेका छन भने शान्ति प्रकृया नसकिएसम्म संबिधान बनाउन नपाइने भन्दै अडान लिइरहेका छन् ।

यसअघि जेठ १४ मा संविधानसभाको म्याद थप्दा नेपाली कांग्रेस ६ हजार लडाकू समायोजन गर्न सहमत भएको थियो । उसको एउटैमात्र सर्त थियो-’कन्टेनरको चावी सरकारलाई बुझाउनुपर्छ ।’ झलनाथ खनाल प्रधानमन्त्रीमा रहँदा एमालेले ७ देखि ८ हजारसम्म लडाकू समायोजन गर्न सकिने, लडाकूका लागि मापदण्ड फेर्ने, ५ देखि ७ लाख रुपैयाँ पुनस्थापना प्याकेज दिने लगायतमा सहमति जनाएको थियो । तर, भट्टराई प्रधानमन्त्री हुनासाथ कांग्रेस र एमाले दुवैले चार हजारभन्दा लडाकू समायोजन हुन नसक्ने, पुनस्थापना हुन चाहानेलाई ३ लाख रुपैयाँ दिने र तत्कालै हतियार बुझाउनुपर्ने सर्त राखे । पहिले महानिर्देशनालयको प्रस्तावलाई स्वागत गरेको कांग्रेस अहिले त्यसलाई मान्न नसकिने बताइरहेको छ ।

‘अहिले माओवादी र प्रधानमन्त्री भट्टराई शान्ति र संविधान निर्माणमा प्रतिवद्ध देदिएका छन्’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भन्नुभयो-’तर, कांग्रेस र एमाले पूर्व सहमतिहरुबाट समेत पछाडी हटेका छन् । कतै उनीहरु शान्ति प्रक्रिया पूरा गर्न नचाहेको हो कि भन्ने आशंका उठेको छ ।’ बाबुराम भट्टराईको नेतृत्वमा शान्ति प्रक्रिया पूरा गरी संविधान निर्माण गरे माओवादीले जस पाउँछ भन्ने कांग्रेस र एमालेको डर छ । ‘अहिले कांग्रेस र एमालेमा माओवादीले शान्ति र संविधान निर्माण पूरा गरेर जस लिने भयो भन्ने डर देखिएको छ’ श्रेष्ठले भन्नुभयो-’सबै विषयमा लिचिलो भएर आउँदा पनि टाँगै मुनी छिराउनु खोज्नु भनेको शान्न्ित प्रक्रिया भाड्न खोज्नु हो ।’

माओवादीले पनि कांग्रेस र एमालेले शान्ति प्रक्रिया पूरा गर्न नचाहेको हो कि भन्ने आशंका व्यक्त गरेको छ । ‘अहिले हामीले शान्ति र संविधान निर्माण पूरा गर्न प्रतिवद्ध भएर आएका छौं’ माओवादी नेता जनार्दन शर्मा प्रभाकरले भन्नुभयो-’तर, विगतमा भएका सहमतिलाई समेत उल्टाएर कांग्रेस र एमालेले शान्ति प्रक्रिया पूरा गर्न नचाहेको देखिएको छ ।’ शान्ति प्रक्रिया सहमतिबाट मात्र अगाडि बढाउनु पर्ने वाध्यकारी प्रावधान रहेको भन्दै उहाँले कांग्रेस र एमाले सहमतिमा आउनु पर्ने बताउनु भयो ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा अनौपचारिक सहमति भएका बिषयमा शान्ति प्रक्रिया पूरा भएपछि मात्र संविधान निर्माण गर्ने कांग्रेसको अडानका कारण माओवादी थप सशंकित भएको छ । आफ्ना लडाकू र हतियार राज्यलाई बुझाएपछि कांग्रेस र एमालेले संविधान निर्माणमा कर्नरमा पर्ने वा संविधान नै नबनाउने हो कि भन्ने उसको आशंका छ । तर राजनीतिक विश्लेषक श्रेष्ठ भने यसले माओवादी मात्र नभई कांग्रेस र एमालेलाई नै विनासको वाटोमा लैजाने देख्नु हुन्छ । ‘माओवादीलाई सफल हुन नदिने नाममा मुलुकलाई नै असफल पार्ने प्रयास भइरहेको छ’ उहाँले भन्नुभयो-’यसले कांग्रेस र एमालेलाई नै विनासको वाटोमा लैजान्छ । जनताले वुझिएरहेका छन् शान्ति र संविधानमा कहाँबाट अबरोध भइरहेको छ भनेर ।’

कांग्रेस नेता एवं विशेष समितिका सदस्य रामशरण महत भने यसलाई अस्वीकार गर्नुहुन्छ । माओवादीको आन्तरिक कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको भन्दै उहाँले भन्नुभयो-’यो माओवादीको शब्दजाल हो । विगतमा भएका सहमतिअनुसार शान्ति प्रक्रिया अगाडि बढाउन माओवादी तयार भए सबै कुरामा सहमति हुन्छ ।’ माओवादीले आफ्ना लडाकू र हतियार राखेर नै संविधान जारी गर्न खोजेको उहाँको आरोप छ ।


source:

http://www.onlinekhabar.com/2011/09/13/87452.html


Saturday, July 4, 2009

संविधानसभा भंगको तयारी : भट्टराई

संविधानसभा भंगको तयारी : भट्टराई

तनहुँ, असार २० (नागरिक)- विपक्षी एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधानसभा भंगको तयारी भइरहेको दाबी गरेका छन्। तनहुँको दुलेगौंडामा आयोजित आमसभामा भट्टराईले विश्वस्त स्रोतबाट संविधानसभा भंग गरी राष्ट्रपतिको शासन लगाउने तयारी भएको जानकारी आफ्नो पार्टीले पाएको बताए।

माओवादी तनहुँ क्षेत्र नम्बर ३ ले आयोजना गरेको आमसभामा भट्टराईले प्रधानसेनापति रुक्माङ्द कटवालको आडमा राष्ट्रपतिले सैनिक शासन लगाउन खोजेको बताए। उनले एमाले नेता माधव नेपाल नेतृत्वको सरकारलाई हटाएर राष्ट्रपति शासन लगाउने तयारी भइरहेको दाबी नेता भट्टराईले गरे।

"केपी र माधव गुटलाई विदेशी र दरबारीया चलाएका छन्। कटवालको बलमा राष्ट्रपति शासन लगाउने तयारी भइरहेको छ," नेता भट्टराईले भने, "वंगलादेशमा झैं नागरिकलाई अगाडि देखाएर सैनिक शासन लगाउने प्रयास भइरहेको छ।"

उनले माओवादीलाई मुठभेडमा लाने कोशिष पनि भइरहेको बताए। "तेस्रो जन आन्दोलनका लागि तयार भएर बस्नुहोला," भट्टराईले आमसभामा भने। उनले २०१७ साल वा माघ १९ को तयारी भइरहेको जिकिर गरे।

आमसभामा एमालेसहितका पार्टीबाट तीन सय कार्यकर्ता माओवादीमा प्रवेश गरेको जानकारी दिइएको थियो। भट्टराई माओवादीले सशस्त्र विद्रोहको पहिलो फौजी कार्वाही गरेको गोरखाको च्याङली गाउँ हुँदै तनहुँ पुगेका हुन्।
source:
http://www.nagariknews.com/politics/party-politics/2587-2009-07-04-12-00-42.html

Friday, June 5, 2009

भारतविरोधी प्रदर्शनमा भट्टराईलाई चोट

भारतविरोधी प्रदर्शनमा भट्टराईलाई चोट



काठमाडौं, जेठ २२ (नागरिक)- भारतीय पक्षबाट सीमाक्षेत्रमा भएको अतिक्रमण र नेपालीमाथि भएको दुर्वव्यहारको विरोधमा एकीकृत नेकपा माओवादीका सभासद्ले राजधानीको शान्तिवाटिकाबाट माइतीघर मण्डलासम्म प्रदर्शन गरेका छन्।
सभासद्को जुलुसले सिंहदरबार वरपर लगाइएको निषेधित क्षेत्र पद्मोदय मोड पुतलीसडकबाट तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरी र सभासद्‍बीचको लुछाचुँडीमा जुलुसका नेतृत्वकर्ता नेता बाबुराम भट्टराईसहित केही माओवादी सभासद‍ सामान्य घाइते भएका छन्। भट्टराईको खुट्टामा चोट लागेको छ। 

माइतिघर मन्डलामा पुगेर भएको कोणसभामा माओवादी नेता कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताको पक्षमा नेपाली जनता नझुक्ने भन्दै भारतसँग यथाशक्य छिटो कुटनीति पहल गर्न सरकारसँग माग गरे।

प्रधानसेनापति रुक्माङ्द कटवाललाई पदमा बहाल रहन राष्ट्रपति रामवरण यादवले दिएको निर्देशन र संसदमा सकंल्प प्रस्तावमा छलफल नगराएको कारण सभामुख सुवास नेम्वाङको विरोधमा पूर्व घोषित कार्यक्रमअनुसार अखिल नेपाल ट्रेड युनियन महासंघले बिहान १० बजेदेखि ११ बजेसम्म राजधानीमा चक्काजाम गर्यो। चाबहिल कलङ्की घण्टाघर कोटेश्वर र बालाजु गरी पाँचठाउँमा चक्काजाम गरेको थियो । ललितपुरको कुपण्डोल र भक्तपुरको सल्लाघारीमा पनि महासंघले चक्काजाम गरेको थियो। तस्बिरः एपी
   
source:
http://www.nagariknews.com/politics/party-politics/1648-2009-06-05-04-47-51.html

Search and Buy from amazon.com